बङ्गाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

बङ्गाल
बाङ्ला
एसिया महादेशको एक भाग
बङ्गालको नक्शा; बङ्गलादेश र भारतका (पश्चिम बङ्गाल, त्रिपुरा र बराक उपत्यका)
बङ्गालको नक्शा; बङ्गलादेशभारतका (पश्चिम बङ्गाल, त्रिपुरा र बराक उपत्यका)
महादेशएसिया
देशबङ्गलादेश
ठुला सहर
क्षेत्रफल
 • जम्मा२,५४,११० किमी (९८,११० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२५ करोड
राष्ट्रिय भाषाबङ्गलादेशबङ्गाली[१] पश्चिम बङ्गालबङ्गाली, अङ्ग्रेजी[२]

बङ्गाल पाकिस्तानको विभाजन भन्दा पहिला भारतीय उपमहाद्वीपमा भारतको एक संयुक्त प्रान्त थियो। पश्चिम बङ्गाल, बङ्गलादेश र केही छिमेकी प्रान्त जस्तै बिहार, उडिसा आदिका केही भू-भाग बङ्गाल क्षेत्रमा पर्ने गर्दथ्यो। पाकिस्तान विभाजन पछि बङ्गाल क्षेत्रको पूर्वी भाग (पूर्व बङ्गाल) पूर्व पाकिस्तान बनेको थियो। पछि पूर्व पाकिस्तान पाकिस्तानबाट विभाजित भएर बङ्गलादेश नामबाट एउटा देश बनेपछि ढाकालाई देशको राजधानी बनाइएको थियो। पूर्व बङ्गाल बङ्गलादेशमा परिणत भएपनि पश्चिम बङ्गाल अहिले पनि भारतको एक प्रान्तको रूपमा छ जसको प्रान्तीय राजधानी कलकत्ता हो।

राजनैतिक रूपमा बङ्गाललाई पूर्वमा बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गालमा विभाजन गरिएको छ। बङ्गाल सल्तनत र औपनिवेशिक कालखण्डमा यस क्षेत्रलाई आधुनिक बिहार, झारखण्ड, उडिसा, असम, त्रिपुरा, मिजोरम, मेघालय, नागाल्यान्ड र भारतको मणिपुर राज्यहरू र बर्माका केही भागहरू समावेश थिए।[३][४][५] सन् २०११ मा बङ्गालको जनसङ्ख्या २५ करोड रहेको अनुमान गरिएको थियो । यो क्षेत्र विश्वको सबैभन्दा घना बस्ती भएको क्षेत्रमध्ये एक हो। तीमध्ये अनुमानित १६ करोड मानिसहरू बङ्गलादेशमा बसोबास गर्छन् भने ९१.३ करोड मानिसहरू पश्चिम बङ्गालमा बसोबास गर्छन्। यस क्षेत्रका प्रमुख नश्लवादी समूह बङ्गाली हुन्, जसले हिन्द-आर्य बङ्गाली भाषा बोल्दछन्।[३] बङ्गालादेशमा बङ्गालका मुस्लिमहरू सबैभन्दा धेरै छन् भने पश्चिम बङ्गालमा बङ्गाली हिन्दूहरू सबैभन्दा धेरै रहेका छन्। भारतपूर्वी पाकिस्तानबीच विभाजन हुँदा यो क्षेत्र विभाजित भएको थियो।

यस क्षेत्र बाहिर भारतीय राज्य त्रिपुरा र असमको बाराक उपत्यकामा बङ्गाली-बहुसङ्ख्यक जनसङख्या रहेको छ। अरुणाचल प्रदेश, दिल्ली, छत्तीसगढ, झारखण्ड, मेघालय, मिजोरम, नागाल्यान्डउत्तराखण्ड राज्यमा पनि बङ्गालीहरूको उल्लेखनीय उपस्थिति रहेको छ।[६]

पहाडी वर्षावन लगायतका घना जङ्गलहरूले बङ्गालको उत्तरी र पूर्वी क्षेत्रहरूलाई र अग्लो जङ्गल भएको क्षेत्रले यसको केन्द्रिय क्षेत्रलाई ढाकेको छ। यस क्षेत्रको उच्चतम उचाई विन्दु पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा अवस्थित सन्दकपुर (३६३६ मि. ११,९३० फुट) हो। समुद्रितटमा रहेको दक्षिणपश्चिम भूभागहरूमा सुन्दरवन रहेको छ जुन विश्वकै सबैभन्दा ठूलो म्याङ्ग्रोभ जङ्गल र पाटे बाघको बासस्थान हो। समुद्रीतटको दक्षिणपूर्वमा कोक्सबाजार अवस्थित छ जुन संसारको सबैभन्दा लामो समुद्री किनार हो जसले १२५ किलोमिटरको क्षेत्रलाई ओगटेको छ। यस क्षेत्रमा मनसुनको हावापानी छ, जुन बङ्गाली पात्रो अनुसार ६ ऋतुहरूमा विभाजित छ।[७]

यस क्षेत्रका बासिन्दाहरूले भारतीय समाजको सामाजिक-साँस्कृतिक आन्दोलन र भारतको स्वतन्त्रताको लागि भएको आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका थिए। जसमा क्रान्तिकारी समूहहरूको प्रभुत्व थियो। ब्रिटिस राजलाई परास्त गर्ने सशस्त्र प्रयास सन्यासी र फकीर विद्रोहबाट सुरु हुँदै सुभाषचन्द्र बोसले अङ्ग्रेजहरू विरुद्ध लड्न जापानसँग सम्बद्ध भारतीय राष्ट्रिय सेनालाई नेतृत्व गर्दा चरमोत्कर्षमा पुर्‍याएका थिए। स्वतन्त्रताका लागि भएका प्रयासहरूमा थुप्रै बङ्गालीहरूको मृत्यु भएको थियो भने थुप्रैलाई अण्डमानमा रहेको काला पानी कारागारमा निर्वासित गरिएको थियो। सन् १९४६ मा यस क्षेत्रलाई भारत र पाकिस्तानको बीचमा विभाजन गरिएको थियो। यस विभाजनलाई बङ्गालको (सन् १९४७) विभाजन पनि भनिन्छ। यसले क्षेत्रलाई प्रमुख मुस्लिम र हिन्दु जनसङ्ख्याको बीचमा विभाजन गरेको थियो। यस कदमको बङ्गालका प्रधानमन्त्री हुसेन सुहरावार्दी र राष्ट्रवादी नेता शरतचन्द्र बोसले विरोध गरेका थिए भने उनीहरूले एक संयुक्त र स्वतन्त्र राष्ट्र बङ्गालको लागि अभियान चलाएका थिए। बेलायती कुटनीतिको लक्ष्य तथा मुसलमान र हिन्दुबीचको साम्प्रदायिक द्वन्द्वका कारण यो प्रयास विफल भएको थियो। त्यसपछि पश्चिम बङ्गाल भारतको र पूर्वी बङ्गाल पाकिस्तानको भाग बनेको थियो। सन् १९७१ मा पूर्वी बङ्गालको लागि स्वतन्त्रताको युद्ध मार्फत एक स्वतन्त्रता राष्ट्रको रूपमा बङ्गलादेशको उदय भएको थियो।

भूगोल[सम्पादन गर्नुहोस्]

अधिकांश बङ्गाल क्षेत्र गङ्गा-ब्रह्मपुत्रको त्रिकोणत्मक द्वीपमा पर्दछन् भने यसको उत्तर, उत्तरपूर्व र दक्षिणपूर्वमा उच्च भूभागहरू रहेका छन्। गङ्गाको त्रिकोणत्मक द्वीप ब्रह्मपुत्र, मेघना र आ-आफ्नो उपनदीहरूको सङ्गमबाट उत्पन्न भएको हो। बङ्गालको कुल क्षेत्रफल २,३२,७५२ वर्ग किलोमिटर रहेको छ जसमा पश्चिम बङ्गालको क्षेत्रफल ८८,७५२ वर्ग किमी र बङ्गलादेश १,४७,५७० वर्ग किमी रहेको छ।

समथर र उर्वर मैदानले बङ्गलादेशको भूगोलमा प्रभुत्व जमाएको छ। चट्टोग्रम पहाडी भेग र सिलेेेट क्षेत्रका अधिकांश हिमाली भेगहरूमा बसोबास रहेको छ। बङ्गलादेशका अधिकांश भाग समुन्द्री सतहबाट १० मिटर (३३ फिट) को उचाइमा रहेको छ भने समुद्री सतह १ मिटर (३.३ फिट) माथि उठ्ने हो भने करिब १०% जमिन जलमग्न हुने विश्वास गरिन्छ।[८] यस न्यून उचाईका कारण यस क्षेत्रको अधिकांश भाग मनसुनका कारण मौसमी बाढीको अति जोखिममा परेको छ। बङ्गलादेशको सबैभन्दा अग्लो बिन्दु मौदोक पहाडी भेग १,०५२ मिटर (३,४५१ फिट) को उचाइमा रहेको छ।[९] तटरेखाको एक प्रमुख भागमा दलदली जङ्गल, सुन्दरबन, विश्वकै सबैभन्दा ठूलो दलदली जङ्गल पाटे बाघ लगायत विविध वनस्पति तथा पशुपन्छीहरूको बासस्थान रहेको छ। सन् १९९७ मा यो क्षेत्रलाई खतरामा परेको भनी घोषणा गरिएको थियो।[१०]

पश्चिम बङ्गाल भारतको पूर्वी नाकामा रहेको छ भने यो उत्तरमा हिमालयदेखि दक्षिणमा बङ्गालको खाडीसम्म फैलिएको छ। यस राज्यको कुल क्षेत्रफल ८८,७५२ वर्ग किमी रहेको छ। राज्यको उत्तरी भागमा पर्ने दार्जिलिङ हिमाली पहाडी क्षेत्र पूर्वी हिमालय अन्तर्गत पर्दछ। यस क्षेत्रमा राज्यको सर्वोच्च शिखर सन्दकपुर (३,६३६ मी) रहेको छ।[११] साँघुरा तराई क्षेत्रले यस क्षेत्रलाई मैदानबाट छुट्याउँँछ भने यो क्षेत्र दक्षिणतर्फ गङ्गाको त्रिकोणत्मक द्वीपमा परिणत हुन्छ। एउटा सानो तटीय क्षेत्र दक्षिणको अत्यन्तै दक्षिणमा छ भने सुन्दरबान दलदली जङ्गल गङ्गा त्रिकोणत्मक द्वीपको उल्लेखनीय भौगोलिक स्थल हुन्।[१२]

पश्चिम बङ्गालका कम्तीमा ९ र बङ्गलादेशका ४२ जिल्लाहरूमा विश्व स्वास्थ्य सङ्गठनको अधिकतम अनुमित सीमा वा प्रति अरब ५० भागभन्दा माथि आर्सेनिक स्तर रहेको छ। यस क्षेत्रमा शुद्धीकरण नगरिएका पानी मानव उपभोगका लागि अयोग्य रहेको छ।[१३] शुद्धीकरण नगरिएको पानीले आर्सेनिकोसिस, छालाको क्यान्सर र शरीरका अन्य विभिन्न जटिलताहरू निम्त्याउँछ।

भौगोलिक भेद[सम्पादन गर्नुहोस्]

उत्तर बङ्गाल[सम्पादन गर्नुहोस्]

घाम लागेको दिनमा नेपालसिक्किमका हिमशिखरहरू उत्तरी बङ्गलादेशपश्चिम बङ्गालको दार्जिलिङ जिल्लाबाट देख्न सकिन्छ।

उत्तर बङ्गाल बङ्गलादेशको उत्तर-पश्चिमी र पश्चिम बङ्गालको उत्तरी भागको लागि प्रयोग गरिने शब्द हो। बङ्गलादेशी भागहरूमा राजशाही विभागरङ्पुर विभाग रहेको छ। सामान्यतया यो जमुना नदीको पश्चिम र पद्मा नदीको उत्तरमा रहेको क्षेत्र हो भने यसमा बरेन्द्र भूमि पनि समावेश रहेको छ। राजनीतिक रूपमा पश्चिम बङ्गालको भागमा जलपाइगुडी विभाग (अलिपुरद्वार, कूचबिहार, दार्जिलिङ, जलपाइगुरी, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुरमालदह) र बिहारका भागहरू एक साथ किशानगञ्ज जिल्ला पर्दछन् । दार्जिलिङ पहाडी भूभाग पनि उत्तर बङ्गालको एक भाग हो। जयपुरीगुरी, अलीपुरद्वार र कूचबिहारका मानिसहरूले मात्र आफूलाई उत्तर बङ्गाली भनेर चिनाइरहेका छन्। उत्तर बङ्गाललाई तराई र डोआर क्षेत्रहरूमा विभाजन गरिएको छ। उत्तर बङ्गाल आफ्नो समृद्ध साँस्कृतिक सम्पदाका लागि पनि प्रख्यात रहेको छ। यसमा युनेस्कोका दुई विश्व सम्पदा क्षेत्रहरू पर्दछन्। बङ्गाली बाहुल्यताबाहेक उत्तर बङ्गालमा नेपाली, सन्थाल जाति, लेप्चा र राजवंशी लगायत अन्य धेरै समुदायहरूको बसोबास रहेको छ।

उत्तरपूर्वी बङ्गाल[सम्पादन गर्नुहोस्]

यस क्षेत्रमा पर्ने एक झरना

पूर्वोत्तर बङ्गाल भन्नाले सिलेट क्षेत्रलाई जनाउँछ। यो क्षेत्र बङ्गलादेशको सिलेट विभाग र भारतीय राज्य आसामको करिमगञ्ज जिल्ला समेटिएको क्षेत्र हो। यो क्षेत्र आफ्नो विशिष्ट उर्वर उच्च भू-भाग, विस्तृत चिया खेती, वर्षावनका लागि प्रख्यात छ। सुर्मा र बाराक नदी यस क्षेत्रका भौगोलिक चिन्हहरू हुन्।[१४] सिलेट सहर यसको सबैभन्दा ठूलो सहरी केन्द्र हो भने यो क्षेत्र आफ्नो अनुपम क्षेत्रीय भाषाको लागि प्रसिद्ध छ जसलाई सिल्हटी भाषा भनिन्छ। यस क्षेत्रको प्राचीन नाम श्रीहट्टा हो। यस क्षेत्रलाई कामरूपा र हरिकेला राज्यहरूका साथै बङ्गाल सल्तनतले शासन गरेको थियो। पछि यो मुगल साम्राज्यको एक जिल्ला बनेको थियो। प्रमुख बङ्गाली जनसङ्ख्याको साथसाथै विष्णुप्रिया मणिपुरी, खसिया र अन्य आदिवासी अल्पसङ्ख्यकहरू बसोबास यस क्षेत्रमा रहेको छ।[१५] यो क्षेत्र बङ्गाल र पूर्वोत्तर भारतको चौतर्फी मार्ग हो।

मध्य तथा दक्षिण बङ्गाल[सम्पादन गर्नुहोस्]

मध्य बङ्गाल भन्नाले बङ्गलादेशको ढाका विभागलाई जनाउँदछ। मध्य बङ्गाल अन्तर्गत घना सालको रूख जङ्गल र उकालो मधुपुर क्षेत्र समावेश छ। पद्म नदीले यस क्षेत्रको दक्षिणी भागलाई कटान गरी फरिदपुर क्षेत्रलाई विभाजन गरेको छ। यसको उत्तरमा मयमनसिङ्हटाङ्गाइल क्षेत्रहरू रहेका छन्।

दक्षिण बङ्गालले दक्षिण पश्चिमी बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गालको दक्षिणी भाग ओगटेको छ। बङ्गलादेशी भागमा खुलना विभाग, बरिशाल विभाग र प्रस्तावित फरिदपुर विभाग रहेको छ भने दक्षिण बङ्गालको भारतीय भागमा १२ जिल्लाहरू; कलकत्ता, हाओडा, हुगली, बर्धमान, पूर्वी मेदिनीपुर, पश्चिम मेदिनीपुर, पुरुलिया, बाँकुडा, वीरभूम, नादिया, दक्षिण २४ परगनाउत्तर २४ परगनाा समावेश छन्।[१६][१७][१८]

सुन्दरवन एक प्रमुख जैविक विविधता प्रमुख केन्द्र हो। यो दक्षिण बङ्गालमा अवस्थित छ। बङ्गलादेशले सुन्दरवनको ६०% भाग ओगटेको छ भने वनको बाँकी भाग भारत अन्तर्गत पर्दछ।

दक्षिणपूर्वी बङ्गाल[सम्पादन गर्नुहोस्]

दक्षिणपूर्वी बङ्गालमा रहेको कोक्सबाजार

दक्षिणपूर्वी बङ्गाल भन्नाले दक्षिणपूर्वी बङ्गलादेशको चट्टोग्राम विभागको पहाडी र तटीय क्षेत्रको बङ्गाली भाषी क्षेत्रलाई जनाउँदछ।[१९][२०][२१] दक्षिणपूर्वी बङ्गाल यसको समुद्री किनारका सम्पदाहरूको लागि प्रख्यात छ। यस क्षेत्रमा प्राचीन कालमा बङ्गाली हरिकेला र समता राज्यहरूको प्रभुत्व थियो। यो ९ औँ शताब्दीमा अरबी व्यापारीहरू माझ हर्कान्ड नामले परिचित थियो। [२२] मध्यकालीन समयमा यस क्षेत्रलाई बङ्गालको सल्तनत, त्रिपुरा राज्य, आरामान अधिराज्य, पुर्तगाली साम्राज्य र मुगल साम्राज्यले शासन गरेको थियो। बेलायती शासनको आगमन हुनु पूर्व यस क्षेत्रले यी साम्राज्यहरूको शासन रहेको थियो। बङ्गालको चाँटगाँइया उपभाषा दक्षिणपूर्वी बङ्गालको तटीय क्षेत्रमा प्रचलित छ। यस क्षेत्रमा बङ्गाली जातिको साथसाथै चाक्मा, मर्मा, चाञ्चाङ्ग्या र बोम जाति लगायत भोट-बर्मेली जातीय समूहहरूको पनि बसोबास रहेको छ।

दक्षिणपूर्वी बङ्गाललाई दक्षिणपूर्वी एसियाको पुल मानिन्छ र आराकानको उत्तरी भागलाई पनि ऐतिहासिक रूपमा यसको एक भाग मानिन्छ।[२३]

शब्दको व्युत्पत्ति तथा जातीयता[सम्पादन गर्नुहोस्]

बाङ्ला वा बङ्गाल शब्दको उत्पत्ति अज्ञात छ तर यो शब्दको उत्पत्ति द्रविड भाषा बोल्ने जाति वा समूहबाट भएको हो भन्ने विश्वास गरिन्छ जसलाई बङ वा बाङ भनिन्छ। बङ जातीय समूह ईसापूर्व १००० तिर त्यस क्षेत्रमा बसोबास गरेको भनी विश्वास गरिन्छ।[२४][२५]

अर्को सिद्धान्तमा भनिए अनुसार शब्द भाङ्गा (बङ्ग) शब्दबाट उत्पत्ति भएको हो। यो शब्द अस्ट्रियाली शब्द "बङ्गा" अर्थात अङ्गुमालीबाट आएको हो। बङ्ग शब्दलाई जनाउने अर्को शब्द प्राचीन भारतीय ग्रन्थहरू जस्तै वेद, जैन ग्रन्थ, महाभारतपुराणमा उल्लेख गरिएको छ।[२६] बङ्गाल शब्दको सबैभन्दा पुरानो उल्लेख राष्ट्रकूट गोविन्द ३ (८०५ ई.पू.) को शिलालेखमा गरिएको छ जहाँ भङ्गालाका राजा धर्मपालाको कथा लेखिएको छ।[२७][२८]

प्राचीन अस्ट्रालयडहरू बङ्गालका प्रथम बासिन्दाहरू हुन्। द्रविड जाती दक्षिण भारतबाट, तिब्बती-बर्मेली जाती हिमालयबाट भने हिन्द-आर्य जाती उत्तर-पश्चिम भारतबाट यस क्षेत्रमा प्रवेश गरेका थिए।[२९][३०][३१] जनसङ्ख्याको उत्पत्तिको सापेक्षिक क्रम अहिले आनुवंशिक विशेषज्ञहरूको अध्ययनको अधीनमा भएको हुँदा यो विषय अझै पनि पुरातात्त्विक अनुमानको अधीनमा रहेको छ। अहिलेको बङ्गालीहरू यी जातीहरूका समिश्रण हुन्। यद्यपि बङ्गाली भाषा भारत-युरोपेली भाषा समूहको अन्तर्गत पर्दछ।[३२] पश्तुन र तुर्कहरू पनि उनीहरूको पछि तेह्रौँ शताब्दीमा यहाँ प्रवेश गरेका थिए। मध्य युगको समयमा तटीय क्षेत्रहरूमा (जस्तै, चट्टोग्राम) बङ्गाली जनसङ्ख्यासँग मिश्रित इरानी र अरबीहरू, मुख्यतया जलमार्गद्वारा व्यावसायिक कारणले गर्दा यहाँ आइपुगेका थिए।[३३]

ऐतिहासिक नक्सा र झण्डाहरू[सम्पादन गर्नुहोस्]

बङ्गाल क्षेत्र गङ्गाऋद्धि, नन्दा साम्राज्य, मौर्य साम्राज्य, गुप्ता साम्राज्य, पाला साम्राज्य, सेना वंश र बङ्गाल सल्तनत जस्ता प्रमुख साम्राज्य र राज्यहरूको भाग थियो। बिहार, ओडिसा, आराकान जस्ता छिमेकी क्षेत्रहरूमा शासन गर्ने र उत्तर भारत, आसाम र नेपालका केही भागहरूमाथि शासन गर्ने यो क्षेत्रीय साम्राज्य पनि बनेको थियो।

नक्सा[सम्पादन गर्नुहोस्]

झण्डा[सम्पादन गर्नुहोस्]

रणनीतिक महत्व[सम्पादन गर्नुहोस्]

रणनीतिक रूपमा महत्त्वपूर्ण सहर चट्टोग्राम बङ्गालको खाडीको सबैभन्दा व्यस्त बन्दरगाह हो।

बङ्गाल क्षेत्र दुई विशाल आर्थिक समूह, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनदक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन चौतर्फी मार्गमा अवस्थित छ। यसले भुटाननेपालका भू-भागका साथै उत्तर पूर्व भारतका सात भगिनी प्रदेशहरू लागि समुद्रसम्म पहुँच प्रदान गर्छ। यसको चीनको दक्षिणी भू-भाग सम्म पनि पहुँच रहेको छ जसमा युन्नान र तिब्बत पनि पर्दछन्।

भारत र बङ्गलादेश दुवैले समुद्र किनार र समुद्र किनारका तेल तथा ग्याँस परिचालन विस्तार गर्ने योजना बनाएका छन्। बङ्गलादेश एसियाको सातौँ सबैभन्दा ठूलो प्राकृतिक ग्याँस उत्पादक हो। यसको सामुद्रिक विशेष आर्थिक क्षेत्रमा एसिया-प्रशान्त महासागरको सबैभन्दा ठूलो ग्याँस भण्डार हुन सक्छ।

बङ्गालको खाडी यसको महत्त्वपूर्ण जलमार्गबाट सरसामग्री वसारपसार गर्ने गल्ली र मध्य पूर्व तथा प्रशान्त महासागरबीचको यसको केन्द्रिय स्थानको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ। ढाकामा अवस्थित बङ्गालको खाडीको पहलले उपक्षेत्रमा आर्थिक एकीकरणलाई बढावा दिन बङ्गलादेश, भारत, बर्मा, थाइल्यान्ड, नेपाल, भुटान र श्रीलङ्कालाई एकै ठाउँमा ल्याएको छ। अन्य क्षेत्रीय समूहहरूमा क्षेत्रीय सहयोगका लागि बङ्गलादेश–चीन–भारत–म्यानमार फोरम र बङ्गलादेश- भुटान-भारत-नेपाल पहल रहेका छन्।

साँस्कृतिक रूपमा बङ्गाल आफ्नो विशाल मुस्लिम र हिन्दु जनसङ्ख्याको लागि महत्वपूर्ण छ। बङ्गाली मुसलमानहरू विश्वको दोस्रो ठूलो मुसलमान जाति (अरबी मुसलमान पछि) हुन्। बङ्गलादेश विश्वको तेस्रो ठूलो मुसलमान-बहुल देश (इन्डोनेसियापाकिस्तान पछि) हो। भारतको दोस्रो ठूलो भाषिक समुदाय बङ्गाली हिन्दुहरू हुन्।

संस्कृति[सम्पादन गर्नुहोस्]

भाषा[सम्पादन गर्नुहोस्]

बङ्गाली अक्षरहरू

७ देखि १० औँ शताब्दीको बीचमा अपभ्रंश र मागधि प्राकृतबाट बङ्गाली भाषाको विकास भएको थियो।[३४] प्राचीन ब्राह्मी लिपिको वंशजको रूपमा आदिवासीहरूमा प्रचलित बङ्गाली वर्णमालाको प्रयोग गरेर यस भाषालाई लेखिएको छ। बङ्गाली विश्वमा सबैभन्दा बढी बोलिने ५ औँ भाषा हो। यो पूर्वी हिन्द-आर्य भाषा र हिन्द-युरोपेली भाषा परिवारको सबैभन्दा ठूलो पूर्वीय शाखाहरू मध्ये एक हो। यो बङ्गाली-असमिया भाषाहरूको पनि एक भाग हो। बङ्गाली भाषा अन्तर्गत अन्य उपभाषाहरू पनि प्रचलित रहेका छन् जसमा ओडिया, असमिया, चाक्मा र रोहिङ्ग्या भाषाहरू समावेश छन्। यो बङ्गलादेशको एक मात्र राज्य भाषा र भारतको दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो। यो संसारका वक्ताहरूको कुल सङ्ख्याद्वारा सबैभन्दा बढी बोलिने सातौँ भाषा पनि हो।[३५]

बङ्गालले साँस्कृतिक रूपमा विविध क्षेत्रलाई एकसाथ बाँध्छ भने यसले क्षेत्रीय पहिचानको लागि महत्वपूर्ण योगदान दिएको पाइन्छ। सन् १९५२ मा पूर्वी पाकिस्तानमा भएको बङ्गाली भाषा आन्दोलनलाई युनेस्कोले भाषिक पहिचानको संरक्षण गर्ने विश्वव्यापी प्रयासको एक भागको रूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा मान्यता प्रदान गरेको थियो।

मुद्रा[सम्पादन गर्नुहोस्]

बङ्गाली लिपि कोरिएको एक चाँदीको सिक्का, ९औँ शताब्दी

बङ्गलादेश र पश्चिम बङ्गाल दुबैमा मुद्रालाई टाका भनिन्छ। बङ्गलादेशमा टाका मुद्राको आधिकारिक मानक वाहक हो भने भारतीय रुपैयाँ सहित सबै बैङ्क नोटहरूमा बङ्गाली लिपिमा टाकाको रूपमा लेखिन्छ। टाकाको इतिहास शताब्दीयौँ अघिदेखि चलिआएको छ। पहिलो सहस्राब्दीमा विश्वकै सबैभन्दा पुरानो सिक्कामध्ये टाका पनि एक थियो। दिल्ली सल्तनत अन्तर्गत सन् १३२९ मा मुहम्मद बिन तुगलकले टाकाको सुरुवात गरेका थिए। चाँदीको मुद्रा बङ्गाल सल्तनतको सार्वभौमिकताको सबैभन्दा महत्त्वपूर्ण प्रतीक थियो जसलाई रेसम मार्गमा कारोबार गरिएको थियो भने नेपाल र चीनको तिब्बती संरक्षकमा यसको नक्कल गरिएको थियो। सन् १९७१ मा बङ्गलादेशको उदय नभएसम्म पाकिस्तानी रुपैयाँलाई आफ्नो बैङ्कनोटमा टाकाको रूपमा बङ्गाली भाषामा लिपिकृत गरिएको थियो।

साहित्य[सम्पादन गर्नुहोस्]

बङ्गाली साहित्यलाई विश्वकै सबैभन्दा धनी साहित्यिक विधाहरू मध्ये एक मानिन्छ। ७औँ शताब्दीको बीचतिर बङ्गाली भाषामा साहित्य लेखन सुरु भएको अनुमान गरिएको छ। १० र १२औँ शताब्दीको बीचमा लेखिएको बौद्ध दोहा-सङ्कलन चार्यपद बङ्गाली साहित्यको सबैभन्दा पुरानो नमुनाहरूमध्ये एक हो। मध्यकालीन बङ्गाली साहित्य कविताप्रमुख थिए। यस अवधिका बङ्गाली साहित्य हिन्दु, इस्लाम र बङ्गालको धार्मिक विश्वासमा आधारित थियो। मङ्गलकाव्य, वैष्णव पदावली, शक्तिपदावली, वैष्णव सन्तजीबी, रामायण, महाभारत र भागवतको बङ्गाली अनुवाद, पिर साहित्य, नाथा साहित्य, बाल पदावली र इस्लामी धार्मिक साहित्य यस साहित्यका मुख्य विषयहरू हुन्। १८औँ शताब्दीमा बङ्गाली साहित्यमा आधुनिकता सुरु भएको थियो। १९औँ शताब्दीमा बङ्गाली साहित्यमा नयाँ युगको सुरुवात बङ्गाल पुनर्जागरणको युगमा कलकत्ता सहरबाट भएको थियो। यतिबेलादेखि धार्मिक विषयवस्तुको सट्टा मानिस, मानवतावाद र मानव मनोविज्ञान बङ्गली साहित्यको मुख्य विषय बनेको थियो। सन् १९४७ मा भारतको विभाजनपछि बङ्गाली साहित्यलाई कलकत्ता-केन्द्रित पश्चिम बङ्गालको साहित्य र ढाका-केन्द्रित बङ्गलादेशको साहित्य गरी दुई भागमा विभाजन गरिएको थियो। बङ्किमचन्द्र चट्टोपाध्याय, रवीन्द्रनाथ ठाकुर, काजी नजरुल इसलाम, बेगम रोकेया, मीर मशाररफ होसेन, शरतचन्द्र चट्टोपाध्याय, उपेन्द्रकिशोर रायचौधुरी, जीवनानन्द दास, स्वर्णकुमारी देवी, तसलिमा नसरिन सुनील गङ्गोपाध्याय हुमायुन आहमेद आदि बङ्गाली साहित्यका केही विश्वप्रसिद्ध साहित्यकारहरू हुन्।

व्यक्तिकरण[सम्पादन गर्नुहोस्]

बङ्गोमाता बङ्गालको एक महिला मानवीकरण हो जसलाई बङ्गाली पुनर्जागरणको समयमा सिर्जना गरिएको थियो र पछि बङ्गाली राष्ट्रवादीहरूले यसलाई अपनाएका थिए। [३६]हिन्दू राष्ट्रवादीहरूले भारतको राष्ट्रिय व्यक्तित्वको रूपमा परिमार्जित भारत मातालाई अपनाएका छन्।[३७] मातृ बङ्गालले जैविक मातृत्व मात्र नभई यसका विशेषतालाई पनि प्रतिनिधित्व गर्छ जसमा संरक्षण, प्रेम, सान्त्वना, हेरचाह, जीवनको सुरुवात आदि पर्दछन्। बङ्गलादेशको राष्ट्रिय गान आमार सोनार बाङ्लामा रवीन्द्रनाथ ठाकुरले धेरै पटक मातृभूमि अर्थात् बङ्गाललाई बुझाउन "आमा" (माता) शब्दको प्रयोग गरेका छन्।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

पश्चिम बङ्गालका जिल्लाहरू
इद उल फित्रमा बङ्गाली मुसलमानहरू प्रार्थन गर्दै
दुर्गाा पूजाका दिनमा बङ्गाली हिन्दूहरू
बौद्ध र चाक्मा जातिहरू पर्व मनाउँदै

बङ्गाल क्षेत्र विश्वको सबैभन्दा घना बस्ती भएको क्षेत्रहरूमध्ये एक हो। ३० करोड बङ्गाली जनसङ्ख्या, हान चाइनिज र अरबपछि विश्वको तेस्रो ठूलो जातीय समूह हो। सन् २०११ को बङ्गलादेशको जनगणनाको अस्थायी परिणाम अनुसार बङ्गलादेशको जनसङ्ख्या १४,९७,७२,३६४ थियो;[३८] तथापि, सन् २०१३ जुलाईको एउटा अनुमानअनुसार सिआइएको द वर्ल्ड फ्याक्टबुकले १,६३,६५,५४,८६० जनसङ्ख्यालाई कुल जनसङ्ख्या मानेको छ छ। सन् २०११ को भारतीय राष्ट्रिय जनगणनाको अस्थायी परिणाम अनुसार पश्चिम बङ्गालको जनसङ्ख्या ९,१३,४७,७३६ रहेको छ। सन् २०११ सम्म बङ्गाल क्षेत्रमा कम्तीमा २४ करोड ११ लाख मानिसहरू रहेको तथ्याङ्क रहेको छ।[३९]यो तथ्याङ्कले १००३.९ प्रति वर्ग किलोमिटरको जनधनत्व दिन्छ जुन संसारकै सबैभन्दा घना बस्ती भएको क्षेत्र हरूमध्ये एकमा गनिन्छ।[४०][४१]


बङ्गाली भाषा बङ्गालमा बोलिने मुख्य भाषा हो। मानक भाषा बाहेक क्षेत्रीय भाषा र संरचनात्मक भिन्नताहरूले बङ्गालमा बङ्गालीको परिधीय विविधतामा उत्पन्न हुन्छन्। बङ्गालीसँग नजिकको सम्बन्ध भएका अन्य क्षेत्रीय भाषाहरूमा सलहटी, चिटागाँइया, चाक्मा, रङपुरी/राजबङ्शी, हाजोङ, रोहिङ्ग्या र ताङचन्या भाषाहरू पर्दछन्। हिन्दी, उर्दु, असमिया र नेपाली जस्ता अन्य प्रमुख हिन्द-आर्य भाषाहरू पनि बङ्गालीहरू माझ परिचित रहेका छन्।[४२]

बङ्गलादेशमा धर्म, सन् २०११
धर्म प्रतिशत
इस्लाम
  
९०.४%
हिन्दु
  
८.५%
अन्य
  
१.१%
पश्चिम बङ्गालमा धर्म
धर्म प्रतिशत
हिन्दु
  
७०.५४%
इस्लाम
  
२७.०१%
अन्य
  
२.४५%

बङ्गाल क्षेत्रको धर्म (बङ्गलादेश र पश्चिम बङ्गाल), सन् २०११

  इस्लाम (६६.३७%)
  हिन्दु (३१.९९८%)
  इसाई (०.५२%)
  बौद्ध (०.४९%)
  अन्य (०.६४%)
सन् २०११ को जनगणना अनुसार बङ्गाल क्षेत्रको धार्मिक विविधता[४३][४४][४५]
धर्म जनसङ्ख्या
इस्लाम (Star and Crescent.svg) १६,००,४९,०४३
हिन्दु (Om.svg) ७,७१,१६,१९७
इसाई (Christian cross.svg) १२,५७,७०८
बौद्ध (Dharma Wheel.svg) ११,८१,५३३
अन्य १,५१,५६१
जम्मा २४,११,२०,१००

ठूला सहरहरू[सम्पादन गर्नुहोस्]

महानगर[सम्पादन गर्नुहोस्]

जनसङ्ख्याका आधारमा बङ्गालमा ठूला सहरहरू

जातीय संसद भवन, बङ्गलादेश
भिक्टोरिया स्मारक, कलकत्ता
ठूला सहरहरू
क्रम सहर देश जनसङ्ख्या (सन् २०११) तस्वीर
ढाका Flag of Bangladesh.svg बङ्गलादेश १४,५४३,१२४[४६]
कलकत्ता Flag of India.svg भारत १४,०३५,९५९[४७]
भिक्टोरिया स्मारक, कलकत्ता
चट्टोग्राम Flag of Bangladesh.svg बङ्गलादेश ४,००९,४२३[४८]
विश्व व्यापार केन्द्र, चट्टोग्राम
गाजीपुर Flag of Bangladesh.svg बङ्गलादेश १,८२०,३७४[४९]
इस्लामिक प्रविधि विश्वविद्यालय
, गाजीपुर
नारायणगञ्ज Flag of Bangladesh.svg बङ्गलादेश १,६३६,४४१[४९]
काँचपुर औधोगिक क्षेत्र, नारायणगञ्ज
आसानसोल Flag of India.svg भारत ११,५६,३८७[५०]
आधुनिक स्टिल मिल, आसानसोल
हाओडा Flag of India.svg भारत १,०७२,१६१[४९]
खुल्ना Flag of Bangladesh.svg बङ्गलादेश १,०४६,३४१[४९]
गल्लामारी स्मृतिसोउधो, खुल्ना
राजशाही Flag of Bangladesh.svg बङ्गलादेश ७६३,९५२[४९]
राजशाही आकाशचित्र
१० रङ्पुर Flag of Bangladesh.svg बङ्गलादेश ६५०,०००
बेगम रोकेया विश्वविद्यालय
११ दुर्गापुर Flag of India.svg भारत ५६६,५१७[५१]
दुर्गापुर एक्सप्रेस मार्ग
१२ सिलेट Flag of Bangladesh.svg बङ्गलादेश ५३६,४१२[४९]
रोज भ्यु होटेफ, सिलेट
१३ सिलिगुडी Flag of India.svg भारत ५१३,२६४[५२][५३]
सिलिगुडी सहर केन्द्र
१४ बगुडा Flag of Bangladesh.svg बङ्गलादेश ४१२,५३७[४९]
बगुडा सहरको सडक
१५ कुमिल्ला Flag of Bangladesh.svg बङ्गलादेश ४०७,९०१[४९]
चकबजार सडक, कुमिल्ला
१६ आगरतला Flag of India.svg भारत ४००,००४[५४]
उज्जयन्त राजबाडी, आगरतला

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Constitution of the People's Republic of Bangladesh"bdlaws.minlaw.gov.bd। Ministry of Law, The People's Republic of Bangladesh। सङ्ग्रह मिति १ फेब्रुअरी २०१७ 
  2. "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)" (PDF)। Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India। पृष्ठ 122–126। सङ्ग्रह मिति २० जुन २०१८ 
  3. ३.० ३.१ Arijit Mazumdar (२७ अगस्ट २०१४), Indian Foreign Policy in Transition: Relations with South Asia, Routledge, पृ: 86, आइएसबिएन 978-1-317-69859-3 
  4. Lewis, David (३१ अक्टोबर २०११), Bangladesh: Politics, Economy and Civil Society, Cambridge University Press, पृ: 44, 45, आइएसबिएन 978-1-139-50257-3 
  5. "Bengalis", Facts and Details, मूलबाट ३० जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मे २०१७ 
  6. "50th Report of the Commissioner for Linguistic Minorities in India", nclm.nic.in, Ministry of Minority Affairs, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०१८ 
  7. "Cox's Bazar, Bangladesh – the World's Longest Beach", ThingsAsian, मूलबाट २६ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जनवरी २०१७ 
  8. Ali, A (१९९६), "Vulnerability of Bangladesh to climate change and sea level rise through tropical cyclones and storm surges", Water, Air, & Soil Pollution 92 (1–2): 171–179, डिओआई:10.1007/BF00175563, बिबकोड:1996WASP...92..171A 
  9. Summit Elevations: Frequent Internet Errors. वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१३ मिति Retrieved 13 April 2006.
  10. IUCN (१९९७), "Sundarban wildlife sanctuaries Bangladesh", World Heritage Nomination-IUCN Technical Evaluation 
  11. "Statistical Facts about India", indianmirror.com, मूलबाट २६ अक्टोबर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अक्टोबर २००६ 
  12. "National Himalayan Sandakphu-Gurdum Trekking Expedition: 2006", Youth Hostels Association of India: West Bengal State Branch, मूलबाट २४ अक्टोबर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अक्टोबर २००६ 
  13. Chowdhury, U. K.; Biswas, B. K.; Chowdhury, T. R. et al. (मे २०००), "Groundwater arsenic contamination in Bangladesh and West Bengal, India", Environmental Health Perspectives 108 (4): 393–397, जेएसटिओआर 3454378, डिओआई:10.2307/3454378, पिएमआइडी 10811564, पिएमसी 1638054, मूलबाट २७ सेप्टेम्बर २००७-मा सङ्ग्रहित। 
  14. Lethbridge, E. (१८७४), An Easy Introduction to the History and Geography of Bengal: For the Junior Classes in Schools, Thacker, पृ: , अन्तिम पहुँच ७ जनवरी २०१७ 
  15. Akhter, Nasrin (२०१२), "Sarkar", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh। 
  16. David Christiana (१ सेप्टेम्बर २००७), "Arsenic Mitigation in West Bengal, India: New Hope for Millions", Southwest Hydrology, पृ: ३२, मूलबाट ५ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २००८ 
  17. Puri, Sunil (२००७), Agroforestry: Systems and Practices, आइएसबिएन 9788189422622 
  18. Reddy, Angadi Ranga (२००९), Gandhi and globalisation, आइएसबिएन 9788183242967 
  19. Andaya, B. W.; Andaya, L. Y. (२०१५), A History of Early Modern Southeast Asia, 1400–1830, Cambridge University Press, पृ: २२०, आइएसबिएन 978-0-521-88992-6, अन्तिम पहुँच ७ जनवरी २०१७ 
  20. Singh, A. K. (२००६), Modern World System and Indian Proto-industrialization: Bengal 1650–1800 1, Northern Book Centre, पृ: २२५, आइएसबिएन 9788172112011, अन्तिम पहुँच ७ जनवरी २०१७ 
  21. Banu, U. A. B. Razia Akter (१९९२), Islam in Bangladesh, Brill, पृ: ६, आइएसबिएन 978-90-04-09497-0, अन्तिम पहुँच ७ जनवरी २०१७, "in Samatata (South-east Bengal) where the Buddhist Khadaga dynasty ruled throughout the fifth, sixth and seventh centuries AD." 
  22. Rashid, M Harunar (२०१२), "Harikela", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh। 
  23. "Chittagong to bridge S Asian nations", The Daily Star, १७ मार्च २०१२, मूलबाट १३ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१६ 
  24. Rahman, Urmi (२०१४), Bangladesh – Culture Smart!: The Essential Guide to Customs & Culture, Kuperard, पृ: 26–, आइएसबिएन 978-1-85733-696-2 
  25. "Vanga". Encyclopædia Britannica. http://www.britannica.com/place/Vanga. अन्तिम पहुँच मिति: 7 January 2017. 
  26. Sengupta, Nitish K (२०११), Land of Two Rivers: A History of Bengal from the Mahabharata to Mujib (अङ्ग्रेजीमा), Penguin Books India, पृ: १०, आइएसबिएन 978-0-14-341678-4 
  27. SenGupta, Amitabh (२०१२), Scroll Paintings of Bengal: Art in the Village, AuthorHouse UK, पृ: १४, आइएसबिएन 978-1-4678-9663-4 
  28. "Bangladesh: early history, 1000 B.C.–A.D. 1202", Bangladesh: A country study, Washington, D.C.: Library of Congress, सेप्टेम्बर १९८८, मूलबाट ७ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २०१४ 
  29. Keay, John (२०००), India: A History, Atlantic Monthly Press, पृ: २२०, आइएसबिएन 978-0-87113-800-2 
  30. Allan, J.; Haig, T. Wolseley; Dodwell, H. H. (१९३४), Dodwell, H. H., सम्पादक, The Cambridge Shorter History of India, Cambridge University Press, पृ: १४५। 
  31. Sen, Sailendra Nath (१९९९) [First published १९८८], Ancient Indian History and Civilization, New Age International, पृ: २८१, आइएसबिएन 978-81-224-1198-0 
  32. Hasan, Perween (२००७), Sultans and Mosques: The Early Muslim Architecture of Bangladesh, I.B.Tauris, पृ: 13–, आइएसबिएन 978-1-84511-381-0 
  33. Lach, Donald F.; Kley, Edwin J. Van (१९९८), Asia in the Making of Europe, Volume III: A Century of Advance. Book 3: Southeast Asia, University of Chicago Press, पृ: 1124–, आइएसबिएन 978-0-226-46768-9 
  34. "Bengali language". Encyclopædia Britannica. https://global.britannica.com/topic/Bengali-language. अन्तिम पहुँच मिति: 7 January 2017. 
  35. "Scheduled Languages in Descending Order of Speakers' Strength - 2011", censusindia.gov.in, अन्तिम पहुँच १० अप्रिल २०२० 
  36. Symbols of Water and Woman on Selected Examples of Modern Bengali Literature in the Context of Mythological Tradition वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०१३ मिति
  37. Roche, Elizabeth (१७ मार्च २०१६), "The origins of Bharat Mata", LiveMint, अन्तिम पहुँच १८ नोभेम्बर २०१९ 
  38. "2011 Population & Housing Census: Preliminary Results", Bangladesh Bureau of Statistics, Statistics Division, Ministry of Planning, Government of the People's Republic of Bangladesh, जुलाई २०११, मूलबाट १५ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०१३ 
  39. "Area, population, decennial growth rate and density for 2001 and 2011 at a glance for West Bengal and the districts: provisional population totals paper 1 of 2011: West Bengal", Registrar General & Census Commissioner, India, मूलबाट ७ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०१२ 
  40. "Provisional Population Totals: West Bengal", Census of India, 2001, Office of the Registrar General & Census Commissioner, India, मूलबाट १४ मे २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २००६ 
  41. World Bank Group Development Indicators Database, 2006.
  42. "Bangladesh", Ethnologue, मूलबाट २६ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१५ 
  43. Bangladesh Bureau of Statistics (२०११), "Population & Housing Census", Bangladesh Government, पृ: xiii, मूलबाट ३ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१५, "Population By Religion (%) Muslim 90.39 Hindu 8.54 Buddhist 0.60 Christian 0.37 Others 0.14" 
  44. Data Archived 4 September 2011 at the Wayback Machine. Census – Bangladesh Bureau of Statistics
  45. "Census of India Website : Office of the Registrar General & Census Commissioner, India", Censusindia.gov.in, अन्तिम पहुँच १७ जुलाई २०२१ 
  46. "Dhaka (Bangladesh): City Districts and Subdistricts – Population Statistics in Maps and Charts" 
  47. "Kolkata Metropolitan" 
  48. "Chittagong (Bangladesh): City Districts and Subdistricts – Population Statistics in Maps and Charts" 
  49. ४९.० ४९.१ ४९.२ ४९.३ ४९.४ ४९.५ ४९.६ ४९.७ "Bangladesh: Divisions and Urban Areas" 
  50. "West Bengal: Asansol"Census of India 
  51. "West Bengal: Durgapur"Census of India 
  52. "West Bengal: Siliguri (Part – Darjiling)"Census of India 
  53. "West Bengal: Siliguri (Part – Jalpaiguri)"Census of India 
  54. "Tripura: Agartala"Census of India 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]