लक्ष्मण आचार्य
स्वरूप
लक्ष्मण आचार्य | |
|---|---|
| सिक्किमको राज्यपाल | |
| पदमा १२ फेब्रुअरी २०२३ | |
| मुख्यमन्त्री | प्रेमसिंह तामाङ |
| पूर्वाधिकारी | गङ्गा प्रसाद |
| व्यक्तिगत विवरण | |
| जन्म | ३ अक्टोबर १९५४ |
| दल | भारतीय जनता पार्टी |
लक्ष्मणप्रसाद आचार्य एक भारतीय राजनीतिज्ञ हुन् र जो हाल सिक्किमको राज्यपालको रूपमा सेवा गरिरहेका छन्।[१] उनी भारतीय जनता पार्टीका सदस्य हुन्।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]वाराणसीको रामनगर क्षेत्रमा जन्मेका आचार्य सानै उमेरमा राष्ट्रिय स्वयंसेवक सङ्घमा प्रवेश गरेका थिए।[२] आचार्य अनुसूचित जनजाति खरवारका हुन।[२] सन् १९७३ मा शिमला सम्झौताको विरोधमा भएको आन्दोलनमा उनलाई पक्राउ गरिएको थियो।[२] पछि उनले विश्व हिन्दू परिषदको रामनगर इकाईको महासचिवको रूपमा काम गरे।[२]
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]१६ फेब्रुअरी २०२३ मा, उनले सिक्किमको नयाँ राज्यपालको रूपमा सपथ लिए।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "सिक्किमका नवनियुक्त राज्यपालको बिहिवार शपत ग्रहण", हिन्दुस्थान समाचार, अन्तिम पहुँच २०२३-०२-१६। अभिलेखिकरण २०२३-०२-१६ वेब्याक मेसिन
- 1 2 3 4 "Former Union Minister, Bihar Governor, MLC: Three from east UP on President’s list", The Indian Express (अङ्ग्रेजीमा), २०२३-०२-१३, अन्तिम पहुँच २०२३-०२-१६।