आर्य समाज
आर्य समाज एक हिन्दू सुधार आन्दोलन हो । यसको स्थापना स्वामी दयानन्द सरस्वतीले सन् १८७५ मा मुम्बईमा मथुराका स्वामी विरजानंदको प्रेरणाले गरेका थिए। यो आन्दोलन पाश्चात्य प्रभाव तथा प्रतिक्रिया स्वरूप हिंदू धर्ममा सुधारको लागि आरम्भ गरिएको थियो । आर्य समाजमा शुद्ध वैदिक परम्परामा विश्वास गरिन्थ्यो र मूर्ति पूजा ,अवतारवाद , बलि ,कर्मकाण्ड तथा अंधविश्वासलाई अस्वीकार गर्थे । यसको विरोधमा छुआछूत एवं जातिगत भेदभावलाई विरोध गरियो तथा स्त्रिहरू शूद्रलाई पनि उपनय संस्कार गरी यज्ञोपवीत धारण गराईयो र वेद पढ्ने अधिकार प्रदान गरियो। स्वामी दयानन्द सरस्वतीद्वारा रचित सत्यार्थ प्रकाश नामक ग्रन्थ आर्य समाजको मूल ग्रन्थ हो । आर्य समाजको आदर्श वाक्य हो:- कृण्वन्तो विश्वमार्यम् , यसको अर्थ - विश्वलाई आर्य बनाउदै जाऊ । प्रसिद्ध आर्य समाजी व्यक्तिमा स्वामी दयानन्द सरस्वती , स्वामी श्रद्धानन्द , महात्मा हंसराज , लाला लाजपत राय, भाइ परमानन्द , पंडित गुरुदत्त , स्वामी आनन्दबोध सरस्वती , स्वामी अछूतानन्द , चौधरी चरण सिंह , पंडित वन्देमातरम रामचन्द्र राव, बाबा रामदेव आदि पर्दछन ।
आन्दोलन[सम्पादन गर्नुहोस्]
इतिहास[सम्पादन गर्नुहोस्]
स्रोत[सम्पादन गर्नुहोस्]
बाह्यलिङ्कहरू[सम्पादन गर्नुहोस्]
