लाला लाजपत राय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लाला लाजपत राय
जन्म२८ नोभेम्बर १८६५
दुधिके, पञ्जाब , अविभाजित भारत (अहिले भारत मा छ)
मृत्यु१७ नोभेम्बर १९२८ (उम्र ६३)
लाहौर, अविभाजित भारत (अहिले पाकिस्तान मा छ)
संस्थानभारतीय राष्ट्रीय कांग्रेस, आर्य समाज, हिन्दू महासभा
राजनीतिक कृयाकलापभारतीय स्वतन्त्रता आन्दोलन
धर्मजैन धर्म
लालाजी (१९०८ में)

लाला लाजपत राय ( पंजाबी: ਲਾਲਾ ਲਾਜਪਤ ਰਾਏ, जन्म: २८ जनवरी १८६५ - मृत्यु: १७ नोभेम्बर १९२८) भारत को जैन धर्म को अग्रवंश मा जन्मिएका एक प्रमुख स्वतन्त्रता सेनानी थिए। यिनलाई पञ्जाब केसरी पनि भनिन्छ। यिनले पञ्जाब नैशनल बैंक र लक्ष्मी बीमा कम्पनी को स्थापना पनि गरेका थिए। यिनी भारतीय राष्ट्रीय कांग्रेस मा गरम दल को तीन प्रमुख नेताहरु लाल-बाल-पाल मध्ये एक थिए। सन् १९२८ मा यिनले साइमन कमीशन को विरुद्ध एक प्रदर्शन मा हिस्सा लिए, जिसको दौरान भएको लाठी-चार्ज मा यिनी नराम्रो सँग घायल भए र अन्ततः १७ नोभेम्बर सन् १९२८ मा यिनको महान आत्मा ले पार्थिव देह त्याग गर्‍यो।

जीवन वृत्त[सम्पादन गर्ने]

लाला लाजपत राय को जन्म पञ्जाब को मोगा जिल्ला मा एक अग्रवाल परिवार मा भएको थियो। यिनले केही समय हरियाणा को रोहतकहिसार सहरहरु मा वकालत गरे। यिनी भारतीय राष्ट्रीय कांग्रेस को गरम दल को प्रमुख नेता थिए। बाल गंगाधर तिलकबिपिन चन्द्र पाल को साथ यस त्रिमूर्ति लाई लाल-बाल-पाल को नाम बाट जाना जानिन्थ्यो । यिनै तीन नेताहरुले सबभन्दा पहले भारत मा पूर्ण स्वतन्त्रता की माँग गरेका थिए पछी समूचा देश यिनीहरुको साथ लागो । यिनले स्वामी दयानन्द सरस्वती सँग मिलेर आर्य समाज लाई पञ्जाब मा लोकप्रिय बनाए। लाला हंसराज एवं कल्याण चन्द्र दीक्षित को साथ दयानन्द एंग्लो वैदिक विद्यालयों को प्रसार गरे, मानिसहरुले यिनीहरुलाई आजकल डीएवी स्कूल्स वा कालेज को नाम बाट चिन्दछ्न। लालाजी ले बिभिन्न स्थानहरु मा अनिकाल मा शिविर लगाएर मानिसहरु को सेवा पनि गरेका थिए। ३० अक्टूबर १९२८ मा यिनले लाहौर मा साइमन कमीशन को विरुद्ध आयोजित एक विशाल प्रदर्शन मा हिस्सा लिए, जस को दौरान भएको लाठी-चार्ज मा यिनी नराम्रो सँग घायल भए । त्यस समय यिनले भनेका थिए: "मेरो शरीर मा परेको एक-एक लाठी ब्रिटिश सरकार को कफिन मा एक-एक किला को काम गर्नेछ ।" र त्यही भयो पनि; लालाजी को बलिदान को २० वर्ष को भित्र नै बेलायती साम्राज्य को सूर्य अस्त भयो। १७ नोभेम्बर १९२८ मा यिनै चोटहरुको कारण बाट यिनको देहान्त भयो।

लालाजी को मृत्यु को बदला

लाला जी को मृत्यु बाट सारा देश उत्तेजित उठ्यो र चंद्रशेखर आज़ाद, भगत सिंह, राजगुरु, सुखदेव र अन्य क्रान्तिकारीहरुले लालाजी माथी ज्यान लिने लाठीचार्ज को बदला लिने निर्णय गरे । यी देशभक्त हरुले आफ्नो प्रिय नेता को हत्या को ठीक एक महीना पछी आफ्नो प्रतिज्ञा पूरा गरे र १७ डिसेम्बर १९२८ मा बेलायती प्रहरी को अधिकारी सांडर्स को गोलीले उडाईदिए । लालाजी को मृत्यु को बदला सांडर्स को हत्या को मामिलामा नै राजगुरु, सुखदेव र भगतसिंह लाई फाँसी को सजाय सुनाईयो ।

हिन्दी सेवा[सम्पादन गर्ने]

लालाजी ले हिन्दी मा शिवाजी, श्रीकृष्ण र धेरै महापुरुषहरुको को जीवनी लेखे । उनले देश मा र विशेषतः पञ्जाब मा हिन्दी को प्रचार-प्रसार मा धेरै सहयोग दिए । देश मा हिन्दी लागु गर्नको लागी उनले हस्ताक्षर अभियान चलाएका थिए ।

रचनाहरु[सम्पादन गर्ने]

  • Young India
  • England's Debt to India
  • The Political Future of India
  • Unhappy India
  • The Story of My Life (आत्मकथा)

अनमोल वचन[सम्पादन गर्ने]

  • अतीत लाई हेरी रहनु व्यर्थ हो, जबसम्म त्यस अतीत माथी गर्व गर्न योग्य भविष्य को निर्णाण को लागी कार्य गरिदैन।
  • नेता त्यो वह हो जसको नेतृत्व प्रभावशाली हुन्छ, जो आफ्नो अनुयायीहरु देखी सदैव आगे रहन्छ, जो साहसी र निर्भीक हुन्छ।
  • पुरा निष्ठा र ईमानदारी को साथ शान्तीपूर्ण साधनहरु बाट उद्देश्य पूरा गर्ने प्रयास लाई नै अहिंसा भनिन्छ।
  • पराजय र असफलता कहिले काही विजय को तर्फ जरूरी कदम हुदछ।

यसलाई पनि हेर्नु होस[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]