सामग्रीमा जानुहोस्

कुम्भ मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Mahakumbha.jpg
हरिद्वार महाकुम्भ मेला २०१०को कुम्भ कलश
कुम्भ मेला
रात्रिकालीन दृश्य लेजर शो, महाकुम्भ २०२५ प्रयाग महाकुम्भ मेला मा २०२५
शैलीPilgrimage
आवृत्ति
  • प्रत्येक ४ वर्षमा
  • (कुम्भ मेला)
  • प्रत्येक ६ वर्षमा
  • (अर्धकुम्भ मेला)
  • प्रत्येक १२ वर्षमा
  • (पूर्ण कुम्भ मेला वा महाकुम्भ मेला)
स्थान(हरू)प्राथमिक अन्य

ढाँचा:Kumbh Mela locations

Kumbh Mela
राष्ट्रIndia
सन्दर्भ01258
क्षेत्रAsia and the Pacific
शिलालेख इतिहास
शिलालेख2017 (12th शत्र)
सूचीRepresentative

Unesco Cultural Heritage

ढाँचा:Hinduism

कुम्भ मेलालाई समर्पित २०१९ को हुलाक टिकट

कुम्भ मेला हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्व हो। यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भएपनि हाल सम्म जम्मा ५ वटा स्थानमा मात्र पत्ता लागिसकेका छन । ती ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३-३ वर्षको अन्तरालमा लाग्दछ भने १ कुम्भ स्थल नेपालमा पर्दछ । ती स्थानहरू निम्न प्रकार रहेका छन्:-

इलाहावाद (उत्तर प्रदेश)

उज्जैन (मध्य प्रदेश)

नासीक (महाराष्ट्र)

हरिद्वार (उत्तराखण्ड)

चतराधाम (बराहक्षेत्र,सुनसरी नेपाल)

यो मेला एक स्थानमा प्रत्यक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । [] कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरू पुण्य प्राप्तिका लागि स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन् ।

भारतका ४ कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ । यो वि.स. २०६९ मा परेको थियो । यस भन्दा अघि, २५६ वर्ष पहिले यस्तै योग परेको थियो । आगामी १४४ वर्षमा यस्तै योग पर्ने छ ।

कुम्भमेलाको आरम्भको कथा समुन्द्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको छ। अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैननासिक गरी चार स्थानमा खसेको किंबदन्ती छ। उक्त युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला चार शहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुईटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ।[]

पहिलो कुम्भ मेला कार्यक्रम सन् १८७० मा बेलायती निरीक्षण अन्तर्गत आयोजना गरिएको थियो।[][] केही पर्यवेक्षकहरूले कुम्भ मेला र पहिलेका समयमा भएका अन्य कार्यक्रमहरू बीच समानताहरू फेला पारेका छन्।[]

कुम्भ मेला भारतको ३ ठाउँमा लाग्ने गरेको थियो तर बि.सं. २०५९ साल बैसाख १ गते देखि नेपालको सुनसरी जिल्ला स्थित चतराधाममा समेत लग्न थालेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. गरुड पुराण
  2. "कुम्भमेला प्रयागराज : संसारको सबैभन्दा ठूलो धार्मिक मेला सुरु, जान्नुपर्ने कुरा यी हुन्", BBC News नेपाली (नेपालीमा), २०२५-०१-१३, अन्तिम पहुँच २०२५-०१-२९ 
  3. Black, G. (२०१८), On the Ganges: Encounters with Saints and Sinners Along India's Mythic River, St. Martin's Publishing Group, पृ: १४८, आइएसबिएन 978-1-4668-6111-4 
  4. "अंग्रेजों ने आधिकारिक रूप से कराया था छह कुम्भ", Hindustan (हिन्दीमा), १७ डिसेम्बर २०२४। 
  5. Maclean 2008, पृष्ठ 99.


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found