शिखण्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिखण्डी
महाभारत पात्र
शिखण्डी
कृप र शिखण्डीको युद्ध
प्राप्त जानकारी
लिङ्गपुरुषमा परिणत भएकी महिला[१]
परिवारद्रुपद (पिता)
कोकिला (आमा)
सत्यजीत
धृष्टद्युम्न (भाइ)
द्रौपदी (बहिनी)

शिखण्डी हिन्दु महाकाव्य महाभारतका एक पात्र हुन्। उनको जन्म पाञ्चाल देशका राजा द्रुपदकी पुत्री "शिखण्डिनी"को रूपमा भएको थियो। महाभारत कथाका अनुसार भीष्मद्वारा अपहरण गरिएकी काशीराजकी ज्येष्ठ पुत्री अम्बानै दोस्रो जन्ममा शिखण्डीको रूपमा जन्मिएकी थिइन्। प्रतिशोधको भावनाले उनले भगवान शङ्करको कठोर तपस्या गरिन् र महाराज द्रुपदको यहाँ जन्म लिइन। शिखण्डीले कुरुक्षेत्र युद्धमा पिता द्रुपद र भाइ धृष्टद्युम्न सहित पाण्डवको तर्फबाट युद्ध गरेका थिए।

पूर्वजन्मको कथा[सम्पादन गर्नुहोस्]

महाभारत कथाका विभिन्न पुस्तकहरूमा शिखण्डी पूर्वजन्ममा अम्बा भएको उल्लेख पाइन्छ।[२] अम्बा काशीराजकी जेष्ठ पुत्री थिइन्। पुत्री विवाहयोग्य भइसके पछि उनकी दुई बहिनी अम्बिकाअम्बालिका सहित तीनै जनाको विवाहको लागि उनका पिताले स्वयम्बरको आयोजना गरेका थिए। हस्तिनापुरलाई स्वयम्बरमा आमन्त्रित नगरेको सजायको रूपमा हस्तिनापुरका संरक्षक भीष्मले स्वयम्बरको सभा बाटै आफ्नो भाइ विचित्रवीर्य जो हस्तिनापुरका राजा थिए, उनको लागि तीनै जनालाई अपहरण गरी हस्तिनापुर लगे।[३] त्यहाँ पुगिसके पछि अम्बा अरू कसै प्रति आसक्त रहेको थाहा पाए र भीष्मले अम्बालाई उसको प्रेमीकहाँ पुर्‍याउने व्यवस्था मिलाए तर अम्बा तिरस्कृत भएर फर्किइन। तत्पश्चात् अम्बाले यसको उत्तरदायित्व भीष्मलाई सुम्पिएर भीष्मसँग विवाहको लागि जोर गरिन्। तर भीष्मले आफू आजीवन ब्रह्मचर्य पालनको प्रतिज्ञामा बाँधिएको तर्क दिएर विवाहको लागि मञ्जुर भएनन् तैपनि उनी आफ्नो भनाईमा अडिग रहिन्। र अन्ततः अम्बाले प्रजिज्ञा गरिन् कि उनी एक दिन भीष्मको मृत्युको कारण बन्नेछिन्। यसको लागि उनले भगवान शङ्करको घोर तपस्या गरिन् र मनोकामना पुरा हुने वरदान प्राप्त गरिन्। अर्को जन्ममा उनी राजकुमारी शिखण्डिनीको रूपमा जन्मिइन् र पूर्वजन्मको स्मृतिको कारण लक्ष्य प्राप्तिको लागि फेरि तपस्या शुरू गरिन्।

जीवन वृत[सम्पादन गर्नुहोस्]

शिखण्डीको जन्म पाञ्चाल नरेश द्रुपदको घरमा मूल रूपमा एक कन्याको रूपमा भएको थियो। उसको जन्मको समयमा एक आकशवाणी भएको थियो जसमा भनिएको थियो कि उसको लालनपालन एक पुत्री जसरी नभएर एक पुत्रको रूपमा गरियोस्। यसैले शिखण्डीको लालनपालन पुरुषको समान गरियो। उसलाई युद्धकलाको प्रशिक्षण दिइयो र कालन्तरमा उसको विवाह पनि भयो। तर उसको विवाह पश्चात् उसकी पत्नीलाई सत्यको ज्ञान भए पछि उसको अपमान गरिन्। यस घटनाले दुःखी भएकी शिखण्डिनी आत्महत्याको मनसायले पाञ्चालबाट भागिन्। तब एउटा यक्षले उसलाई बचाए र आफ्नो लिङ्ग परिवर्तन गरेर उसलाई पुरुषत्व दिए। यसप्रकार शिखण्डी बनेर उनी आफ्नो देश पाञ्चाल फर्किए अनि आफ्नी पत्नीसँग वैवाहिक जीवन बिताउन थाले। शिखण्डीको मृत्युको पश्चात् उसको पुरुषत्व यक्षलाई फिर्ता भयो।

प्रतिज्ञापूर्ति र भीष्मको मृत्यु[सम्पादन गर्नुहोस्]

कुरुक्षेत्रको युद्धमा १०औँ दिन उनी भीष्मको सामुन्ने आए, त्यही बेला भीष्मले उसको रूपमा अम्बालाई चिने र आफ्नो हतियार छोडिदिए। त्यही बखत अर्जुनले शिखण्डीको पछाडिबाट भीष्ममाथि बाणको वर्षा गरे र उनलाई बाणको शय्यामाथि सुताइदिए। यसप्रकार अर्जुनले भीष्मलाई पराजित गरे, जसलाई अरू कुनै तरिकाले पराजित गर्न सकिदैनथ्यो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Mahabharata, Book 8: Karna Parva: Section 6", www.sacred-texts.com, अन्तिम पहुँच २०२०-०१-२२ 
  2. Sorabji, Cornelia, and Warwick Goble. Shikhandi: The Maiden-knight and Other Stories. Bombay: Blackie and Son, 1916. Print.
  3. http://www.sacred-texts.com/hin/m01/m01068.htm