नरेन्द्र मोदी
नरेन्द्र मोदी | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() आधिकारिक पोर्ट्रेट, २०२२ | |||||||||||||||
भारतको १४औ प्रधानमन्त्री | |||||||||||||||
पद बहाली २६ मे २०१४ | |||||||||||||||
राष्ट्रपति |
| ||||||||||||||
उपराष्ट्रपति | मोहम्मद हमिद अन्सारी एम. वेंकैया नायडू जगदीप धनखर | ||||||||||||||
पूर्वाधिकारी | मनमोहन सिंह | ||||||||||||||
| |||||||||||||||
गुजरातको १४औ मुख्यमन्त्री | |||||||||||||||
कार्यकाल ७ अक्टोबर २००१ – २२ मे २०१४ | |||||||||||||||
राज्य प्रमुख | डा. कमला बनिवाल | ||||||||||||||
पूर्वाधिकारी | केशुभाइ पटेल | ||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||
जन्म | सन् १९५० सेप्टेम्बर १७ वडनगर, महेसाणा जिल्ला, गुजरात, भारत | ||||||||||||||
राजनीतिक दल | भारतीय जनता पार्टी | ||||||||||||||
जीवन साथी | जसोदाबेन चिमनलाल | ||||||||||||||
सन्तान(हरू) | छैन | ||||||||||||||
निवास(हरू) | गाँधीनगर, गुजरात, भारत | ||||||||||||||
शिक्षा | [स्नातोकोतर (राजनीतिशास्त्र)] [१] | ||||||||||||||
मातृ शिक्षाप्रतिष्ठान | गुजरात विश्वविद्यालय[२] | ||||||||||||||
हस्ताक्षर | ![]() | ||||||||||||||
वेबसाइट | Narendra Modi | ||||||||||||||
As of २६ मे, २०१४ Source: गुजरात सरकार |
नरेन्द्र दामोदरदास मोदी ( उच्चारण (सहायता जानकारी), गुजराती: નરેંદ્ર દામોદરદાસ મોદી; जन्म: १७ सेप्टेम्बर १९५०) गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो । उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । [३] ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको छ ।[४] नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु सपथ ग्रहण लिएका छन् ।[५] उनी स्वतन्त्र भारतको १५औ प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।
एउटा सभासदको रूपमा उनले भारतको उत्तर प्रदेशको सांस्कृतिक नगरी वाराणसी तथा आफ्नो गृहराज्य गुजरातको वडोदरा संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।[६]
यसभन्दा पहिले उनी भारतीय राज्य गुजरातको १४औ मुख्यमन्त्रीको रूपमा रहेका थिए । उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नाम ले जानिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन् । सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फोलोअर भएको भारतीय नेता हुन् ।[७] टाइम पत्रिकाले मोदीलाई टाइम वर्ष व्यक्ति २०१४ को लागि ५० उम्मेदवारहरूको सूचीमा राखेको थियो ।[८]
अटल बिहारी वाजपेयी जस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन् । उनी गुजराती भाषा वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् ।
आर्थिक नीति
मोदी सरकारको आर्थिक नीति नवउदारवादमा आधारित अर्थतंत्रको निजीकरण र उदारीकरणमा केन्द्रित भयो। [९][१०] मोदीले भारतको प्रतक्ष्य वैदेशिक लगानीलाई उदार बनाए, र रक्षा र रेल क्षेत्र सहित धेरै उद्योगमा विदेशी लगानीलाई अनुमति दिए।[९][११][१२] अन्य प्रस्तावित सुधारमा मजदुरलाई युनियन बनाउन कडाइ, र रोजगारदातालाई कर्मचारी हटाउन सहज नीति थिए।;[१०] यी मध्ये केही प्रस्तावहरू विरोधका कारण फिर्ता भए। [१३] २ सेप्टेम्बर २०१५ मा भारतीय जनता पार्टीको भातृ मजदुर संगठन सहित देशका ११ ठूला युनियनहरू हड्तालमा उत्रिएकाले मजदुर युनियनबाट बिरोधको कारण फिर्ता भए ।[१०]
मोदी प्रशासनद्वारा गरिबी निवारण कार्यक्रम र सामाज कल्याण कार्यक्रममा भारी कटौती गरियो।[१४] सामाजिक कार्यक्रमामा खर्च गरिएको रकम कांग्रेस सरकारमा जीडीपीको १४.६% प्रतिशत बाट झरेर मोदीको पहिलो वर्ष १२.६% पुग्यो । [१५] स्वास्थ तथा परिवार कल्याणको खर्च १५% ले र प्राथमिक र माध्यमिक तहकोशिक्षामा विनियोजित रकममा १६%ले कमी आयो।[१५] "सर्व शिक्षा अभियान" आर्यक्रममा विनियोजित रकममा २२% ले कमी भयो।[१५] सरकारले व्यवसायिक कर कटौती, सम्पत्ति कर अन्त्य, सेल्स ट्याक्समा बढोत्तरी, र सुन र गहनामा भन्सार कटौती पनि गर्यो।[१५] २०१४ अक्टोबर मा, मोदी सरकारले डिजेल मूल्यलाई नियमन नगर्ने भयो।[१६]
विदेश नीति

मोदीको चुनाबी अभियानमा विदेश नीतिको त्यति स्थान थिएन, र बिजेपीको चुनाबी घोशानापत्रमा पनि त्यति महत्व दिइएको थिएन।[१७] मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सबै सार्क राष्ट्रका नेताहरूलाई आमन्त्रित गरेका थिए। [१८][१९] त्यसो गर्ने उनी प्रथम भारतीय प्रधानमन्त्री थिए ।[२०]
मोदीको विदेश नीति, पूर्ववर्ती कांग्रेस सरकारको जस्तै, आर्थिक सम्बन्ध, सुरक्षा तथा क्षेत्रीय सम्बन्ध सुधार गर्नेमा केन्द्रित थियो। [१७] मोदीले मनमोहन सिंहको "बहु पक्ष" नीतिलाई निरन्तरता गरे। [१७] मोदी प्रशासनले "मेक इन इन्डिया" र "डिजिटल इन्डिया" जस्ता नाराबाट विभिन्न स्रोत, विशेषत पूर्वी एसियाबाट, भारतीय अर्थतन्त्रमा विदेशी लगानी आकर्षित गर्ने प्रयास गर्यो। मोदी सरकारले बहराइन, इरान, साउदी अरब, र संयुक्त अरब इमिरेट्स जस्ता मध्य पूर्वका इस्लामिक राष्ट्रहरू संग र इजरायलसंग पनि सम्बन्ध सुधार गर्ने प्रयास गर्यो। [क]

भारत-अमेरिका सम्बन्धमा पनि नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि सुधार आयो। [२२] २००५ मा मोदी गुजरातको मुख्यमन्त्री भएको समयमा उनलाई मानवाधिकार सम्बन्धी मामिलाको कारणले बुस प्रशासनले उनलाई भिसा दिन अस्वीकार गरेको थियो। यसै कारणले चुनावको समयबाट नै मोदीको प्रधानमंत्रीकालमा अमेरिका-भारत द्विपक्षीय सम्बन्ध कस्तो होला भनी व्यापक चर्चा चलेको थियो। [२३][२४] यद्यपि मोदीको अवश्यम्भावी विजयलाई मध्यनजर गर्दै, अमेरिकी राजदुत नान्सी पावेल पश्चिमा सम्बन्धी सुधार गर्न मोदीसंग भेटे। थप रुपमा, २०१४ मा प्रधानमन्त्रीको रुपमा उनको विजय पछी, राष्ट्रपति बाराक ओबामाले टेलीफोनमा उनलाई बधाई दिए र अमेरिका भ्रमणको लागि आमन्त्रण गरे। [२५] बाराक ओबामा र डोनाल्ड ट्रंप दुवैको राष्ट्रपतिकालमा मोदी सरकार अमेरिकासंग राम्रो विदेश सम्बन्ध कायम गर्न सफल रहे। [२६][२७]
चुनावको केहि महिना पछी, मोदीले केही देशको भ्रमण गरे, र ब्रिक्स, आसियान, र जी- ट्वान्टी शिखर सम्मेलनमा उपस्थित भए।[१७] मोदीको सुरुवाती भ्रमण मध्ये एक नेपाल भ्रमण थियो, जसमा उनले एक अर्ब डलर सहयोग गर्ने बाचार गरेका थिए।[२८] मोदीले कयौ पटक अमेरिकाको भ्रमण गरेका थिए।[१९] २००२ मा गुजरात दंगामा मोदीको भूमिकामा प्रश्न उठाउदै मोदीलाई भिसादिन अवीकर गरेकाले, यो अप्रत्याशित समबन्ध बिकास भएको थियो। उनको भ्रमण दुई देश बीच कुटनैतिक तथा आर्थिक सम्बन्ध सुधारको अपेक्षा गरिएको थियो। [१९]
२०१५ मा, भारतीय संसदले मनमोहन सिंहले सुरु गरेको भारत र बंगलादेश बीचको जमिन आदानप्रदानको सन्धिलाई अनुमोदन गर्यो। [२९] मोदी प्रशासनले १९९१ को भारतको "पूर्व तर्फ हेर" नीतिलाई पुनर्जागृत गरायो। सरकारले म्यानमारसंग मणिपुर राज्यबाट म्यानमार जोड्ने सडक निर्माण गर्ने सम्झौता गर्यो। व्यापार भन्दा पनि सिमा सुरक्षालाई प्राथमिकता दिने म्यानमार संग यो ऐतिहासिक सम्झौता थियो।[३०] २०२० को चीन -भारतका सेना बीच झडप भएपछी चीन - भारत सम्बन्धमा तिक्तता झनै बढ्यो।[३१] मोदीले अफगानिस्तानको दुई पटक भ्रमण गरे र २०१६ मा उनलाई अफगानिस्तानको सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको थियो। उनले अफगानिस्तानमा ९०० मिलियन डलरको सहायतको घोषणा गरेका थिए।[३२][३३]
सन्दर्भ सामग्री
- ↑ नरेन्द्रको शिक्षा
- ↑ "Narendra Modi - Biography", Moneycontrol, अन्तिम पहुँच अप्रिल ५, २००९।
- ↑ मोदी विजय जुलुसको तयारीमा बी बी सी नेपाली सेवा
- ↑ बीजेपीले पायो स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री निश्चित अनलाईन खबर
- ↑ "मोदीद्वारा भारतीय प्रधानमन्त्रीमा सपथ ग्रहण", सम्बद मेडिया, १२ जेठ २०७१।
- ↑ "भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी", नेपाल डेली, १६ मे २०१४।
- ↑ "ट्वीटरमा मोदी अगाडि", एम नेपाल, २०१४ नोभेम्बर २६।
- ↑ "मोदी ‘टाइम वर्ष व्यक्ति’ नजिक", राजधानी, अन्तिम पहुँच २२ मंसिर २०७१।
- ↑ ९.० ९.१ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedRuparelia
- ↑ १०.० १०.१ १०.२ Shah, Alpa; Lerche, Jens (१० अक्टोबर २०१५), "India's Democracy: Illusion of Inclusion", Economic & Political Weekly 50 (41): 33–36।
- ↑ "Cabinet approves raising FDI cap in defence to 49 percent, opens up railways", The Times of India, ७ अगस्ट २०१४, मूलबाट ७ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१५।
- ↑ Zhong, Raymond (२० नोभेम्बर २०१४), "Modi Presses Reform for India—But Is it Enough?", The Wall Street Journal, मूलबाट २९ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०१६।
- ↑ "Modi renews labour reforms push as jobs regain focus before polls", The Economic Times, १४ मार्च २०१८, अन्तिम पहुँच ६ फेब्रुअरी २०१९।
- ↑ Manor, James (२०१५), "A Precarious Enterprise? Multiple Antagonisms during Year One of the Modi Government", South Asia: Journal of South Asian Studies 38 (4): 736–754, डिओआई:10.1080/00856401.2015.1083644।
- ↑ १५.० १५.१ १५.२ १५.३ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedRuparelia2
- ↑ Shrivastava, Rahul (१८ अक्टोबर २०१४), "Narendra Modi Government Deregulates Diesel Prices", NDTV, मूलबाट २९ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०१७।
- ↑ १७.० १७.१ १७.२ १७.३ Hall, Ian (२०१५), "Is a 'Modi doctrine' emerging in Indian foreign policy?", Australian Journal of International Affairs 69 (3): 247–252, डिओआई:10.1080/10357718.2014.1000263।
- ↑ Grare, Frederic (Winter २०१५), "India–Pakistan Relations: Does Modi Matter?", The Washington Quarterly 37 (4): 101–114, डिओआई:10.1080/0163660X.2014.1002158।
- ↑ १९.० १९.१ १९.२ Pant, Harsh V. (Fall २०१४), "Modi's Unexpected Boost to India-U.S. Relations", The Washington Quarterly 37 (3): 97–112, डिओआई:10.1080/0163660X.2014.978438।
- ↑ Praveen, Swami (२१ मे २०१४), "In a first, Modi invites SAARC leaders for his swearing-in", The Hindu (Chennai, India), मूलबाट २५ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०१४।
- ↑ Hall 2016, पृष्ठ. 278-281.
- ↑ Hall 2020, pp. 283-285; Gupta 2019, pp. 3-9; Madan 2020, pp. 65.
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs named2005 ban
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedvisa denied
- ↑ "Readout of the President's Call with Prime Ministerial Candidate Narendra Modi of India", whitehouse.gov (अङ्ग्रेजीमा), १६ मे २०१४, मूलबाट १ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२१ – National Archivesद्वारा।
- ↑ Sammon, Alexander (२३ जनवरी २०२०), "Barack Obama's Legacy Is Narendra Modi", The American Prospect (en-usमा), मूलबाट ७ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२१।
- ↑ "Obama, in reply to question on friendship with Modi, ends up praising Manmohan", India Today (अङ्ग्रेजीमा), १ डिसेम्बर २०१७, मूलबाट ९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२१।
- ↑ Mocko, Anne; Penjore, Dorji (२०१५), "Nepal and Bhutan in 2014", Asian Survey 55 (1): 75–81, डिओआई:10.1525/AS.2015.55.1.75।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedRonojoy
- ↑ Downie, Edmund (२५ फेब्रुअरी २०१५), "Manipur and India's 'Act East' Policy", The Diplomat, अन्तिम पहुँच २६ फेब्रुअरी २०१५।
- ↑ "Modi takes veiled dig at China on visit to disputed border area", Al Jazeera, ३ जुलाई २०२०, अन्तिम पहुँच ३ जुलाई २०२०।
- ↑ "President Ashraf Ghani's Congratulatory Message on the Occasion of India's 73rd Independence Day", President of Afghanistan (अङ्ग्रेजीमा), १५ अगस्ट २०१९, मूलबाट २१ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२१।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedOrder of Amanullah Khan
बाह्य कडीहरू

उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found