जाकिर हुसेन (राजनीतिज्ञ)
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
डाक्टर जाकिर हुसेन | |
जाकिर हुसेन (राजनीतिज्ञ)
| |
कार्य काल 13 मे 1967 – ३ मई, १९६७ | |
उप राष्ट्रपति | शंकरदयाल शर्मा |
---|---|
पूर्ववर्ती | सर्वपल्ली राधाकृष्णन |
उत्तरावर्ती | वराहगिरी वेंकट गिरी |
जन्म | [१] हैदराबाद, आंध्र प्रदेश, भारत | ८ फेब्रुअरी १८९७
मृत्यु | ३ मे १९६९[१] नयाँ दिल्ली, भारत | (५८ वर्ष)
धर्म | मुस्लिम |
डाक्टर ज़ाकिर हुसेन ( ८ फरवरी, १८९७ - ३ मई, १९६९[१]) स्वतन्त्रता सेनानी एवं भारत के तेश्रो राष्ट्रपति तथा प्रथम मुस्लिम राष्ट्रपति थिए जसको कार्यकाल १३ मे १९६७ देखी ३ मे १९६९ सम्म थियो । डा. जाकिर हुसेन को जन्म ८ फरवरी, १८९७ ई. मा हैदराबाद, तेलंगाना को धनाढ्य पठान परिवार मा भएको थियो। केही समय पछि उनको पिता उत्तर प्रदेश मा रहन आएका थिए ।[२] केवल 23 वर्ष को अवस्था मा उनी 'जामिया मिलिया इस्लामिया विश्वविद्यालय' को स्थापना दल को सदस्य बने। जाकिर हुसेन भारत को तेश्रो राष्ट्रपति तथा प्रमुख शिक्षाविद थिए। उनी अर्थशास्त्र मा पीएच. डी की डिग्री को लागि जर्मनी को बर्लिन विश्वविद्यालय गए र फर्किएर जामिया को उप कुलपति को पद मा पनि आसीन भए। १९२० मा उनले जामिया मिलिया इस्लामिया को स्थापना मा योग दिए तथा यसको उपकुलपति बने। उनको नेतृत्व मा जामिया मिलिया इस्लामिया को राष्ट्रवादी कार्यहरु तथा स्वाधीनता संग्राम को तर्फ झुकाव रह्यो । स्वतन्त्रता प्राप्ति को पश्चात उनी अलीगढ़ विश्वविद्यालय को उपकुलपति बने तथा उनकी अध्यक्षता मा ‘विश्वविद्यालय शिक्षा आयोग’ पनि गठित गरियो । यसको अलावा उनी भारतीय प्रेस आयोग, विश्वविद्यालय अनुदान आयोग, यूनेस्को, अन्तर्राष्ट्रीय शिक्षा सेवा तथा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सँग पनि जोडिरहे। १९६२ ई. मा उनी भारत को उपराष्ट्रपति बने। उनलाई वर्ष 1963 मा भारत रत्नबाट सम्मानित गरियो । 1969 मा असमय देहावसान को कारण उनले आफ्नो राष्ट्रपति कार्यकाल पूरा गर्न सकेनन । डॉ॰ जाकिर हुसेन भारत मा आधुनिक शिक्षा को सबभन्दा ठुलो समर्थकहरु मध्ये एक थिए र उनले आफ्नो नेतृत्व मा जामिया मिलिया इस्लामिया को नामबाट एक केन्द्रीय विश्वविद्यालय को रूप मा नयाँ दिल्ली मा त्यसलाई स्थापित गरे, जहाँबाट हजारौ विद्यार्थीले प्रत्येक वर्ष विभिन्न विषय मा शिक्षा ग्रहण गर्दछन। डॉ॰ जाकिर हुसेन ले बिहार को राज्यपाल को रूप रूपमा पनि सेवा गरे र यस पछि उनी देश को उपराष्ट्रपति रहे तथा पछि उनी भारत को तेश्रो एवं प्रथम मुस्लिम राष्ट्रपति बने। डॉ ज़ाकिर हुसेन एक यस्तो मुस्लिम स्वतन्त्रता सेनानी हुन जो राष्ट्रपति पद सम्म पुग्न मा सफल भए ।
यो पनि हेर्नु होस[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ Dr. Zakir Husain (१८९७-१९६९ ), indiapress.org पर भारत को पूर्व राष्ट्रपतियों की जीवनी
- ↑ "डॉ॰ जाकिर हुसेन की जीवनी", कल्चरल-इन्डिया, अन्तिम पहुँच २६/११/२०१५।