दयानन्द सरस्वती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्वामी दयानन्द सरस्वती
महर्षि दयानन्द सरस्वती
जन्ममूलशंकर तिवारी / ब्रह्मचारी जैसा शुद्ध चैतन्य
१२ फरवरी १८२४
टंकारा, गुजरात
मृत्यु३० अक्टुबर १८८३
अजमेर, राजस्थान
राष्ट्रियताभारतीय
उपाधि/सम्मानसिन्धी मारहू
खोजकर्ता हुन्आर्यसमाज
गुरूविरजानन्द दण्डीश
दर्शनवेदों की ओर चलो
साहित्यिक कार्यहरूसत्यार्थ प्रकाश (1875)

महर्षि स्वामी दयानन्द सरस्वती (१८२४ – १८८३) आधुनिक भारतका महान चिन्तक, समाज–सुधारक र देशभकत थिए । उनको सानोमा नाम मुलशंकर थियो । स्वामी दयानन्द सरस्वतीले सन् १८७४ मा एक महान आर्य सुधारक सङ्गठन – आर्य समाज को स्थापना गरेका थिए । स्वामी दयानन्द सरस्वती एक सन्यासी तथा एक महान चिन्तक थिए ।[१]

उनले वेद को सत्ताको सधै सर्वोपरी मानेका थिए । स्वामी दयानन्द सरस्वती ले कर्म सिद्धान्त, पुनर्जन्म, ब्रम्हचर्य तथा सन्यासलाई आफ्नो दर्शनको चार स्तम्भ बनाएका थिए । स्वामी दयानन्द सरस्वतीले नै सबैभन्दा पहिले सन् १८७६ मा स्वराज्य को नारा दिएका थिए, जसलाई पछि लोकमान्य तिलक ले अगाडि बढाएका थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

दयानन्द सरस्वतीको जन्म सन् १८२४ फरवरी १२ मा गुजरातमा पर्ने राजकोट जिल्लाको काठियावाड क्षेत्रमा भएको थियो । उनको बुवाको नाम कृष्णजी लालजी तिवारी र आमाको नाम यशोदावाई थियो ।

शिक्षा[सम्पादन गर्ने]

धेरै स्थानमा भ्रमण गरेर स्वामी दयानन्द सरस्वतीले कतिपय महान् आचार्यहरुबाट शिक्षा हासिल गरेका थिए । प्रथमत वेदान्त को प्रभावमा आए र आत्मा एवं ब्रम्हाको एकतालाई स्वीकार गरेका थिए ।[२] पछि स्वामी दयानन्द सरस्वतीले योगलाई अपनाएर वेदान्तका सबै सिद्धान्तहरुलाई छोडेका थिए ।

रचना एवम् कृतिहरु[सम्पादन गर्ने]

स्वामी दयानन्द सरस्वतीद्धारा लेखिएका महत्वपुर्ण कृतिहरु – सत्यार्थप्रकाश (सन् १८७४, संस्कृतमा), पाखण्ड खण्डन (१८६६) वेद भाष्य भुमिका (१८७६), ऋग्वेद भाष्य (१८७७), अद्वैतमत का खण्डन (१८७३), पंचमहायज्ञ विधि (१८७५), वल्लभाचार्य मत का खण्डन (१८७५) आदि रहेका छन् ।[३]

प्रमुख अनुयायिहरु[सम्पादन गर्ने]

स्वामी दयानन्द सरस्वतीको विचारबाट प्रभावित महापुरुषहरुको संख्या धेरै थिए, ती महापुरुषहरुको नाम मादाम भिकाजी कामा, पण्डित लेखराम आर्य, स्वामी श्रद्धानन्द, पण्डित गुरुदत्त विद्यार्थी, श्यामजी कृष्ण वर्मा, विनायक दामोदर सावरकर, लाला हरदयाल, मदनलाल ढींगरा, राम प्रसाद बिस्मिलु , महादेव गोविंद रानडे, महान्मा हंसराज, लाला लाजपत राय आदि हुन् । स्वामी दयानन्द सरस्वतीको प्रमुख अनुयायिमध्येका लाला हंसराज ले सन् १८८६ मा लाहौर मा दयानन्द एंग्लो वैदिक कलेजुको स्थापना तथा स्वामी श्रद्धानन्दले सन् १९०१ मा हरिद्वार को नजिक कांगडी मा गुरुकुल को स्थापना गरेका थिए ।

आर्य समाजको स्थापना[सम्पादन गर्ने]

आर्य समाज एक हिन्दू सुधार आंदोलन हो । यसको स्थापना स्वामी दयानन्द सरस्वतीले सन १८७५ मा मुम्बईमा मथुराको स्वामी विरजानंदको प्रेरणादेखि गरेका थिए ।यो आंदोलन पाश्चात्य प्रभावहरूको प्रतिक्रिया स्वरूप हिन्दू धर्ममा सुधारको लागि प्रारंभ भएको थियो । आर्य समाजमा शुद्ध वैदिक परम्परामा विश्वास गर्थे तथा मूर्ति पूजा , अवतारवाद , बलि , असत्य कर्मकाण्ड र अंधविश्वासहरूलाई अस्वीकार गरिन्थ्यो । यसमा छुआछूत र जातिगत भेदभावलाई विरोध गरियो तथा स्त्रिहरू तथा शूद्रहरूलाई पनि यज्ञोपवीत धारण गर्ने र वेद पढ़ने अधिकार दिईयो ।

निधन[सम्पादन गर्ने]

स्वामी दयानन्द सरस्वतीको निधन एक वेश्याको कुविचारको कारणले भएको थियो । जोधपुरकी एक वेश्या जसलाई राजाले स्वामी दयानन्द सरस्वतीको शिक्षाबाट प्रभावित भएर छोडेका थिए, उसले भान्छामा काम गर्नेसँग मिलेर विष मिसाइएको दुध स्वामी दयानन्द सरस्वतीलाई खुवाएकी थिई । यहि षड्रयन्त्रको कारण ३० अक्टुबर १८८३ ई. तिहारको दिन स्वामी दयानन्द सरस्वतीले आफ्नो भौतिक शरिर त्याग गरेका थिए ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]