भारतको राष्ट्रपति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भारतको राष्ट्रपति
भारत गणतन्त्र को राष्ट्रपति
Flag of the President of India.svg
राष्ट्रपति मानक
बहालवाला
प्रणब मुखर्जी

२५ जुलाई २०१२  देखी
सम्बोधन सम्माननीय राष्ट्रपति
(भारतमा)
महामहिम
(भारत बाहिर)
निवास राष्ट्रपति भवन
नियुक्तिकर्ता निर्वाचन समिति (भारत)
पदावधी पाँच वर्ष (नवीकरणीय)
सुरुवाती बहालवाला राजेन्द्र प्रसाद
२६ जनवरी १९५०
स्थापना भारतको संबिधान
२६ जनवरी १९५०
पारिश्रमिक INR१५०,००० (अमेरिकी डलर (प्रत्येक महिना)[१]
वेबसाइट भारतको राष्ट्रपति

भारतको राष्ट्रपति भारत गणतन्त्र को राज्य प्रमुख हुन्छन् । भारतको राष्ट्रपति भारतको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको औपचारिक प्रमुख हुन्छन् र भारतीय सशस्त्र बलहरुको सेनापतिको रुपमा कायम हुन्छन् । भारतको संविधानको धारा ५३ बमोजिम सिद्धांततः राष्ट्रपति सँग पर्याप्त शक्ति हुन्छन् तर केही अपवादहरू सँगै प्रत्यक्ष वा अधिनस्थ पदाधिकारी द्वारा आफ्नो वा आफ्नो अधिकारको प्रयोग गर्न सक्छन भनी व्याख्या गरिएको छ । हुनत, राष्ट्रपतिमा निहित कार्यकारी अधिकारको प्रयोग तथा व्यवहार हाल भारत सरकार द्वारा गरिदैं आएको छ । यसको प्रयोग कार्यकारी शक्ति मन्त्रीपरिषदको मद्दत ले प्रधानमन्त्री द्वारा प्रयोग गर्ने गरिन्छ । भारतको राष्ट्रपति कुनै प्रकारको आपातकाल लगाउन वा हटाउन, युद्ध/शान्तिको घोषणा गर्ने अधिकारि हुन्छ । राष्ट्रपतिलाई देशको प्रथम नागरिक मानिन्छ । भारतीय राष्ट्रपतिलाई भारतीय नागरिक हुनु आवश्यक हुन्छ ।

भारतको राष्ट्रपति नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा निवास गर्छन्, जसलाई रायसीना हिलको नाम ले पनि जानिन्छ । राष्ट्रपति अधिकतम दुई कार्यकाल सम्म मात्रै पदमा रहन सक्छन । अहिले सम्म पहिलो राष्ट्रपति राजेन्द्र प्रसादले मात्रै यस पदमा दुई कार्यकाल पुरा गरेका छन् ।

प्रतिभा पाटिल भारतको १२औ तथा यस पदमा आसिन हुने पहिलो भारतीय महिला राष्ट्रपति हुन् ।[२] उनले आफ्नो पद तथा गोपनीयताको शपथ २५ जुलाई २००७ मा लिएको थिइन् । वर्तमानमा प्रणव मुखर्जी भारतको १३औ राष्ट्रपति हुन् ।

इतिहास[सम्पादन गर्ने]


राष्ट्रपति को चुनाव[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "President okays her own salary hike by 300 per cent". अन्तिम पहुँच मिति:6 May 2012.
  2. Bibhudatta Pradhan. "Patil Poised to Become India's First Female President", Bloomberg.com, 2007-07-19. अन्तिम पहुँच मिति:2007-07-20.

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]