सिक्किम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिक्किम
Sunrise over Kangchenjunga.jpg
Gurudongmar.Lake.jpg
Rumtek Monastery 04.jpg
Temi tea garden.jpg
(माथिबाट घडीको दिशामा) कञ्चनजङ्घा हिमाल; गुरुडोङ्गमर ताल; टेमी चिया बगैँचा; सिद्धेश्वरधाम मन्दिर परिसर नाम्चीमा ; रुम्टेक गुम्बा
आदर्श वाक्य(हरू): 
खाम सम वाङडु
(तीन लोकको विजेता)
राष्ट्रियगान: जहाँ बग्छ टिस्टा रङीत
Location of सिक्किम
निर्देशाङ्क (गान्तोक): २७°३३′उ॰ ८८°३०′पू॰ / २७.५५०°N ८८.५००°E / 27.550; 88.500
देश भारत
संघमा भर्ना १६ मे १९७५
राजधानीगान्तोक
सबैभन्दा ठूलो सहरगान्तोक
जिल्लाहरू
सरकार
 • राज्यपाललक्ष्मण आचार्य
 • मुख्यमन्त्रीप्रेमसिंह तामाङ (सिक्किम क्रान्तिकारी मोर्चा)
 • विधान सभाएकसदीयवाद (३२ सीटहरू)
 • संसदीय निर्वाचन क्षेत्रराज्य सभा
लोकसभा
 • उच्च अदालतसिक्किम उच्च न्यायालय
क्षेत्रफल
 • जम्मा७,०९६ किमी (२,७४० वर्ग माइल)
क्षेत्रफल क्रम२७ औं
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा६१०,५७७
 • क्रम२८ औं
 • घनत्व८६/किमी (२२०/वर्ग माइल)
वासिन्दा(हरू)सिक्किमी
भाषाहरू[२][३]
 • आधिकारिक
 • अतिरिक्त अधिकारी
समय क्षेत्रयुटिसी+05:30 (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-SK
HDI (2019)वृद्धि 0.717 (High) •10th
Literacy82.6% (13th)
वेबसाइटwww.sikkim.gov.in
^† सिक्किमको विधानसभाले राजतन्त्रको अन्त्य गर्‍यो र भारत को एक घटक इकाई बन्ने संकल्प गर्यो। यी मुद्दाहरूमा जनमत सङ्ग्रह भयो र धेरै मतदाताहरूले हो मतदान गरे। १५ मे १९७५ मा भारतका राष्ट्रपतिले सिक्किमलाई भारतको २२औं राज्य बनाउने संवैधानिक संशोधनलाई अनुमोदन गरे।

सिक्किम उत्तरपूर्वी भारतको एउटा राज्य हो। यस राज्यको उत्तर र उत्तरपूर्वमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा भुटान, पश्चिममा नेपालको कोशी प्रदेश र दक्षिणमा पश्चिम बङ्गालसँग सीमा जोडिएको छ। सिक्किम सबैभन्दा कम जनसङ्ख्या भएको भारतको राज्य हो[४] तथा क्षेत्रफल गोआ पछि न्यूनतम छ। सिक्किम नामग्याल वंशद्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याहरूको कारण तथा भारतमा विलयको जनमतको कारण सन् १९७५ मा एक जनमत सङ्ग्रहको आधारमा भारतमा विलीन भयो।[५] यसै जनमत सङ्ग्रहपछि राजतन्त्रको समाप्ति तथा भारतीय संवैधानीक व्यवस्था अन्तर्गत सिक्किमको सार्वभौमसत्ता समाप्त भएको थियो।[६] बुढी औँलाको आकारको यो राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीन तिब्बत स्वायत्त क्षेत्र तथा दक्षिण-पूर्वमा भुटानसग जोडिएको छ। भारतको पश्चिम बङ्गाल राज्य यसको दक्षिणमा छ।[७]

अङ्ग्रेजी, नेपाली, लेप्चा, भूटिया, लिम्बू तथा हिन्दी सरकारी कामको लागि मान्यता प्राप्त भाषा हुन् तर पनि सरकारी कामकाजमा अङ्ग्रेजी भाषा नै अत्यधिक रूपमा प्रयोग भएको पाइन्छ। आपसी बोलाचालको निम्ति नेपाली भाषाको प्रयोग हुने गर्दछ र यहाँका सबै बासिन्दाहरूले नेपाली बोल्छन्, यहाँको बोलचालको प्रमुख माध्यम नै नेपाली भाषा हो। हिन्दु तथा बज्रयान बौद्ध धर्म सिक्किमका प्रमुख धर्महरू हुन्। गान्तोक राजधानी तथा सिक्किमको सबभन्दा ठूलो शहर हो।[८] सानो आकार भएता पनि सिक्किम भौगोलिक रूपमा धेरै नै विविध छ। नेपालको पूर्वी भागमा पर्ने कञ्चनजङ्घा जो विश्वको तेस्रो सबभन्दा उच्च हिम शिखर हो, सिक्किमको उत्तरी पश्चिमी भागबाट सजिलै देख्न सकिन्छ। सिक्किमको विशेषताहरूमा यसको सरसफाई, प्राकृतिक सुन्दरता एवं राजनीतिक स्थिरता शामिल छन। यो भारतको प्रमुख पर्यटक केन्द्रहरू मध्ये एक हो।

नामको मूल[सम्पादन गर्नुहोस्]

सिक्किम शब्दको सर्वमान्य स्रोत लिम्बू भाषाको शब्दहरू सु (अर्थात "नवीन") तथा खीम (अर्थात "महल" अथवा "घर" - जसले प्रदेशको पहिलो राजा फुन्त्सोक नामग्यालद्वारा बनाईएको महलको संकेतक हो) लाई जोडेर बनेको हो। तिब्बती भाषामा सिक्किमलाई डेन्जोंग भनिन्छ जसको अर्थ हुन्छ - "चामलको उपत्यका"।।[९]

इतिहास[सम्पादन गर्नुहोस्]

सिक्किम अधिराज्य[सम्पादन गर्नुहोस्]

गुरु रिन्पोचे, सिक्किमको संरक्षक सन्तको मूर्ति। नाम्चीको मूर्ति ११८ फीटमा विश्वमा उनको सबै भन्दा अग्लो मूर्ति हो।

आठौ शताब्दीमा बौद्ध भिक्षु गुरू रिन्पोचे (पद्मसम्भव)को सिक्किम भ्रमण सिक्किमसँग सम्बन्धित सबभन्दा प्राचीन विवरण हो। इतिहासमा उल्लेखित छ कि उनले बौद्ध धर्मको प्रचार गरे, सिक्किमलाई आशिष दिए तथा केही शताव्दीहरू पश्चात् आउने वाला राज्यको भविष्यवाणी गरे। मान्यताको अनुसार १४ औ शताब्दीमा ख्ये बुम्सा, पूर्वी तिब्बतमा खामको मिन्यक महलको एक राजकुमारलाई एक रात दैवीय दृष्टिको अनुसार दक्षिणतर्फ जाने आदेश भयो। यसैको वंशहरूले सिक्किमको राजतन्त्रको स्थापना गरे। सन् १६४२ मा, ख्येका पाँच औ वंशज फुन्त्सोंग नामग्याल लाई तीन बौद्ध भिक्षु- जो उत्तर, पूर्व तथा दक्षिणबाट आएका थिए, उनीद्वारा सिक्किमको प्रथम छोग्याल(राजा) घोषित गरेयो। यस प्रकार सिक्किममा राजतन्त्रको आरम्भ भयो। फुन्त्सोंग नामग्यालको छोरा, तेन्सुंग नामग्यालले उनीपछि सन् १६७० मा कार्य-भार सम्भाले। तेन्सुंगले युक्सोमबाट राजधानी राबदेन्त्सेमा स्थानान्तरित गरे। सन् १७०० मा सिक्किम माथि भुटानको आक्रमण भयो। जसमा छोग्यालको अर्ध-बहन थियो, जसलाई राज-गद्दीबाट बन्चित गरी दिइयो। तिब्बतिहरूको सहायताबाट छोग्याललाई राज-गद्दी पुनः सौँपियो। सन् १७१७ देखि १७३३ को बीचमा सिक्किमले नेपाल तथा भुटानको अनेकौ आक्रमणहरूको सामना गर्नु पर्यो, नेपाली सेनाद्वारा राजधानी रबदेन्त्सेको ध्वस्त भयो। सन् १७९१ मा चीनले सिक्किमको मद्दतको लागि र तिब्बतलाई गोरखाबाट बचाउनको लागि आफ्नो सेना पठायो। नेपालको पराजय पछि, सिक्किम किंग वंशको भाग बन्यो।

सिक्किमको पुरानो राजतन्त्रको झण्डा

बेलायती प्रभाब[सम्पादन गर्नुहोस्]

छिमेकी देश भारतमा बेलायती शासन आएपछि सिक्किमले आफ्नो प्रमुख शत्रु नेपालको विरुद्ध उनीहरूसँग मित्रता कायम गर्‍यो। नेपालले सिक्किम माथि आक्रमण गर्यो र तराई समेत धेरै क्षेत्रमा कब्जा गर्यो। यसको कारणबाट इस्ट इन्डिया कम्पनीले नेपाल माथि चढाई ग‍र्यो जसको परिणाम सन् १८१४ को गोरखा युद्ध भयो। सिक्किम र नेपालको बीच भएको सन्धि तथा सिक्किम र बेलायती भारतको बीच भएको तितौलिया सन्धिद्वारा नेपालद्वारा अधिकृत सिक्किमी क्षेत्र सिक्किमलाई १० फेब्रुअरी, १८१७ मा फिर्ता गरियो। यद्यपि, अङ्ग्रेजद्वारा मोरङ् प्रदेशमा कर लागू गरेको कारण सिक्किम र अङ्ग्रेजी शासनको बीचको सम्बन्धमा कटुटता आयो। सन् १८४९ मा दुई अङ्ग्रेज अधिकारी, सर जोसेफ डाल्टन र डाक्टर अर्चिबाल्ड कैम्पबेल, जसमा एक डाक्टर अर्चिबाल्ड सिक्किम र बेलायती सरकारको बीचको सम्बन्धको लागि जिम्मेदार थिए, सिक्किमको पहाडमा गोप्य रूपमा र अनुमति नलिई गए। यी दुबै अधिकारिहरूलाई सिक्किम सरकारद्वारा बन्दी बनाइयो। रिसाएका बेलायती शासकले सन् १८५३ मा दार्जिलिङ जिल्ला र मोरङलाई भारतमा मिलायो। यस चढाईको परिणाम स्वरूप छोग्याल ब्रिटिश गवर्नरको अधिनको एक कठपुतली राजा भएर रहन पुगे।[१०]

भारतमा विलय[सम्पादन गर्नुहोस्]

सन् १९४७ मा एक लोकप्रिय मतद्वारा सिक्किमले भारतसँगको विलय अस्वीकार गरियो र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहर लाल नेहरूले सिक्किमलाई संरक्षित राज्यको दर्जा प्रदान गरे। यसको कारण भारत सिक्किमको संरक्षक भयो र सिक्किमको परराष्ट्र मामिला सम्बन्धी विषयको जिम्मेदारी भारतले आफ्नो अधिनमा लियो। सन् १९५५ मा एउटा राज्यिक परिषद् स्थापित गरियो जसको आधिन छोग्याललाई एउटा संविधानिक सरकार बनाउने अनुमति दिइयो। यस समयमा सिक्किम नेशनल कंग्रेसद्वारा पुनः मतदान र नेपालीहरूलाई अरु धेरै प्रतिनिधित्व हुनुपर्ने माग गरेपछि सन् १९७३ को शुरूमा समस्या उत्पन्न भयो। राजदरबारको सामुन्ने मै हिंसा भडकिएपछि भारतलाई सुरक्षाको लागि आग्रह गरियो। छोग्याल राजवंश सिक्किममा धेरै नै अलोकप्रिय साबित भैइरहेका थिए। १० अप्रिल १९७५ मा, काजी (तत्कालीन प्रधानमन्त्री)ले सिक्किमको दर्जा परिवर्तन गरियोस जसले गर्दा यो भारतको राज्य बन्न सक्छ भनि भारतीय संसदलाई यो अनुरोध गरे। अप्रिलमा, भारतीय सेना सिक्किमको भूमिमा प्रबेश गर्यो र राजदरबारको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई निःशस्त्र गरे र राजा चोग्याललाई नजरबन्दमा राखे अनी पछि गान्तोकलाई आफ्नो कब्जामा लिए। दुई दिनभित्र सम्पूर्ण सिक्किम राज्य भारतको नियन्त्रणमा थियो। यसपछि त्यहाँ एउटा जनमत सङ्ग्रह गरियो (जसमा ५९ प्रतिशत मतदाताहरूले भाग लिएका थिए) ९७.५ प्रतिशत मतदाताहरूले सिक्किमलाई भारतमा समाबेश गर्ने कुराको समर्थन गरे। केही हप्ता पछि १६ मे १९७५ मा, सिक्किम औपचारिक रूपबाट भारतीय गणराज्यको २२औ प्रदेश बन्न गयो र राजतन्त्रको उन्मुलन भयो।

सन् २००२ मा, चीनलाई एउटा लज्जाको सामना गर्नु पर्‍यो जब सत्र औ कर्मापा उर्ग्यें त्रिन्ले दोरजी, जसलाई चीन सरकारले एउटा लामा घोषित गरेसकिको थियो, एउटा नाटकीय तरिकाबाट तिब्बतबाट भागेर सिक्किमको रुम्तेक गुम्बामा आईपुगे। चीनका अधिकारी यस कुराको विरोध भारत सरकारसँग कसरी गर्ने भनी धर्म संकटमा फँसे किनकि भारतसँग विरोध जनाउनु प्रत्यक्ष रूप मै सिक्किमलाई भारतको अभिन्न भागको रूपमा चीन सरकारले स्वीकार गर्यो भन्ने अर्थ निस्कन सक्थो। सिक्किम एक स्वतन्त्र राज्य हो जसलाई भारतले अधिक्रमण गरिरहेको छ भन्ने चीन सरकारको अहिलेसम्म सिक्किम माथि र औपचारिक दृष्टिकोण थियो।[११] चीनले अंततः सिक्किमलाई सन् २००३ आएर भारतको एक राज्यको रूपमा स्वीकार गर्‍यो। जसबाट भारत-चीन सम्बन्धमा रहेको कटुतामा केही कमी भयो। यसको बदलामा भारतले तिब्बतलाई चीनको अभिन्न अङ्ग हो भनि स्वीकार गर्यो। भारतचीनको बीच भएको एक महत्त्वपूर्ण सम्झौताको आधारमा चीनले एक गर्न औपचारिक नक्सा जारी गर्‍यो जसमा सिक्किमलाई स्पष्ट रूपमा भारतको सिमाना भित्र देखाईएको छ। यस सम्झौतामा चीनका प्रधानमन्त्री वेन जियाबाओ र भारतका प्रधानमन्त्री मनमोहन सिंहले हस्ताक्षर गरेका छन्। जुलाई ६, २००६ मा हिमालयको नाथुला भन्ज्याङलाई सीमा व्यापारको लागि खोलि दियो, जसले यो यो सङ्केत दिन्छ कि यो क्षेत्रलाई लिएर दुबै देश बीच सौहार्दको भाबना उत्पन्न भएको छ। [१२]

भूगोल[सम्पादन गर्नुहोस्]

सिक्किमको पश्चिम भागमा देखिने हिमशिखरहरू

बुढी औँलाको आकारको सिक्किम पूरै पहाडि क्षेत्र हो। विभिन्न स्थानहरूको ऊँचाई समुद्री सतह देखि २८० मीटर (९२० फिट) देखी ८,५८५ मीटर (२८,००० फीट) सम्म छ। कञ्चनजङ्घा यहाँको सबभन्दा उच्च चुचुरो हो। यहाँको भूमिको अधिक्तम भाग कृषिको लागि अनुपयुक्त छ। यसको बावजूद पनि केही ढलानलाई खेतमा परिबर्तन गरिएको छ र पहाडी तरीकाबाट खेती गरिन्छ। हिमालको हिउँबाट निकलिएका ससाना नदिधाराहरूको कारण सिक्किमको दक्षिण र पश्चिममा नदिहरूको भन्ज्याङ बनेका छन्। यी नदिहरू मिलेर टिस्टारङीत बन्दछ। टिष्टालाई सिक्किमको जीवन रेखा पनि भनिन्छ र यो सिक्किमको उत्तरबाट दक्षिण तिर बग्दछ। राज्यको एक तिहाई भू-भागमा बाक्लो जंगल छ।

सिक्किमको उत्तरमा हिमालय पर्वत शृङ्खला

हिमालयको उच्च पर्वत शृङ्खलाहरूले सिक्किमलाई उत्तरी, पूर्वी र पश्चिमी दिशा अर्धचन्द्रमा घेरेको छ। राज्यको अत्यधिक जनसङ्ख्या भएको क्षेत्र धेरै जसो राज्यको दक्षिणी भागमा, हिमालयको कम ऊँचाई भएको शृङ्खलाहरूमा स्थित छ। राज्यमा अट्‌ठाइस हिम शिखर, एक्काईस हिमानी, दुई सय सत्ताईस ताल (जसमा छाँगु पोखरी, गुरुडोंग्मार पोखरी र खेचिपेरी पोखरी शामिल छन्, पाँच तातो पानीको झहारा र सय भन्दा धेरै नदीहरू र खोलाहरू छन्। आठ पहाडी भञ्ज्याङहरूले सिक्किमलाई तिब्बत, भुटान र नेपालसँग जोडद छ।[७]

भू-तत्त्व[सम्पादन गर्नुहोस्]

सिक्किमको पहाडहरू मुख्यतः नेस्ती(gneissose) र अर्द्ध-स्कीस्तीय(half-schistose) पत्थरहरूले बनेको छ, जसको कारण त्यसको माटो फुस्रो तथा मुख्यतः फुरफुराउंदो र कमजोर छ। यहाँको माटो खुरदरी तथा फलाम जारेयबाट केही अम्लीय छ। यसमा खनिज र कार्बनिक पोषणको अभाव छ। यस प्रकारको माटो सदाबहार र बर्णपाती जंगलको लागि योग्य छ।

सिक्किमको भूभागको धेरैजसो हिस्सा केम्ब्रिया-पूर्व(Precambrian) चट्टान जस्तो छ जसको आयु पहाडसँग धेरै कम छ। पत्थर फिलीत (Phyllite) र स्कीस्तबाट बनेको हुँदा यहाँका पाखाहरू धेरै कमलो र बगुवा भएकोले भूमिको कटान भइरहन्छ जसको परिणाम स्वरूप प्राय जसो पहिरो गईरहन्छ, अनि भूमिको उर्वराशक्ति दिने पोषकतत्त्व पनि घटिरहेछ।[७]

तातो पानीको झरना[सम्पादन गर्नुहोस्]

सिक्किममा तातो पानीको अनेक झरनाहरू छन, जो रोग निको पर्ने क्षमताको लागि विख्यात छन्। सबैभन्दा महत्त्वपूर्ण तातो पानीको झरना फुरचाचु, युमथांग, बोराँग, रालांग, तरमचुयुमी साम्दोंग हुन्। यी सबै झरनाहरूमा ठूलो मात्रामा गन्धक पाइन्छ र यिनिहरू नदी को छेउमा अवस्थित छन्। यी तातो पानीको झरनाहरूको तापमान ५०  °से (सेल्सियस) सम्म हुने गर्दछ।

मौसम[सम्पादन गर्नुहोस्]

यहाँको मौसम जहाँ दक्षिणमा शीतोष्ण कटिबन्ध छ त्यहीं टुण्ड्रा प्रदेशको मौसमको जस्तो छ। यद्यपि सिक्किमको अधिकांश बसोबास क्षेत्रहरूमा, मौसम सम शीतोष्ण (टैंपरेट) रहन्छ र तापमान कममा २८ °से (८२ °) देखि माथि अथवा ० °से (३२ °फ) देखि तल रहन्छ। सिक्किममा पाँच ऋतुहरू हुन्छ: सर्दी, गर्मी, वसन्त, र पतझड, र वर्षा, जो जून र सेप्टेम्बरको बीच आउदँछ। धेरैजसो सिक्किममा औषत तापमान लगभग १८ °से (६४ °फ)हुन्छ। सिक्किम भारतको निरन्तर वर्षा हुने राज्य मध्ये एक हो। हिम रेखा लगभग ६००० मीटर (१९६०० फीट) छ। मनसूनको महिनामा राज्यमा ठूलो वर्षा हुने गर्दछ, जसबाट ठूलो मात्रामा पहिरो जान्छ। राज्यमा लगातार पानी परेको किर्तिमान ११ दिनको छ। राज्यको उत्तरी क्षेत्रमा शीत ऋतुमा तापमान -४०°C भन्दा कम हुन जान्छ। शीत ऋतु र वर्षा ऋतुमा कुहिरोले पनि जन जीवनलाई प्रभावित गर्दछ जसले यातायात धेरै नै कठिन हुन जान्छ। [७]

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

कोड जिल्ला कार्यालय
GD गान्तोक जिल्ला गान्तोक
MD मङ्गन जिल्ला मङ्गन
ND नाम्ची जिल्ला नाम्ची
GD ग्याल्सिङ जिल्ला ग्याल्सिङ
PD पाक्योङ जिल्ला पाक्योङ
SD सोरेङ जिल्ला सोरेङ

सिक्किममा चार जिल्लाहरू छन्। जिल्लाका प्रमुख प्रशासक जिल्लाधिकारी हुन्। चीनको सीमामा जोडिएको कारण धेरै क्षेत्रमा भारतीय सेनाको उपस्थिती देखिन्छ। धेरैजसो क्षेत्रमा प्रवेश निषेध छ र त्यहाँ घुम्न जानको लागि कुनै पनि विदेशीले विदेशी (संरक्षीत क्षेत्र) आदेश १९५८ अन्तर्गत अनुमतिपत्र लिनु पर्दछ। सिक्किममा जम्मा आठ नगरहरू र नौ उपविभागहरू छन्।

यी चार जिल्लाहरूमा पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तरी सिक्किमदक्षिणी सिक्किम हुन् जसका सदरमुकाम क्रमस: गान्तोक, गेजिंग, मंगन एवं नाम्ची हुन्। [८] यी चार जिल्लालाई पुन: विभिन्न उपविभागहरूमा बाँडिएको छ। पूर्व जिल्लालाई गान्तोक, पाक्योंगरङेली उपविभाग, पश्चिम जिल्लालाई "सोरेंग" र गेजिंग उपविभाग, उत्तरी जिल्लालाई मंगन र "चुंगथांग" उपविभाग र दक्षिणी जिल्लालाई नाम्ची र "राभांगला" उपविभागहरूमा विभाजित गरिएकोछ। [१३]

वनस्पति[सम्पादन गर्नुहोस्]

(गुँरास)सिक्किमको राजवृक्ष हो

सिक्किम हिमालयको तल्लो भूभागमा पारिस्थितिक गर्मस्थानमा भारतको तीन पारिस्थितिक क्षेत्रहरू मध्ये एक हो। यहाँको जंगलमा विभिन्न प्रकारको जीव जन्तु र वनस्पतिहरू पाइन्छ। अलग अलग ऊँचाई भएको कारण यहाँ ट्रोपिकल, टेम्पेरेट, एल्पाइन र टुन्ड्रा प्रकारको बोट बिरुवाहरू पनि पाइन्छ। यस्तो सानो क्षेत्रमा यस्तो भिन्नता कमै ठाउँमा पाउन सकिन्छ।

सिक्किममा पाइने वनस्पतिहरूमा गुँरास (rhododendron) प्रमुख हो जसलाई राज्य-वृक्ष (the state tree)को अधिकारिक मान्यता दिएकोछ।

अन्य वनस्पतिहरू हुन् - सुनाखरी (Orchids), नेभारो, केरा, साल (सखुवा), बाँस, आँक, बर, पीपल, बडहर, धुपी, सल्लो, काब्रो, बकाइनो, खनिउ, चिलाउने आदि प्रमुख छन्, सिक्किममा ५००० फूलका प्रजातिहरू, दुर्लभ सुनाखरीका ५१५ प्रजातिहरू, प्रिमुला ६० प्रजातिहरू, गुँरासका ३६ प्रजातिहरू, आँकका ११ प्रजातिहरू, २३ प्रकारक बाँसहरू,शंकुधर (conifer) वृक्षका १६ प्रजातिहरू. ३६२ वटा उनीउ प्रजातिका वोटविरूवाहरू र ४२४ प्रकारका औषधिमूलक बोटहरू सिक्किममा पाइन्छन्। सुनाखरी (Dendrobium nobile) राज्यको अधिकारिक राज्य फूल(State Flower) हो।

जीव-जन्तु[सम्पादन गर्नुहोस्]

हिमाली कालो भालु

सिक्किममा पाइने जीवजन्तुहरूमा हिउँ चितुवा, कस्तुरी मृग, भोरल, थार, हाब्रे (रेड पाण्डा), हिमालयमा पाइने भालु, भुक्ने जरायो, हनुमाने बाँदर, लंगूर, जंगली कुकुर, ब्वाँसो, चितुवा, तिब्बती ब्वाँसो, खरायो, स्याल आदि प्रमुख छन्। धेरै उँचाईमा पाइने र पालिने पशु चौंरी हो जसलाई दुध आदि उत्पादन र मासुका निम्ति पालिने गरिन्छ।

सिक्किमको चरा धेरै प्रमुख छन - मुनाल, रातो सिंग भएको डाँफे, कालिज, ढुकुरा, कोइली, मैना, रूपी, कल्चुँडूआदि, सिक्किममा चराको जम्मा ५५० प्रजाति रेकर्ड गरिएको छ, जसमा केही लोप भएको बताइन्छ।[७]

अर्थ-व्यवस्था[सम्पादन गर्नुहोस्]

वृहत् अर्थव्यवस्था सम्बन्धि प्रवाह[सम्पादन गर्नुहोस्]

यो सांख्यिकी एवं कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी सिक्किमको सकल घरेलू उत्पादको प्रवाहको एक झलक हो (करोड रूपियाँमा)[१४]

साल सकल घरेलू उत्पाद
१९८० ५२
१९८५ १२२
१९९० २३४
१९९५ ५२०
२००० ९७१
२००३ २३७८.६ [१]

सन २००४ को आँकडाको अनुसार सिक्किमको सकल घरेलू उत्पादन $४७८ मिलियन हुने अनुमान लगाइएको थियो।

सिक्किम एउटा कृषि राज्य हो र यहाँका पाखाका खेतहरूमा पारम्परिक पद्धतिबाट कृषि गरिन्छ। यहाँका कृषकहरू अलैंची, अदुवा, सुन्तला, स्याउ, चियापीनशिफ आदिको खेती गर्दछन्। [८]धान राज्यका अधिकांश भागहरूमा फलाईन्छ। भारतमा अलैचीको सबै भन्दा धेरै उपज सिक्किममा हुन्छ। पहाडी क्षेत्र भएको कारण र यातायातको आधारभूत सुविधाको अभावले सन् २००० सम्म यहाँ कुनै ठूलो उद्योग थिएन तर सन् २००० देखि २०१० सम्ममा धेरै उद्योगहरू स्थापना भैसकेका छन् जसमा औषधिका ठूलाठूला कारखानाहरू समेल छन्। अन्य उद्योगहरूमा मदिरा कारखाना , डिस्टिलरी, छाला-उद्योग तथा घडी-उद्योग हुन्। राज्यमा विकास दर ८.३ प्रतिशत छ, जुन दिल्ली पछिको राष्ट्र भरमा सबैभन्दा बडी हो। [१५]

अलैंची सिक्किमको मुख्य नगदे बाली हो

हालका केही वर्षहरूमा सिक्किमको सरकारले राज्यमा पर्यटन व्यवसाय लाई प्रवर्धन गर्न प्रारम्भ गरेको छ। सिक्किममा पर्यटन व्यवसाय को धेरै ठुलो सम्भाबना छ र यसको लाभ उठाएर सिक्किमको आयमा अप्रत्याशित वृद्धि भएको छ। आधारभूत संरचनामा सुधारको बेला, यो उपेक्षा गरीरहेको छ कि पर्यटन व्यवसाय राज्यमा अर्थव्यवस्थाको एक मुख्य आधारको रूपमा अगाडि आउने छ।

अनलाईन जुवा राज्यमा एक नया व्यवसायको रूपमा अगाडि आएकोछ। "प्लेविन" जुआ, जसलाई विशेष रूपबाट तैयार गरीको अंतहरूमा खेलिन्छ्, लाई राष्ट्र भरिमा खूब व्यावसायिक सफलता हासिल भएको छ। [१६][१७] राज्यमा प्रमुख रूपबाट तामा, डोलोमाइट, चूना ढुङ्गा, ग्रेफाइट, अभ्रक, फलामकोइला आदि खनिजहरूको उत्खनन गरिन्छ। [१८]

जुलाई ६, २००६ को नाथूला भञ्ज्याङ, जसले सिक्किमलाई ल्हासा, तिब्बत सँग जोडद छ, यसबाट सिक्किमको अर्थव्यवस्थालाई बढावा मिलने छ भन्ने आशा जागेकोछ। यो भञ्ज्याङ, जुन सन १९६२ मा १९६२ को भारत-चीन युद्ध पछि बन्द गरीएको थियो, प्राचीन रेशम मार्गको मार्ग थियो र ऊन, सुपारी र मसालाको व्यापारमा सहायक थियो।[१२]

यातायात[सम्पादन गर्नुहोस्]

हवाई[सम्पादन गर्नुहोस्]

टिष्टा नदी लाई सिक्किमको जीवन रेखा भनिन्छ। सिक्किममा कठिन भूक्षेत्रको कारण कुनै विमानस्थल अथवा रेल स्टेसन छैन। सिक्किमबाट सबै भन्दा नजिकको विमानस्थल बागडोगरा विमानस्थल हो। यो विमानस्थल गान्तोकदेखि १२४ कि०मी०को दूरीमा छ। गान्तोकबाट बागडोगराको लागि सिक्किम हेलिकप्टर सर्विस द्वारा एक हेलिकप्टर सेवा उपलब्ध छ जसको उडान ३० मिनेट लामो छ, दिनमा केवल एक पल्ट चल्दछ र केवल ४ जना मात्रलाई लान सक्दछ।[१९] गान्तोक हैलीपैड राज्यको एकमात्र गैरसैनिक हैलिपैड हो।

रेल[सम्पादन गर्नुहोस्]

सबैभन्दा नजिकको रेल स्टेशन नयाँ जलपाईगुडीमा छ जो सिलिगुडीबाट १६ किलोमीटर (कि०मी०) को दूरीमा छ।[८]

सडक[सम्पादन गर्नुहोस्]

राष्ट्रिय राजमार्ग ३१ ए ले सिलीगुडीलाई गान्तोकसँग जोडदछ। यो एक सर्व-ऋतु मार्ग हो तथा सिक्किममा रम्फुमा प्रवेश गरेपछि टिष्टा नदीको समानान्तर चल्दछ। अनेक सार्वजनिक अथवा निजी सबारी साधनले विमानस्थल, रेल-स्टेशन सिलिगुडीलाई गान्तोकसँग जोडदछन। मल्लीबाट आउने राजमार्गको एक शाखा पश्चिमी सिक्किमलाईको जोडदछ। सिक्किमको दक्षिणी र पश्चिमी भागका सहरहरूले सिक्किमलाई पश्चिम बङ्गालको उत्तरी भागका पर्वतीय सहर कालिम्पोङदार्जिलिङ सँग जोडदछ। राज्यको भित्र चारपाङ्ग्रे सवारी साधन लोकप्रिय छ किन कि यो राज्यको चट्टानी उकालोलाई सजिलैसँग पार गर्नमा सफल हुन्छ। साना साना बसहरूले राज्यको ससाना सहरहरूलाई राज्यको राजधानी र जिल्ला सदरमुकामलाई राज्यसँग जोडदछ।[८]

जनसङ्ख्या स्थिति[सम्पादन गर्नुहोस्]

सिक्किमका भाषाहरू (२०११ जनगणना)[२०]

  नेपाली (६२.६%)
  सिक्किमी (६.८६%)
  लिम्बू (६.३४%)
  लेप्चा (६.२७%)
  हिन्दी (५.५८%)
  शेर्पा (२.२४%)
  तामाङ (१.९२%)
  भोजपुरी (१.६३%)
  राई (१.२२%)
  अन्य (४.२%)

मानवजातिय रूपबाट हेर्दा यहाँ नेपाली मुलका मानिसहरूको बहुमत छ, जो यहाँ सोह्रौँ शताब्दीदेखि प्रवेश गरेका थिए। लेप्चा सिक्किमको मूल बासिन्दाहरू हुन् भुटियाहरू तिब्बतको खाम जिल्लाबाट चौधौँ बसाई सरेका हुन, र लेप्चा, जो स्थानीय मान्यता अनुसार सुदूर पूर्वबाट आएको मानिन्छ। राज्यको उत्तरी जिल्लामा लेप्चा र भुटियाको बाहुल्य छ र यहाँ तिब्बतीहरू पनि छन्। अरु राज्यबाट आएर सिक्किममा बस्ने हरूमा प्रमुख हुन मारवाडी, जो दक्षिणी सिक्किम तथा गान्तोकमा बन्द-ब्यापार गर्दछन; बिहारी जो धेरैजसो श्रमिक छ्न; तथा बङ्गाली

हिन्दु धर्म राज्यको प्रमुख धर्म हो जसको अनुयायीहरूको सङ्ख्या राज्यमा ६०.९ प्रतिशतमा छ।[२१] बौद्ध धर्म का अनुयायीहरू २८.१ प्रतिशत छन् [२१] जसमा भुटिया, लेप्चा, शेर्पा, तामाङ र सन् १९९० पछि धेरै सङ्ख्यामा गुरूङहरू पनि हिन्दु धर्म छोडी बौद्ध धर्मावलम्बी बन्नपुगेका छन्। सिक्किममा ईसाईको ६.७ प्रतिशत जनसङ्ख्या छ जसमा मूलतः धेरैजसो ती लेप्चा छन् जसले उन्नाईसौ शताब्दीको उत्तरकालमा अङ्ग्रेज धर्म-प्रचारकहरूको प्रचार पछि ईसाई मत अपनाएका थिए। राज्यमा कहिले पनि साम्प्रदायिक तनाव रहेको छैन। मुसलमानहरू १.४ प्रतिशत छन्।[२१]

नेपाली सिक्किमको प्रमुख भाषा हो। सिक्किममा प्रायः नेपाली बोलिन्छ र केही मात्रामा अङ्ग्रेजी र हिन्दी बोल्ने अनि बुझ्ने मानिसहरू छन्। यहाँका अन्य भाषाहरूमा भुटिया, जोङ्खा, ग्रोमा, गुरुङ, लेप्चा, लिम्बु, मगर, , मझवार, नेवारी, दनुवार, शेर्पा, सुनुवार, तामाङ, थुलुंग, तिब्बती, र याक्खा शामिल छन्।[८][२२]

५,४०,४९३ को जनसङ्ख्या भएको सिक्किम भारतको न्यूनतम जनसङ्ख्या भएको राज्य हो,[२३] जसमा पुरुषको सङ्ख्या २,८८,२१७ छ र महिलाको सङ्ख्या २,५२,२७६ छ। सिक्किमको जनसङ्ख्याको घनत्व ७६ मनुष्य प्रतिवर्ग किलोमीटर छ तर भारतमा न्यूनतम हो। विकास दर ३२.९८% छ(१९९१-२००१)। लिङ्ग अनुपात ८७५ महिला प्रति १००० पुरुष छ। ५०,०००को जनसङ्ख्याको साथ गान्तोक सिक्किमको एकमात्र महत्त्वपूर्ण सहर हो। राज्यमा सहरी जनसँख्या लगभग ११.०६% छ।[१३] प्रति व्यक्ति आय ११,३५६ रु० छ, जो देशको सबै भन्दा धेरैमा एक हो।[२२]

संस्कृति[सम्पादन गर्नुहोस्]

ल्होसारको बेला लाचुंगमा भएको गुम्पा नृत्य

सिक्किमका नागरिक भारतको सबै प्रमुख हिन्दु चाड पर्ब जस्तो दसैंतिहार, मनाउदछन। बौद्ध धर्मको ल्होसार, लूसोंग, सागा दावा, ल्हाबाब ड्युचेन, ड्रूपका टेशीभूमचूती चाड पर्ब हुन, जसलाई मनाईन्छ। लोसर - तिब्बती नयाँँ वर्ष लोसर, जो मध्य डिसेम्बरमा आउदछ, यस बेला धेरै जसो सरकारी कार्यालय एवं पर्यटक केन्द्र हप्ता भरिको लागि बन्द रहदछन। गैर-मौसमी पर्यटकलाई आकर्षित गर्नको लागि गान्तोकमा हालै क्रिसमस लाई प्रत्साहित गरीएको छ।[२४]

पाश्चात्य रक सङ्गीतहिन्दी सङ्गीतले यहाको भूमिमाले ब्यापक समर्थन प्राप्त गरेको छ। विशुद्ध नेपाली रक सङ्गीत, तथा पाश्चात्य सङ्गीतमा नेपाली काव्य पनि धेरै नै प्रचलित छ। फुटबल एवं क्रिकेट यहाँको सबैभन्दा लोकप्रिय खेल हो। पर्यटन प्रबर्धन गर्न हयान गल्याडिङ र रयाफ्टीङ पनि शुरू गरिएको छ।

नूडलमा आधारित व्यंजन जस्तो थुक्पा, चाउमीन, थान्तुक?, फाख्तु?, ग्याथुक? और वनटन? सर्वसामान्य छ। मःम, बाफबाट पाकेको र साग-सब्जिहरूबाट भरिएको पकौडि, सूपको सगै पस्किएको भैसी अथवा सुँगुरको मासु लोकप्रिय खाजा हो। पहाडी मानिसको खानामा भैसी, सुँगुर, इत्यादिको माँसुको मात्रा धेरै मात्रामा हुदछ। मदिरामा राज्यको अन्तशुल्क कम भएको कारण राज्यमा बियर, विस्की?, रम? र ब्रांडी इत्यादिको धेरै खपत गरिन्छ।

सिक्किममा लगभग बसोबास ग्रामिण छ, जहा घर बनाउदा मुख्यत: कडा बाँसको ढाँचामा लचीलो बाँसको आवरण हलेर बनाउने गरिन्छ। धरमा चिसोबाट जोगिनको लागि यसमा गाईको के गोबरको लेप पनि गरिन्छ। राज्यको धेरै अधिक ऊँचाई भएको क्षेत्रहरूमा धेरै जसो काठको घर बनाईन्छ। अरु पनि हेर्नुहोस:सिक्किमी सङ्गीत

राजनीति र सरकार[सम्पादन गर्नुहोस्]

सिक्किमको मुख्यमन्त्री र राज्यपालको निवासस्थान

भारतको अन्य राज्यहरूको समान, केन्द्रीय सरकार द्वारा मनोनित राज्यपाल राज्य शासनको प्रमुख हुन। उनको मनोनयन मुख्यतः औपचारिक मात्र हुदछ, तथा उनको मुख्य काम मुख्यमन्त्रीको शपथ-ग्रहणको अध्यक्षता गर्ने मात्र हुदछ। मुख्यमन्त्री, जसको साथ वास्तविक प्रशासनिक अधिकार हुदछ, धेरै जसो राज्य चुनावमा बहुमत पाउने दल अथवा गठबंधन का प्रमुख हुदछन। राज्यपालले मुख्यमन्त्रीको परामर्शमा मन्त्रीमण्डल? बनाउने बा परिबर्तन गर्दछन। धेरै जसो अन्य राज्यहरूको समान सिक्किममा पनि एक सदनात्मक (unicameral) सदन भएको विधान सभा नै छ। सिक्किमलाई भारतको दुई सदनात्म संसदको दुबै सदनहरू, राज्यसभा तथा लोक सभामा एक-एक स्थान प्राप्त छ। राज्यमा जम्मा ३२ विधानसभा सीट छ जसमा एक बौद्ध सङ्घको लागिए आरक्षित छ। सिक्किम उच्च अदालत भारतको सबै भन्दा सानो उच्च अदालत हो।

राज्यको चिह्नहरू[८]
राज्य पशु रातो पाण्डा
राज्य पक्षी रक्त मुनाल
राज्य वृक्ष गुराँस
राज्य फूल सुनाखरी

सन १९७५ मा, राजतन्त्रको समाप्ति भएपछि, काँग्रेस लाई १९७७ को आम निर्वाचनमा बहुमत प्राप्त भएको थियो। अस्थिरताको एक अबधि पछि, सन १९७९ मा, सिक्किम संग्राम परिषदका नेता नरबहादुर भण्डारीको नेतृत्वमा एउटा लोकप्रिय मन्त्री परिषदको गठन भयो। यस पछि, सन १९८४ र १९८९ को आम निर्वाचनमा पनि भण्डारी नै विजयी बने। सन १९९४ मा सिक्किम डेमोक्रेटिक फ्रन्टका पवन कुमार चाम्लिङ राज्यका मुख्यमन्त्री भए। सन १९९९, सन २००४ र सन् २००९ को चुनावमा पनि विजय प्राप्त गरेर यो पार्टी अहिलेसम्म सिक्किममा शासन गरिरहेको छ।[१०][१९]

आधारभूत संरचना[सम्पादन गर्नुहोस्]

तिब्ब्त विज्ञान सङ्ग्रहालय एवं अनुसन्धान केन्द्र

सिक्किमको सडकहरू प्रायजसो पहिरो तथा छेउको धारद्वारा बाढिबाट क्षतिग्रस्त हुन जान्छ, तर पनि सिक्किमको सडक अन्य राज्यको सडकहरूको तुलनामा धेरै राम्रो छ। सीमा सडक सङ्गठन (BRO), भारतीय सेनाको एउटा अङ्ग यि सडकहरूको रेखदेख गर्दछ। दक्षिणी सिक्किम तथा रा०रा०-३१अको सडक राम्रो स्थितिमा छ किनकि यहाँ पहिरोको घटनाहरू कम हुन्छ। राज्य सरकार १८५७.३५ कि. मी. को त्यो राजमार्ग जुन सी. स. सं. को अन्तर्गत आउदैन, को रेखदेख गर्दछ।[१३]

सिक्किममा अनेकौ जलविद्युत परियोजना छन, जो नियमित विद्युत उपलब्ध गराउदछन, तर सञ्चालन शक्ति अस्थिर छ तथा स्टेबलाईजर (stabilisers)को आवश्यकता पर्दछ। सिक्किममा प्रति व्यक्ति बिजुली प्रयोग १८२ kWh छ। ७३.२% घरहरूमा स्वच्छ पानीको सुविधा उपलब्ध छ,[१३] तथा अनेकौ धाराहरूको परिणाम स्वरूप राज्यमा कहिले पनि अकाल वा पानीको कमीको परिस्थिति उत्पन्न भएको छैन।

टिष्टा नदीमा धेरै जलविद्युत केन्द्र निर्माणाधीन् छ तथा त्यसको बाताबरणमा परेको असर एक चिन्ताको विषय हो।

सूचना तथा सञ्चार[सम्पादन गर्नुहोस्]

रुम्तेक गुम्पा सिक्किमको सबभन्दा प्रसिद्ध सम्पदा

सिक्किममा अङ्ग्रेजी र नेपाली भाषामा धेरै दैनिक समाचार पत्रहरू प्रकाशित हुन्छन, जसमा प्रमुख नेपाली समचार पत्र १. हाम्रो प्रजाशक्ति २. समय दैनिक ३. हिमाली बेला आदि र अङ्ग्रेजीमा NowSikkim Express। यसका अतिरिक्त धेरै साप्ताहिक र पाक्षिक पत्र-पत्रिका प्रकाशित हुने गर्छन्। सिक्किम हेराल्ड सरकारको आधिकारिक साप्ताहिक प्रकाशन हो। हाल-खबर सिक्किमको एकमात्र अन्तर्राष्ट्रिय समाचारको मानकीकृत प्रवेशद्वार हो। सिक्किमबाट सन २००७ मा नेपाली साहित्यको अनलाईन पत्रिका टिस्टारङीत शुरु भएको छ जसको सञ्चालन साहित्य सिर्जना सहकारी समिति लिमिटेड गर्दछ।

इन्टरनेटको सुविधा प्रायः सबै बजारहरू, सदरमुकाम र उपविभागहरूमा उपलब्ध छ र हालमा धेरै बजार र सडक छेउका गाउँहरू ब्रोडब्यान्ड (Broad Band) सम्पर्क उपलब्ध भइरहेकोछ तथा ग्रामीण क्षेत्रहरूमा पनि इन्टरनेट सुविधा उपलब्ध छ। डिस ऐन्टिना (Dish antennae) द्वारा धेरै जसो घरहरूमा सेटलाईट टेलिभिजन सेवा (satellite television channels) उपलब्ध छ। भारतबाट प्रसारित च्यानलको अतिरिक्त नेपाली भाषाको च्यानल पनि प्रसारित गरिन्छ। सिक्किम केबल, डिश टी. वी., दूरदर्शन तथा नयुमा (Nayuma)ले टेलिभिजन प्रसारणमा सहयोग।

स्थानीय मोबाइल टेलीफोन सेवा प्रदायक (cellular phone service provider)को राम्रो सुविधा उपलब्ध छ, जसमा भा.सं.नि.लि., रिलायन्स, इन्फोकम तथा एयरटेल राज्य-ब्यापी छ। राष्ट्रिय अखिल भारतीय आकाशवाणी राज्यको सरकारी रेडियो सेवा हो।[२५] यसका अतिरिक्त २००९ देखि दुइवटा एफ्. एम् रेडियो सेवा पनि सुरू भएका छन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

साक्षरता प्रतिशत दर ६९.६८% छ, यसमा लिङ्गीय दृटिकोणबाट हेर्दा पुरुषमा ७६.७३ प्रतिशरत तथा महिलामा ६१.४६ प्रतिशत छन्। सरकारी विद्यालयहरूको सङ्ख्या १५४५ छ तथा १८ निजी विद्यालयहरू पनि छन्, जो मुख्य नगरहरूमा छन्।[१३] उच्च शिक्षाको लागि सिक्किममा लगभग १२ कलेज तथा अन्य विद्यालय छन्। राज्यमा सन् २००७ मा केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयको स्थापना भएको छ, जो भारतको प्रमुख विश्वविद्यालयको रूपमा स्थापित छ। यसका अतिरिक्त, सिक्किम मणिपाल विश्वविद्यालय नामको निजी विश्वविद्यालय पनि छ, यसले इन्जिनियरिङ, चिकित्साशास्त्र तथा व्यवस्थापनको क्षेत्रमामा उच्च शिक्षा प्रदान गर्दछ। यहाँ राज्यद्वारा-सञ्चालित उच्च प्राबिधिक प्रशिक्षण केन्द्र (Advanced Technical Training Centre) तथा कम्प्यूटर तथा सञ्चार प्राविधिक केन्द्र (Centre for Computers and Communication Technology) नामका दुई बहु प्राविधिक विद्यालय छन, जसले ईन्जिनियरिङको विभिन्न विधाहरूमा डिप्लोमा पाठ्यक्रम चलाउँ छन। ATTC बोरदांग, सिंगताम तथा CCCT चिसोपानी (chisopani?), नाम्चीमा छ। पहिला धेरै जसो विद्यार्थी उच्च शिक्षाको लागि सिलिगुडी अथवा कोलकाता जाने गर्थे भने अब सिक्किममा नैं उच्च शिक्षाको उचित व्यवस्था छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Cens2011Up
  2. "1977 Sikkim government gazette", sikkim.gov.in (अङ्ग्रेजीमा), Governor of Sikkim, पृ: १८८, मूलबाट २२ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुलाई २०१८ 
  3. "50th Report of the Commissioner for Linguistic Minorities in India", १६ जुलाई २०१४, पृ: १०९, मूलबाट २ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१६ 
  4. अर्जुन अदलखा (अप्रिल १९९७), "Population Trends: India" (पीडीएफ), International brief, यू.एस. डिपार्टमेंट अफ कमर्स, पृ: 5।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता); |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "Sikkim", www.gloriousindia.com, ३१ डिसेम्बर २००६  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. अक्तूबर|accessyear=2006|date=29 सितंबर 2005 |publisher=डिपार्टमेंट अफ इंफरमेशन एंड पब्लिक रिलेशंस, गवर्नमेंट अफ सिक्किम}}
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ "Physical Features of Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ "General Information", सिक्किमइंफो.नेट।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "About Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२ 
  10. १०.० १०.१ "History of Sikkim", Government of Sikkim, २००२-०८-२९, अन्तिम पहुँच २००६-१०-१२ 
  11. "Elections after the erger", Sikkiminfo.net, अन्तिम पहुँच २००६-१०-१२ 
  12. १२.० १२.१ "Hisotric India-China link opens", BBC, २००६-०७-०६, अन्तिम पहुँच २००६-१०-१२ 
  13. १३.० १३.१ १३.२ १३.३ १३.४ "Sikkim at a glance", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२ 
  14. "National Accounts Division : Press release & Statements", Ministry of Statistics and Programme Implementation, २००६-०५-२३, अन्तिम पहुँच २००६-१०-१२ 
  15. "Economy of Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२ 
  16. "Playwin lottery", Interplay Multimedia Pty. Ltd., २००६-०८-२०, अन्तिम पहुँच २००६-१०-१२ 
  17. "Playwin lottery", Interplay Multimedia Pty. Ltd., २००६-०८-२०, अन्तिम पहुँच २००६-१०-१२ 
  18. "Sikkim's Economy", National Informatics Centre, २००२-०८-२९, अन्तिम पहुँच २००६-१०-१२ 
  19. १९.० १९.१ "30 Years of Statehood In a Nutshell", Department of Information and Public Relations, Government of सिक्किम, २००५-११-२४, अन्तिम पहुँच २००६-१०-१२ 
  20. "Statement 1: Abstract of speakers' strength of languages and mother tongues – 2011", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच ७ जुलाई २०१८ 
  21. २१.० २१.१ २१.२ http://www.censusindia.net/religiondata/ 2001 Indian Census Data
  22. २२.० २२.१ "People of Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२ 
  23. "Sikkim statistics", Government of India, अन्तिम पहुँच २००६-१०-१२ 
  24. "Culture and Festivals of Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२ 
  25. "Entertainment in Sikkim", Sikkiminfo.net, अन्तिम पहुँच २००६-१०-१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]