घटोत्कच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णले घटोत्कचलाई युद्धको लागि अनुरोध गर्दै

घटोत्कच महाभारतका अनुसार भीमहिडिंबाका पुत्र थिए । महाभारतको प्रमुख पात्रहरू मध्य घटोत्कच निक्कै बलिया थिए ।

जन्म[सम्पादन गर्नुहोस्]

लाक्षागृहको दहन पश्चात सुरंगका बाटाहरू पच्छयाउँदैँ पाण्डव आफ्नो माताका साथ वन पसे । धेरै हिडेँकाले पाण्डव थकित भए । प्यास पनि लागेका हुनाले भिम जलाशयमा पानी लिन गए । फर्कदाँ सबै सुतेका पाएपछि भिम पहरा दिन लागलागे ।

त्यस वनमा हिडबासुर नामको एक भयानक असुरको निवास थियो। मानवहरूको गन्ध मिल्नाले त्यसले पाण्डवहरूलाई समात्नका लागि आफ्नो बहिनी हिडिंबालाई पठाए । त्यहाँ पुगेपछि हिडिंबाले भिमको सुन्दर मुखारविन्द तथा बलिष्ठ शरीरलाई देखी र उनमा आसक्त भयो। त्यसले आफ्नो राक्षसी मायादेखि एक अपूर्व लावण्मयी सुन्दरीको रूप बनाई र भीमसेनका नजिकपुगिन् । भिमको नजीकमा गएर हिडम्बाले भीमलाई आफूसँग विवाह गर्नको लागि भन्न थालिन् । तर भीमले मानेन् धेरै बेरसम्म बहिनी नफर्केकाले हिडम्बासुर त्यहाँ आएर भीमसँग युद्ध गर्न थाल्यो । भीमले हिडम्बासूरलाई सहजै मारे । हिडम्बकी बहिनीले भीमसँग विवाहको लागि कर गर्न थालिन् । हिडम्बाको कुरा सुनेर युधिष्ठिरले पनि भीमलाई विवाह गर्दा हुन्छ भने । दाजुको आज्ञा अनुसार भीमले हिडम्बालाई विवाह गरे । केही दिन पछि घटोत्कचको जन्म भयो । मैले सम्झना गरेको बेला हाजिर हुनु भनेर आमा छोरालाई जंगलमा छोडेर भीम लगायत पाण्डवहरू त्यहाँबाट अघाडी बढे ।[१]

कुरुक्षेत्र युद्ध र मृत्यु[सम्पादन गर्नुहोस्]

पहिलो दिन[सम्पादन गर्नुहोस्]

आठौं दिन[सम्पादन गर्नुहोस्]

आठौं दिनको लडाइँमा अलम्वषु सँगको युद्धमा अर्जुनका पुत्र इरावान मारिए। इरावान मारिएको देखेर घटोत्कच पनि क्रुद्ध भए। कौरव सेनालाई थर्काउने गरेर ठूलो आवाज निकाल्दै जाइलागे र घोर प्रलय मच्चाइदिए। कयौं स्थानका सेनाका दलहरू छिन्न-भिन्न भए।[२]

यस्तो अवस्था देखेर दुर्योधन घटोत्कच सँग लड्न आइपुगे। दुर्योधनलाई साथ दिन अङ्ग नरेश पनि आफ्नो गज सेनाका साथ त्यहीँ आइपुगे। दुर्योधनले निकै वीरताका साथ युद्ध गरे र घटोत्कचका सेनाका वीरहरूलाई मारिदिए। उनले दुरोधनमाथी शक्ति नामक अस्त्रको प्रयोग गरे। त्यसको प्रहारले दुर्योधन मारिने नै थिए तर अङ्ग नरेशले ले आद्नो हात्ती बीचमा घुसाएर चलाखीका साथ बचाए। दुर्योधनको हात्ती भने मारियो।

यसै बीच भीष्मले दुर्योधन सङ्कटमा परे भन्ने थाहा पाए। उनले आचार्य द्रोणको नेतृत्वमा एउटा ठूलो सेना दुर्योधनको सहायताका लागि पठाइदिए। कयौं सिविख्यात कौरव वीरहरूले घटोत्कचमाथिएकैसाथ आक्रमण गरे। चारै दिशामा गुञ्जिँदै ठोलो ठूलो आवाज आयो। घटोत्कछ माथि विपत्ति आइपर्यो भनेर भीमसेन घटनास्थलमा आइपुगे। भीमसेन पुगेपछि युद्ध झनै चर्कियो। तर छिटै सुर्यास्त भयो र युद्ध पनि बन्द भयो।[३]

चौधौं दिन[सम्पादन गर्नुहोस्]

कर्णले इन्द्रद्वारा दिइएको हतियारले घटोत्कचलाई मारेको दृश्य

कुरुक्षेत्र युद्धको चौधौं दिन सुर्यास्त भएपनी युद्ध जारी रह्यो। दुवै पक्षको मनमा ईर्ष्या-द्वेष एवम् प्रतिहिंसाको आगो यसरी दन्कियो कि उनीहरू दिनभरी मात्र लडेर सन्तुष्ट हुन सकेनन् । दुस्मन देखियून् भन्नाका लागी ठाउँ-ठाउँमा राँको सल्काइयो। घटोत्कच र उनका साथीहरूले भयानक माया युद्ध सुरु गरिदिए। रातिको युद्धको दृश्य अद्भुत थियो। हजारौं राँकाहरू सल्किएका थिए। दुवैतर्फका वीरहरूले आफ्ना सेनालाई युद्धका लागि उत्साहित गरिरहेका थिए।

कर्ण र घटोत्कचका बीचमा त्यस रात निकै भयानक युद्ध भयो। घटोत्चक र उनको पैशाची सेनाले गरेको वाणहरूको वर्षाले दुर्योधनको सेनाका झुन्डका झुन्ड वीरहरू मारिन थाले। प्रलयजस्तो भयो। यस्तो देखेर दुर्योधनको मन काँप्न थाल्यो।

कौरव वीरहरूले कर्णसँग अनुरोध गरे, कुनै न कुनै किसिमबाट आज घटोत्कचलाई मार्नुपर्छ। उनीहरूले भने-"कर्ण! तपाइँले यसै घडीम यस राक्षसको बध गरिदिनुहोस्। नत्र हाम्रो सेना बर्बाद हुनेछ।"

घटोत्कचको लास आकाशबाट जमिनमा खस्दा एक अक्षुहिणी सैनिक थिचिएर मरे

घटोत्कचले कर्णलाई पनि निकै दु:ख दिएका थिए। उनी पनि निकै क्रोधित थिए । कौरवहरूको अनुरोध सुनेर उनको उत्तेजना प्रबल भयो। उनले रिस थाम्न सकेनन्। इन्द्रदेवबाट पाएको अस्त्र घटोत्कच माथि प्रहार गरे। त्यो अस्त्र उनले अर्जुनको बध गर्ने उद्देश्यले सुरक्षित राखेका थिए। यसबाट अर्जुनको सङ्कट त टर्यो तर भीमसेनको प्रिय एवम् वीर पुत्र घटोत्कच मारिए। उनको लास आकाशबाट जमिनमा धड्याम्म सँग खस्यो। पाण्डवहरूको दु:खको सीमा रहेन।[४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सुब्बा होमनाथ केदार नाथ कृत महाभात
  2. ढुण्ढिराज कोइराला (फागुन २०६१), महाभारत कथा, मञ्जरी पब्लिकेशन, पृ: २४५, आइएसबिएन 9-789937-006064 
  3. ढुण्ढिराज कोइराला (फागुन २०६१), महाभारत कथा, मञ्जरी पब्लिकेशन, पृ: २४६, आइएसबिएन 9-789937-006064 
  4. ढुण्ढिराज कोइराला (फागुन २०६१), महाभारत कथा, मञ्जरी पब्लिकेशन, पृ: २७०, आइएसबिएन 9-789937-006064 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]