जयद्रथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Death of Jayadratha.jpg
रुद्रस्त्र प्रहार गरी अर्जुन द्वारा जयद्रथको बध

महाभारतमा जयद्रथ सिन्धु राज्यको राजा थिए । उनी कौरव दाजुभाइका एक मात्र बहिनी  की पति थिए । दुशला बाहेक उनको अन्य दुई पत्नी थिए , एक गन्धार राज्यको र अर्को कम्बोजा राज्यको । उनी राजा बृधक्षेत्रका पुत्र थिए । अर्जुनले कृष्णको सहयोगबाट महाभारतको युद्धमा उनलाई मारे ।

नाम[सम्पादन गर्नुहोस्]

जयद्रथ जय र रथ दूई शब्दबाट बनेको छ । उनका अन्य नाम:

  • सिन्धुराज
  • सैन्धव

द्रौपदी हरण[सम्पादन गर्नुहोस्]

पाण्डवहरू बनबासमा गएको बेला, एक दिन पाण्डवहरू समिथा र कुश खोज्न बाहिर गएका थिए। पाण्डवहरूले द्रौपदीलाई आश्रममा एक्लै छोडेर त्रुनाबिन्दु ऋषिलाई उनको रेखदेख गर्न भनेका थिए। त्यो दिन जयद्रथले द्रौपदीलाई देखे र आफ्नो मन्न्री कोटिक्षलाई "उनी को हुन?" पहिचान गर्न अह्राए। कोटिक्षले सबै कुरा बुझेर जयद्रथलाई जानकारी दिए। उनलाई पाण्डव पत्नी द्रौपदी भनि चिनेपछि जयद्रथ उनको छेउ गएर उनलाई विवाहको प्रस्ताव गरे। सुरुमा त द्रौपदीले उनलाई पाण्डव र कौरवको ज्वाई भएकाले स्वागत गरे। उनले उनको प्रस्ताव अस्विकार गरेपछि जयद्रथले द्रौपदीलाई हरण गरी आफ्नो राज्यतर्फ जबर्जस्ति लान खोजे। पाण्डवहरू आश्रममा फर्के र द्रौपदीलाइ नदेखे पछि उनको खोजि गर्न लागे। द्रौपदीकी संगिनीले जयद्रथले उनलाई अपहरण गरेको बताए। युधिष्ठिरले भीमसेनअर्जुनलाई द्रौपदीको उद्धार गर्न आदेश दिए। दुवैजना गएर जयद्रथलाई पराजित गरे र युधिष्ठिरको अगाडि प्रस्तुत गरे। द्रौपदीले दुषालालाई बिधवा हुन नदिन जयद्रथलाई प्राणदान दिन आग्रह गरिन। उनले जयद्रथलाई दासको व्यबहार गर्न सुझाइन्। र भीमले चार पाटा मुडेर मुक्त गरिदिए । 

कुरुक्षेत्रको लडाई[सम्पादन गर्नुहोस्]

Abhimanyu fights the Kauravas in the chakrayudha (left); while Jayadratha on the elephant on the right prevents the Pandavas from aiding Abhimanyu.

जयद्रथले कुरुक्षेत्रको लडाईंमा आफ्नो जेठान दुर्योधनको पक्षमा लडे। महाभारत युद्धको पहिलो दिन उनले राजा द्रुपदलाई पराजित गरे। १३ औ दिनमा, द्रोणाचार्यले चक्रव्युहको निर्माण गरे। अर्जुन पुत्र अभिमन्यु चक्रव्युहभित्र प्रवेश गरे र पाण्डव फौज उनलाई पच्छ्याउदै व्युह तोड्ने रणनीति बनाएका थिए। तर जयद्रथले सिन्धुका बहादुर राजा जयद्रथले आफ्नो भएभरको फौज लगाएर आक्रमण गरी पाण्डवहरूलाई रोके। चक्रब्युहको रचनालाई बलियो पारे। उनले व्युहको रचना यसरी बन्द गरिदिए कि पाण्डवहरूलाई बल जफति भित्र जान असंभव भयो। द्रोणको रणनीति अनुसार, अर्जुन र कृष्ण सुशार्मा र त्रिगर्त सेनासँग लड्दै थिए। अभिमन्युलाई चक्रव्यूह भित्र प्रवेश गर्न आउथ्यो तर बाहिर निस्कन आउदैनथ्यो। र चक्रव्यूह भित्र उनको हत्या भयो।

त्यति बेला जयद्रथसँग संसारकै शक्तिशाली सेना थियो जसले पाण्डव फौजलाई रोकेर राख्यो। त्यो परिस्थितिमा द्रौपदी, युधिष्ठिर र भीमसेनले पाएको मौकामा जयद्रथलाई जिउदै छाडेको भनेर पश्चताप गरे। अर्जुनले अभिमन्युको हत्याको दोष जयद्रथलाई लगाए र अर्को दिनको सुर्यास्त सम्ममा जयद्रथको हत्या गर्ने, गर्न नसकेमा आफै चितामा जल्ने प्रतिज्ञा लिएका थिए। र महाभारतको लडाई को १४ औ दिन सुरु भयो । 

अर्जुनको बदला[सम्पादन गर्नुहोस्]

द्रोणाचार्यले जयद्रथलाई अर्जुनबाट रक्षा गर्न ३ व्युहको रचना गरेका थिए ।  भीम, सात्यिकी र अर्जुनले कौरवसेनालाई धुजा धुजा बनाए। तर अर्जुनले सुर्यास्त सम्ममा आफ्नो लक्ष्य हासिल नगर्ने प्रस्ट भयो। चरम उत्कर्षको पलमा दुबै जनाले पश्चिम दिशा तिर हेर्ने गरेका थिए। किनभने, दिन बित्ने बेला भै रहेको थियो। सूर्य अस्ताउने बेला थियो। जयद्रथ कम खालको योद्धा थिएन। अर्जुनलाई आफ्नो बल दक्षता प्रयोग गर्न मुश्किल परेको थियो। आकाश मण्डलमा दुब्न लागेको सूर्य रातो भएको थियो। तर युद्ध सकिएको थिएन ।

" समय अलिकति मात्र बाँँकी छ। जयद्रथ बाँचिएकै छ। अर्जुनको आक्रमण बिफल भएको छ। प्रतिज्ञा पूरा नभएर अर्जुनको बेइज्जति हुन लागि रहेको छ। " भनि दुर्योधन मन मनै खुसी भएका थिए। त्यस पछि अन्धकार भयो। दुबै पक्षमा कोलाहल हुन थाल्यो। घाम अस्ताई सक्यो। जयद्रथ मारिएको छैन। अर्जुन पराजय भएको छ। " भनि पाण्डवहरू खिस्रिक्क भए। कौरब सेनामा हर्षको लहर चल्यो। जयद्रथले पश्चिमतिरको आकाश मणडल हेरे। "अब म बाँचे " भनेर मनमनै विचार गरे। किन भने त्यस बेला उसले सूर्यलाई देखेको थिएन। अर्जुनबाट हुने भएको प्रतिज्ञाको समय अवधि सकियो भन्ने उस्को विचार थियो ।

त्यस बेला जे जस्तो भए पनि कृष्णले अर्जुनलाई भन्यो – " सिन्धुराजाले आकाश मण्डल हेरी रहेको छ। यो अन्धकार मैले गराएको हो। अहिले सम्म घाम अस्ताएको छैन। आफ्नो प्रण अनुसारको काम गर। मौका यहि छ । जयद्रथ सुरक्षा देखि अलग्ग रहेको छ। " गान्धिवबाट बाण छुट्यो। उडेर गएको बाणले जयद्रथको टाउकोलाई पनि ऊडाएर लग्यो। कृष्णले कराएर भने – "अर्जुन, जयद्रथको टाउकोलाई जमिनमा खस्नु भन्दा पहिले नै अर्को बाण हानेर त्यस्लाई उस्को पिता वृद्धक्षेत्रको काखमा पुर्याइदेउ। छिटै बाण हानि हाल। " अर्जुनले तुरुन्तै अर्को बाण हाने। त्यस बाणले जयद्रथको टाउकोलाई उडाएर चराले लगे जस्तो लग्यो। त्यो एउटा अपूर्बको घटना थियो।

वृद्धक्षेत्र आँखा चिम्लेर आफ्नो आश्रमको खुला ठाउँमा ध्यानमा मग्न भएर बसेका थिए। त्यसै बेला सुन्दर कपाल र सुनको मुन्द्रि लगाएको उनको छोरा जयद्रथको टाउको उनकै काखमा खस्यो। बिस्तारै खसेकोले बृधक्षेत्रले चालै पाएन। ध्यान सकेर वृद्धक्षेत्र उठे। त्यो टाउको गुडेर भुईँमा खस्यो। टाउको भुईँमा पर्ना साथ बृधक्षेत्रको टाउको पनि सयौँ टुक्रा भएर फुट्यो। बाबु र छोरा दुबै जना एक साथ बहादुरहरूको लोकमा पुगे।[१]कृष्णले अर्जुनलाई बचाउन सुदर्शन चक्रले सुर्यलाई छेकेर सुर्य ग्रहणको भ्रम सिर्जना गरेको समेत भनिन्छ ।

अर्जुन द्वारा जयद्रथको शीर छेदन, मुगल कलाकार बस्वान र मिस्किन को चित्र

उनका पिता बृधक्षेत्रलाई जसले उनको छोराको शीर जमिनमा झार्छ ,उसको शीर १०० टुक्राहुन्छ भने बरदान मिलेको थियो । जब जयद्रथको शीर उनको काखमा पर्यो तब उनी उड्दा जयद्रथको शीर भुइँमा झर्यो र बाबु र छोरा दुबै जना एक साथ बहादुरहरूको लोकमा पुगे ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. [ ९० अब एकै चोटि ९० जयद्रथको बध]