धृतराष्ट्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धृतराष्ट्र
Mahabharata पात्र
धृतराष्ट्र
नेत्रहीन राजा धृतराष्ट्र सञजयसँग महाभारतको लडाइँको वृतान्त सुन्दै
प्राप्त जानकारी
परिवारवेद व्यास, विचित्रवीर्य (पिता)<br /अम्बिका (आमा)
पाण्डु, बिदुर (भाइ)
जीवनसाथीगान्धारी
बच्चादुर्योधन, दु:शासन, Vikarna and 97 other sons and Duhsala (daughter) by his wife Gandhari
Yuyutsu by Sughada (Gandhari's maid)

महाभारतमा धृतराष्ट्र हस्तिनापुरका महाराज विचित्रवीर्यकी प्रथम पत्नी अम्बिकाका पुत्र थिए। तिनको जन्म महर्षि वेद व्यासका वरदान स्वरूप भएको थियो। हस्तिनापुरका यी नेत्रहीन महाराज सय पुत्रहरू र एक पुत्रीका पिता थिए। तिनकी पत्नीको नाम गान्धारी थियो। पछि यी सय पुत्र कौरव कहलाए। दुर्योधनदु:शासन क्रमशः पहिला दुइ पुत्र थिए।

जन्म[सम्पादन गर्नुहोस्]

आफ्नो पुत्र विचित्रवीर्यको मृत्युका पछि माता सत्यवती आफ्नो सबैभन्दा पहिला जन्मेको पुत्र, व्यासका नजिकगईन्। आफ्नो माताको आज्ञाको पालन गर्दै, व्यास मुनि विचित्रवीर्यको दुइटै पत्नीहरूका नजिकगए र आफ्नो यौगिक शक्तिहरूदेखि तिनलाई पुत्र उत्पन्न गर्ने वरदान दिए। उनले आफ्नो मातासित भने कि ती दुइटै रानीहरूलाई एक-एक गर्न तिनको नजिकपठाइयोस्, र उनलाई देखेर जो जस भावमा रहनेछ त्यसका पुत्र तेस्तै नैं हुनेछ। तब पहिला ठूली रानी अम्बिका कक्षमा गइन् तर व्यासजीका भयानक रूपलाई देखेर डरिन् र भयको कारण आफ्नो आँखाहरू बन्द गरिन्। यस कारण तिनलाई जो पुत्र उत्पन्न भयो त्यो जन्मान्ध थियो। धृतराष्ट्र जन्मान्ध पुत्र थिए । तिनको नेत्रहीनताका कारण हस्तिनापुरका महाराज तिनको अनुज पाण्डुलाई नियुक्त गरिएको छ। पाण्डुको मृत्युका पछि ती हस्तिनापुरका महाराज बने।

राज्यकाल[सम्पादन गर्नुहोस्]

राजा पाण्डु आफ्नो अपराधको प्रायश्चित गर्न भनी तपस्या हर्न जङ्गल तर्फ लागे। पितामह भीष्म तथा विदुरलाई राज्यको भार सुम्पिए अनि आफ्ना रानीहरू सँग वनतिर गए। त्यसपछि धृतराष्ट्र राजा बने।

कुरुक्षेत्र युद्ध[सम्पादन गर्नुहोस्]

युधिष्ठिरको राज्याभिषेक[सम्पादन गर्नुहोस्]

कौरव माथि विजय प्राप्त गरेपछि सारा राज्यमा पाण्डवको एकछत्र अधिकार भयो। युधिष्ठिर हस्तिनापुरको गद्दीमा बसे। महाराज युधिष्ठिरले अश्वमेघ महायज्ञको आयोजना गरेका थिए।

शोकात्तुर धृतराष्ट्रलाई पाण्डवले उचित गौरव दिएका थिए। उनैको अनुमतिबाट राजाधिराज युधिष्ठिरको नेतृत्वमा पाण्डवले राज्य गरेका थिए। युधिष्ठिरले वृद्ध धृतराष्ट्रको आरामको लागि हरेक किसिमको व्यवस्था गरिदिएका थिए। धृतराष्ट्रको भवनमा कमलो शैया, सुखद आसन, लुगा पोसाकको प्रबन्ध थियो। कृपाचार्य पनि वृद्ध राजाको साथी भएर उनकै भवनमा बस्ने गर्थे। व्यास ऋषि पनि आउने-जाने र सुन्दर सुक्तिले भरिएका आख्यानहरू सुनाउने गर्थे। यसले गर्दा उनको व्यथित हृदय मा शीतल लेपको जस्तो प्रभाव पारिदिन्थ्यो। राजकाजको विषयमा युधिष्ठिर धृतराष्ट्रसँग बराबर सल्लाह लिने गर्थे। महाराज युधिष्ठिर धृतराष्ट्रको मनमा चोट पुग्ने खालका कुनै कुरा गर्दैनथे। देश- विदेशबाट आउने राजाहरू पनि पहिए जस्तै धृतराष्ट्रको सम्मान गर्थे।

बनवास र मृत्यु[सम्पादन गर्नुहोस्]

युधिष्ठिरले धृतराष्ट्रलाई हरेक प्रकारबाट आराम दिने उचित प्रबन्ध गरेका थिए। तैपनि धृतराष्ट्रलाई सुखभोगमा मन लाग्न छोड्यो। एक त उनी धेरै वृद्ध भैसकेका थिए। फेरि भीमसेनका अप्रिय कुराहरूले उनको हृदय खिन्न हुन्थ्यो। बिस्तारै बिस्तारै उनको हृदयमा यति वाइराग्य आयो, आराम सँग बस्न छाडेर लुकी-लुकी आंशिक उपवास सम्म गर्न थाले। पलङमा सुत्न पनि छोडिदिए। कयौं व्रतहरूका कारण उनको शरीर धेरै दुब्लो हुँदै जान थाल्यो।

युधिष्ठिर को राज्याभिषेक भएको पन्ध्र बर्ष पछि एक दिन धृतराष्ट्रले धर्मराजको भवनमा गएर उनीसँग भने-"बाबू! तिम्रो कल्याण होस्। पन्ध्र वर्ष देखि तिमीले मलाई आफूकहाँ राखिरहेका छौ। तिम्रो आश्रममा बसेर मैले दान पुण्य पनि निकै गरेँ। पुत्रविहीन गान्धारीले पनि कुनै प्रकार धैर्य गरेर र मन लगाएर मेरो सेवा गरेकी छिन्। द्रौपदीको अपमान गर्ने र तिम्रो पैतृक सम्पत्ति हर्ने मेरा अन्यायी पुत्रहरूको त उनीहरूको आफ्नै कर्मको कारण नाश भयो। तर युद्धमा मारिएको हुनाले तिनले विरोचित रुपले स्वर्ग प्राप्त गरे। त्यसकारण उनीहरूको मलाई कुनै चिन्ता भएन। अब मेरो र गान्धारीको प्रबल इच्छा चाहिँ आफ्नो स्वर्ग प्राप्तिको तयारी गरौँ र धार्मिक कर्तव्यहरूमा धेरै ध्यान दिऊँ भन्ने छ। हाम्रो वंश परम्परागत प्रथाअनुसार हामी वृद्धहरूले बल्कल धारण गरेर वनमा जानुपर्छ भन्ने कुरा तिमीलाई थाहा छ।यसअनुसार नै म अब तिम्रो भलाईको कामना गर्दै वनमा गएर बस्न चाहन्छु। तिमीले यस कुराको अनुमति मलाई दिनै पर्छ। तिमी राजा हौ, त्यसैले मेरो तपस्याको फलको छैटौं भाग पनि तिमीलाई प्राप्त हुनेछ।"

धृतराष्ट्रको यस्ता कुरा सुनेर युधिष्ठिर निकै खिन्न भए। उनल्र भने-"महराज तपाईं व्रत उपवास गरिरहनु भएको छ- भुइँमा सुत्नुहुन्छ भनेर हामीलाइ एकरत्ती थाहा थिएन। मेरो लापरबाहीका कारण तपाईंले दु:ख सहनु परेको छ। साँच्चिकै मब्निकै दुरात्मा हुँ। मैले यस राज्यलाई लिएर के गरुँ? सुखभोगबाट मेरो मन पनि उडिसकेको छ। राज्य सम्पत्तिको लोभमा परेर मैले भारी अपराध गरेँ। त्यसलाई तपाईंले क्षमा गरिदिनुहोला। आजदेखी तपाईंकै पुत्र युयुत्सु राजगद्दीमा बसून् या जसलाई तपाईंले चाहनुहुन्छ राजा बनाइदिनुहोस्। अथवा शासनको बागडोर आफ्नो हातमा लिनुहोस् र प्रजाको पालन गर्नुहोस्। म वनमा जाने छु। यस हालतमा म तपाईंलाई कसरी अनुमति दिन सक्छु? मेरो निकै अपयश भैसकेको छ। अब अरु पनि दोषको भागी नबनाइदिनुहोस्। दुर्योधनसँग अब मेरो कुनै वैर विरोध छैन। जुन दुर्घटना भयो, त्यो विधिको लीला र सबैको अबुझपनको कारणले नै भएको हो। जसरी दुर्योधन तपाईंको पुत्र थिए, हामी पनि तपाईंकै पुत्र हौँ। कुन्ती र गान्धारी दुवैलाई मैले आफ्नो माता सम्झदै आएको छु। अब तपाईं वनमा जानुहुन्छ भने म पनि तपाईं सँगै जानेछु। म तपाईं समक्ष हात जोड्छु, तपाईंले मनको क्लेश त्यागिदिनुहोस्। म खुसी-खुसी तपाईंको सेवा टहल गर्नेछु" उनलाई धृतराष्ट्रलाई वनमा नजान निकै सम्झाए।

धर्मराज सँग कुरा गरेपछि धृतराष्ट्रले भाइ विदुर र आचार्य कृपसँग उनलाई वनमा जान अनुमती दिन युधिष्ठिरलाई सम्झाउन बिन्ती गर्दै थिए, वृद्ध राजा मूर्छित भएर गान्धारीको काखमा लडे। गान्धरीले उनलाई सम्हालिन्। युधिष्ठिरले चिसो पानी लिएर धृतराष्ट्रको अनुहारमा छर्किदिए।त्यसै बेला भगवान व्यास त्यहाँ आइपुगे। उनले युधिष्ठिरलाई धृतराष्ट्रलाई वनमा जान दिन सम्झाए।

वनवास[सम्पादन गर्नुहोस्]

युधिष्ठिरबाट अनुमती पाएपछि धृतराष्ट्र आफ्नो भवनमा फर्के र अनशन व्रत समाप्त गरे।

धृतराष्ट्रले युधिष्ठिरलाई आशीर्वाद दिए। गान्धारीको काँधमा हात राखेर लट्टी टेक्दै बनका लागी प्रस्थान गरे। माता कुन्ती पनि उनीहरू सँगै गइन्। आफ्नो व्रतका कारण गान्धारीले आँखामा पाट्टी बाँधेकी थिइन् । त्यसैले उनले कुन्तिको काँधमा हात राखेर बाटो छम्दै वन तर्फ्प्रस्थान गरिन्।

माता कुन्ती गान्धारीलाई केही टाढा सम्म छोड्नका लागि साथै आएकी होलिन् भानी धर्मराजले सम्झेका थिए। कुन्तीले गान्धारीको सेवा गर्न उनीसँग वनमा जाने निर्णय गरिसकेकी थिइन्। कुन्तीको कुरा सुनेर धर्मराज सन्न भए। युधिष्ठिरले कुन्तीलाई सम्झाउँदा सम्झाउँदै उनको गला बस्यो। कुन्तीले उनलाई आअहिर्वाद दिए।

पुत्रहरूलाई आशीर्वाद दिएर कुन्ती, गान्धारी र धृतराष्ट्र वनतर्फ लागे। युधिष्ठिर पक्क परेर उभिएर हेर्दै रहे।

मृत्यु[सम्पादन गर्नुहोस्]

धृतराष्ट्र, गान्धारीकुन्तीले तीन वर्ष सम्म वनमा तपस्वीहरूको जस्तै जीवन व्यतीत गरे। एक दिन धृतराष्ट्र स्नान-पूजा गरेर फर्किएका मात्रै थिए, जंगलमा एकाएक आगो लाग्यो। हावा निकै वेगले चलिरहेको थियो। छिटै नै आगो वनभरी फैलियो। जनावर हरू झुन्डका झुन्ड डराएर पानी भएतर्फ दगुरेर गए।

त्यस समय सञ्जय पनि उनकै साथमा थिए। धृतराष्ट्रले उनलाई कतै भागेर आफ्नो प्राण बचाउन आग्रह गरे। गान्धारी, कुन्तीसँगै उनी पूर्वतर्फ मुख गरेर योग समाधिमा बसे। सोही स्थितिमा तीनै जनाले त्यस दावानलमा आफ्नो शरीरको आहुती दिए। यो खबर देवर्षी नारदले युधिष्ठिरलाई पुर्याए।

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

भारतीय पौराणिक वंशावली

यादवकुल[सम्पादन गर्नुहोस्]

1 मनु | इला | पुरुरवस् | आयु | नहुष | ययाति | यदु | क्रोष्टु | 11 वृजिनिवन्त् | स्वाहि | रुशद्गु | चित्ररथ | शशबिन्दु | 21 पृथुश्रवस् | अन्तर | सुयज्ञ | उशनस् | शिनेयु | मरुत्त | 32 कम्बलबर्हिस् | रुक्मकवच | परावृत् | ज्यामघ | विदर्भ | 41 क्रथभीम | कुन्ति | धृष्ट | निर्वृति | विदूरथ | दशार्ह | व्योमन् | जीमूत | विकृति | भीमरथ | 51 रथवर | दशरथ | एकादशरथ | शकुनि | करम्भ | देवरात | देवक्षत्र | देवन | 61 मधु | पुरुवश | पुरुद्वन्त | जन्तु | सत्वन्त् | भीम | अन्धक | कुकुर | वृष्णि | कपोतरोमन | 80 विलोमन् | नल | अभिजित् | पुनर्वसु | उग्रसेन | कंस | 94 कृष्ण | साम्ब

पौरवकुल[सम्पादन गर्नुहोस्]

1 मनु | इला | पुरुरवस् | आयु | नहुष | ययाति | पूरु | जनमेजय | प्राचीन्वन्त् | प्रवीर | 11 मनस्यु | अभयद | सुधन्वन् | बहुगव | संयति | अहंयाति | रौद्राश्व | ऋचेयु | मतिनार | तंसु | 43 दुष्यन्त | भरत | भरद्वाज | वितथ | भुवमन्यु | बृहत्क्षत्र | सुहोत्र | हस्तिन् | 53 अजमीढ | नील | सुशान्ति | पुरुजानु | ऋक्ष | भृम्यश्व | मुद्गल | 61 ब्रह्मिष्ठ | वध्र्यश्व | दिवोदास | मित्रयु | मैत्रेय | सृञ्जय | च्यवन | सुदास | संवरण | सोमक | 71 कुरु | परीक्षित १ | जनमेजय | भीमसेन | विदूरथ | सार्वभौम | जयत्सेन | अराधिन | महाभौम | 81 अयुतायुस् | अक्रोधन | देवातिथि | ऋक्ष २ | भीमसेन | दिलीप | प्रतीप | शन्तनु | भीष्म | विचित्रवीर्य | धृतराष्ट्र | 94 पाण्डव | अभिमन्यु | परीक्षित | जनमेजय

अयोध्याकुल[सम्पादन गर्नुहोस्]

1 मनु | इक्ष्वाकु | विकुक्षि-शशाद | कुकुत्स्थ | अनेनस् | पृथु | विष्टराश्व | आर्द्र | युवनाश्व | श्रावस्त | 11 बृहदश्व | कुवलाश्व | दृढाश्व | प्रमोद | हरयश्व | निकुम्भ | संहताश्व | अकृशाश्व | प्रसेनजित् | युवनाश्व २ | 21 मान्धातृ | पुरुकुत्स | त्रसदस्यु | सम्भूत | अनरण्य | त्रसदश्व | हरयाश्व २ | वसुमत | त्रिधनवन् | त्रय्यारुण | 32 सत्यव्रत | हरिश्चन्द्र | रोहित | हरित | विजय | रुरुक | वृक | बाहु | 41 सगर | असमञ्जस् | अंशुमन्त | दिलीप १ | भगीरथ | श्रुत | नाभाग | अम्बरीश | सिन्धुद्वीप | अयुतायुस् | 51 ऋतुपर्ण | सर्वकाम | सुदास | मित्रसह | अश्मक | मूलक | शतरथ | ऐडविड | विश्वसह १ | दिलीप २ | 61दीर्घबाहु | रघु | अज | दशरथ | 65 राम | कुश | अतिथि | निषध | नल | 71 नभस् | पुण्डरीक | क्षेमधन्वन् | देवानीक | अहीनगु | पारिपात्र | बल | उक्थ | वज्रनाभ | शङ्खन् | 81 व्युषिताश्व | विश्वसह २ | हिरण्याभ | पुष्य | ध्रुवसन्धि | सुदर्शन | अग्निवर्ण | शीघ्र | मरु | प्रसुश्रुत | 91 सुसन्धि | अमर्ष | विश्रुतवन्त् | 94 बृहद्बल | बृहत्क्षय

अन्य राजा[सम्पादन गर्नुहोस्]

25 दिवोदास (काशी) | दुर्दम (छहय) | 29 केकय (आनव) | गाधी (कान्यकुब्ज) | अर्जुन (छहय) | विश्वामित्र (कान्यकुब्ज) | तालजङ्घ (छहय) | प्रचेतस् (द्रुह्यु) | सुचेतस् (द्रुह्यु) | सुदेव (काशी) | 40 दिवोदास २ (काशी) | बलि (आनव)

कलियुग[सम्पादन गर्नुहोस्]

महाभारतका अघिका कालका लागि हेर्नुहोसः