सामग्रीमा जानुहोस्

ब्रिक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रिक्स
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका
ब्रिक्सका सदस्य राष्ट्रहरू

सदस्य राष्ट्र र प्रमुख नेताहरू:


 ब्राजिलराष्ट्रपति जइर बोल्सोनारू
 रूसराष्ट्रपति भ्लादिमिर पुतिन
 भारत (सन् २०२१ को आयोजक)प्रधानमन्त्री नरेन्द्र मोदी
 चीनराष्ट्रपति सि जिनपिङ [note १]
 दक्षिण अफ्रिकाराष्ट्रपति सिरिल रामाफोसा

सङ्क्षिप्त नामब्रिक्स
बाट नामितसदस्य राष्ट्रहरू' प्रारम्भिक
पूर्वाधिकारीब्रिक
गठनसेप्टेम्बर २००६ (संयुक्त राष्ट्र महासभा ६१औँ सत्र)
प्रथम ब्रिक सम्मेलन: १६ जुन २००९
संस्थापकसंयुक्त राष्ट्र महासभा ६१औँ सत्र:
ब्राजिल सेल्सो आमोरिम
रूस सेर्गेई लाभ्रोभ
भारत प्रणब मुखर्जी
चीन लि झाओसिङ
रूस भ्लादिमिर पुतिन
प्रथम बिक्स सम्मेलन:
ब्राजिल लुला दा सिल्भा
रूस दिमित्री मेदभेदेभ
भारत मनमोहन सिंह
चीन हु जिन्ताओ
स्थानसंयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय, न्युयोर्क सहर (संयुक्त राष्ट्र महासभा ६१औँ सत्र)
येकातेरिनबर्ग (प्रथम ब्रिक सम्मेलन)
प्रकारअन्तरसरकारी सङ्गठन
लक्ष्यराजनीतिक
प्रधान कार्यालयब्रिक्स भवन
स्थान
  • साङ्घाई, चीन
क्षेत्रहरूअन्तर्राष्ट्रिय राजनीति
सदस्यता (सन् २०११)
वेबसाइटhttps://infobrics.org
पूर्व नाम
ब्रिक

ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरू: ब्राजिल, रुस, भारत, चीनदक्षिण अफ्रिकालाई जोड्ने गरि तयार पारिएको संक्षिप्त रूप हो। ब्रिक्स सदस्यहरू क्षेत्रीय मामिलाहरूमा आफ्नो उल्लेखनीय प्रभावको लागि चिनिन्छन्। सन् २००९ देखि ब्रिक्स राष्ट्रका सरकारहरू वार्षिक रुपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन्।[] भारतले ९ सेप्टेम्बर २०२१ मा सबैभन्दा पछिल्लो १३औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको थियो।

सन् २०१० मा दक्षिण अफ्रिका यस सङ्गठनमा जोडिनु अगाडी रुस, ब्राजिल, भारत, चीन गरि चार राष्ट्रलाई छोटकरीमा "ब्रिक" भनेर समूहकृत गरिएको थियो।[] ब्रिक्स राष्ट्रको संयुक्त क्षेत्रफल ३९,७४६,२२० वर्ग किलोमिटर (१५,३४६,१०१.० वर्ग माइल) रहेको छ भने यसको अनुमानित कुल जनसङ्ख्या लगभग ३.२१ अर्ब[], अर्थात बिक्र्समा विश्वको लगभग २६.६५६% भुभाग र विश्व जनसङ्ख्याको ४१.५३% रहेका छन्। पाँच मध्ये चार सदस्य (चीन, भारत, ब्राजिल र रसिया) जनसङ्ख्या अनुसार विश्वका दश ठूला देशहरू मध्ये एक हुन् र दक्षिण अफ्रिका भने दुबै जनसङ्ख्या र क्षेत्रफलको आधारमा चौविसौँ स्थानमा रहेको छ।

ब्रिक्सको सबै राष्ट्र जि २० (अर्थात २० को समूह)को सदस्य हुन्। सन् २०१८ सम्ममा, यी पाँच राष्ट्रहरूको संयुक्त कुल ग्राहस्थ उत्पादन १९.६ खर्ब अमेरिकी डलर, कुल विश्व उत्पादको लगभग २३.२%, लगभग अमेरिकी डलर ४०.५५ खर्ब (विश्वको कुल ग्राहस्थ उत्पादन ३२%) र यी देशको संयुक्त विदेशी भण्डारमा अनुमानित ४.४६ खर्ब अमेरिकी डलर सञ्चित थियो।[][] ब्रिक्सका सदस्य राष्ट्रहरूले थुप्रै टिप्पणीकारहरूबाट प्रशंसा र आलोचना दुवै प्राप्त गरेका छन्।[][][] ब्रिक्सका सदस्य राष्ट्रहरू बीच मुख्यतः हस्तक्षेप रहित, समानता र पारस्परिक लाभको आधारमा द्विपक्षीय सम्बन्ध सञ्चालन गरिन्छ।[] ब्रिक्स समूहको अस्तित्वले औपचारिक वा अनौपचारिक गठबन्धनलाई सङ्केत गर्दैन। यी पाँच सरकारबीच विभिन्न आर्थिक, प्रादेशिक र राजनीतिक विवादहरू कायम रहेका छन्।

शिखर सम्मेलन

[सम्पादन गर्नुहोस्]

समूहले सन् २००९ देखि वार्षिक रूपमा शिखर सम्मेलनको आयोजना गर्दै आएको छ जसमा सदस्य राष्ट्रहरूले पालै पालो आयोजना गर्दै आएका छन्। दक्षिण अफ्रिका प्रवेश गर्नु अघि, सन् २००९ र सन् २०१० मा दुई ब्रिक शिखर सम्मेलनहरू आयोजना गरिएका थिए। पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो। हालैको ब्रिक्स शिखर सम्मेलन १३ देखि १४ नोभेम्बर २०१९ सम्म ब्राजिलमा सम्पन्न भएको थियो। भारतले नयाँ दिल्लीमा सन् २०२१ शिखर सम्मेलनको आयोजना गरेको र चीनसँगको तनावको बीचमा, चिनियाँ नेता सी जिनपिङले सन् २०२१ मा भारतको अध्यक्षतालाई समर्थन गरेर नरम कदम चालेका थिए।[१०]

अहिले ६ पूर्ण सदस्यहरू रहेकोमा २०८० पाैष १६ पछि थप ६ पुर्ण सदस्य राष्ट्रहरू थपिनेछन्। नयाँ थपिने राष्ट्रहरूमा एसियाका ३,अफ्रिकाका २ र दक्षिण अमेरिकाको १ छन्।

नक्शा:
  सदस्य राष्ट्र
  आवेदक
  जोडिन इच्छा व्यक्त

सदस्यताका लागि आवेदन दिएका देशहरू

[सम्पादन गर्नुहोस्]

कुल १५ देशहरूले[११]ब्रिक्स मा सामेल हुन औपचारिक रूपमा आवेदन दिएका छन्, जसलाई निम्नानुसार सूचीबद्ध गरिएको छ: [१२]

  1. चीन सरकारका प्रमुख प्रधानमन्त्री हुन्, जसको वर्तमान धारक लि कच्याङ हुन्। चीनको राष्ट्रपति विधिवत रूपमा औपचारिक कार्यालय हो तथापि, चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (वास्तविक नेता)ले संक्रमणकालका महिना बाहेक सन् १९९३ देखि सधैँ यो पद धारण गर्दै आएका छन्। वर्तमान सर्वोपरि नेता सि जिनपिङ हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. चीन, ब्राजिल, भारत र रुस सबैलाई बाङ्को बिल्बाओ भिसकाये आर्हेन्तारियाद्वारा विकासको नेतृत्व गर्ने देश मानिएको थियो।: "BBVA EAGLEs Annual Report (PPT)" अभिलेखिकरण १० मे २०१३ वेब्याक मेसिन
  2. "New era as South Africa joins BRICS" अभिलेखिकरण १८ अप्रिल २०११ वेब्याक मेसिन . SouthAfrica.info. ११ अप्रिल २०१०। पहुँचमिति २०१२।
  3. "Total Population – Both Sexes", World Population Prospects, the 2019 Revision, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाजन, जनसङ्ख्या अनुमान र अनुमान खण्ड, जुन २०१९, अन्तिम पहुँच १७ जुन २०१९ अभिलेखिकरण २७ फेब्रुअरी २०२१ वेब्याक मेसिन
  4. "World Economic Outlook", IMF, अप्रिल २०१३, मूलबाट २६ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१३
  5. "Amid BRICS' rise and 'Arab Spring', a new global order forms" अभिलेखिकरण २० अक्टोबर २०११ वेब्याक मेसिन . द क्रिस्चियन साइन्स मनिटर। पहुँचमिति २० अक्टोबर २०११।
  6. उद्दरण त्रुटी: अवैध <ref>चिनो; BRICS Peace Defender नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  7. उद्दरण त्रुटी: अवैध <ref>चिनो; highwall नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  8. "BRICS – India is the biggest loser", USINPAC, १८ अप्रिल २०१३, मूलबाट २८ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०१३
  9. Gutemberg Pacheco Lopes Junior, "The Sino-Brazilian Principles in a Latin American and BRICS Context: The Case for Comparative Public Budgeting Legal Research; Wisconsin International Law Journal; 13 May 2015", University of Wisconsin Law School, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१६ अभिलेखिकरण १६ जुन २०२१ वेब्याक मेसिन
  10. "BRICS BRASIL 2019 – Theme and priorities", brics2019.itamaraty.gov.br अभिलेखिकरण २०१९-०८-२८ वेब्याक मेसिन
  11. "South Africa: 8 Arab countries request to join BRICS", Middle East Monitor, १५ अगस्ट २०२३, मूलबाट २० अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०२३}
  12. Prange, Astrid (२७ Mar २०२३), "A new world order? BRICS nations offer alternative to West – DW – 04/10/2023", dw.com, मूलबाट २४ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ Aug २०२३
  13. Mntambo, Nokukhanya (२६ अगस्ट २०२३), "Algeria likely to be among second batch of countries to join BRICS - Godongwana", Eyewitness News (अङ्ग्रेजीमा), मूलबाट २७ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२३ अभिलेखिकरण २७ अगस्ट २०२३ वेब्याक मेसिन
  14. "Five Arab states plus Iran among 19 nations ready to join BRICS", The Cradle, ३० अप्रिल २०२३, मूलबाट ३० अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०२३
  15. Devonshire-Ellis, Chris (२० जुन २०२३), "Bangladesh Formally Applies To Join BRICS", Silk Road Briefing, मूलबाट २१ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०२३ अभिलेखिकरण २१ जुन २०२३ वेब्याक मेसिन
  16. "Belarus says it has applied to join BRICS club, RIA reports", Reuters, २५ जुलाई २०२३, मूलबाट २६ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०२३ www.reuters.comद्वारा।
  17. Ramos, Daniel (३१ जुलाई २०२३), "Bolivia president to attend BRICS summit in bid for new investment", Reuters, मूलबाट ३ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०२३ www.reuters.comद्वारा।
  18. Omirgazy, Dana (५ जुन २०२३), "Kazakhstan Seeks to Join BRICS and Enhance Trade and Economic Cooperation", Astana Times, मूलबाट ४ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२३
  19. 1 2 "Wang Yi Chairs Dialogue of Foreign Ministers between BRICS and Emerging Markets and Developing Countries", जुन २०२३, मूलबाट ४ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]