श्रीमद्भगवद गीता

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
(श्रीमद्भगवद्गीता बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
श्रीमद्भगवद गीता
Krishna and Arjun on the chariot, Mahabharata, 18th-19th century, India.jpg
धनुर्धर अर्जुन र कृष्ण
खण्डप्रकार: अध्यायात्मक
१८
लिखितप्रकार: पद्यात्मक प्रश्नोत्तर
७००
भाषा: संस्कृत
लेखक: वेद व्यास
विषय: भक्ति वैराग्य
देवता: कृष्ण
मुख्यपात्र: कृष्ण अर्जुन संजय धृतराष्ट्र
ज्ञानात्मक हिन्दूग्रन्थ

श्रीमद्भगवद गीता (संस्कृत:श्रीमद्भगवद्गीता) वा श्रीमद्भागवत गीता[१] हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो ।यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।

यस शृङ्खलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शनशास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
श्रीमद्भगवद गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरु र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

संक्षिप्त विवरण[सम्पादन गर्ने]

भगवद्गीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो यसमा अनित्य देह भन्दा नित्य आत्माको निरूपण गरिएकोछ। यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।

पृष्ठभूमि[सम्पादन गर्ने]

गीता उपदेश

श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडी आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ । मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।

भाष्य[सम्पादन गर्ने]

भाष धातुदेखि ण्यत् प्रत्यय हुदा भाष्य शब्द सिद्ध हुन्छ यसको सामान्य अर्थ भन्न योग्य भाष्य हुन्छ । कुनै पनि शास्त्रको विस्तृत ब्याख्या गरेर तापर्य अर्थ निकाल्नु (भन्नु)लाई भाष्य भनिन्छ । संस्कृतका प्राय जसो महत्वपूर्ण ग्रन्थहरू विद्वान् आचार्यहरूद्वारा भाष्य गरिएका छन् । जस्तै पाणिनिद्वारा विरचित अष्टाध्यायीको पतञ्जलिले भाष्य गरेर महाभाष्य नाम दिएका थिए ।

भगवद्गीताको भाष्य[सम्पादन गर्ने]

दार्शनिक परम्परामा कुनै पनि नया दर्शनको अथवा कुनै पनि दर्शनलाई नया स्वरुले शक्तिशाली बनाउनको लागि जो तीन ग्रन्थमा आफ्नो दृष्टिकोण स्पष्ट गर्नु पर्थ्यो भाष्य लेखेर त्यसमा भगवद् गीता पनि एक हो । अरु दुई हुन-उपनिषद् तथा ब्रह्मसूत्र[स्रोत नखुलेको]

गीता सार[सम्पादन गर्ने]

किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ? आत्मा न जन्म लिन्छ न मर्छ । जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ । तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ । तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ? तिमीले के पैदा गरेका थियौ र नाश भयो ? तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ । तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो । परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो । एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ । मेरो, तिम्रो, सानो, ठूलो, आप्mनो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवान्मा अर्पित हौ । यही नै सबभन्दा ठूलो सहारा हो । जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, तिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ।त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।

अध्यायहरू[सम्पादन गर्ने]

पहिलो अध्याय[सम्पादन गर्ने]

प्रथम अध्यायमा अर्जुनले विषाद (खेद) व्यक्त गरेका छन्

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित "नेपाली बृहत शब्दकोष"

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुस[सम्पादन गर्ने]