सिलेट सहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिलेट
ꠍꠤꠟꠐ
সিলেট, বাংলাদেশ
शीर्षबाट: भवनहरू, ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल, सिलेट केन्द्रीय रेलवे स्टेसन, सिलेट सर्कस गृह, सुफी शाह जलाल प्रतिमा, सिलेट अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड
देशबङ्गलादेश
प्रदेशसिलेट विभाग
जिल्लासिलेट
नगरपालिका विभागको स्थापना१८६७
सिलेट सहर निगमको स्थापना९ अप्रिल २००१
महानगरीय सहर धोषणा३१ मार्च २००९[१]
सरकार
 • प्रकारमेयर परिसद
 • अङ्गसटहट सहर निगम
 • मेयरअरिफल हक चधरी (बङ्गलादेश राष्ट्रिय पार्टी)
क्षेत्रफल
 • सहर२६.५० किमी (१०.२३ वर्ग माइल)
 • महानगर
११० किमी (४० वर्ग माइल)
उन्नतांश
३५ मिटर (११५ फिट)
जनसङ्ख्या
 (२०११)
 • सहर५२६,४१२
 • घनत्व२००००/किमी (५१०००/वर्ग माइल)
वासिन्दासिलेटी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
३१००
प्रहरीसिलेट महानगरीय प्रहरी[२]
अन्तर्राष्ट्रिय विमानस्थलओसमानी अन्तर्राष्ट्रिय विमानस्थल
टेलिफोन कोड+८८०८२१
वेबसाइटscc.gov.bd

सिलेट (बङ्गाली: সিলেট) पूर्वोत्तर बङ्गलादेशमा पर्ने एक महानगरीय सहर हो । यो सिलेट विभागको प्रशासनिक सहर हो । यो सहर बङ्गालको उत्तरपश्चिममा सुरमा नदीको दाहिने किनारमा अवस्थित छ । यस सहरमा पाँच लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । सिलेट बङ्गलादेशको सबैभन्दा महत्त्वपूर्ण आध्यात्मिक र सांस्कृतिक केन्द्रको रूपमा रहेको छ । यो बङ्गलादेशमा ढाकाचिटागोङ पछिको सबैभन्दा महत्त्वपूर्ण सहरहरू मध्ये एक हो किनभने यस सहरले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याउँदै आएको छ ।

सिलेट उपत्यका बङ्गलादेशको सबैभन्दा ठूलो तेल र ग्याँस उत्पादन गर्ने सहरी क्षेत्र हो । यो सहर बङ्गलादेशमा चिया उत्पादन गर्ने प्रमुख केन्द्रस्थल हो । यो सहरको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल हो जुन नाम बङ्गलादेशका कमान्डर एमएजी ओसमानीको नामबाट राखिएको हो ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

सिलेट सहरको नाम श्रीहाट्टाबाट उत्पत्ति भएको थियो । यस शब्दको अनुसार 'श्री' को अर्थ प्रतिष्ठा वा सौन्दर्य हुन्छ भने 'हट्टा'को अर्थ बजार हुन जान्छ । मुगल साम्राज्यको अभिलेखमा श्रीहाटा बङ्गाल सभा जिल्लाको नामको रूपमा प्रयोग गरिएको थियो । ब्रिटिश भारतमा श्रीहट्टा र अङ्ग्रेजीमा यसलाई सिलेटको रूपमा भनिन थालियो ।

मैसम र भूगोल[सम्पादन गर्नुहोस्]

सिलेट बङ्गलादेशको २४°५३′३०″N ९१°५३′००″E / २४.८९१७°N ९१.८८३३°E / 24.8917; 91.8833 मा रहेको छ । यो सहर सिलेट विभाग अन्तर्गत सिलेट जिल्लामा भित्र पर्छ । सिलेटमा उष्ण वर्षा खाले मौसम रहेको छ । वर्षाको समयमा अप्रिलदेखि अक्टोबरसम्म तातो र धेरै भारी वर्षा हुने र हिमपात पर्ने गरेको छ भने नोभेम्बरदेखि फेब्रुअरी सम्म हल्का जाडो र न्यानो साथै दिनहरू छोटो हुने गरेका छन् । मेदेखि सेप्टेम्बर सम्म ४२,०० मिलिमिटर वार्षिक वर्षा हुने गरेको छ जुन सबै समयको पानी परेको ८० % हो ।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् २०११ बङ्गलादेशको जनगणना अनुसार यो सहरको जनसङ्ख्या ५३१,६६३ रहेको छ । सन् १९९१ मा सहरको जनसङ्ख्या वार्षिक १.९० % ले वृद्धि भएको थियो जुन सन् २०११ मा १.७२% मा घटेको छ ।[३] सन् २००१ को जनगणना अनुसार सहरको साक्षरता दर ६९.७३ % रहेको छ भने सहरमा उच्च साक्षरता दर वडा नम्बर २२ मा रहेको छ जुन ८४.२४ छ र न्यून साक्षरता दर वडा नम्बर १० मा रहेको छ जुन ४८.१५ % छ । यस सहरमा ५५,५१४ बटा घरहरू रहेका छन् । [४]

खेलकुद[सम्पादन गर्नुहोस्]

सिलेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

क्रिकेट बङ्गलादेशको सबैभन्दा लोकप्रिय खेल भएकाले सिलेटको पनि लोकप्रिय खेल क्रिकेट हो । सिलेटको क्रिकेट टोली (सिलेट सिक्सर) बङ्गलादेश प्रमियर लिगमा प्रतिस्पर्धा गर्ने एक घरेलु टोली हो । सिलेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला यहाँको सबैभन्दा ठुलो क्रिकेट रङ्गशाला हो ।

यातायात[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बङ्गलादेशी सहर", बिबिसी न्युज, २ अप्रिल २००९, अन्तिम पहुँच २ अप्रिल २००९ 
  2. "सिलेट नगरपालिका प्रहरी", आधिकारिक वेबसाइटमा 
  3. "राष्ट्रिय: सहरी क्षेत्रको तथ्याङ्क", सन् २०११ को राष्ट्रिय जनगणना, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, अगस्ट २०१४, पृ: २५, ४८, मूलबाट २०१५-०५-१८-मा सङ्ग्रहित।  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. Area, २००१ को जनसङ्ख्या र साक्षरता दर वेब्याक मेसिन अभिलेखिकरण १७ डिसेम्बर २००८ मिति बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग ३० मे २००९.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]