धृष्टद्युम्न

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धृष्टद्युम्न
Drishtadyumna as Commander in chief of Pandava's Army.jpg
A painting of Dhrishtadyumna riding a chariot
Information
परिवार
बच्चाक्षत्रधर्मन, क्षत्रवर्मन, क्षत्रनजय र धृष्टकेतु
Homeपाञ्चाल

धृष्टद्युम्न ऐतिहासिक घटना महाभारतको पात्र तथा द्रौपदीको दाइ र द्रुपदको पुत्र थियो । उनलाई राजा द्रुपदले द्रोणाचार्यको मृत्यु गर्नको लागि नै यज्ञ गरेर यज्ञकुण्डबाट उत्पत्ति गरेका थिए । उनी कुरुक्षेत्रमा पाण्डवको सेनापति थिए ।

जन्म र शिक्षा[सम्पादन गर्नुहोस्]

A Mughal painting by Bilal Habsi depicting the birth of Dhrishtadyumna. A folio of Razmnama, the Persian translation of the epic

द्रोणाचार्यले कुरु राजकुमारहरूलाई दिक्षित गरेपछी गुरु दक्षिणा को रुपमा पाञ्चालराज द्रुपदलाई कैदी बनाएर ल्याउन भने। उनको आज्ञा अनुसार पहिला दुर्योधनकर्णले द्रुपदको राज्यमा आक्रमण गरे, तर पराक्रमी राजा द्रुपदका सामु टिक्न सकेनन् । हारेर फर्किए। त्यसपछि द्रोणले पाण्डवलाई पठाए। पाण्डवले राजा द्रुपदलाई उनका मन्त्रीसहित कैदी बनाएर आचार्यको अगाडि उभ्याए। द्रोणले उनको आधा राज्य लिएर आधा राज्य सहित उनलाई फर्काइदिए।

यसरी राजा द्रुपदको अभिमान चूर्ण भयो। द्रोणसित बदला लिने भाव द्रुपदको जीवनको लक्ष्य बन्न पुग्यो। उनले धेरै कठोर तपस्या, व्रत गरे र कामना गरे-"मबाट एउटा यस्तो पुत्र जन्मियोस्, जसले द्रोणलाई मार्न सकोस्।" उनले द्रोणलाई मार्न सक्षम पुत्र पाउन एक यज्ञ गरे। यज्ञको पवित्र ज्वालाबाट एक पूर्ण विकसित व्यक्ति निस्किए, जो आगो समान चम्किरहेको थियो। ती युवकको हातमा तरबार र धनुष थियो। उनको उत्पत्ती हुनासाथ एक दिव्य आवाजबाट आकाशवाणी भयो:

यस राजकुमारको जन्म द्रोणको विनाशको लागि भएको हो। यिनले पाञ्चालको सबै भयलाई पन्चाउनेछन् र पाञ्चालको प्रसिद्धको प्रसार गर्नेछन् ।

यसपछि आगो बाट एक सुन्दर युवतीको उदय भयो। ऋषिहरूले युवाको नाम धृष्टद्युम्न र युवतीको नाम कृष्णा राखे तर कृष्णालाई द्रौपदीको नामले बढी चिनिन्छ।

केहि समयपछि, द्रोणले धृष्टद्युम्नको बारेमा सुने र उनले आफ्नो राज्यमा आमन्त्रण गरे। द्रोणलाई धृष्टद्युम्नको भविष्यवाणीबारे थाहा भएपनि, उनलाई खुसीसाथ आफ्नो छात्राको रुपमा स्वीकार गरे।

द्रौपदी स्वयंवर[सम्पादन गर्नुहोस्]

धृष्टद्युम्न स्वयंवर समारोहको नियमको घोषणा गर्दै

धृष्टद्युम्नले आफ्नो बहिनी द्रौपदीको स्वयंवरको आयोजना गरेका थिए र राजा र राजकुमारहरू माझ समारोहको नियमक घोषणा गरेका थिए।[१][२]

विवाह तथा सन्तान[सम्पादन गर्नुहोस्]

धृष्टद्युम्नको अनेक पत्नी थिए। उनको ४ पुत्र थिए- क्षत्रधर्मन, [३] क्षत्रवर्मन,[४] क्षत्रनजय[५] र धृष्टकेतु।[६] पहिलो ३ जना कुरुक्षेत्र युद्धमा द्रोणद्वारा मारिएका थिए भने धृष्टकेतु कर्णबाट मारिएका थिए। [७]

कुरुक्षेत्र युद्ध[सम्पादन गर्नुहोस्]

पहिलो दिन[सम्पादन गर्नुहोस्]

पहिलो दिनको युद्धमा पाण्डव सेनाको भारी क्षति भयो।

दोस्रो दिन[सम्पादन गर्नुहोस्]

पहिलो दिनको युद्धमा पान्डव सेनाको जुन दुर्गति भएको थियो, त्यसबाट शिक्षा लिएर सेनापती धृष्टद्युम्नले दोस्रो दिन निकै सतर्कताका साथ व्यूह रचना गरे।

कुरुक्षेत्र युद्धको दोस्रो दिन भीष्मअर्जुन तथा द्रोण र धृष्टद्युम्नको लडाइँ भएको थियो। आचार्य द्रोणले धृष्टद्युमन माथि तीखो वाण चलाएर उनलाई घाइते तुल्याइदिए। धृष्टद्युम्न अलिकति पनि आत्तिएनन्। उनले पनि आचार्यमाथि वाणको वर्षा गरे। आचार्यले सहजै ती वाणहरू काटे। यस युद्धमा धृष्टद्युमनको सारथि मारिए। त्यसैले राजकुमार धेरै रिसाए। उत्तेजित भए गह्रौँ गदा हातमा लिएर उनी द्रोणमाथि जाइलागे। आचार्यले वाणद्वारा चूरचूर गरिदिए। फेरी धृष्टद्युम्न तरबार लिएर जाइलागे। तर द्रोणले वाणहरूको वर्षाले राजकुमारको शरीर नराम्रो सँग छेडिदिए। उनको अवस्था यतिसम्म भयो कि धृष्टद्युम्न हलचल पनि गर्न सकेनन्। राजकुमारको यस्तो अवस्था देखेर भीमसेन उनको रक्षाको लागि आए। उनले द्रोणाचार्य माथि एकै एकैसाथ वाणको वर्षा गरिदिए। यसबाट द्रोण पलभरका लागि थाके। यही मौका पारेर भीमसेनले धृष्टद्युम्नलाई आफ्नो रथमा बसाए, अनि युद्ध क्षेत्रबाट बाहिर निकाले

छैटौं दिन[सम्पादन गर्नुहोस्]

छैटौं दिनको युद्धमा भीम रथबाट झरेर शत्रु सेना भित्र प्रवेश गरे। भीमको रथमा भीमलाई नदेखेर धृष्टद्युम शङ्कित भए। कतै सारा कौरव एकैसाथ मिलेर भीमसेन माथि हमला गरे कि भन्ने डर उनलाई लाग्यो। यस्तो सोचेर पाण्डव सेनापति धृष्टद्युम्न पनि आफैं सेनाभित्र घुसे। केही पर शत्रुको समूहमा भीमसेन देखा परे। भीमसेनलाई हातमा गदा लिएर उभिरहेको उनले देखे। सारा शरीर घाउले छ्यापछ्यप्ती थियो। शत्रुदलको वीरहरूले भीमसेनलाई चारैतिर बाट घेरेर वाणको वर्षा गरिरहेका थिए। यस्तो देखेर धृष्टद्युम्नको हृदय अभिमान र श्रद्धाले पूर्ण भयो। उनले भीमलाई जोगाउँदै तानेर रथमा बसाले। दुर्योधनले आफ्ना सैनिकसँग भने-"द्रुपदकुमार र भीमसेन माथि जाइलाग। दुइटै बाँच्न नपाउन्।" आदेश सुन्नासाथ कयौं कौरव वीरहरू एकै साथ ती दुईमाथि जाइलागे। यस्तो देखेर धृष्टद्युम्नलाई सहिनसक्नु भयो। उनले कौरव माथि मोहनास्त्रको प्रयोग गरे। यसले गर्दा सबै अचेत भए। उनले मोहनास्त्रको प्रयोग द्रोणाचार्य सँग सिकेका थिए। यत्तिकैमा दुर्योधन त्यहाँ आइपुगे र मोहनास्त्रको प्रभाव हटाउने अस्त्र चलाई सेनालाई जगाए। कौरव सेनाले धृष्टद्युम्न माथि निकै जोरसँग आक्रमण गरे।

यसै समय अभिमन्यु आफ्नो सेनाका साथ धृष्टद्युम्नको मद्दतमा पुगे। मद्दत पाएपछि धृष्टद्युम्न अझै उत्साहका साथ लड्न थाले। यता भीम पनि विश्राम गरेर कैकेय राजको रथमा चढेर कौरव माथि भीषण प्रहार गर्न थाले। तर द्रोणको पराक्रम अगाडि सबैको वीरता फिकाजस्तो देखिन्थ्यो। द्रोणले द्रुपदकुमारको सारथि र घोडाहरू मारिदिए। उनको रथ पनि चकनाचुर भयो। त्यसपछि धृष्टद्युम्न अभिमन्युको रथमा गएर चढे र अविचलित भावले युद्ध जारी राखे। तर द्रोणले यस्तो उत्पात मच्चाए जसबाट पाण्डवसेनाको अडान टुट्न गयो र उनीहरूको हृदय काँप्न गयो।

मृत्यु[सम्पादन गर्नुहोस्]

द्रोणाचार्यका पुत्र अश्वत्थामाले युद्धको अठारौ दिनमा उनको शिविरमा प्रवेश गरे । उनले लात प्रहार गरी उनलाई जगाए । र मुक्का प्रहार गरी उनको बध गरे ।

विश्लेषण[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Kapoor, Subodh (नोभेम्बर २००४), A Dictionary of Hinduism: Including Its Mythology, Religion, History, Literature and Pantheon (अङ्ग्रेजीमा), Cosmo Publications, आइएसबिएन 978-81-7755-874-6 
  2. Rao; Rameshwar, Shanta (१९८५), Mahabharata, The(Illustrated) (अङ्ग्रेजीमा), Orient Blackswan, आइएसबिएन 978-81-250-2280-0 
  3. "The Mahabharata, Book 7: Drona Parva: Dronabhisheka Parva: Section XXIII", www.sacred-texts.com 
  4. "Kshatravarman, Kṣatravarman, Kshatra-varman: 1 definition", www.wisdomlib.org, ९ मार्च २०१९। 
  5. "Kshatranjaya, Kṣatrañjaya: 1 definition", www.wisdomlib.org, १३ मार्च २०१९। 
  6. "Dhrishtaketu, Dhrishta-ketu, Dhṛṣṭaketu: 9 definitions", www.wisdomlib.org, २९ जुन २०१२। 
  7. "Dhrishtadyumna, Dhrishta-dyumna, Dhṛṣṭadyumna: 9 definitions", www.wisdomlib.org, २९ जुन २०१२। 

यो पनि हेर्नु होस[सम्पादन गर्नुहोस्]