कायस्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कायस्थ
Kayastha
जम्मा जनसङ्ख्या
२ करोड
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
भाषाहरू
मैथिली,हिन्दी, असमिया, उर्दू, बंगला, मराठी तथा उडिया
धर्महरू
हिन्दुत्व


कायस्थ हरू संसार का शृष्टीकर्ता ब्रम्हा का मानस पुत्र चित्रगुप्त का संतान मानीन्छन्। हिन्दु हरूको वर्णव्यवस्था ( ब्राह्मण, क्षत्री, वैश्य, शुद्र ) मा कायस्थ हरूले छुट्टै वर्ण स्थान राख्दछन्। कायस्थ ब्रम्हा को चित्त (शरीर-काया)बाट उत्तपन्न भएकोले कायस्थ आफैमा छुटै एउटा वर्ण हो। अत: कायस्थ वर्ण सामाजीक विभाजन को पाचौ अङ्ग हो। कायस्थ हरू ले कलमको पूजा गर्छन। चित्रगुप्त का १२ वटा संतान थिए जसले गर्दा कायस्थ वर्ण भित्र १२ वटा शाखाहरू हरू को प्रारम्भ भयो र प्रत्येक शाखा मा आफ्नै जातीय बिभाजन छ। यस वर्ण शाखाका जाति हरूमा कर्ण, श्रीवास्तव, मल्लिक, निगम, कुलश्रेष्ठ, अम्बष्ठ, अष्ठाना, माथुर, गौड, आदि पर्दछन् ।

परिचय[सम्पादन गर्नुहोस्]

श्री चित्रगुप्तजी महाराजको परिवार[सम्पादन गर्नुहोस्]

पद्म पुराणको अनुसार श्री चित्रगुप्तजीको दुईवटा बिबाह भएको थियो जसमध्ये पहिली स्वास्नी सूर्यदक्षिणा/नंदिनी जो कि सूर्यदेबका पुत्र श्राद्धदेवकि छोरी थिइन् ,यसबाट ४ पुत्र भएको थियो । अर्की स्वास्नी अर्थात दोश्री स्वास्नी ऐरावती/शोभावति धर्मशर्मा (नागबंशी क्षत्रिय) की पुत्री थिइन् , यसबाट ८ पुत्र भएको थियो ।

अत: कायस्थको १२ शाखा रहेका छन् - श्रीवास्तव, सूर्यध्वज, बाल्मिक, अष्ठाना, माथुर, गौड, भटनागर, सक्सेना, अम्बष्ठ, निगम, कर्ण तथा कुलश्रेष्ठ । यी बाह्रवटै पुरत्रहरूको विवरण तल दिइएको छ । जसको उल्लेख अहिल्या, कामधेनु, धर्मशास्त्र तथा पुराणहरूमा पनि दिइएको छ । श्री चित्रगुप्तजी महाराजका बाह्र पुरत्रहरूको विवाह नागराज बासुकीको बाह्र पुत्रीसँग सम्पन्न भएको थियो , जसले गर्दा कायस्थहरूको मामाली नागवंश मानिदै आएको छ र नागपंचमीको दिन विशेष रूपमा नाग पुजा गर्ने गरिन्छ ।

माता नंदिनीका चारवटै पुरत्रहरू भारतको काश्मीरको छेउ-छेउ तिर गएर बसे भने माता ऐरावती/शोभावतिका आठवटै पुरत्रहरू गौड देशको छेउ-छेउ बिहार, उडीसा, तथा बङ्गालमा गएर बसे । त्यस समयमा बङ्गाललाई गौड देश भनिन्थ्यो, पद्म पुराणमा यसको उल्लेख पनि रहेको पाइन्छ ।

चित्रगुप्त वंशावली

माता सूर्यदक्षिणा/नंदिनीको पुरत्रहरूको विवरण[सम्पादन गर्नुहोस्]

१ - भानु (श्रीवास्तव) - श्री भानु माता नंदिनीका ज्येष्ठ सुपुत्र थिए । उनको राशिको नाम धर्मध्वज थियो । श्री भानु भारतको मथुरा मा गएर बसे । यसैकारण भानु परिवार सँग समबन्धित सबै माथुर कायस्थको नामले चिनिए साथ-साथै सूर्यवंशीको नामले पनि चिनिये ।

२ - विभानु (सूर्यध्वज) - भटनागर उत्तर भारतमा प्रयोग हुने एउटा जातिनाम हो, जुनकी हिन्दुहरूको कायस्थ जाति अन्तर्गत आउने गरेको छ । इनको प्रादुर्भाव यमराज (मृत्युको देवता तथा पाप पुण्यको अभिलेखक) तथा श्री चित्रगुप्तजी महाराजको पहिली स्वास्नी दक्षिणा नंदिनीको दोश्रो पुत्र विभानुको वंशबाट भएको हो । उनको राशिको नाम श्यामसुंदर थियो । विभानुलाई चित्राक्ष नामले पनि चिनिन्छ । महाराज चित्रगुप्तले उनलाई भट्ट देशको मालवा क्षेत्रमा रहेको भट नदी तिर पठाएका थिए । त्यहाँ यीनिहरूले चित्तौर र चित्रकूट बसाएका थिए । र यिनीहरु त्यहीं रहनसहन गर्न थाले, जसले गर्दा यिनीहरूको वंश भटनागर भनियो । यिनीहरूको वासस्थान भारतको वर्तमान पञ्जाब प्रदेशको भट्ट प्रदेशमा रहेको थियो । यिनको स्वास्नीको नाम मालिनी थियो ।

३ - विश्वभानु (बाल्मीकि) - श्री विश्वभानु माता नंदिनीका तृतिय पुत्र थिए । उनको राशिको नाम दिनदयाल थियो । श्री विश्वभानुको परिवार गंगा-यमुना को छेउमा गएर बसे , जसलाई प्राचीनकालमा साकब द्विप भानिन्थियो । त्यसकारण विश्वभानु परिवारसँग सम्बन्धित सम्पूर्ण कायस्थ सक्सेना कायस्थको नामले चिनिए साथ-साथै सूर्यवंशीको नामले पनि चिनिये ।

४ - विर्यभानु (अष्ठाना) - श्री विर्यभानु माता नंदिनीका सबैभन्दा कान्छो पुत्र थिए । उनको राशिको नाम माधवराव थियो । श्री विर्यभानुको परिवार बांस देश (काश्मीर), मा गएर बास लिए । त्यसैकारण विर्यभानु परिवारसँग सम्बन्धित सम्पूर्ण कायस्थ श्रीवास्तव कायस्थको नामले चिनिए साथ-साथै सूर्यवंशीको नामले पनि चिनिये ।

माता ऐरावती/शोभावतिको पुरत्रहरूको विवरण[सम्पादन गर्नुहोस्]

१ - चारु (माथुर) - श्री चारु माता ऐरावती/शोभावतिका ज्येष्ठ सुपुत्र थिए । उनको राशिको नाम पुरांधर थियो । श्री चारुको परिवार सूर्यदेश (बिहार) देश, मा गएर बसे तथा उनीहरूको राष्ट्रध्वजको चिन्ह सूर्य भएको कारण तिनीहरु सूर्यध्वज भनेर चिनिए ।

२ - सुचारु (गौड) - श्री सुचारु माता ऐरावती/शोभावतिका दोश्रो पुत्र थिए । उनको राशिको नाम सारंगधार थियो । श्री सुचारुको परिवार पश्चिम बङ्गालको अम्बष्ठ जनपद,मा गएर बसे यसै कारण यिनीहरूलाई अम्बष्ठ भनेर चिनिए ।

३ - चित्र (चित्राख्य) (भटनागर) - श्री चित्र माता ऐरावती/शोभावतिका तृतीय पुत्र थिए । उनको राशिको नाम सारंगधार थियो । श्री चित्रको परिवार गौड देश (बङ्गाल), मा गएर बसे यसै कारण यिनीहरूलाई गौड भनेर चिनिए ।

४ - मतिभान (हस्तीवर्ण) (सक्सेना) - श्री मतिभान (हस्तीवर्ण) माता ऐरावती/शोभावतिका चौथौ पुत्र थिए । उनको राशिको नाम रामदयाल थियो । श्री मतिभान (हस्तीवर्ण) को परिवार निगम देश (काशी), मा गएर यसै कारण यिनीहरूलाई निगम भनेर चिनिए । निगमहरु उत्तर भारतीय कायस्थ हुन्छन् ।

५ - हिमवान (हिमवर्ण) (अम्बष्ठ) - श्री हिमवान (हिमवर्ण) माता ऐरावती/शोभावतिको पाँचौ पुत्र थिए । उनको राशिको नाम सारंधार थियो । श्री हिमवान (हिमवर्ण)को परिवार गौड देश (बिहार), मा प्राचिन करनाली नामक गाउँमा गएर बसे यसै कारण यिनीहरूलाई कर्ण भनेर चिनिए ।

६ - चित्रचारु (निगम) - श्री चित्रचारु माता ऐरावती/शोभावतिका छैठौ पुत्र थिए । उनको राशिको नाम सुमंत थियो । श्री चित्रचारुको परिवार अष्ठाना देश (सानो नागपुर), जो कि नागदेशको नामले पनि प्रसिद्ध रहेको छ मा गएर बसे यसै कारण यिनीहरूलाई अष्ठाना भनेर चिनिए ।

७ - चित्रचरण (कर्ण) - श्री चित्रचरण माता ऐरावती/शोभावतिका साँतौ पुत्र थिए । उनको राशिको नाम दामोदर थियो । श्री चित्रचरणको परिवार बङ्गालको नदिको छेउमा गएर बसे जुन हाल बङ्गालको खाडीनिर स्थित छ । सेवाको भावनाका कारण आफ्नो कायस्थ कुलमा सर्वश्रेष्ठ मानियो यसै कारण यिनीहरु कुलश्रेष्ठ भनेर चिनिए ।

८ - अतिन्द्रिय (जितेंद्रय) (कुलश्रेष्ठ) - श्री अतिन्द्रिय (जितेंद्रय) माता ऐरावती/शोभावतिका सबैभन्दा कान्छो पुत्र थिए । उनको राशिको नाम सदानंद थियो । श्री अतिन्द्रिय (जितेंद्रय)को परिवार बाल्मिकी देश (पुरानो मध्य भारत), मा गएर बसे यसै कारण यिनीहरूलाई बाल्मिकी कायस्थ भनेर चिनिए ।

कायस्थहरूले क्षत्रिय धर्मको पालन गर्दै कयौं वर्षसम्म भारतमा राज चलाएका थिए । [१]

लिपि[सम्पादन गर्नुहोस्]

कैथी लिपिको प्रिन्ट रूप (१९औ शताब्दीको मध्यमा)
कैथी लिपिको हस्तलिखित रूप

कैथी एउटा ऐतिहासिक लिपि हो जुन मध्यकालीन भारतमा प्रमुख रूपले उत्तर-पूर्व र उत्तर भारतमा बृहत रूपले प्रयोग गर्ने गरिन्थ्यो । प्राय:जसो बर्तमान भारतको उत्तर प्रदेश तथा बिहारको क्षेत्रहरूमा यस लिपिमै वैधानिक र प्रशासनिक कार्य गरिन्थ्यो भन्ने प्रमाण हाल सम्म पनि भेटिने गरेको छ । यस लिपिलाई "कयथी" वा "कायस्थी", को नामले पनि चिनिन्छ । पूर्वी क्षेत्रमा उत्तर-पश्चिम प्रदेश, मिथिला, बङ्गाल, उडीसा तथा अवधमा यस लिपिको प्रयोग खासगरि न्यायिक, प्रशासनिक र निजी तथ्यांकको संग्रहणमा गरिने गरिन्थ्यो ।

'कैथी' को उत्पत्ति 'कायस्थ' शब्दबाट भएको हो जुनकि उत्तर भारतको एउटा सामाजिक समूह (हिन्दु जाति) हो । यिनीहरुद्वारा मुख्य रूपमा व्यापार समबन्धि तथ्यांक सुरक्षित राख्नका लागि सबैभन्दा पहिले यस लिपिको प्रयोग गरिएको थियो । कायस्थ समुदायको पुरानो रजवाडा र ब्रिटिश उपनिवेशमा रहेको साशकवर्ग सँग नजिकको सम्बन्ध रहेको देखिएको छ । यिनीहरु ब्रिटिशहरूको विभिन्न प्रकारको आँकडाको प्रबंधन तथा भंडारण गर्नको लागि नियुक्ति गरिन्थे । कायस्थहरुद्वारा प्रयुक्त यस लिपिलाई पछि कैथीको नामले चिनिन थालियो ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कर्ण कायस्थहरूको विवरण", अप्रिल १६, २०१३। 
  2. अंशुमान पांडे,२००६ कैथी लिपि