नरेन्द्र मोदी
| नरेन्द्र मोदी | |
|---|---|
|
|
|
| पद बहाली २६ मे २०१४ |
|
| राष्ट्रपति : | प्रणव मुखर्जी |
| अग्रज : | मनमोहन सिंह |
| निर्वाचन क्षेत्र : | मणिनगर |
|
गुजरातको १४औ मुख्यमन्त्री
|
|
| कार्यकाल ७ अक्टोबर २००१ – २२ मे २०१४ |
|
| राज्यपाल : | डा. कमला बनिवाल |
| अग्रज : | केशुभाइ पटेल |
| व्यक्तिगत जानकारी | |
| जन्म | सन् १९५० सेप्टेम्बर १७ वडनगर, महेसाणा जिल्ला, गुजरात, भारत |
| राजनीतिक दल | भारतीय जनता पार्टी |
| जीवनसाथी | जसोदाबेन चिमनलाल |
| बच्चा | छैन |
| निवास स्थान | गाँधीनगर, गुजरात, भारत |
| शिक्षा | [स्नातोकोतर (राजनीतिशास्त्र)] [१] |
| अलमा मेटर | गुजरात विश्वविद्यालय[२] |
| धर्म | हिन्दु |
| हस्ताक्षर | |
| वेबसाइट | Narendra Modi |
| As of २६ मे, २०१४ Source: गुजरात सरकार |
|
नरेन्द्र दामोदरदास मोदी(अङ्ग्रेजी: Narendra Modi) (
उच्चारण (सहायता जानकारी), गुजराती: નરેંદ્ર દામોદરદાસ મોદી; जन्म: १७ सेप्टेम्बर १९५०) गणतन्त्र भारतका वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीका नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो । उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । [३] ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको छ ।[४] नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु सपथ ग्रहण लिएका छन् ।[५] उनी स्वतन्त्र भारतको १५औ प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।
एउटा सभासदको रूपमा उनले भारतको उत्तर प्रदेशको सांस्कृतिक नगरी वाराणसी तथा आफ्नो गृहराज्य गुजरातको वडोदरा संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।[६]
यसभन्दा पहिले उनी भारतीय राज्य गुजरातका १४औ मुख्यमन्त्रीको रुपमा रहेका थिए । उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नाम ले जानिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन् । सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फोलोअर भएको भारतीय नेता हुन् ।[७] टाइम पत्रिकाले मोदीलाई टाइम वर्ष व्यक्ति २०१४ को लागि ५० उम्मेदवारहरुको सूचीमा राखेको थियो ।[८]
अटल बिहारी वाजपेयी जस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन् । उनी गुजराती भाषा वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ नरेन्द्रको शिक्षा
- ↑ "Narendra Modi - Biography". Moneycontrol. पहुँच मिति April 5, 2009.
- ↑ मोदी विजय जुलुसको तयारीमा बी बी सी नेपाली सेवा
- ↑ बीजेपीले पायो स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री निश्चित अनलाईन खबर
- ↑ "मोदीद्वारा भारतीय प्रधानमन्त्रीमा सपथ ग्रहण". सम्बद मेडिया. १२ जेठ २०७१.
- ↑ "भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी", नेपाल डेली, १६ मे २०१४.
- ↑ "ट्वीटरमा मोदी अगाडी". एम नेपाल. २०१४ नोभेम्बर २६.
- ↑ "मोदी ‘टाइम वर्ष व्यक्ति’ नजिक". राजधानी. पहुँच मिति २२ मंसिर २०७१.
वाह्य लिङ्कहरू[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: नरेन्द्र मोदी |