द्रौपदी मुर्मु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(द्रौपदी मुर्मूबाट अनुप्रेषित)
द्रौपदी मुर्मु
मुर्मु जुन २०२२ मा
१५औँ भारतको राष्ट्रपति
पद बहाली
२५ जुलाई २०२२
प्रधानमन्त्रीनरेन्द्र मोदी
उपराष्ट्रपतिबैङ्कैया नायडू
पूर्वाधिकारीराम नाथ कोविन्द
९औँ झारखण्डका राज्यपाल
कार्यकाल
१८ मे २०१५ – १२ जुलाई २०२१
मुख्यमत्री
  • रघुनाथ दास
  • हेमंत साेरेन
पूर्वाधिकारीसैयद अहमद
उतराधिकारीरमेश बैस
राज्यमंत्री, ओडिशा सरकार
कार्यकाल
६ मार्च २००० – ६ अगस्त २००२
व्यक्तिगत विवरण
जन्म (1958-06-20) २० जुन १९५८ (उमेर ६५)
उपरबेदा, मयुरभञ्ज जिल्ला उडीसा, भारत मयुरभंज जिल्ला, उडीसा, भारत
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथी
श्यामचन्द्र मुर्मु
(
वि १९७६; मृत्यु २०१४)
जीवनवृतिशिक्षिका

द्रौपदी मुर्मु (जन्म २० जुन १९५८) एक भारतीय राजनीतिज्ञ हुन् जसले २०२२ देखि भारतको १५औँ र वर्तमान राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। भारतीय जनता पार्टी की सदस्य [१] रहेकी उनी अनुसूचित जनजातीबाट भारतको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो व्यक्ति र प्रतिभा पाटिलपछि यो पदमा बस्ने दोस्रो महिला हुन्। मुर्मु सन् १९४७ मा भारतको स्वतन्त्रतापछि जन्मेर राष्ट्रपति पदमा निर्वाचित बन्ने पहिलो व्यक्ति हुन्।[२] राष्ट्रपति हुनु अघि उनले सन् २०१५ देखी २०२१ सम्म झारखण्डको नबौँ गभर्नरको रूपमा, सन् २००० देखि २००४ सम्म ओडिशा सरकारको [३] विभिन्न विभागहरूमा सेवा गरेकी थिइन्। राजनीतिमा प्रवेश गर्नु अघि, उनले १९७९ देखि १९८३ सम्म राज्य सिँचाइ र उर्जा विभागमा कनिष्ठ सहायकको रूपमा काम गरिन्, र त्यसपछि १९९७ सम्म रैरंगपुरको श्री [४] एकीकृत शिक्षा केन्द्रमा शिक्षिकाको रूपमा काम गरेकी थिइन्।

द्रौपदी मुर्मुको जन्म सन् १९५८ जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको रैरङपुरको बैदापोसी क्षेत्रमा सन्थाली परिवारमा भएको थियो।[५][६] उनका बुबा बिरांची नारायण टुडु र हजुरबुबा दुवै पञ्चायती राज प्रणाली अन्तर्गत सरपंचका रूपमा निर्वाचित भएका थिए।[७]। मुर्मुले रमा देवी महिला कलेजबाट कलामा स्नातक गरेकी छिन्।[८]। उनका पति श्याम चरण मुर्मुको सन् २०१४ मा मृत्यु भैसकेको छ। उनीहरूका ३ सन्तान मध्ये दुई छोराको मृत्यु भइसकेको छ, र अहिले एउटी छोरी इतिश्री मुर्मु छिन्। द्रौपदीले सन् २००९ देखि २०१५ सम्म [९] सात वर्षको अवधिमा श्रीमान्, दुई छोरा, आमा र एक भाइ गुमाउनु पर्यो [१०]। मुर्मु ब्रह्मा कुमारी सँग आध्यात्मिक रूपमा जोडिएकी छन्।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Droupadi Murmu, Former Jharkhand Governor, Is BJP's Choice For President", NDTV.com, अन्तिम पहुँच २०२२-०६-२१ 
  2. "Draupadi Murmu Elected As President of India; Here is Everything You Need to Know About First Tribal Woman President of The Country", LatestLY, अन्तिम पहुँच २१ जुलाई २०२२ 
  3. "Droupadi Murmu: India's Youngest President and First to be Born After Independence", MSN (en-INमा), अन्तिम पहुँच २०२२-०७-२१ 
  4. "Draupadi Murmu: All you need to know about India’s 15th President", TimesNow (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-२२ 
  5. "Smt. Droupadi Murmu", Odisha Helpline, मूलबाट ८ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१५ 
  6. "Droupadi Murmu may soon be the President of India: Know all about her", India Today, १५ जुन २०१७, अन्तिम पहुँच २० जुलाई २०२२ 
  7. "Governor reaches out", Hindustan (Ranchi), ४ अप्रिल २०१८। 
  8. "VC, students of Droupadi Murmu's alma mater Rama Devi University say 'proud moment for us'", India Today, अन्तिम पहुँच २१ जुलाई २०२२ 
  9. "Droupadi Murmu is India's Youngest, First Tribal President" 
  10. "Who is Droupadi Murmu?", The Indian Express (अङ्ग्रेजीमा), २०१७-०६-१३, अन्तिम पहुँच २०२२-०६-२२ 
  11. "How Droupadi Murmu dealt with personal tragedies", TheWeek