मनोविज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मनोविज्ञान शब्द अङ्ग्रेजी बहसको Psychology शब्दको नेपाली रूपान्तरण हो । Psychology शब्द ग्रिक भाषाको psyche+logosबाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ Soul + Science (आत्मा + विज्ञान) । यसको शाब्दिक रूपमा यसलाई 'As a Science of Soul' (आत्मा विज्ञान वा अध्यन ) भनिन्छ ।

मनोविज्ञान भन्नाले मनोभाव र मानसिक अध्ययनको विज्ञान हो भन्ने बुझिन्छ। मनोविज्ञानको अध्ययन र अनुसन्धान गर्ने व्यक्तिलाई मनोवैज्ञानिक भनिन्छ। मनोविज्ञानको अध्ययन गरेर मानसिक रोग अथवा मनोरोग चिकित्सकहरूले त्यस्ता रोगीहरूको उपचार गर्न सक्छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

मनोविज्ञान शिक्षा र समय अवधि अनुसार विभिन्न चरणमा अध्यन हुदै आएको छ ।

दार्शनिक चरण(ई.पू.३०० देखि ई.सं १९०० सम्म)[सम्पादन गर्नुहोस्]

  • मनोविज्ञान आत्माको विज्ञानका रूपमा। डेमोक्रीटस, प्लेटो र एरिस्टोटल जस्ता दार्शनिकहरु यो अवधारणाको पक्षपाती थिए।

संरचनात्मक चरण(ई.सं १९०० देखि ई.सं १९२० सम्म)[सम्पादन गर्नुहोस्]

  • मनोविज्ञान मन/मास्तिषकको विज्ञानक रूपमा

व्यवहारीक चरण(ई.सं १९२० देखि ई.सं १९६० सम्म)[सम्पादन गर्नुहोस्]

  • मनोविज्ञान चेतनात्मक विज्ञानका रूपमा

आधुनिक चरण(ई.सं १९६० देखि हालसम्म)[सम्पादन गर्नुहोस्]

  • मनोविज्ञान व्यवहार र मास्तिषक प्रणलीको अध्ययन गर्ने विज्ञानको रूपमा