सिलेट
सिलेट
ꠍꠤꠟꠐ সিলেট, বাংলাদেশ | |
---|---|
शीर्षबाट: भवनहरू, ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल, सिलेट केन्द्रीय रेलवे स्टेसन, सिलेट सर्कस गृह, सुफी शाह जलाल प्रतिमा, सिलेट अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड | |
देश | बङ्गलादेश |
प्रदेश | सिलेट विभाग |
जिल्ला | सिलेट |
नगरपालिका विभागको स्थापना | १८६७ |
सिलेट सहर निगमको स्थापना | ९ अप्रिल २००१ |
महानगरीय सहर धोषणा | ३१ मार्च २००९[१] |
सरकार | |
• प्रकार | मेयर परिसद |
• अङ्ग | सटहट सहर निगम |
• मेयर | अरिफल हक चधरी (बङ्गलादेश राष्ट्रिय पार्टी) |
क्षेत्रफल | |
• सहर | २६.५० किमी२ (१०.२३ वर्ग माइल) |
• महानगर | ११० किमी२ (४० वर्ग माइल) |
उन्नतांश | ३५ मिटर (११५ फिट) |
जनसङ्ख्या (२०११) | |
• सहर | ५२६,४१२ |
• घनत्व | २००००/किमी२ (५१०००/वर्ग माइल) |
वासिन्दा | सिलेटी |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
हुलाक कोड | ३१०० |
प्रहरी | सिलेट महानगरीय प्रहरी[२] |
अन्तर्राष्ट्रिय विमानस्थल | ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल |
टेलिफोन कोड | +८८०८२१ |
वेबसाइट | scc |
सिलेट (बङ्गाली: সিলেট) पूर्वोत्तर बङ्गलादेशमा पर्ने एक महानगरीय सहर हो । यो सिलेट विभागको प्रशासनिक सहर हो । यो सहर बङ्गालको उत्तरपश्चिममा सुरमा नदीको दाहिने किनारमा अवस्थित छ । यस सहरमा पाँच लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । सिलेट बङ्गलादेशको सबैभन्दा महत्त्वपूर्ण आध्यात्मिक र सांस्कृतिक केन्द्रको रूपमा रहेको छ । यो बङ्गलादेशमा ढाका र चिटागोङ पछिको सबैभन्दा महत्त्वपूर्ण सहरहरू मध्ये एक हो किनभने यस सहरले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउँदै आएको छ ।
सिलेट उपत्यका बङ्गलादेशको सबैभन्दा ठूलो तेल र ग्याँस उत्पादन गर्ने सहरी क्षेत्र हो । यो सहर बङ्गलादेशमा चिया उत्पादन गर्ने प्रमुख केन्द्रस्थल हो । यो सहरको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल हो जुन नाम बङ्गलादेशका कमान्डर एमएजी ओसमानीको नामबाट राखिएको हो ।
उत्पत्ति
[सम्पादन गर्नुहोस्]सिलेट सहरको नाम श्रीहाट्टाबाट उत्पत्ति भएको थियो । यस शब्दको अनुसार 'श्री' को अर्थ प्रतिष्ठा वा सौन्दर्य हुन्छ भने 'हट्टा'को अर्थ बजार हुन जान्छ । मुगल साम्राज्यको अभिलेखमा श्रीहाटा बङ्गाल सभा जिल्लाको नामको रूपमा प्रयोग गरिएको थियो । ब्रिटिश भारतमा श्रीहट्टा र अङ्ग्रेजीमा यसलाई सिलेटको रूपमा भनिन थालियो ।
मैसम र भूगोल
[सम्पादन गर्नुहोस्]सिलेट बङ्गलादेशको २४°५३′३०″N ९१°५३′००″E / २४.८९१७°N ९१.८८३३°E मा रहेको छ । यो सहर सिलेट विभाग अन्तर्गत सिलेट जिल्लामा भित्र पर्छ । सिलेटमा उष्ण वर्षा खाले मौसम रहेको छ । वर्षाको समयमा अप्रिलदेखि अक्टोबरसम्म तातो र धेरै भारी वर्षा हुने र हिमपात पर्ने गरेको छ भने नोभेम्बरदेखि फेब्रुअरी सम्म हल्का जाडो र न्यानो साथै दिनहरू छोटो हुने गरेका छन् । मेदेखि सेप्टेम्बर सम्म ४२,०० मिलिमिटर वार्षिक वर्षा हुने गरेको छ जुन सबै समयको पानी परेको ८० % हो ।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]सन् २०११ बङ्गलादेशको जनगणना अनुसार यो सहरको जनसङ्ख्या ५३१,६६३ रहेको छ । सन् १९९१ मा सहरको जनसङ्ख्या वार्षिक १.९० % ले वृद्धि भएको थियो जुन सन् २०११ मा १.७२% मा घटेको छ ।[३] सन् २००१ को जनगणना अनुसार सहरको साक्षरता दर ६९.७३ % रहेको छ भने सहरमा उच्च साक्षरता दर वडा नम्बर २२ मा रहेको छ जुन ८४.२४ छ र न्यून साक्षरता दर वडा नम्बर १० मा रहेको छ जुन ४८.१५ % छ । यस सहरमा ५५,५१४ बटा घरहरू रहेका छन् । [४]
खेलकुद
[सम्पादन गर्नुहोस्]क्रिकेट बङ्गलादेशको सबैभन्दा लोकप्रिय खेल भएकाले सिलेटको पनि लोकप्रिय खेल क्रिकेट हो । सिलेटको क्रिकेट टोली (सिलेट सिक्सर) बङ्गलादेश प्रमियर लिगमा प्रतिस्पर्धा गर्ने एक घरेलु टोली हो । सिलेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला यहाँको सबैभन्दा ठुलो क्रिकेट रङ्गशाला हो ।
यातायात
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "बङ्गलादेशी सहर", बिबिसी न्युज, २ अप्रिल २००९, अन्तिम पहुँच २ अप्रिल २००९।
- ↑ "सिलेट नगरपालिका प्रहरी", आधिकारिक वेबसाइटमा। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०१-११ मिति
- ↑ "राष्ट्रिय: सहरी क्षेत्रको तथ्याङ्क", सन् २०११ को राष्ट्रिय जनगणना, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, अगस्ट २०१४, पृ: २५, ४८, मूलबाट २०१५-०५-१८-मा सङ्ग्रहित।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Area, २००१ को जनसङ्ख्या र साक्षरता दर वेब्याक मेसिन अभिलेखिकरण १७ डिसेम्बर २००८ मिति बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग ३० मे २००९.