दलाई लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • ཏཱ་ལའི་བླ་མ་
निवासधर्मशाला, भारत
गठन१३९१
वेबसाइटdalailama.com

दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको अटुट शृङ्खला हो । उनलाई विश्वभरीका बौद्ध धर्मावलम्बीहरु बोधिसत्व आर्य-अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ। दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यत: गेलुक (पहिलो टोपी सम्प्रदाय) सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रूपमा श्रद्धा गरिन्छ ।

दलाइ लामा छनोट विधि[सम्पादन गर्नुहोस्]

विशेषत दलाई लामा छान्ने विधि एक जटिल आध्यात्मिक विधि हो । कहिले काहिँ पहिलो दलाई लामाले आफ्नो भावी अवतारका बारे केहि जानकारी छाडेर जाने गर्दछन तर केहि अवस्थामा भने तिब्बतको पवित्र ल्हामो तालबाट आउने पवित्र तथ्य , महान गेलुक धर्माधिकारीको सपनामा देखिने तथ्यहरु वा गेलुग सम्प्रदाय वा दलाई लामाकी ईष्ट देवी पाल्देन ल्हामोबाट दिइने तथ्यबाट पनि भावी दलाई लामाको चयन गरिन्छ । वर्तमान १४ दलाई लामाको चयन पनि यसै आधारमा गरिएको थियो । यसरी चयन गरिएको सानो बालक दलाई लामा हो, होईन अझ प्रस्ट पार्न उनलाई पछिल्लो दलाई लामाले प्रयोग गरेको वा उनी सँग सम्बन्धित वस्तुहरु रोज्न लगाईन्छ । यदि उनले सहि वस्तु रोजेको खण्डमा मात्र उनी सहि दलाई लामा हुन भन्ने यकिन गरी उनलाई विशेष सम्मानका साथ बौद्ध धर्ममा दिक्षित गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

[[चित्|thumb|left|200px|आठौ दलाई लामा]]

दलाई लामा परम्परा[सम्पादन गर्नुहोस्]

प्रथम दलाई लामा ( गेदुन-ड्रुप ) दलाई लामा परम्परा महा-गुरु जे-शोङखापाको शिक्षामा आधारित टासिलुन्पो मठका प्रथम मठाधिस परम-पावन गेदुन-ड्रूपबाट शुरु भएको इतिहास पाईन्छ । उनको जन्म ई.सं १३९१ मा तिब्बतको साब्टोड मा भएको थियो । उनी महा-गुरु जे-शोङखापाका चौथो शिष्य थिए । उनले महा-गुरु जे-शोङखापा द्वारा प्रतिपादित कादम विचार धारालाई वादका रूपमा व्यापक प्रचार प्रशार गरे र कादम सम्प्रदायको विकासमा अतुलनिय योगदान गरे । उनैले पछि टासिलुन्पो विहार बनाए र त्यसलाई कादम सप्रदायको प्रमुख शिक्षा केन्द्रको रूपमा विकाश गरे । उनले ८४ वर्षको उमेरमा तिब्बतको नार्थाङमा परिनिर्वाण प्राप्त गरे। उनको अस्तु-धातु युक्त चैत्य यधपी नार्थाङ विहारमा दर्शन गर्न सकिन्छ ।

दोस्रो दलाई लामा (गेदुन ग्यात्सो) पहिलो दलाई लामा परम-पावन गेदुन ड्रूपको परिनिर्वाण पश्चात गेदुन ग्यात्सोलाई दोस्रो दलाई लामाको रूपमा चयन गरियो । उनको जन्म ई.स १४७५ मा तिब्बतको सांगमा भएको थियो ।उनले आफ्नो शासनकालमा गेलुक सम्प्रदायलाई अझ विशाल र प्रशिद्ध बनाए । उनले भिक्षुहरूलाई शिल र विनयको विकाशका लागि उच्च जोड दिन्थे । उनले ई.स १५४७ मा परिनिर्वाण प्राप्त गरे ।

तेस्रो दलाई लामा (सोनाम ग्यात्सो ) दोस्रो दलाई लामाको परिनिर्वाण पश्चात सोनाम ग्यात्सोलाई तेस्रो दलाई लामाको रूपमा चयन गरियो । उनको जन्म, उनका पुर्वज गेदुन ग्यात्सोले भविष्यवाणी गरे अनुरुप ई.स १५४३ मा तिब्बतको ल्हासा शहर नजिक भएको थियो । उनलाई तात्कालिन मंगोलियाका नरेश अल्तान खांले धर्म श्रवणको लागि आग्रह गरे पश्चात,उनले सन १५७७ मा मंगोलियाको भ्रमण गरी नरेशलाई बौद्ध धर्मको ज्ञान गराए , उनीबाट प्रेरित भएर मंगोलियन नरेशले बौद्ध धर्मलाई राष्ट्रिय धर्मको रूपमा अंगाले र सोनाम ग्यात्सोलाई समुन्द्र जस्तो विशाल हृदय भएका गुरु अर्थात दलाई लामाको उपाधी दिए जसलाई उनका पछिल्ला दुई अवतारका लागि पनि ग्रहण गरियो । उनले ई.स १५८८ मा परिनिर्वाण प्राप्त गरे ।

चौथो दलाई लामा ( योन्तान ग्यात्सो ) तेस्रो दलाई लामाको परिनिर्वाण पश्चात योन्तान ग्यात्सोलाई चौथो दलाई लामाको रूपमा चयन गरियो । उनको जन्म ई.स १५८९ मा मंगोलियन शाही घरानामा भएको थियो । उनी पहिलो गैहृ तिब्बती दलाई लामा हुन । उनले ई.स १६१६ मा परिनिर्वाण प्राप्त गरे ।

पाचौ दलाई लामा (लोब्सांग ग्यात्सो ) चौथो दलाई लामाको परिनिर्वाण पश्चात लोब्सांग ग्यात्सोलाई पाचौँ दलाई लामाको रूपमा चयन गरियो । उनको जन्म ई.स १६१७ भएको थियो । उनले विभीन्न भू-खण्डमा टुक्रिएको तिब्बतको एकिकरण गरी एकिकृत तिब्बतका प्रथम प्रशासकिय तथा धार्मिक नेताका रूपमा तिब्बतमा शासन गरे । उनले तिब्बती सरकार र दलाई लामाको प्रधान निवासका रूपमा पोताला दरबारको निर्माण गराए। उनले तिब्बतमा शिक्षा तथा स्वास्थको क्षेत्रमा उल्लेखनिय कार्य गरेका कारण स्थानिय तिब्बतीहरूले उनलाई महान पाचौँका रपमा पनि सम्बोधन गर्दछन । उनले ई.स १६८२ मा परिनिर्वाण प्राप्त गरे ।

दलाई लामाहरूको सुची[सम्पादन गर्नुहोस्]

अहिलेसम्म १४ वटा दलाई लामाहरू भएका छन्।

Name Lifespan Reign Tibetan/Wylie PRC transcription Other English spelling(s)
1. Gendun Drup 1391–1474 ?[१] དྒེ་འདུན་འགྲུབ་
dge ‘dun ‘grub
Gêdün Chub Gedun Drub, Gedün Drup, Gendun Drup
२. Gendun Gyatso १४७५–१५४१ ?[१] དགེ་འདུན་རྒྱ་མཚོ་
dge ‘dun rgya mtsho
Gêdün Gyaco Gedün Gyatso, Gendün Gyatso
३. Sonam Gyatso १५४३–१५८८ १५७८–१५८८ བསོད་ནམས་རྒྱ་མཚོ་
bsod nams rgya mtsho
Soinam Gyaco Sönam Gyatso
४. Yonten Gyatso १५८९–१६१६ ? ཡོན་ཏན་རྒྱ་མཚོ་
yon tan rgya mtsho
Yoindain Gyaco Yontan Gyatso
५. Lobsang Gyatso १६१७–१६८२ १६४२–१६८२ བློ་བཟང་རྒྱ་མཚོ་
blo bzang rgya mtsho
Lobsang Gyaco Lobzang Gyatso, Lopsang Gyatso
६. Tsangyang Gyatso १६८३–१७०६ ?–१७०६ ཚང་དབྱངས་རྒྱ་མཚོ་
tshang dbyangs rgya mtsho
Cangyang Gyaco
७. Kelzang Gyatso १७०८–१७५७ १७५१–१७५७ བསྐལ་བཟང་རྒྱ་མཚོ་
bskal bzang rgya mtsho
Gaisang Gyaco Kelsang Gyatso, Kalsang Gyatso
८. Jamphel Gyatso १७५८–१८०४ १७८६–१८०४ བྱམས་སྤེལ་རྒྱ་མཚོ་
byams spel rgya mtsho
Qambê Gyaco Jampel Gyatso, Jampal Gyatso
९. Lungtok Gyatso १८०६–१८१५ (१८०८–१८१५)[१] ལུང་རྟོགས་རྒྱ་མཚོ་
lung rtogs rgya mtsho
Lungdog Gyaco Lungtog Gyatso
१०. Tsultrim Gyatso १८१६–१८३७ ? ཚུལ་ཁྲིམ་རྒྱ་མཚོ་
tshul khrim rgya mtsho
Cüchim Gyaco Tshültrim Gyatso
११. Khendrup Gyatso १८३८–१८५६ १८४४–१८५६ མཁས་གྲུབ་རྒྱ་མཚོ་
mkhas grub rgya mtsho
Kaichub Gyaco Kedrub Gyatso
१२. Trinley Gyatso १८५७–१८७५ ? འཕྲིན་ལས་རྒྱ་མཚོ་
‘phrin las rgya mtsho
Chinlai Gyaco Trinle Gyatso
१३. Thubten Gyatso १८७६–१९३३ ? ཐུབ་བསྟན་རྒྱ་མཚོ་
thub bstan rgya mtsho
Tubdain Gyaco Thubtan Gyatso, Thupten Gyatso
१४. Tenzin Gyatso १९३५–present १९५०–present
(currently in exile)
བསྟན་འཛིན་རྒྱ་མཚོ་
bstan ‘dzin rgya mtsho
Dainzin Gyaco
Throne awaiting Dalai Lama's return. Summer residence of 13th Dalai Lama, Nechung, Tibet.

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नोट[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ The title "Dalai Lama" was conferred posthumously to the first र second Dalai Lamas. The 9th Dalai Lama was officially enthroned, but never reigned.

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  • Yá Hánzhāng 牙含章: The Biographies of the Dalai Lamas (Dálài Lǎmá chuán 达赖喇嘛传; Beijing, Foreign Languages Press १९९३); ISBN ७-११९-०१२६७-३.

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]