लाला हरदयाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लाला हरदयाल
Lala Har Dayal Young.jpg
लाला हरदयाल
जन्महर दयाल माथुर
१४ अक्टोबर १८८४
मोहल्ला चीराखाना (चाँदनी चौक) दिल्ली ब्रिटिश भारत
मृत्यु४ मार्च १९३९
फिलाडेल्फिया (पेन्सिल्वानिया) अमेरिका
उपाधि/सम्मानएम॰ए॰ (Master of Letters)
गुरूलाला लाजपत राय
दर्शनवसुधैव कुटुम्बकम
साहित्यिक कार्यहरूThoughts on Education, Hints for Self Culture, Glimpses of World Religions and The Bodhisatva Doctrines in Buddhist Sanskrit Literature

लाला हरदयाल (१४ अक्टूबर १८८४, दिल्ली -४ मार्च १९३९) भारतीय स्वतन्त्रता सङ्ग्रामका ती अग्रणी क्रान्तिकारीहरू मध्ये एक हुन् जो विदेशमा बसोबास गर्ने भारतीयहरूको देशको स्वतन्त्रताको लडाईमा योगदानका लागि प्रेरित र प्रोत्साहित गरेका थिए । यसको लागि वहाँ अमेरिकामा गएर गदर पार्टीको स्थापना गरे। त्यहाँ उनले प्रवासी भारतीयहरूका बीच देशभक्तिको भावना जागृत गरे। काकोरी काण्डको ऐतिहासिक फैसला आएपछि सन् १९२७ को मे महिनामा लाला हरदयाल भारत आउने प्रयास गरे तर ब्रिटिश सरकारले वहाँलाई अनुमति दिएनन्। त्यसपछि सन् १९३८ मा पुन: प्रयास गरेपछि अनुमति पनि पाएँ तर भारत फिर्ता हुने बाटोमा नै ४ मार्च १९३९ मा अमेरिकाको महानगर फिलाडेल्फियामा वहाँको रहस्यमय मृत्यु भयो।[१] वहाँको सरल जीवन र बौद्धिक कौशलले प्रथम विश्व युद्धको समयमा ब्रिटिश साम्राज्यवादको विरुद्ध लड्नका लागि क्यानाडाअमेरिकामा बसोबास गर्ने अनेकौं प्रवासी भारतीयहरूलाई उनले प्रेरित गरे।

जीवनी[सम्पादन गर्ने]

लाला हरदयालको जन्म दिल्लीमा गुरुद्वारा शीशगञ्जको पछाडी स्थित चीराखाना मुहल्लामा एक कायस्थ परिवारमा भएको थियो।[२] वहाँको आमा भोली रानीले तुलसीकृत रामचरितमानस एवं वीर पूजाको पाठ पढाई उदात्त भावना, शक्ति एवं सौन्दर्य बुद्धिको सञ्चार गरे। उर्दू तथा फारसीको पण्डित पिता गौरीदयाल माथुर दिल्लीको जिल्ला न्यायालयमा रीडर थिए।[३] वहाँ आफ्नो छोरालाई विद्याव्यसनी बनाई दिए। १७ वर्षको आयुमा सुन्दर रानी नामको अत्यन्त रूपसी कन्यासँग वहाँको विवाह भयो। दुई वर्षपछी ती दुईटालाई एक पुत्रको प्राप्ति भयो तर केही दिनपछी नै तिनीहरूको मृत्यु भएको थियो। सन् १९०८ मा उनीहरूको अर्को सन्तान एउटा पुत्रीको जन्म भयो। लाला जी थोरै कम आयुमा नै आर्य समाजबाट प्रभावित भएका थिए।

शिक्षा-दीक्षा[सम्पादन गर्ने]

युवा लाला हरदयाल

लाला हरदयालको आरम्भिक शिक्षा क्याम्ब्रिज मिशन स्कूलमा भयो। त्यसपछी सेन्ट स्टीफेन्स कलेज, दिल्लीबाट संस्कृतमा स्नातक गरे। तत्पश्चात् पञ्जाब विश्वविद्यालय, लाहौरबाट संस्कृतमा नी एम०ए० गरे। यो परीक्षामा वहाँलाई थोरै अंक प्राप्त भएको थियो कि सरकारको तर्फबाट २०० पाउण्डको छात्रवृत्ति दिइयो। हरदयाल जी त्यो छात्रवृत्तिको सहाराले अगाडि पढनका लागि लण्डन गए र सन् १९०५ मा अक्सफोर्ड विश्वविद्यालयमा प्रवेश लिए। त्यहाँ वहाँले दुईटा छात्रवृत्तिहरू र प्राप्त गरे। हरदयाल जी को यो विशेषता थियो कि वहाँ एक समयमा पाँच कार्य एक साथ गरी लिन्थे। १२ घण्टाको नोटिस दिई वहाँको सहपाठी मित्र वहाँबाट शेक्सपियरको कुनै पनि नाटक मौखिक सुन्ने गर्दथे।

यसपछी नै वहाँ मास्टर अमीरचन्द को गुप्त क्रान्तिकारी संस्थाका सदस्य बनि सकेका थिए। ती दिनहरूमा लण्डनमा श्यामजी कृष्ण वर्मा पनि बसोबास गर्दथे जो देशभक्तिको प्रचार गर्नका लागि त्यहिँ इन्डिया हाउसको स्थापना भएको थियो। इतिहासको अध्ययनको परिणामस्वरूप अङ्ग्रेजी शिक्षा पद्धतिलाई पाप सम्झेर सन् १९०७ मा "भाडमा जाओस् आई०सी०एस०" भनि वहाँ अक्सफोर्ड विश्वविद्यालय तत्काल छोडि दिएर लण्डनमा देशभक्त समाज स्थापित गरी असहयोग आन्दोलनको प्रचार गर्न तर्फ लागे जसको विचार गान्धी जी लाई धेरै समयपछी सन् १९२० मा आएका थिए। भारतलाई स्वतन्त्र गर्नका लागि लाला जी को यो योजना थियो कि जनतामा राष्ट्रीय भावना जागृतको पश्चात् पहिले सरकारको कडा आलोचना गरी फेरी युद्धको तैयारी गर्ने, अनि मात्रै कुनै ठोस परिणाम मिल्न सक्छ, अन्यथा मिल्दैन। केही दिन विदेशमा बसोबासपछी १९०८ मा वहाँ भारत फिर्ता आएका थिए।[४]

यङ म्यान इन्डिया एसोसिएसनको स्थापना[सम्पादन गर्ने]

इन्डिया हाउस जहाँ लालाजी प्रवासको समय रहेका थिए।

यो तथ्य त्यस समयको हो जुन समयमा लाहौरमा युवाहरूको मनोरञ्जनका लागि एउटा मात्रै क्लब हुने गर्थ्यो जसको नाम थियो यङ म्यान क्रिश्चियन एसोसिएसन वा वाइएमसिए । त्यो समय लाला हरदयाल लाहौरमा स्नातोकोत्तरको अध्ययन गर्दै थिए। संयोगले वहाँ र सो क्लबको सचिवसँग कुनै विषयलाई लिएर चट्टारो बहस भयो जसको परिणामस्वरूप लालाले वाइएमसिए क्लबको समानान्तर यङ म्यान इन्डिया एसोसिएसन को स्थापना गरे। लाला जीको कलेजमा मोहम्मद अल्लामा इकबाल नाम भएका दर्शनशास्त्र पढाउने प्राध्यापक थिए । उनीहरू बीच राम्रो मित्रता थियो । लाला जीको अनुरोधमा प्राध्यापक इकबाल एसोसिएसनको उद्घाटन समारोहको अध्यक्षता गर्नलाई सहर्ष तैयार भए । यो समारोहमा इकबालले आफ्नो प्रसिद्ध रचना सारे जहाँ से अच्छा हिन्दोस्ताँ हमारा तरन्नुम सुनाएका थिए। यस्तो शायद पहिलो पटक भयो कि कुनै समारोहका अध्यक्षले आफ्नो अध्यक्षीय भाषणको स्थानमा कुनै तराना गाएको । टो छोटो तर जोशले भरीएको रचनाको श्रोताहरूमाथि यति गहिरो प्रभाव भयो कि इकबाललाई समारोहको आरम्भ र समापन- दुइटइ मा नी अवसरहरूमा यो गीत सुनाउनु परेको थियो।[स्रोत नखुलेको]

भारत आगमन[सम्पादन गर्ने]

भारत फिर्ता भएर सबभन्दा पहिले पुना गएर वहाँ लोकमान्य बाल गङ्गाधर तिलकसँग भेटे। त्यसपछि फेरी के भयो कि वहाँ पटियाला पुगेर गौतम बुद्धको समान सन्यास लिएँ। शिष्य-मण्डलीको सम्मुख लगातार ३ सप्ताह सम्म संसारको क्रान्तिकारीहरूको जीवनको विवेचन गरे। तत्पश्चात् लाहौरको अङ्ग्रेजी दैनिक पञ्जाबीको सम्पादन गर्न लागे। लाला जी को आलस्य-त्याग, अहंकार-शून्यता, सरलता, विद्वत्ता, भाषा माथि आधिपत्य, बुद्धिप्रखरता, राष्ट्रभक्तिको ओज तथा पर दु:ख मा संवेदनशीलता जस्तो असाधारण गुणहरूको कारण कुनै पनि व्यक्ति एक पटक वहाँको दर्शन गर्ने बित्तिकै मुग्ध हुने गर्दथे। वहाँ आफ्नो सबै निजी पत्र हिन्दी मा नै लेखने गर्दथे तर दक्षिण भारतको भक्तहरूलाई सदैव संस्कृतमा नै उत्तर दिन्थे। लाला जी वहुधा यो कुरा भन्ने गर्दथे- "अङ्ग्रेजी शिक्षा पद्धतिबाट राष्ट्रीय चरित्र नष्ट भयकै हुन्छ, राष्ट्रीय जीवनको स्रोत पनि विषाक्त हुने गर्दछ। अङ्ग्रेज ईसाइयतको प्रसारद्वारा हाम्रो दासत्वलाई स्थायी बनाउदैं हुनुहुन्छ।"

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. क्रान्त (2006) स्वाधीनता संग्राम के क्रान्तिकारी साहित्य का इतिहास 2 (1 संस्करण) नई दिल्ली: प्रवीण प्रकाशन प॰ 448-458 ISBN 81-7783-119-4 http://www.worldcat.org/title/svadhinata-sangrama-ke-krantikari-sahitya-ka-itihasa/oclc/271682218 
  2. महापुरुषों के अविस्मरणीय जीवन प्रसंग-2/3-क्रान्तिधर्मी लाला हरदयाल।शर्मा, आचार्य श्रीराम।अभिगमन तिथि: २०जून २०१७
  3. शर्मा, विष्णु (०४), "विदेशी धरती पर आजादी की अलख जगाने वाले लाला हरदयाल आखिरी सांस भी मातृभूमि पर ना ले सके थे", इनखबर.कॉम।  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. विद्रोही, अरविन्द, "कुशल वक्ता, उच्चकोटि के लेखक, क्रांतिकारी – लाला हरदयाल", प्रवक्ता.कॉम, अन्तिम पहुँच २०१७  |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]