पाण्डु
| पाण्डु | |
|---|---|
१७ औँ शताब्दीको अन्त्यतिर काश्मीरमा खिचिएको पाण्डु (दायाँ) र कुन्तीको चित्र | |
| व्यक्तिगत विवरण | |
| सम्बद्धता | कुरु वंश, चन्द्रवंश |
| हतियार | धनुष र बाण |
| परिवार | अभिभावक हेर्नुहोस् नियोग
|
| जीवनसाथी | |
| बच्चा | कुन्तीका पुत्रहरू
माद्रीका पुत्रहरू
|
पाण्डु प्राचीन हिन्दु महाकाव्य महाभारतका एक पात्र हुन्। उनी हस्तिनापुर राजधानी भएको कुरु राज्यका राजा थिए। उनलाई पाँच पाण्डवका पिताको रूपमा चिनिन्छ, जो यस महाकाव्यका केन्द्रीय पात्र हुन्।[१]
पाण्डुको जन्म विचित्रवीर्यकी दोस्रो पत्नी अम्बालिकाबाट भएको थियो र जन्मिँदा उनी फुस्रो (पाण्डु) रङ्गका थिए। पाण्डुले कुन्ती र माद्रीसँग विवाह गरेका थिए। ऋषि किन्दमको श्रापका कारण पाण्डु सन्तान उत्पादन गर्न असमर्थ भएपछि, विभिन्न देवताहरूबाट प्राप्त वरदानको सहयोगमा कुन्ती र माद्रीले पाण्डवहरूलाई जन्म दिएका थिए।[२]
जन्म
[सम्पादन गर्नुहोस्]जब विचित्रवीर्यको रोगका कारण मृत्यु हुन्छ, भीष्मले आफ्नो प्रतिज्ञाका कारण सिंहासनमा बस्न अस्वीकार गर्दै वाहलिकको वंश पनि वाहलिक राज्य छोड्न इच्छुक थिएनन्।[३] यसले गर्दा हस्तिनापुरमा उत्तराधिकारको सङ्कट उत्पन्न हुन्छ। त्यसपछि सत्यवतीले आफ्ना छोरा व्यासलाई नियोग प्रथा अन्तर्गत रानीहरू अम्बिका र अम्बालिकालाई गर्भधारण गराउन निमन्त्रणा गर्छिन्। जब व्यास अम्बालिकाको नजिक जान्छन्, उनी उनको डरलाग्दो रूप देखेर डराउँछिन् र घृणाले गर्दा उनको शरीर पहेँलो (फुस्रो) हुन्छ; त्यसैले उनका छोरा फुस्रो रङ्गका जन्मिन्छन्। यसरी, पाण्डुको नामको अर्थ 'फुस्रो' वा 'पहेँलो' हुन गएको हो।[४][५]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]पाण्डु र उनका जेठा सौतेनी दाजु धृतराष्ट्रलाई भीष्म र कृपाचार्यले युद्धकलाको प्रशिक्षण दिएका थिए।[६] भीष्मले पाण्डुलाई धनुर्विद्या, राजनीति, प्रशासन र धर्मका क्षेत्रमा पनि शिक्षा दिएका थिए। उनी एक उत्कृष्ट धनुर्धर र महारथी (योद्धा) थिए।[७]
शासन
[सम्पादन गर्नुहोस्]जब उत्तराधिकारी मनोनयन गर्ने समय आउँछ, विदुरले धृतराष्ट्र जस्तो अन्धो नभएकाले पाण्डु नै उपयुक्त पात्र हुने सुझाव दिन्छन्। यसरी पाण्डु आफ्नो राज्यको उत्तराधिकारी बन्छन् र हस्तिनापुर राजधानी भएको कुरु राज्यको राजाका रूपमा उनको राज्याभिषेक हुन्छ।[८] पाण्डुले सिन्धु राज्य, काशी, अङ्ग, त्रिगर्त राज्य, कलिङ्ग, मगध आदि क्षेत्रहरू विजय गर्दै यसरी सबै राजाहरूमाथि आफ्नो सर्वोच्चता पुन: स्थापित गर्दै आफ्नो साम्राज्यको विस्तार गर्छन्।[९]
विवाह
[सम्पादन गर्नुहोस्]पाण्डुको विवाह कुन्तीसँग भएको थियो,[१०] जो कुन्तीभोजकी धर्मपुत्री र शूरसेन (वसुदेवका पिता र कृष्णका हजुरबुबा) की छोरी थिइन्। उनकी दोस्रो पत्नी मद्र राज्यकी राजकुमारी माद्री थिइन्। यो विवाहको प्रस्ताव भीष्मले राखेका थिए।[११]
मृत्यु
[सम्पादन गर्नुहोस्]एक दिन, पाण्डुले आफूलाई लागेको श्राप बिर्सिँदै उनी अचानक माद्रीप्रति कामवासनाले भरिन्छन्। माद्रीको अनुनय-विनयका बाबजुद उनी उनीसँग संसर्गमा लिप्त हुन्छन्। उक्त कार्यपछि, श्रापको प्रभावले उनको मृत्यु हुन्छ। उनको शवलाई वनमै दाहसंस्कार गरिन्छ। आफ्ना श्रीमानको मृत्युको कारण आफैँलाई मानेर पश्चात्तापमा डुबेकी माद्रीले आफ्ना सन्तानहरू कुन्तीलाई सुम्पेर आत्मदाह गर्छिन्।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२०२०-०२-२१), "Pandu, Pāṇḍu, Paṇḍu, Pandū, Pamdu, Pamde: 38 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-१६।
- ↑ "Hinduism: An Alphabetical Guide", by Roshen Dalal, p. 230, publisher = Penguin Books India
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Sambhava Parva: Section CII", Sacred-texts.com, अन्तिम पहुँच २०१२-०८-१५।
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Ambālikā", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१६।
- ↑ Bhanu, Sharada (१९९७), Myths and Legends from India - Great Women, Chennai: Macmillan India Limited, पृ: 35–6, आइएसबिएन 0-333-93076-2।
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Sambhava Parva: Section CV", Sacred-texts.com, अन्तिम पहुँच २०१२-०८-१५।
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Sambhava Parva: Section CVI", www.sacred-texts.com, अन्तिम पहुँच २०२०-०८-३१।
- ↑ Witzel, Michael (१९९५), "Early Sanskritization: Origin and Development of the Kuru state", EJVS 1 (4), मूलबाट ११ जुन २००७-मा सङ्ग्रहित। अभिलेखिकरण ११ जुन २००७ वेब्याक मेसिन
- ↑ Menon, [translated by] Ramesh (२००६), The Mahabharata : a modern rendering, New York: iUniverse, Inc., आइएसबिएन 9780595401871।
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Sambhava Parva: Section CXII", www.sacred-texts.com, अन्तिम पहुँच २०२०-०८-३१।
- ↑ Debalina (२०१९-१२-२०), Into the Myths: A Realistic Approach Towards Mythology and Epic (अङ्ग्रेजीमा), Partridge Publishing, आइएसबिएन 978-1-5437-0576-8।
- ↑ Fang, Liaw Yock (२०१३), A History of Classical Malay Literature (अङ्ग्रेजीमा), Institute of Southeast Asian, आइएसबिएन 978-981-4459-88-4।
