हिडिम्ब
| हिडिम्ब | |
|---|---|
| आबद्ध | राक्षस |
| वासस्थान | काम्यक वन |
| वंशावली | |
| भाइबहिनीहरू | हिडिम्बा |
हिडिम्ब एक शक्तिशाली राक्षस राजा थिए जसको उल्लेख महाकाव्य महाभारतमा गरिएको छ।[१] उनलाई भीमले मारेका थिए र यसको वर्णन आदि पर्वको ९औँ उप-पर्व (हिडिम्ब-वध पर्व) मा गरिएको छ।[२]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]राक्षस हिडिम्ब आफ्नी बहिनी हिडिम्बासँगै एउटा वनमा बस्ने गर्दथे। यात्राका क्रममा पाण्डवहरू आराम गर्नका लागि त्यस वनमा रोकिएका थिए र भीम पहरेदारीमा बसेका थिए। हिडिम्ब मानिसको मासु खाने गर्दथ्यो र उनलाई त्यहाँ आराम गरिरहेका पाण्डवहरूलाई खाने इच्छा जागृत भएको थियो। उनले पाण्डवहरूलाई मारेर ल्याउनका लागि हिडिम्बालाई पठाउँछ। हिडिम्बी उनको निर्देशन अनुसार पाण्डब भएको ठाउँमा पुग्छिन्, तर भीमलाई देखेपछि उनको मन बदलिन्छ र भीमसँग प्रेममा पर्छिन्। उनले एक सुन्दरी स्त्रीको रूप धारण गर्दै भीमलाई आफ्नो दाजुले गर्न लागेको कामको बारेमा बताउँछिन्, साथै आफूसँग विवाह गर्न पनि भीमलाई आग्रह गर्छिन्।[३]
हिडिम्बले सो कुरा थाह पाइसके पछि आफ्नी बहिनीसँग क्रोधित हुँदै उनीलाई मार्नका लागि उनीतिर झम्टिन्छन्। भीमले बीचमा हस्तक्षेप गर्दै हिडिम्बलाई आफूसँग लड्न चुनौती दिन्छन्। उनीहरूबीचको लडाइँको आवाज सुनेर सुतिरहेका पाण्डवहरू बिउँझिन्छन् र भीमलाई हिडिम्ब मार्न मद्दत गर्ने प्रस्ताव राख्छन्, तर भीमले उनीहरूलाई दर्शकका रूपमा मात्र लडाइँ हेर्न आग्रह गर्छन्। अर्जुनले भीमलाई बिहानी हुन लागेको र त्यस समयमा राक्षसहरू अझ शक्तिशाली हुने कुरा सम्झाउँछन्। त्यसैले, उनले भीमलाई जतिसक्दो चाँडो हिडिम्बलाई मार्न सल्लाह दिन्छन्। त्यसपछि, भीमले हिडिम्बलाई किचेर दुई टुक्रा पारी उनको अन्त्य गरिदिन्छन्।[३]
मन्दिरहरू
[सम्पादन गर्नुहोस्]हिमाचल प्रदेशमा हिडिम्बकी बहिनी हिडिम्बालाई समर्पित केही मन्दिरहरू छन्।
सबैभन्दा प्रसिद्ध मन्दिर मनालीमा रहेको हिडिम्बा देवी मन्दिर हो। यहाँ स्थापित गरिएका केही पवित्र वस्तुहरूमा रथ, पदचिह्न र एउटा सानो मूर्ति समावेश छन्। हिडिम्बी कुल्लु उपत्यकाका सबैभन्दा शक्तिशाली देवताहरूमध्ये एक हुन्। देवदारका वनहरूमा अवस्थित यो प्यागोडा शैलीको काठको मन्दिरमा जटिल रूपमा कुँदिएका काठका ढोकाहरू र काठकै शिखरहरू छन्। यो मन्दिर ५०० वर्षभन्दा पुरानो भएको विश्वास गरिन्छ।
चाडपर्वहरू
[सम्पादन गर्नुहोस्]श्रद्धालुहरू कुल्लु सहरमा आयोजना हुने वार्षिक दसैँ पर्वमा सहभागी हुन जाने गर्दछन्, जहाँ हिडिम्बीको रथले कुल्लु उपत्यकाभरिका देवताहरूको र्यालीको नेतृत्व गर्दछ र रघुनाथको मुख्य रथलाई स्कर्ट गर्दछ। सात दिनसम्म चल्ने यो उत्सवको अन्त्यमा, लङ्का दहनको दिनमा हिडिम्बीलाई बलि चढाइन्छ। घटोत्कच पनि छिमेकी बन्जार गाउँ र सिराज क्षेत्रमा एक लोकप्रिय देवता हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ HimVani, Team (२००७-०३-२८), "Hidimba: The unsung heroine of Mahabharata", HimVani (en-USमा), अन्तिम पहुँच २०१९-०७-०३।
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Hidimva-vadha Parva: Section CLIV", www.sacred-texts.com, अन्तिम पहुँच २०२१-०३-१०।
- 1 2 Mahabharata 1, Penguin Books, २०१५, पृ: 265–272, आइएसबिएन 9780143425144।