कुरुक्षेत्र युद्धको दोश्रो दिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुरुक्षेत्र युद्धको दोस्रो दिन कौरव सेनाको नेतृत्व भीष्म पितामहले गरेका थिए। भने पाण्डव सेनाको सेनापति धृष्टद्युमन थिए। यस दिन पाण्डव पक्षको तुलनामा कौरव सेनामा धेरै क्षति भएको थियो।

पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

पहिलो दिनको समाप्तिमा पाण्डव पक्षको भारी हानि भयो। प्रथम दिनको युद्धमा पाण्डवहरूको फौजले ठूलो दु:ख पाएको थियो। यता युधिष्ठिरलाई ठूलो चिन्ता लागेको थियो भने उता दुर्योधनको खुसीको सीमाना थिएन। यस दिन पाण्डवले हुने पनि मुख्य कौरव वीरलाई मार्न सकेनन्।

पहिलो दिनको युद्धमा पाण्डवको सेना निकै नष्ट भए।

पहिलो दिनको युद्धमा पाण्डव सेनाको दुर्गति भयो, त्यसबाट शिक्षा लिएर पाण्डव सेनाका नायक धृष्टद्युम्नले दोस्रो दिन निकै सतर्कताका साथ व्यूह रचना गरेर सेनाहरूलाई साहसी बनाए।

क्षुब्द सागरझैँ फैलिएको आफ्नो सेनाहरूलाई हेरेर दुर्योधन घमन्डले गमक्क परे र गर्जिँदै भने-"वीरहरू हो! ज्यु-ज्यान दिएर। हाम्रो अवश्य जित हुनेछ।"

लडाइँ[सम्पादन गर्नुहोस्]

भीष्मको सेनापतित्वमा कौरव सेनाले पाण्डव को सेना माथि फेरि भीषण आक्रमण गर्यो। पाण्डव सेनाहरू लाखा-पाखा लागे। ठूलो हाहाकार मच्चियो। असङ्ख्य वीरहरू वीरगतिको प्राप्त भए। यस्तो देखेर अर्जुनले सहन सकेनन् । आफ्नो सारथि वासुदेवसँग उनले भने-"यदि हामी यस्तै किसिमबाट लापरबाही गर्यौँ भने भीष्मले हाम्रो सेनालाई तहसनहस पारेर छोड्नुहुन्छ। त्यसैले हामीले मन लगाएर लड्नुपर्छ र भीष्म पितामहको बध गरेर मात्र श्वास लिनुपर्छ।" त्यसपछि श्रीकृष्णले अर्जुनको रथ भीष्मतर्फ घुमाइदिए।

भीष्म-अर्जुन लडाइँ[सम्पादन गर्नुहोस्]

अर्जुनको आफूतर्फ तेजले आइरहेको देखेर भीष्मले उनलाई वाणहरूले स्वागत गरे। भीष्म पितामहले निकै सतर्कताका साथ छानेका वाण्हरू अर्जुनमाथिनिसाना लगाएर चलाए।

द्रोण-धृष्टद्युम्न लडाइँ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]