चाउमिन
परिकार | मुख्य खाना |
---|---|
उत्पत्ति स्थान | चीन |
क्षेत्र वा राज्य | ग्वानडोङ |
खान उपयुक्त | तातो |
मुख्य सामग्रीहरू | नुडल्स, सोय सस, सागसब्जीहरू |
चाउमिन (/ˈtʃaʊ ˈmeɪn/ र /ˈtʃaʊ ˈmiːn/, सरलीकृत चिनियाँ: 炒面; परम्परागत चिनियाँ: 炒麵) एक चिनियाँ प्रचलित खानाको परिकार हो। यो सागसब्जी, मासु, अण्डा वा टोफुसँग बनाइने एक परिकार हो। समयकालसँगै चीनका धेरै क्षेत्रहरूमा चाउमिनको विभिन्न भिन्नताहरू विकसित भएका थिए।[१] यो चिनियाँ आप्रवासीहरूद्वारा विश्वका अन्य देशहरूमा परिचित गरिएको थियो।[२] यो परिकार चिनियाँ क्षेत्र भरि लोकप्रिय छ र विदेशमा अधिकांश चिनियाँ रेस्टुरेन्टहरूको खाना तालिकामा देखा पर्दछ। यो विशेष गरी भारत[३], नेपाल[४], बेलायत[५], र अमेरिकामा लोकप्रिय छ।
उत्पति
[सम्पादन गर्नुहोस्]'चाउमिन' चिनियाँ शब्द 'चाओमियन' (सरलीकृत चिनियाँ: 炒面; परम्परागत चिनियाँ: 炒麵)को अमेरिकीकरण हो।[६] यसको उच्चारण क्यान्टोनेली उच्चारण चाओमिनबाट आउँछ। यो शब्द पहिलो पटक अङ्ग्रेजी (संयुक्त राज्य अमेरिका)मा सन् १९०६ मा प्रयोग गरिएको थियो।[७] चाउमिन शब्दको अर्थ 'तारेको चाउचाउ' हो, जसलाई अङ्ग्रेजीमा 'फ्राइड नुडल्स' भन्ने गरिन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Smith, Andrew F. (२०१३), The Oxford encyclopedia of food and drink in America 1 (2 संस्करण), Oxford University Press, पृ: 403–404, आइएसबिएन 978-0-19-973496-2, ओसिएलसी 781555950।
- ↑ Cho, Lily (२०१०), Eating Chinese, University of Toronto Press, पृ: ५१, आइएसबिएन 9781442659995।
- ↑ Ahuja, Aashna (२०१५-११-२७), "Indian Chinese Cuisine: India's Love Affair with Chinese Food", NDTV, मूलबाट २०१६-०१-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०३।
- ↑ Bindloss, Joseph (२०१०), Nepal: Country Guide Series, Lonely Planet guidebooks, Lonely Planet, पृ: ६५, आइएसबिएन 9781742203614।
- ↑ Mason, Laura (२००४), Food Culture in Great Britain, Greenwood Publishing Group, पृ: १६३, आइएसबिएन 9780313327988।
- ↑ Smith, Andrew F. (२०१३), The Oxford encyclopedia of food and drink in America 1 (2 संस्करण), Oxford University Press, पृ: 403–404, आइएसबिएन 978-0-19-973496-2, ओसिएलसी 781555950।
- ↑ Wilkinson, Endymion Porter (२०००), Chinese history : a manual (Rev. and enl संस्करण), Cambridge, Mass.: Published by the Harvard University Asia Center for the Harvard-Yenching Institute, पृ: 648, आइएसबिएन 0-674-00247-4, ओसिएलसी 42772193।