कुरुक्षेत्र युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुरुक्षेत्रको युद्धबाट अनुप्रेषित)
कुरुक्षेत्र युद्ध
महाभारत युद्ध

महाभारत महाकाव्यको हस्तलिखित पाण्डुलिपि, चित्र सहित
मितिविभिन्न तिथिहरु, ५६०० ईसा पूर्व-५१०० ईसा पूर्व
स्थान
कुरुक्षेत्र, वर्तमान हरियाणा राज्य
परिणाम कौरवको पराजय, पाण्डवहरूलाई सत्ता प्राप्त
धृतराष्ट्रद्वारा गद्धीत्याग, युधिष्ठिरको राज्याभिषेक
योद्धा
पाण्डव सेनापति धृष्टद्युम्न कौरव सेनापति भीष्म
सेनापतिहरू
धृष्टद्युम्नढाँचा:ॐ भीष्मढाँचा:卐,द्रोणढाँचा:卐,कर्णढाँचा:卐,
शल्यढाँचा:卐,अश्वत्थामा
शक्ति
अक्षौहिणी
१५,३०,९०० सैनिक
११ अक्षौहिणी
२४,०५,७०० सैनिक
मृत्यु र क्षति
सबै योद्धाहरु मध्ये
केवल ८ ज्ञात वीर मात्र जीवित -पाँच पाण्डव, कृष्ण, सात्यकि, युयुत्सु
सबै योद्धाहरु मध्ये
केवल ३ ज्ञात वीर मात्र जीवित
-अश्वत्थामा, कृपाचार्य, कृतवर्मा

कुरुक्षेत्र युद्ध कुरु साम्राज्यको सिंहासन प्राप्त गर्न कौरवपाण्डव बीच लडिएको युद्ध थियो। महाभारतका अनुसार भारतका प्रायः सबै महाजनपदहरूले यस युद्धमा भाग लिएका थिए। महाभारत र अन्य वैदिक साहित्यका अनुसार यो प्राचीन भारतको वैदिक कालको इतिहासको सब भन्दा ठूलो लडाइँ थियो। [१] यस युद्धमा लाखौं क्षत्रिय योद्धाहरू मारिए जसको परिणामस्वरूप वैदिक संस्कृति र सभ्यताको पतन भयो। सम्पूर्ण भारतका राजाहरू बाहेक अरू धेरै देशका क्षत्रिय नायकहरूले पनि यस युद्धमा भाग लिए र सबैले वीरगति प्राप्त गरे। [२] यो युद्धको परिणाम स्वरूप, भारतसँग ज्ञान र विज्ञान र वीर क्षत्रिय दुबैको अभाव हुन गयो । एक किसिमले, विकासको चरममा रहेको वैदिक संस्कृति र सभ्यता अचानक एकाएक नष्ट भयो। प्राचीन भारतको सुनौलो वैदिक सभ्यता यो युद्धको अन्त संगै समाप्त भयो। यो महान् युद्धको वर्णन त्यस समयका महान् ऋषि एवम् दार्शनिक भगवान वेद व्यासले आफ्नो महाकाव्य महाभारतमा गरेका थिए जुन सहस्राब्दीसम्म सम्पूर्ण भारतमा गाउँदै र सुन्नबाट स्मरण गरिन्थ्यो। [३]

महाभारतमा मुख्य रूपमा चन्द्र वंशका दुई परिवारहरु कौरवपाण्डवहरूका बीच युद्धको विवरणहरु छ। १०० भाइ कौरव र पाँच भाइ पाण्डव बीच कुरु साम्राज्यको भूमिको लागि भएको संघर्षले अन्तत: महाभारतको युद्ध निम्त्यायो। उक्त युद्ध हरियाणाको कुरुक्षेत्रको आसपास भएको थियो भन्ने विश्वास छ। यस युद्धमा पाण्डव विजयी भएका थिए। [१] महाभारतमा यो युद्धलाई धर्मयुद्ध भनिएको छ, किनकि यो युद्ध सत्य र न्यायको लागि लडिएको थियो। [२] महाभारत कालसँग सम्बन्धित धेरै अवशेषहरू दिल्लीको पुरान किलामा भेटिन्छन्। पुराना किलालाई पाण्डवहरूको किल्ला पनि भनिन्छ। [४] महाभारत कालका हतियार र भालाहरू पनि भारतीय पुरातात्विक सर्वेक्षण भारतीयले कुरुक्षेत्रमा प्राप्त गरेको थियो। [५] गुजरातको पश्चिम तटमा डुबेको ७०००-३५०० वर्ष पुरानो शहर खोजिएको थियो [६], जुनको उल्लेख महाभारतमा द्वारका वर्णन गरिएको छ [७] साथै बरनावामा लाक्षागृहको अवशेष भेटिएको छ [८], यी सबै प्रमाणहरूले महाभारतको यथार्थ वास्तविकतालाई प्रमाणित गर्दछ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

महाभारत युद्धको मुख्य कारण कौरवहरूको उच्च महत्त्वाकांक्षा र धृतराष्ट्रको पुत्र |मोह थियो । कौरव र पाण्डव दाजुभाइ थिए। वेदव्यासद्वारा अम्बिकाको गर्भबाट धृतराष्ट्र र अम्बालिकाको गर्भबाट पाण्डुको जन्म भएको थियो। धृतराष्ट्रले गन्धारीको गर्भबाट सय छोरालाई जन्म दिएका थिए,उनीहरूमा दुर्योधन जेठो थियो । पाण्डुका पाँच छोरा, युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव थिए। धृतराष्ट्र जन्मदेखि नै अन्धा थिए, त्यसैले उनको स्थानमा पाण्डुलाई राजा बनाइयो, जसले गर्दा धृतराष्ट्रलाई सधै पाण्डु र उनका छोराहरू माथि द्वेष रहन गयो । दुर्योधनशकुनीले यस द्वेषको आगोमा घिउ थपेपछि यो दुर्भाव झनै बढ्यो। शकुनीको प्रभावमा दुर्योधनले बाल्यावस्थादेखि नै लाक्षागृह लगायत थुप्रै षडयन्त्रहरू गर्यो। तर हरेक पटक ऊ असफल भए। जब युवावस्थामा युधिष्ठिरलाई राजकुमार बनाइयो, दुर्योधनले लक्षागृहमा पठाएर उनलाई मार्न खोजे तर पाण्डवहरू भने बाँचेर उम्कन सके। पाण्डवहरूको अनुपस्थितिमा धृतराष्ट्रले दुर्योधनलाई राजकुमार बनाए तर जब पाण्डवहरू फर्किए र आफ्नो राज्य फिर्ता माग्न थाले, उनीहरूलाई राज्यको नाममा खण्डहर खण्डव वन दिइयो। धृतराष्ट्रको अनुरोधमा युधिष्ठिरले गृहयुद्धको खतराबाट बच्न बच्नको लागि यो प्रस्ताव स्वीकार गरे। पाण्डवहरूले श्री कृष्णको सहयोगमा इन्द्रको अमरावती पुरीको भव्य शहर इन्द्रप्रस्थ बनाए। पाण्डवहरूले विश्व विजय गरेर प्रचुर मात्रामा रत्न र पैसा सङ्कलन गरे र राजसुय यज्ञ गरे। दुर्योधनले पाण्डवहरूको प्रगति देख्न सकेनन् र शकुनीको सहयोगमा उनले युधिष्ठिरबाट जुवाको खेलमा छलद्वारा उनको सम्पूर्ण राज्य जिते र दुशाशनले कुरु राज्य सभामा द्रौपदीलाई निर्वस्त्र गर्ने प्रयास गरेर द्रौपदीको अपमान गरे। सम्भवतः महाभारत युद्धको बीउ यस दिन नै खसेको थियो। अन्त्यमा, फेरि हराएपछि, पाण्डवहरूले १२ वर्षको बनवास स्वीकार्नु पर्‍यो र १ वर्षको लागि गुतवास स्वीकार गर्नुपर्यो । तर यो शर्त पूरा गरेपछि पनि कौरवहरूले पाण्डवहरूलाई उनको राज्य दिन इन्कार गरे। त्यसकारण पाण्डवहरूले लडाई गर्न वाध्यतावश खडा गर्नु परेको थियो, तर श्री कृष्णले युद्ध रोक्न सबै सम्भव हुने सुझाव दिए।

महाभारत युद्धमा श्रीकृष्ण र अर्जुन

त्यसपछि श्री कृष्ण पाण्डवको तर्फबाट कुरु राज्य सभामा शान्तिदुतका रूपमा गए र त्यहाँ कृष्णले दुर्योधनलाई पाण्डवहरूलाई केवल पाँचवटा गाउँ दिएर युद्ध रोक्न प्रस्ताव गरे। तर जब दुर्योधनले पाण्डवहरूलाई सियोको टुप्पो जत्ति जमिन पनि दिन इन्कार गरे, युधिष्ठिर अन्ततः युद्ध गर्न बाध्य भए। यसरी कौरवले ११ अक्षौहिणी र पाण्डवले ७ अक्षौहिणीह सेना एकत्रित गरे। युद्धको तयारी पूरा गरिसकेपछि कौरव र पाण्डव दुबै कुरुक्षेत्रमा पुगे, जहाँ यो भयंकर लडाई भयो [९] कुरुक्षेत्रको त्यो भयानक र भयंकर विनाश युद्धको अनुमान महाभारतको भीष्म पर्वको एउटा श्लोक [१०]बाट लगाउन सकिन्छ। त्यो

न पुत्रः पितरं जज्ञे पिता वा पुत्रमौरसम्।

भ्राता भ्रातरं तत्र स्वस्रीयं न च मातुलः॥

अर्थात् : त्यस युद्धमा न पुत्रले पितालाई, न पिताले पुत्रलाई चिने, न भाइले भाइलाई, न काकाले भतिजालाई, न साथीले साथीलाई चिने।'

ऐतिहासिकता[सम्पादन गर्नुहोस्]

महाभारतकालीन भारतको नक्शा
  • महाभारत युद्ध सामान्यतया वैदिक युगमा ९५० ईसापूर्वलाई समयमा भएको मानिन्छ । [११] प्रायः पश्चिमी विद्वानहरूले यसलाई ईसापूर्व १००० ईसापूर्व देखि १५०० ईसापूर्वको समयमा भएको लिन्छन्, विद्वानहरूले यसको मिति तोक्न यसमा वर्णन गरिएको सूर्यग्रहण र चंद्रग्रहणको अध्ययन गरेका छन् र यसलाई ईसापूर्व ३१ औँ शताब्दीको रूपमा मानिन्छ , तर मतभिन्नता अझै जारी छ विभिन्न मितिहरू धेरै भारतीय र पश्चिमी विद्वानहरूद्वारा निर्धारित गरिएको छ-
  • विश्व प्रसिद्ध भारतीय गणितज्ञ र खगोलविद् वराहमिहिरका अनुसार महाभारत युद्ध ईसापूर्व २४४९ मा भयो । [१२]
  • चालुक्य वंशको सबैभन्दा महान सम्राट पुल्केसी २लाई पाचौ शताब्दीको एहोल शिलालेखमा यो भनिएको छ कि महाभारतको युद्ध भएको ३,७३५ वर्ष बितिसकेको छ, यस दृष्टिमा महाभारतको युद्ध ईसापूर्व ३१०० मा लडेको हुनुपर्छ। [१४]
  • पुराणका अनुसार यो युद्ध ईसापूर्व १९०० मा भएको थियो, यदि पुराणमा दिइएका विभिन्न राज वंशावलीहरूलाई चन्द्रगुप्त मौर्यसँगै मिलाएर हेर्दा ईसापूर्व १९००लाई मिति आउँछ, तर पनि केही विद्वानहरूका अनुसार चन्द्रगुप्त मौर्य ईसापूर्व १५०० मा भएको थियो । यदि विश्वास गरियो भने, ईसापूर्व ३१००लाई मिति आउँछ किनभने ग्रीक राजदूत मेगास्थेनिसले आफ्नो पुस्तक " इन्डिका " मा उल्लेख गरेको चन्द्रगुप्त गुप्त वंशको राजा पनि हुन सक्छन्। [१५]
  • माइकल विटजल लगायत अधिकतम पश्चिमी युरोपेली विद्वान, महाभारत युद्ध यसापूर्व १२०० मा भएको थियो, जो फलाम युग (१२००-८०० ईसा पूर्व )लाई जोडेर हेरिन्छ । [१६]
  • केही पश्चिमी यूरोपीय विद्वानहरू जस्तै पीभी होले, महाभारतमा उल्लेख गरिएको ग्रह नक्षत्रहरूको आकाशीय स्थानहरूको अध्ययन गरेपछि ईसापूर्व ३१४३ १३ नोभेम्बर मा शुरू भएको हो भनी विश्वास गर्छन् । [१७]
  • अधिकांश भारतीय विद्वानहरू जस्तै बी एन अचर, एन.एस. राजाराम, के. सदानन्द, सुभाषकाक ग्रह नक्षत्रको आकाशीय गणनाको आधारमा ३०६७ ई.पू. मा युद्ध शुरू गरेको विश्वास गरिन्छ। [१८]
  • भारतीय विद्वान पी.वी. वर्तक, महाभारतमा वर्णन गरिएका ग्रहहरू र नक्षत्रहरूको आकाशीय गणनाको आधारमा ईसापूर्व ५५६१ १६ अक्टोबर,मा शुरू भएको मानिन्छ। [१७] [१९]
  • केही विद्वान पी.वी. वर्तकलाई अनुसार , [१७] [१९] ग्रीस राजदूत मेगास्थेनिसले आफ्नो पुस्तक इन्डीका मा आफ्नो भारत यात्राको समयमा जमुना (यमुना)लाई किनारामा अवस्थित मथुरा राज्य मा शूर सेना हरूसँग भेटेको वर्णन छ। मेगस्थनीज यो बताउंछन्य कि शूरसेनाहरू कुनै हेराकल्स नामक देवताको पुजा गर्थे र यो हेराकल्स एकदम चमत्कारी पुरुष थिए तथा चन्द्रगुप्त भन्दा १३८ पुस्ता अगाडि थिए । हेराकल्सले कयौं विवाह गरेका थिए र कयौं पुत्र उत्पन्न गरेका थिए । परन्तु उनको सबै पुत्र आपस मा युद्ध गरेर मारिए। यहाँ यो स्पष्ट छ कि यो हेराकल्स श्रीकृष्ण नै थिए , विद्वान् यसलाई हरिकृष्ण भनेर श्रीकृष्णसँग जोड्थे किनकि श्रीकृष्ण चन्द्रगुप्त भन्दा १३८ पुस्ता पहिले थिए त्तोयसैले एक पुस्ताको २०-३० वर्ष हिसाब गर्दा ३१००-५६०० ईसा पूर्व श्रीकृष्ण का जन्म समय आउँछ अत: यस हिसाबबाट ५६००-३१०० ईसा पूर्वको समयमा महाभारतको युद्ध भएको थियो ।
  • मोहनजोदडोमा सन्‌ १९२७ मा गरिएको पुरातात्विक उत्खननमा फेला परेको एक पत्थरमा एक सानो बालक लाई दुई रुखले तानेको देखिन्छ र ती रुखबाट दुई जना मानिस त्यस रूखबाट बाहिर आउँछन् र बालकलाई प्ढोरणाम गरेको देखिन्ग्छ, त्यो दृश्य भगवान श्रीकृष्णको बाल्यकाललाई यमलार्जुं-लीलालाई समान देखिन्छ , अत केहि विद्वान यो मान्छन कि मोहनजोदडोमा मानिसहरू महाभारातको कथासँग परिचित थिए । यसै कारण पनि यो युद्ध ईसापूर्व ३००० मानिन्छ । [२०]

श्रीकृष्णद्वारा अन्तिम शान्ति प्रयास[२१][सम्पादन गर्नुहोस्]

कौरव सभामा श्रीकृष्ण

१२ वर्षको वनवास र १ वर्षको अज्ञातवासको शर्त पूरा गरेपछि पनि जब कौरवले पाण्डवलाई उनीहरूको राज्य फिर्ता दिन अस्विकार गरे तब पाण्डवहरूलाई युद्ध गर्न बाध्यता सिर्जना हुन गयो । परन्तु श्रीकृष्णले बताए कि यो युद्ध सम्पूर्ण विश्व सभ्यताको विनाशको कारण बन्न सक्दछ अतः उनले युद्ध रोक्ने हर सम्भव प्रयास गर्नको लागि सुझाव दिए। श्रीकृष्णले दुर्योधनलाई एक अन्तिम अवसर अवश्य दिनु पर्ने बताए, त्यसकारण श्रीकृष्ण पाण्डवको तर्फबाट कुरुराज्य सभामा शान्तिदूत बनेर गए र दुर्योधनबाट पाण्डवलाई केवल पाँच गाँउ दिएर युद्ध टार्ने प्रस्ताव राखे। जब दुर्योधनले पाण्डवलाई सियो टुप्पो जति जमिन पनि नदिने बताए तब श्रीकृष्णले बुझे कि दुर्योधनको यस हठको कारण उसको वंश र साथीहरूलाई साथ-साथ कयौं निर्दोष मानिसहरु युद्धको बलि चढ्न पर्छ। यस कुराले दुर्योधन क्रोधित बनेर श्रीकृष्णलाई बन्दी बनाउने कोशिश गरे तर श्रीकृष्णले आफ्नो विराट रूप प्रदर्शन गरेर त्यहाँबाट हिडे । यस पछि युधिष्ठिर युद्धको लागि विवश हुनु पर्यो। यसै समय भगवान वेदव्यासले धृतराष्ट्रको सामु गएर बताए कि "तिम्रा पुत्रहरूले समस्त गुरुजनको कुराको अवहेलना गरेर अन्ततः महाविनाशकारी युद्धलाई निमन्त्रणा दिए।" धृतराष्ट्रले युद्धको संसूचना जान्ने विन्ती गर्दा वेदव्यासजीले उनलाई महायुद्ध देख्न सकिने दिव्य दृष्टि प्रदान गर्ने कुरा बताए। यसमाथि धृतराष्ट्रले "मेरै कुलको विनाश भएको मेरै आँखाले हेर्न सक्दिन। अतः हजुरले कृपा गरेर यस्तो व्यवस्था गरिदिनु पर्यो कि यस युद्धको समाचार मलाई मिलि रहोस्।"

यो सुनेर वेदव्यासजी ले सञ्जयलाई दिव्य दृष्टि प्रदान गरे र भने , “हे धृतराष्ट्र! मैले सञ्जयलाई दिव्य दृष्टि प्रदान गरेको छु । सम्पूर्ण युद्ध क्षेत्रमा कुनै पनि कुरा लुक्न छिप्न सक्दैन। उनले तिमीलाई यस महायुद्धको सारा वृत्तान्त सुनाउनेछन्।” यति भनेर वेदव्यासजी बिदा भए।

युद्धको तयारी र कुरुक्षेत्र तर्फ प्रस्थान[२२][सम्पादन गर्नुहोस्]

महाभारत युद्धमा भाग लिएका वाले विभिन्न जनपदहरूको स्थिति

जब यो युद्ध हुने कुरा निश्चित भयो, तब दुवै पक्षहरू युद्धको लागि तयारी शुरू गरे। दुर्योधन १३ वर्ष अगाडि देखि नै युद्धको लागि गर्दै थिए, उनले बलरामजी सँग गदा युद्धको शिक्षा तथा तालिम प्राप्त गरेका थिए तथा कठिन परिश्रम र अभ्यासबाट गदा युद्ध गर्न भीम भन्दा पनि राम्रो भएका थिए। शकुनिले यही समय भित्रमा विश्वका अधिकतम महाभारत कालीन जनपदलाई आफ्नो तर्फ ल्याएका थिए। दुर्योधन कर्णलाई आफ्नो सेनाको सेनापति बनाउन चाहन्थे तर शकुनिले बताए पछि दुर्योधनले पितामह भीष्मलाई आफ्नो सेनाको सेनापति बनाए, जसको कारण प्राचीन भारत र विश्वका कयौ जनपद दुर्योधनको पक्षमा सहभागी भए। पाण्डवहरूको तर्फ केवल धर्मश्रीकृष्णको पक्षमा रहेका जनपदहरु मात्र रहे । महाभारत अनुसार महाभारत कालमा कुरुराज्य विश्वको सबैभन्दा ठूलो र शक्तिशाली जनपद थियो। विश्वका सबै जनपद कुरुराज्यसँग कहिले पनि युद्ध गर्ने भूल गर्दैनथे एवं सौहार्दपूर्ण सम्बन्ध बनाउथे। अत: सबै जनपद कुरु राज्यद्वारा लाभान्वित हुने लोभले युद्धमा उनको सहायता गर्नको लागि तयार भए। पाण्डवकौरव द्वारा यादवसँग सहायताको याचना गर्दा श्रीकृष्णले पहिले त युद्धमा शस्त्र नउठाउने प्रतिज्ञा गरे फेरि भने कि "एक पक्षको तर्फ म एक्लै र अर्को पक्षको तर्फ मेरो एक अक्षौहिणी नारायणी सेना", अब अर्जुनदुर्योधनलाई यी मध्ये एक छान्नु पर्ने थियो। अर्जुनले श्रीकृष्णलाई छाने, तब श्रीकृष्णले आफ्नो एक अक्षौहिणी सेना दुर्योधनलाई दिए र आफू स्वयं अर्जुनको सारथी बन्न स्वीकार गरे। यस प्रकार कौरवले ११ अक्षौहिणी तथा पाण्डवले ७ अक्षौहिणी सेना एकत्रित गरे। श्रीकृष्णले कर्णसँग मिलेर उसलाई यो सम्झाए कि कर्ण पाण्डवहरूको नै भाइ हो त्यसैले ऊ पाण्डवको तर्फबाट युद्ध लडुन् "। परन्तु कर्णले दुर्योधनको ऋण र मित्रताको कारण कौरवको साथ छोड़न नसक्ने बताए । यस पछि कुन्तीले आफ्ना पाँचै भाइ पुत्र जीवित रहून भनेर कर्णसँग बिन्ती गर्दा कर्ण ले अर्जुन बाहेक अन्य चार पाण्डव लाईलाई अवसर प्राप्त हुँदा पनि नमार्ने वचन दिए । यता इन्द्रले पनि ब्राह्मणको भेषमा आएर कर्णसँग उसको कवच र कुण्डल दानमा मागे। जसको कारण कर्णको शक्ती कम हुन गयो र पाण्डवको उत्साह बढ़न् गयो किनकी उसको अभेद्य कवचको कारण कर्णलाई कुनै पनि दिव्यास्त्रको असर पर्दैनथ्यो।

सेना विभाग र संरचना, हतियार र युद्ध सामाग्री[सम्पादन गर्नुहोस्]

दुवै पक्षका सेना [२३][सम्पादन गर्नुहोस्]

कौरवपक्षको सेना
पाण्डवपक्षको सेना
सहयोगी जनपद
महारथी
तटस्थ दल
  • विदर्भ, शाल्व, चीन, लौहित्य, शोणित ,नेपा, कोंकण, कर्नाटक, केरल, आन्ध्र, द्रविड़ आदि ले यस युद्धमा भाग लिएनन् ।

सेना विभाग[सम्पादन गर्नुहोस्]

पाण्डव र कौरवले आफ्नो सेनालाई क्रमशः ७ र ११ विभाग अक्षौहिणी गरे। एक अक्षौहिणी मा २१,८७० रथ, २१,८७० हात्ती, ६५,६१० घोडसवार र १,०९,३५० पैदल सैनिक हुन्थे ।[२४][२५] यो प्राचीन भारतमा सेनाको मापनको एकाई थियो । हरेक रथमा चार घोडा र उनका सारथी हुन्थे हरेक हात्तीमा उनको माहुते बसेको हुन्थ्यो र उसको पछाडी सहायक हुन्थे जसले कुर्सीको पछाडी हात्तीलाई अंकुश लगाउथे । कुर्सीमा मालिक धनुष-बाणले सज्जित हुन्थे र उनको साथ उनको दूई अन्य साथी हुन्थे जसले भाला आक्रमण गर्थे ।तदनुसार रथ र हातीमा सवार हुनेको संख्या २,८४,३२३ हुन्छ । एक अक्षौहिणी सेनामा समस्त जीवधारी- हात्ती, घोडा र मनुष्यको-की कुल संख्या ६,३४,२४३ हुन आउँछ । अतः १८ अक्षौहिणी सेनामा समस्त जीवधारी- हात्ती, घोडा र मनुष्यको कुल संख्या १,१४,१६,३७४ हुन्छ ।

अठार अक्षौहिणिको लागि यो संख्या ११, ४१६ ,३७४ हुन्होछ अर्थात ३,९३,६६० हात्ती, २७,५५,६२० घोडा, ८२,६७,०९४ मनुष्य हुन आउँछ।[२६]

  • महाभारत युद्धमा भाग लिएका कुल सेनाहरू निम्न छन्: [२६]
    कुल पैदल सेना - १९,६८,३००
    कुल रथ सेना -३,९६,६६०
    कुल हात्ती सेना -३,९३,६६०
    कुल घोडचढी - ११,८०,९८०
    कुल न्यूनतम सेना -३९,०६,६००
    कुल अधिकतम सेना - १,१४,१६,३७४
  • यो सेना त्यस समयको अनुसार निकै धेरै थियो, परन्तु जब ३२३ ईसा पूर्व मा यूनानी राजदूत मेगस्थनीज भारत आएका थिए त्यतिबेलाका सम्राट चन्द्रगुप्तसंग ३०,००० रथ, ९००० हात्ती तथा ६,००,००० पैदल सैनिक भएको कुरा उल्लेख गरेका छन् । अतः चन्द्रगुप्तको कुल सेना त्यस समय ६,३९,००० आसपास थियो [२७][२८], यसै कारण अलेक्जेन्डर सिकन्दरले भारतमाथि आक्रमण गर्ने विचार त्यागे र पुनः आफ्नो देश फर्के।

हतियार तथा युद्ध सामग्री[सम्पादन गर्नुहोस्]

महाभारत युद्धमा कयौं प्रकारका हतियारहरू प्रयोगमा आएका थिए । प्रास, ऋष्टि, तोमर, लोहमय कणप, चक्र, मुद्गर, नाराच, फरसे, गोफन, भुशुण्डी, शतघ्नी, धनुष-बाण, गदा, भाला, तरवार, परिघ, भिन्दिपाल, शक्ति, मुसल, कम्पन, चाप, दिव्यास्त्र, एक साथ कयौं बाणप्रहार गर्ने यान्त्रिक मेसिन[२९]


सैन्य संरचना[सम्पादन गर्नुहोस्]

प्राचीन समयमा युद्धको समयमा सेनापतिलाई सेनाको कयौं व्यूह बनाउन पर्थ्यो जसबाट शत्रुको सेनामा सहजै प्रवेश गर्न सकियोस् तथा राजा र मुख्य सेनापतिलाई बन्दी बनाउन वा मार्न सकियोस् । यसमा आफ्नो सम्पूर्ण सेनालाई व्यूहलाई नाम या गुण जस्तै एक विशेष आकृतिमा व्यवस्थित गरिन्थ्यो । यस प्रकारका व्यूह रचनाबाट सानो भन्दा सानो सेना पनि विशाल र सुदृढ हुन्छन् र ठुला भन्दा ठुला सेनाको सामना गर्न सक्छन् । महाभारतको १८ दिनलाई युद्धमा दुवै पक्षका सेनापतिद्वारा कयौं प्रकारका व्यूहहरु बनाइए । जो निम्नलिखित छन्-

क्रोन्च व्यूह
मकर व्यूह
कूर्म व्यूह
त्रिशूल व्यूह
चक्र व्यूह
कमल व्यूह
ओर्मी व्यूह
वज्र व्यूह
मण्डल व्यूह
गरुड व्यूह
शकट व्यूह
असुर व्यूह
देव व्यूह
सूचि व्यूह
चन्द्रकाल व्यूह
शृंगघटक व्यूह

महाभारत कालको सबैभन्दा शक्तिशाली योद्धा [३०][सम्पादन गर्नुहोस्]

श्रेणी
योद्धा
विवरण
श्रेणी १
अर्जुन, श्रीकृष्ण, भीष्म,
बलराम, द्रोणाचार्य, भगदत्त
यी यस्ता योद्धा थिए जसले युद्धमा कहिल्यै हारको सामना गर्न परेको थिएन । यिनीहरूसँग दिव्यास्त्रको कुनै कमी थिएन र आफ्नो आफ्नो युद्ध कलामा पूर्ण रूपमा पारंगत र प्रवीण तथा उत्कृष्ट थिए । महाभारत अनुसार यिनीहरु देवताहरूलाई समेत पराजित गर्न सक्थे जस्तै कि अर्जुन र श्रीकृष्णले कयौं पटक गरे र यहाँ सम्म कि भगवान शिवलाई समेत युद्धमा सन्तुष्ट गरे । भीष्मले पनि परशुरामलाई पराजित गरेका थिए । भगदत्त इन्द्रका मित्र थिए , उनले पनि कयौं पटक देवासुर संग्राममा देवताको सहायता गरेका थिए।
श्रेणी २
भीम, कर्ण, जरासन्ध, सात्यकि,
कृतवर्मा, भूरिश्रवा, अश्वत्थामा,
अभिमन्यु,कंस
यी यस्ता योद्धा थिए जसले युद्धमा निकै कम पटक मात्र हारको सामना गरेका थिए । उनीहरूसँग पनि दिव्यास्त्रको कमी थिएन परन्तु अति विशेष दिव्यास्त्र जस्तै पाशुपत अस्त्र आदि थिएन। उनीएहरु सबै युद्ध कलामा पूर्ण रूपमा पारंगत र प्रवीण थिए तथा भारतवर्षको कयौं जनपदहरूलाई युद्धमा परास्त गरी सकेका थिए ।
श्रेणी ३
दुर्योधन, धृष्टद्युम्न, शल्य, द्रुपद,
अलम्बुष, घटोत्कच, कीचक
उनीहरू यस्ता थिए जसले कुनै पनि क्षण उत्साह र आवेशमा ठूलाठूला युद्धको पासा पल्टाउन क्षमता राख्थे।
श्रेणी ४
यी वीर युद्ध कलामा पूर्ण रूपमा से पारंगत र प्रवीण थिए थिए परन्तु उनीहरूसँग बहुत सर्व श्रेष्ठ दिव्यास्त्र थिएन। तैपनि उनीहरू सामान्य वीर भन्दा निकै वीर थिए ।
महाभारत कालको क्रमशः महाशक्तिशाली जनपद र त्यस राज्यको प्रतिनिधि
महाभारत अनुसार यी जनपद महाभारत कालमा सबैभन्दा अधिक विकसित र आर्थिक रूपमा सुदृढ मानिन्थे ,त्यस समयको विकसित देश मानिन्थ्यो र यसमा पनि कुरु र यादव सबैभन्दा अधिक शक्तिशाली थिए र केवल यही दुई जनपदलेनै त्यस समयमा राजसूय र अश्वमेध यज्ञ सम्पन्न गरेका थिए ।

युद्धको सुरुवात र अन्त[सम्पादन गर्नुहोस्]

चित्र:8 15amilitaryparade.jpg
पाण्डव र कौरव सेना कुरुक्षेत्रतर्फ प्रस्थान गर्दै, स्रोत [३१]

युद्धको तयारी पुरा गरेर कौरव र पाण्डव दुवै पक्ष कुरुक्षेत्र पुगे । पाण्डवले कुरुक्षेत्रको पश्चिमी क्षेत्रमा सरस्वती नदीको दक्षिणी तटमा अवस्थित समन्तपंचक तीर्थबाट निकै टाढा हिरण्यवती नदी (सरस्वती नदिको एक सहायक धारा)को तटमा आफ्नो शिविर खडा गरे र कौरवले कुरुक्षेत्रको पूर्वी भागमा त्यहाँबाट केहि योजनको दूरीमा एक समतल मैदानमा आफ्नी शिविर स्थापना गरे । दुवै पक्षले समतल प्रदेश जहाँ घास र ईन्धन अधिकता थियो ,त्यहाँ आफ्नो आफ्नो सेनाको शिविर राखे । युधिष्ठिरले देव-मन्दिर, तीर्थ र महर्षिका आश्रमबाट निकै टाढा हिरण्यवती नदीको तटमा हजारौँ सैन्य शिविर लगाए । त्यहाँ प्रत्येक शिविरमा प्रचुर मात्रामा खाद्य सामग्री, अस्त्र-शस्त्र, यन्त्र र कयौं वैद्य र शिल्पी पारिश्रमिक दिइएर राखियो । दुर्योधनले पनि यस्तै किसिमले हजारौं शिविरहरू राखे [३२] त्यहाँ केवल दुई सेनाको बीचमा युद्धको लागि ५ योजनको घेरा छोडियो । [३३] अघिल्लो दिन प्रातः दुवै पक्षका सेना एक आपसको आमुन्ने सामुन्ने आएर उभिए ।

  • युद्धको नियम बनाईयो

पितामह भीष्मको सल्लाहमा दुवै पक्षले एकत्र भएर युद्धका केहि नियम बनाए। बनाइएका नियमहरु निम्नलिखित छन्-

संख्या नियम
युद्ध प्रत्येक दिन सूर्योदय देखि सूर्यास्त सम्म मात्र हुनेछ
युद्ध समाप्ति पश्‍चात् छल कपट त्यागेर सबै जना प्रेम पूर्ण व्यवहार गर्नेछन
रथीसँग रथी, हात्तीसवारसँग हात्तीसवार र पैदलसँग पैदल नै युद्ध गर्नेछन
एक वीर सँग साथ एक वीर मात्र युद्ध गर्नेछन
भय डरले भागेका, आत्मसमर्पण गरेका वा शरणमा आएका माथि अस्त्र-शस्त्र प्रहार गरिने छैन ।
जो वीर निहत्था छ ,उसमाथी कसैले पनि अस्त्र उठाउने छैन ।
अर्धचेत बेहोस योद्धा माथि कसैले पनि अस्त्र उठाउने छैन ।
युद्धमा सेवकको काम गर्ने जो कोही (पशु वा मानव सारथी) युद्ध मा भाग नलिएका माथि पनि अस्त्र उठाउने छैन ।
युद्धमा आत्मसमर्पण गर्ने बन्दी बन्नेछन् र शरणको मरण हुनु दिनु हुदैन
१० कुनै योद्धाले महिलामाथि आक्रमण गर्ने छैन
११ कुनै योद्धाले आफू माथि प्रत्यक्ष खतरा नभएसम्म कुनै जनावरलाई प्रहार गर्ने छैन
१२ प्रत्येक शस्त्रको नियम मानिनेछ । जस्तै गदा युद्धमा कम्मरभन्दा मुनी प्रहार गर्न पाइने छैन ।
१३ कुनै योद्धा युद्ध-अपराधमा संलग्न हुने छैन ।

युद्धका यी प्राय सबै नियमहरु युद्ध चल्दै जाँदा भीष्म पितामह युद्धबाट हटेपछी उल्लंघन हुदै गए । जस्तै

श्रीकृष्णद्वारा अर्जुनलाई विराट रूप देखाउनु

युद्ध सम्बन्धी नियम बनाएर दुवै पक्ष युद्धको लागि प्रस्तुत भए। पाण्डवको साथ सात अक्षौहिणी सेना र कौरवको साथमा एघार अक्षौहिणी सेना थिए । दुवै पक्षका सेना पूर्व तथा पश्‍चिम तर्फ फर्केर उभिएका थिए । कौरवको तर्फबाट भीष्मपाण्डवको तर्फबाट अर्जुन सेनाको प्रतिनिधित्व गरिरहेका थिए । कुरुक्षेत्रको मात्र ५ योजन (४० किलोमीटर)को क्षेत्रको परिधिमा दुवै पक्षका सेना उभिएका थिए । [३४] युद्ध अघि अर्जुनले श्रीकृष्णलाई भने " हे अच्युत ! कृपा गरेर यो मेरो रथ दुवै सेनाहरुका बीचमा लगेर अड्याउनु होस् ।त्यहाँ यो सङ्घर्षको मैदानमा युद्ध गर्ने इच्छा लिएर जम्मा भएका,लाई कोसँग मैले शस्त्रास्त्रहरूको परीक्षामा प्रतिस्पर्धा गर्नुपर्दछ, हेर्नसँकू। धृतराष्ट्रको खराब बुद्धि भएको छोरो दुर्योधनलाई प्रसन्न पार्नका लागि जो यिनीहरु यहाँ लडाइँ गर्न आएका छन् , तिनलाई म हेर्न चहान्छु।"

जब अर्जुन युद्ध क्षेत्रमा आफ्ना गुरु द्रोण, पितामह भीष्म एवं अन्य साथी सम्बन्थीहरूलाई देखे तब उनी निकै शोकग्रस्त एवं उदास भए। उनले श्रीकृष्णलाई भने "हे कृष्ण ! युद्धमा आफ्ना नाता सम्बन्धीहरूलाई मारेर न म आफ्नो कुनै कल्याण देख्छु न त जितेपछी पाइने राज्य र राज्यसुखको इच्छा नै ममा छ।

हे गोबिन्द! जसका लागि हामीलाई राज्य , भोग र सुखहरु चाहिएको हो तिनिहरु नै आफ्नो प्राण र धनको आशा मारेर लडाइँ गर्न युद्धभुमिमा उभिएका छन् भने त्यो राज्य , त्यो भोग र त्यो जीवन समेतले हामीलाईको लाभ भयो? त्यसैले हे मधुसूदन ! मलाई विजय पनि चाहिएन , राज्य र सुख पनि चाहिएन। गुरुहरु , हजुरबाहरु , बुबाहरु , छोराहरु , नातिहरु , मामाहरु , साला - जेठानहरु , ससुराहरु र अन्य सम्बन्धीजनहरु साराका सारा युद्ध गर्न मेरा अगाडि उभिएका छन् । पृथ्वीको राज्यकोको कुरा स्वर्ग , मर्त्य , र पाताल यी तिनै लोकको राज्य पाए पनि म यिनीहरूलाई मार्न चाहन्न। यिनीहरूले नै मलाई मार्दछन् भने मारुन । यी धृतराष्ट्रका छोराहरूलाई मारेर हामीलाईको आनन्द होला र ?

यस्ता आततायीहरूलाई मार्यौ भने हामीलाई पाप लाग्नेछ, त्यसैले धृतराष्ट्रका छोराहरु र हाम्रा मित्रहरूलाई मार्नु हाम्रा लागि उचित छैन। हे माधव ! यी आफन्तहरूलाई हामीलाईको लाभ होला र ,को सुख होला र ?

हे जनार्दन ! यी मानिसहरूको बुद्धि लोभले गर्दा भ्रस्ट भएको छ।यिनीहरु आफ्ना परिवारलाई मार्ने र मित्रहरूसँग झगडा गर्ने कुरामा पनि कुनै दोष देख्दैनन् । तर कुलको विनाशमा ठूलो अपराध देख्ने हमीहरु किन यी पापपूर्ण कार्यमा संलग्न भइरहने ?"

युद्धभुमिमा अर्जुनले यिनै कुरा भनेर आफ्नो वाणसहितको धनु एकातिर पन्छाएर मनमा शोक सन्तप्त हुँदै फेरि रथमा गएर बसे।

तब श्रीकृष्ण योगमा स्थित भएर अर्होजुनलाई गीताको ज्ञान प्रदान गरे र भने कि संसारमा जो आएको छ उसलाई एक न एक दिन अवश्य जानु पर्छ । यो शरीर र संसार दुवै नश्वर छ तर यस शरीर भित्र रहेको आत्मा शरीर मर्केदा समेत कहिल्यै मर्दैन । जसरी मनुष्यले पुरानो वस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्छ त्यसै प्रकार आत्मा पनि पुरानो शरीर त्यागेर नयाँ शरीर धारण गर्छ । यसलाई तिमि सम्इझा कि यो सब प्रकृति तिमी द्वारा गराउदै छ । तिमी त् केवल निमित्त मात्र हौ। श्रीकृष्ण अर्जुनलाई ज्ञान योग,भक्ति योगकर्म योग तीनैको शिक्षा दिए जसलाई ग्रहण गरेर अर्जुन युद्धको लागि तयार भए ।

युद्ध र घटनाहरूको विवरण[सम्पादन गर्नुहोस्]

पहिलो दिन[सम्पादन गर्नुहोस्]

पहिलो दिनको समाप्तिमा पाण्डव पक्षको भारी क्षति भयो, विराट नरेश पुत्र उत्तर र श्वेत क्रमशः शल्य र भीष्मद्वारा मारिए । भीष्मद्वारा पाण्डवका कयौं सैनिकको वध गरियो । यो दिन कौरवको उत्साह बढाउने दिन थियो। यस दिन पाण्डवले कुनै पनि मुख्य कौरव वीरलाई मार्न सकेनन्।[३५]

दोश्रो दिन[सम्पादन गर्नुहोस्]

यस दिन पाण्डव पक्षको खासै क्षति भएन, द्रोणाचार्यले धृष्टद्युम्न लाई कयौं पटक हराए र उसको धनुष काटिदिए , भीष्मद्वारा अर्जुन र श्रीकृष्ण कयौं पटक घायल भए, यस दिन कौरवको लागि भारी पर्यो, यस दिन भीमको कलिंग र निषादसँग युद्ध भयो तथा भीमद्वारा सहस्र कलिंग र निषाद मारिए , अर्जुनले पनि भीष्मको भीषण संहारको तेज रोकेर राखे । [३५]

तेश्रो दिन[सम्पादन गर्नुहोस्]

यस दिन भीम- घटोत्कच पिता-पुत्र मिलेर कौरव सेनालाई युद्धबाट भगाए , भीष्म दुर्योधनलाई आश्वासन दिएर पाण्डव फौजमा भीषण संहार मचाए, श्रीकृष्ण अर्जुनलाई भीष्मको वध गर्न लाई सम्झाए परन्तु अर्जुन उत्साहपूर्वक युद्ध गर्न सकेनन् जसकारण श्रीकृष्ण स्वयं भीष्मलाई मार्नको लागि उद्यत भए तर अर्जुन उनलाई प्रतिज्ञा रूपी आश्वासन दिएर कौरव सेनाको भीषण संहार गर्छन्, त्यस दिनमा नै समस्त प्राच्य, सौवीर, क्षुद्रक र मालव क्षत्रियगणहरु वीरगतिको प्राप्त भए। [३५]

चौथो दिन[सम्पादन गर्नुहोस्]

यस दिन कौरवले अर्जुनलाई आफ्नो बाणले ढाक्ने प्रयास गरे तर अर्जुनले सबैलाई भगाए । भीमले यस दिन पनि कौरव सेनामा हाहाकार मचाए, दुर्योधनले भीमलाई मार्नको लागि आफ्नो गजसेना पठाए तर घटोत्कचको सहायताले भीमले ती सबैको सर्वनाश गरे र र १४ कौरव भाइलाई समेत मारे, परन्तु राजा भगदत्तद्वारा चाडै नै भीममाथि नियन्त्रण लिइयो। पछि भीष्मलाई पनि अर्जुन र भीमले भयंकर युद्ध गरी कडा चुनौती दिए। [३५]

पाँचौ दिन[सम्पादन गर्नुहोस्]

यस दिन भीष्मले पाण्डव सेनालाई आफ्नो बाणले ढाके, उनलाई रोक्न क्रमशः अर्जुन र भीमले भीष्मसँग भयंकर युद्ध गरे। सात्यकिले द्रोणाचार्यलाई भीषण संहार गर्नबाट रोके। भीष्मद्वारा सात्यकिलाई युद्ध क्षेत्रबाट भगाइयो । [३५]

छैटौ दिन[सम्पादन गर्नुहोस्]

यस दिन पनि दुवै पक्ष वीच भयंकर युद्ध चल्यो, युद्धमा हारको कारण दुर्योधन पटक पटक क्रोधित हुन्थे तर भीष्म उनलाई आश्वासन दिई रहन्थे। अन्तमा भीष्मद्वारा पाञ्चाल सेनाको भयंकर संहार भयो । [३५]

सातौँ दिन[सम्पादन गर्नुहोस्]

यस दिन अर्जुनले कौरव सेनामा भागदौड मच्चाए, धृष्टद्युम्नले दुर्योधनलाई युद्धमा हराए। अर्जुन पुत्र इरावानले विन्द र अनुविन्दलाई पराजित गरे। भगदत्तले घटोत्कच लाई र नकुल, सहदेवले शल्यलाई युद्ध क्षेत्रबाट भाग्न बाध्य तुल्याए। भीष्म पाण्डव सेनाको भयंकर संहारलाई जारी राखे। [३५]

आठौँ दिन[सम्पादन गर्नुहोस्]

यस दिन पनि भीष्म पाण्डव सेनाको भयंकर संहार गर्छन्, भीमसेन धृतराष्ट्रको आठ पुत्रको वध गरे, राक्षस अम्बलुषद्वारा अर्जुन पुत्र इरावानको वध भयो। एक पटक पुनः घटोत्कच दुर्योधनलाईलाई युद्धमा आफ्नो मायाद्वारा प्रताडित गरे र युद्ध भूमीबाट उसको सेनालाई लखेटछन्, तब भीष्मको आज्ञाले भगदत्त घटोत्कचलाई पराजित गरी भीम, युधिष्ठिर र अन्य पाण्डव सैनिकलाई पछाडी धकेल्छन्।यस दिनको अन्त सम्ममा भीमसेनले धृतराष्ट्रको नौ अन्य पुत्रको हत्या गरे। [३५]

नवौँ दिन[सम्पादन गर्नुहोस्]

यस दिन दुर्योधन भीष्मलाई "कर्णलाई युद्ध गर्न आज्ञा दिन" अथवा पाण्डवको वध गर्नको लागि दबाब दिए, तब भीष्म उनलाई आश्वासन दिदै भोलि या त कृष्णले युद्धमा शस्त्र नउठाउने आफ्नो प्रतिज्ञा तोडे कुनै एक पाण्डवको वध अवश्य गर्ने बताउछन् । युद्धमा भीष्मको भीषण संहार रोक्नको लागि कृष्णलाई आफ्नो प्रतिज्ञा तोड्न पर्छ परन्तु यस दिन भीष्म पाण्डव सेनाको अधिकांश भाग समाप्त गरे। [३५]

दसौं दिन[सम्पादन गर्नुहोस्]

यस दिन पाण्डव श्रीकृष्णको आज्ञामा भीष्मसंग उनको मुत्युको उपाय सोध्छन् र अर्जुनले शिखण्डीलाई अगाडि राखेर भीष्मको शरीरलाई बाणले ढाकीदिए। भीष्मले पाञ्चाल तथा मत्स्य सेनाको भयंकर संहार गरेका थिए तर अन्तमा अर्जुनको बाणबाट विदीर्ण भएर बाणको शैय्यामा ढले। [३५]

एघारौँ दिन[सम्पादन गर्नुहोस्]

कर्णको प्रस्तावमा आचार्य द्रोणलाई सेनापति बनाइयो, कर्ण पनि युद्धमा सहभागी हुने भए जस कारण कौरव सेनाको उत्साह कयौं गुणाले बढ्यो, दुर्योधन र शकुनि द्रोणसँग भने कि "यदि युधिष्ठिरलाई बन्दी बनाइयो भने युद्ध आफै खतम हुन्छ, जब दिनको अन्तमा द्रोण युधिष्ठिरलाई युद्धमा हराएर उनलाई बन्दी बनाउनको लागि अघि बढे तब अर्जुन आएर बाण-वर्षा गरेर द्रोणलाई रोके, कर्णले पनि यस दिन पाण्डव सेनाको भारी संहार गरे । [३६]

बाह्रौ दिन[सम्पादन गर्नुहोस्]

अघिल्लो दिन अर्जुनको कारणले युधिष्ठिरलाई बन्दी बनाउन नपाएको कारण शकुनि र दुर्योधन अर्जुनलाई युधिष्ठिरबाट टाढा राख्न त्रिग‍र्त देशको राजालाई अर्जुनलाई युद्ध गरी धेरै टाढा युद्धमा व्यस्त बनाउन भने , त्रिग‍र्त देशको राजाले त्यसै गरे तर एक पटक फेरी अर्जुन समयमा नै पुगेर द्रोणको योजना असफल बनाउछन् । [३६]

तेह्रौँ दिन[सम्पादन गर्नुहोस्]

कुरुक्षेत्र युद्धको यस दिन दुर्योधनले राजा भगदत्तलाई "अर्जुनलाई व्यस्त बनाएर राख्न" भने किनकी पाण्डव पक्षमा चक्रव्युह तोड्न र बाहिर आउन सक्ने योद्धा केवल अर्जुन मात्र थिए। भगदत्तले युद्धमा एक पटक फेरी पाण्डव वीरलाई भगाएर भीमलाई एक पटक फेरी पराजित गरे र उनको अर्जुनको साथ भयंकर युद्ध भयो, श्रीकृष्ण भगदत्तको वैष्णवास्त्रलाई आफुले ग्रहण गरेर अर्जुनको रक्षा गरे। अन्ततः अर्जुनले भगदत्तको आँखाको पट्टीलाई तोडीदिए जस कारण उनको देख्न सक्ने क्षमता बन्द भयो र अर्जुनले यस अवस्थामा नै छलपूर्वक उनको वध गरिदिए। यसै दिन द्रोणले युधिष्ठिरको लागि चक्रव्यूहको रचना गरेका थिए जसमा केवल अभिमन्यु प्रवेश गर्न जान्दथे र बाहिर निस्कन जान्दैनथे। अतः युधिष्ठिर, भीम आदिलाई उसको साथ पठाए परन्तु चक्र व्यूहको द्वारमा उनीहरू सबलाई जयद्रथद्वारा शिवको वरदानको कारण रोकिए र अभिमन्यु मात्र भित्र प्रवेश गर्न सके । अभिमन्यु एक्लै सबै कौरव महारथिहरुद्वारा छलपुर्वक मारिए ,आफ्नो पुत्र अभिमन्युको अन्याय पूर्ण तरिकाले हत्या भएको सुनेर अर्जुनले अर्को दिनको सुर्यास्त भित्रमा जयद्रथको वध गर्ने प्रतिज्ञा लिए र यदि यसो गर्न नसके अग्नि समाधि लिने प्रतिज्ञा गरे।

चौधौ दिन[सम्पादन गर्नुहोस्]

अर्जुनको अग्नि समाधि लिने प्रतिज्ञा सुनेर कौरव उत्साहित भए र आजको युद्धमा जयद्रथलाई अर्जुनबाट बचाउने योजना बनाए ,जयद्रथलाई बचाउनको लागि सब कौरव योद्धाले आफ्नो ज्यानको बाजी लगाए, द्रोणले जयद्रथलाई बचाउने पूर्ण आश्वासन दिए र उसलाई सेनाको पछाडीको भागमा लुकाए , परन्तु अर्जुन सबलाई चक्मा दिदै कृष्णद्वारा गरिएको सूर्यास्तको कारण बाहिर आएका जयद्रथलाई मारे र उनको शीर उनको पिताको काखमा पुर्याईदिए । यस दिन द्रोणले द्रुपद र विराटलाई मारे । [३६]

पन्ध्रौ दिन[सम्पादन गर्नुहोस्]

यस दिन पाण्डवले छलपुर्वक द्रोणाचार्यलाई अश्वत्थामाको मृत्युको भएको विश्वास दिलाए। यसबाट निराश भएका द्रोणले समाधि लिए। यसै अवस्थामा धृष्टद्युम्नले द्रोणको शीर काटेर वध गरे । [३६]

सोह्रौँ दिन[सम्पादन गर्नुहोस्]

यस दिन कर्ण कौरव सेनाको मुख्य सेनापति बनाइए यस दिन कर्णले पाण्डव सेनाको भयङकर संहार गरे, यस दिन कर्णले नकुल र सहदेवलाई युद्धमा पराजित गरे परन्तु कुन्तीलाई दिएको वचनलाई स्मरण गरी उनीहरूलाई प्राण दान दिए। फेरी उनको र अर्जुनको साथ भयंकर संग्राम भयो, भीम दुःशासनको वध गरी उसकी छातीको रगत पिए र सूर्यास्त भयो। [३७]

सत्रौ दिन[सम्पादन गर्नुहोस्]

यस दिन कर्णले भीम र युधिष्ठिरलाई पराजित गरे यद्यपि कुन्तीलाई दिएको वचन स्मरण गरी उनीहरूको प्राण लिएनन्। यसै दिन कर्ण र अर्जुनको युद्ध भयो। युद्धको क्रममा कर्णको रथको पाङ्ग्रा हिलि धसियो र कर्णले लडाइँ बिराम गर्न भने। अर्जुन रोकिएको देखेर कृष्णले "अभिमन्यु पनि लडाइँमा यस्तै अवस्थामा थिए। उनीसँग हतियार र रथ नभएको अवस्थामा नै उनको हत्या गरिएको थियो।" भनेर अर्जुनलाई बाण प्रहार गर्न भने। अन्ततः अर्जुनले कर्णको रथको पांग्रा भूमिमा धसिएको अवस्थामा श्रीकृष्णको आज्ञामा रथको पांग्रा उचाल्ने प्रयास गर्दै गरेका कर्णको यसै अवस्थामा वध गरिदिए, यसपछी कौरव सेनाको उत्साह गिर्यो। शल्य प्रधान-सेनापति बनाइए तर उनको पनि भान्जा युधिष्ठिरद्वारा दिनको अन्तमा अन्त भयो। [३८]

अठारौ दिन[सम्पादन गर्नुहोस्]

१८औं दिनमा, राजा शल्य बाँकी रहेका कौरव सेनाका सेनापती बने। युधिष्ठिरले भाला युद्धमा राजा शल्यलाई मारे। यस दिन भीमले दुर्योधनको बचेका अन्य भाइहरूलाई, सहदेवले शकुनिलाई र नहकुलले शकुनिका छोरा उलुकलाई मारे। र आफ्नो पराजय भएको जानेर दुर्योधन युद्धभूमीबाट भागेर एक तलाउमा लुके तर पाण्डवले ललकारेपछी भर्खरै तीर्थयात्राबाट फर्केका बलरामको निरिक्षणमा दुर्योधन र भीम बिच गदा युद्ध सुरु भयो। भीमले (कृष्णको निर्देशनमा) छलपुर्वक दुर्योधनको कम्मरमा प्रहार गरेकाले उनलाई अधमरो अवस्थामा छोडिदिए। आष्वस्थामा, कृपाचार्य र कृतवर्मा दुर्योधनको मृत्युशैयामा जम्मा भए र भीमको कृत्यको बदला लिने निर्णय गरे। राति आश्वस्थामाले द्रौपदीको पाँच पुत्र, द्रौपदीका दाइ धृष्टद्युम्न, शिखण्डी को सुतिरहेको अवस्थामा हत्या गरे। अन्य पाण्डव, कृष्ण, सात्यिकीयुयुत्सु भने बाँचे।[३९] [४०]

युद्ध पछि[सम्पादन गर्नुहोस्]

युद्धको अन्त्यमा, मात्र बाह्र मुख्य वीर जीवित थिए-पाँच पाण्डव, कृष्ण,सत्यकी, अश्वस्थामा, कृपाचार्य, युयुत्सु, वृषकेतु र कृतवर्मा। हस्तिनापुरको सिहासनमा युधिष्ठिरको राज्याभिषेक गरियो।

३६ वर्ष सम्म शासन चलाए पछी, उनले अर्जुनका नाति परिक्षितलाई राज्य सुम्पेर आफ्ना भाइ र पत्नी द्रौपदीको साथ हिमालय तर्फ लागे ।

कुरुक्षेत्र युद्धको परिणाम[सम्पादन गर्नुहोस्]

महाभारत एवं अन्य पौराणिक ग्रन्थहरूको अनुसार यो युद्ध भारत वंशीको साथ-साथ अन्य कयौं महान राजवंश तथा वैदिक ज्ञान विज्ञानको पतनको कारण बन्यो। महाभारतमा वर्णित यस युद्धको केहि मुख्य परिणाम निम्न अनुसार छन्-

नकारात्मक फल

  • यो युद्ध प्राचीन भारतको इतिहासको सबैभन्दा विध्वंसकारी र विनाशकारी युद्ध सिद्ध भयो। यस युद्ध पश्चचात भारतवर्षको भूमिमा लामो समयसम्म वीर क्षत्रियको अभाव भयो। यस युद्धमा लाखौं वीर योद्धाहरू मारिए।
  • गान्धारीको श्राप स्वरुप यादव वंशको पनि विनाश भयो। लगभग सबै यादव आपसी युद्धमा मारिए, त्यसपछि श्रीकृष्णले पनि यश धर्तीबाट प्रयाण गरे।
  • यस युद्ध समापन एवं श्रीकृष्णको महाप्रयाण पछि नै वैदिक युग एवं सभ्यताको अन्तको सुरुवात भयो, भारतवर्षबाट वैदिक ज्ञान र विज्ञान हराउन थाल्यो। यस घटनालाई पौराणिक विद्वानहरू कलियुगको आगमनसँग जोड्छन्।
  • सम्पूर्ण भारतवर्षमा सबै जनपदहरूको अर्थव्यवस्था तहसनहस भयो। भारतबर्षमा गरिबी र अज्ञानता फैलियो।
  • भविष्य पुराण अनुसार यस युद्ध पश्चात् भारतीय उपमहाद्वीपमा निरन्तर शती र विदेशी (मलेच्छ)हरूको आक्रमण हुन सुरु भयो। कुरुवंशका अन्तिम राजा क्षेमक पनि मलेच्छहरू सँग युद्धा गर्दा गर्दै वीरगती प्राप्त गरे। यसपछि यहाका सबै आर्यावर्त देश सब प्रकारले क्षीण भयो। कलियुगको बढ्दो प्रभाव देखेर सरस्वती नदी विलय भयो। यसपछि लगभग ८८,००० वैदिक ऋषि-मुनि हिमालय तर्फ लागे। यस प्रकार भारतवर्ष ऋषि-मुनिहरूको ज्ञान एवं विज्ञानबाट पनि बञ्चित हुँदै गयो।
  • समस्त ऋषि-मुनिहरू प्रस्थान गरेपछि भारतवर्षमा धर्मको नेतृत्व ब्राह्मण जातिले गर्न थाले। ब्राह्मणहरू पहिले यज्ञ र वेदहरूको अध्ययन मात्र गर्थे। ब्राहमणहरूले लामो समयसम्म वैदिक धर्मको प्रवर्द्धन र संरक्षण गरे। तर परन्तु पौराणिक ग्रन्थहरूमा दिइएको वर्णन अनुसार कलियुगको प्रभावबाट ब्राह्मण वर्ग पनि वचन सकेनन् र उनीहरू पनि दुषित र भ्रष्ट भए। मन्त्रहरू सहि तरिकाले उच्चारण गर्ने विधि भुलेकाले वैदिक मन्त्रको दिव्य प्रभाव पनि सिमित रह्यो। केही भ्रष्ट ब्राह्मणहरूले समाजमा कयौं कुरिती, बिकृती र प्रथाहरू चलाए। जसको कारण कारण क्षुद्र एवं पिछडिएका वर्गको शोषण हुन थाल्यो। सतीप्रथा, छुवाछूत जस्ता असामाजिक प्रथाहरूको सुरुवात भयो। [४१] यद्यपि कोहि ब्राह्मणहरू कठोर तप र नियमको पालन गर्दै कलियुगको प्रभावको बावजुद वैदिक सभ्यतालाई कुनै न कुनै अंशमा जीवित राखे, जसको कारण आज पनि ऋग्वेद तथा अन्य वैदिक ग्रन्थहरू हजारौं वर्षोंसम्म लगभग पहिलेकै रुपमा उपलब्ध छन्।

सकारात्मक फल

  • यस युद्ध पछि युधिष्ठिरको राज्य-अभिषेकको साथ साथ धर्तीमा धर्मको राज्य स्थापना भयो।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ महाभारत-गीताप्रेस गोरखपुर,सौप्तिकपर्व
  2. २.० २.१ महाभारत-गीताप्रेस गोरखपुर,भीष्मपर्व
  3. महाभारत-गीताप्रेस गोरखपुर,आदिपर्व, प्रथम अध्याय
  4. दिल्ली सिटी द इमपेरिकल गजेटटियर ऑफ इण्डिया,१९०९, भाग ११, पेज २३६
  5. आरकेलोजी ऑनलाइन, साइन्टिफिक वेरिफिकेशन ऑफ वैदिक नोलेज, कुरुक्षेत्र
  6. आई एस डॉट कॉम, आरटिकल २९
  7. आरकेलोजी ऑनलाइन, साइन्टिफिक वेरिफिकेशन ऑफ वैदिक नोलेज, ऐविडेन्स फार ऐन्शियन्ट पोर्ट सिटी ऑफ द्वारका
  8. लाक्षागृह
  9. महाभारत-गीताप्रेस गोरखपुर
  10. महाभारत गीताप्रेस गोरखपुर, भीष्म पर्व-४६.१
  11. "Experts dig up 950BC as epic war date" 
  12. ए.डी. पुशलकर, पृष्ठ.272
  13. एज ऑफ भारत वार, जी सी अग्रवाल और के एल वर्मा, पृष्ठ-81
  14. गुप्ता और रामचन्द्रन (1976), p.55; ए.डी. पुशलकर, HCIP, भाग I, पृष्ठ.272
  15. ए.डी. पुशलकर, हिस्ट्री एण्ड कल्चर ऑफ इण्डियन पीपुल, भाग I, अध्याय XIV, पृष्ठ.273
  16. एम विटजल, अरली सन्स्क्रिटाइजेशन: आरिजन एण्ड डेवलेपमेन्ट ऑफ कुरु स्टेट, इ जे वी एस भाग.1 न.4 (1995
  17. १७.० १७.१ १७.२ डेटिंग ऑफ महाभारत वार
  18. धर्मक्षेत्र.कॉम/महाभारत वेब्याक मेसिन अभिलेखिकरण २०१०-०४-२० मिति
  19. १९.० १९.१ हिन्दुनेट-भारत इतिहास
  20. एज ऑफ महाभारत वार
  21. महाभारत,उद्योगपर्व गीताप्रेस गोरखपुर
  22. गीता प्रेस गोरखपुर, महाभारत
  23. महाभारत,भीष्मपर्व, अध्याय १-४०मा दिइएको जनपदहरूको वर्णन तथा यी जनपदहरूको कौरव एवं पाण्डव पक्षसंग लड्ने आधारमा बनेको सूची
  24. वी के एस ब्लागl कृष्ण की मृत्यु और कलियुग की प्रारम्भ। मेरी कलम से- कृष्णा वीरेन्द्र न्यास
  25. भारतीय साहित्य सङ्ग्रह[dead link]
  26. २६.० २६.१ महाभारत की सेना
  27. चन्द्रगुप्त मौर्य की सेना
  28. द पर्सनल जनरल स्टडी मैनुएल, हिस्ट्री ऑफ इण्डिया
  29. महाभारत-भीष्मपर्व, श्लोक-११९.२-३ गीता प्रेस गोरखपुर
  30. गीता प्रेस गोरखपुर, महाभारत-ये श्रेणियाँ महाभारत के भीष्म पर्व के रथातिरथसंख्यानपर्व में भीष्म जी द्वारा इन पात्रों के युद्ध कौशल, युद्ध में कम से कम हार, अधिक से अधिक शक्तिशाली दिव्यास्त्रों की संख्या आदि के आधार पर दी गयी हैं। ये श्रेणियाँ इसलिये दी गयी हैं जिससे कि पाठक महाभारत काल के सबसे शक्तिशाली योद्धाओं के बारे में जान सकें।
  31. भागवतम् डाट ओआरजी
  32. महाभारत, उद्योग पर्व,१६९.१
  33. महाभारत, उद्योग पर्व,१९५.१
  34. महाभारत गीताप्रेस गोरखपुर, भीष्म पर्व, अध्याय १-१०
  35. ३५.०० ३५.०१ ३५.०२ ३५.०३ ३५.०४ ३५.०५ ३५.०६ ३५.०७ ३५.०८ ३५.०९ महाभारत-गीताप्रेस गोरखपुर,भीष्मपर्व
  36. ३६.० ३६.१ ३६.२ ३६.३ महाभारत-गीताप्रेस गोरखपुर,द्रोणपर्व
  37. महाभारत,गीताप्रेस गोरखपुर,कर्णपर्व
  38. महाभारत,गीताप्रेस गोरखपुर,कर्णपर्व एवं शल्यपर्व
  39. Virodai, Yashodhara (३१ अगस्ट २०१७), "कुरुक्षेत्र के एक भी योद्धा का देह नहीं मिला आज तक", Newstrend (हिन्दीमा), Newstrend, अन्तिम पहुँच १३ अगस्ट २०२० 
  40. महाभारत,गीताप्रेस गोरखपुर,सौप्तिकपर्व
  41. यो सूचना पौराणिक आधार एवं वैदिक काल पछि समाजमा फैलिएको कुरीतिहरूको आधारमा दिइएको हो। यसको उद्देश्य कुनै वर्ग तथा जातिको अपमान गर्नु होइन।

बाह्य लिंकहरू[सम्पादन गर्नुहोस्]