ब्रिक्स
ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरू: ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरि तयार पारिएको संक्षिप्त रूप हो। ब्रिक्स सदस्यहरू क्षेत्रीय मामिलाहरूमा आफ्नो उल्लेखनीय प्रभावको लागि चिनिन्छन्। सन् २००९ देखि ब्रिक्स राष्ट्रका सरकारहरू वार्षिक रुपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन्।[१] भारतले ९ सेप्टेम्बर २०२१ मा सबैभन्दा पछिल्लो १३औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको थियो।
सन् २०१० मा दक्षिण अफ्रिका यस सङ्गठनमा जोडिनु अगाडी रुस, ब्राजिल, भारत, चीन गरि चार राष्ट्रलाई छोटकरीमा "ब्रिक" भनेर समूहकृत गरिएको थियो।[२] ब्रिक्स राष्ट्रको संयुक्त क्षेत्रफल ३९,७४६,२२० वर्ग किलोमिटर (१५,३४६,१०१.० वर्ग माइल) रहेको छ भने यसको अनुमानित कुल जनसङ्ख्या लगभग ३.२१ अर्ब[३], अर्थात बिक्र्समा विश्वको लगभग २६.६५६% भुभाग र विश्व जनसङ्ख्याको ४१.५३% रहेका छन्। पाँच मध्ये चार सदस्य (चीन, भारत, ब्राजिल र रसिया) जनसङ्ख्या अनुसार विश्वका दश ठूला देशहरू मध्ये एक हुन् र दक्षिण अफ्रिका भने दुबै जनसङ्ख्या र क्षेत्रफलको आधारमा चौविसौँ स्थानमा रहेको छ।
ब्रिक्सको सबै राष्ट्र जि २० (अर्थात २० को समूह)को सदस्य हुन्। सन् २०१८ सम्ममा, यी पाँच राष्ट्रहरूको संयुक्त कुल ग्राहस्थ उत्पादन १९.६ खर्ब अमेरिकी डलर, कुल विश्व उत्पादको लगभग २३.२%, लगभग अमेरिकी डलर ४०.५५ खर्ब (विश्वको कुल ग्राहस्थ उत्पादन ३२%) र यी देशको संयुक्त विदेशी भण्डारमा अनुमानित ४.४६ खर्ब अमेरिकी डलर सञ्चित थियो।[४][५] ब्रिक्सका सदस्य राष्ट्रहरूले थुप्रै टिप्पणीकारहरूबाट प्रशंसा र आलोचना दुवै प्राप्त गरेका छन्।[६][७][८] ब्रिक्सका सदस्य राष्ट्रहरू बीच मुख्यतः हस्तक्षेप रहित, समानता र पारस्परिक लाभको आधारमा द्विपक्षीय सम्बन्ध सञ्चालन गरिन्छ।[९] ब्रिक्स समूहको अस्तित्वले औपचारिक वा अनौपचारिक गठबन्धनलाई सङ्केत गर्दैन। यी पाँच सरकारबीच विभिन्न आर्थिक, प्रादेशिक र राजनीतिक विवादहरू कायम रहेका छन्।
इतिहास
[सम्पादन]शिखर सम्मेलन
[सम्पादन]समूहले सन् २००९ देखि वार्षिक रूपमा शिखर सम्मेलनको आयोजना गर्दै आएको छ जसमा सदस्य राष्ट्रहरूले पालै पालो आयोजना गर्दै आएका छन्। दक्षिण अफ्रिका प्रवेश गर्नु अघि, सन् २००९ र सन् २०१० मा दुई ब्रिक शिखर सम्मेलनहरू आयोजना गरिएका थिए। पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो। हालैको ब्रिक्स शिखर सम्मेलन १३ देखि १४ नोभेम्बर २०१९ सम्म ब्राजिलमा सम्पन्न भएको थियो। भारतले नयाँ दिल्लीमा सन् २०२१ शिखर सम्मेलनको आयोजना गरेको र चीनसँगको तनावको बीचमा, चिनियाँ नेता सी जिनपिङले सन् २०२१ मा भारतको अध्यक्षतालाई समर्थन गरेर नरम कदम चालेका थिए।[१०]
सदस्यहरू
[सम्पादन]| देश | राजधानी | क्षेत्रफल
(वर्ग किमि) |
जनसङ्ख्या
(२०२५) |
घनत्व
(प्रति वर्ग किमि) |
प्रतिव्यक्ति जीडीपी
पीपीपी[११] |
HDI[१२] | मुद्रा | आधिकारिक भाषाहरू | नेताहरू | आबद्धता |
|---|---|---|---|---|---|---|---|---|---|---|
Federative Republic of |
ब्रासिलिया | 8,515,767 | 213,583,750 | 23.8 | २४,४२८ | ०.७८६ | Brazilian real (R$)
(BRL) |
Portuguese
also see Languages of Brazil |
Head of State and Government: Luiz Inácio Lula da Silva | 16 June 2009 (Informally, September 2006) |
Russian Federation |
मस्को | 17,075,400 | 146,028,325 | 8.4 | ५२,४७९ | ०.८३२ | Russian rouble (₽)
(RUB) |
Russian
also see Languages of Russia |
Head of State: Vladimir Putin | |
Republic of |
नयाँ दिल्ली | 3,287,240 | 1,417,492,000 | 430.7 | १२,८०१ | ०.६८५ | Indian rupee (₹)
(INR) |
Hindi (Devanagari script)
English Also see Languages of India |
Head of State: Droupadi Murmu | |
People's Republic of |
बेइजिङ | 9,640,011[१३] | 1,408,280,000 | 147 | ३१,५९६ | ०.७९७ | Renminbi (Chinese yuan, ¥)
(CNY) |
Standard Chinese[१४]
written in simplified characters[१४] see also languages of China |
Party Secretary and Head of State: Xi Jinping | |
Republic of |
प्रिटोरिया (कार्यकारी)
केप टाउन (विधायिका) Bloemfontein (न्यायिक) |
1,221,037 | 63,100,945 | 50.8 | १६,७४० | ०.७४१ | South African rand (R)
(ZAR) |
12 languages | Head of State and Government: Cyril Ramaphosa | 24 December 2010[१५][१६][१७][१८] |
अरब गणतन्त्र |
कायरो | 1,010,408 | 107,271,260 | 108.32 | २३,३२१ | ०.७५४ | Egyptian pound (LE)
(EGP) |
Arabic | Head of State: Abdel Fattah el-Sisi | 1 January 2024 |
संघीय लोकतान्त्रिक गणतन्त्र |
अदिस अबाबा | 1,104,300 | 109,499,000 | 92.7 | ४,९७४ | ०.४९७ | Ethiopian birr (Br)
(ETB) |
Afar | Head of State: Taye Atske Selassie | |
इस्लामिक गणतन्त्र |
तेहरान | 1,648,195 | 92,417,681 | 52 | २०,२७९ | ०.७९९ | Iranian rial (Rl)
(IRR) |
Persian | Head of State: Mojtaba Khamenei | |
| अबु धाबी | 83,600 | 11,027,129 | 132 | ८७,७७४ | ०.९४০ | UAE dirham ( (AED) |
Arabic | Head of State: Mohamed bin Zayed Al Nahyan | 1 January 2024 | |
गणतन्त्र |
जाकार्ता | 1,904,569 | 284,438,782 | 143 | १८,९७३ | ०.७२८ | Indonesian rupiah (Rp)
(IDR) |
Indonesian | Head of State and Government: Prabowo Subianto | 6 January 2025 |
Disputed member
[सम्पादन]| Country | Capital | Area
(km2) |
Population
(2025) |
Density
(/km2) |
GDP per cap. | HDI[१२] | Currency | Official languages | Leaders | Accession |
|---|---|---|---|---|---|---|---|---|---|---|
Kingdom of |
Riyadh | 2,149,690 | 34,566,328[१९] | 16.1 | ७८,८१५ | ०.९০০ | Saudi riyal (ر.س)
(SAR) |
Arabic | Head of State: Salman of Saudi Arabia | Invited to join from 1 January 2024[२०][२१] |

सदस्यताका लागि आवेदन दिएका देशहरू
[सम्पादन]कुल १५ देशहरूले[२२]ब्रिक्स मा सामेल हुन औपचारिक रूपमा आवेदन दिएका छन्, जसलाई निम्नानुसार सूचीबद्ध गरिएको छ: [२३]
अल्जेरिया (सन् २०२२ मा आवेदन दिएको)[२४]
बहराइन[२५]
बङ्गलादेश[२६] (२०२३ मा आवेदन दिएको)
बेलारुस[२७] (२०२३ मा आवेदन दिएको)
बोलिभिया[२८] (२०२३ मा आवेदन दिएको)
क्युबा (२०२३ मा आवेदन दिएको)
होन्डुरस (२०२३ मा आवेदन दिएको)
कजाख्स्तान[२९] (२०२३ मा आवेदन दिएको)
कुवेत (२०२३ मा आवेदन दिएको)
पाकिस्तान (२०२३ मा आवेदन दिएको)
प्यालेस्टाइन (२०२३ मा आवेदन दिएको)
सेनेगल[३०] (२०२३ मा आवेदन दिएको)
थाइल्यान्ड[३०]
भेनेजुएला (सन् २०२३ मा आवेदन दिएको)
भियतनाम (सन् २०२३ मा आवेदन दिएको)
टिप्पणीहरू
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ चीन, ब्राजिल, भारत र रुस सबैलाई बाङ्को बिल्बाओ भिसकाये आर्हेन्तारियाद्वारा विकासको नेतृत्व गर्ने देश मानिएको थियो।: "BBVA EAGLEs Annual Report (PPT)" अभिलेखिकरण १० मे २०१३ वेब्याक मेसिन
- ↑ "New era as South Africa joins BRICS" अभिलेखिकरण १८ अप्रिल २०११ वेब्याक मेसिन . SouthAfrica.info. ११ अप्रिल २०१०। पहुँचमिति २०१२।
- ↑ "Total Population – Both Sexes", World Population Prospects, the 2019 Revision, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाजन, जनसङ्ख्या अनुमान र अनुमान खण्ड, जुन २०१९, अन्तिम पहुँच १७ जुन २०१९। अभिलेखिकरण २७ फेब्रुअरी २०२१ वेब्याक मेसिन
- ↑ "World Economic Outlook", IMF, अप्रिल २०१३, मूलबाट २६ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१३।
- ↑ "Amid BRICS' rise and 'Arab Spring', a new global order forms" अभिलेखिकरण २० अक्टोबर २०११ वेब्याक मेसिन . द क्रिस्चियन साइन्स मनिटर। पहुँचमिति २० अक्टोबर २०११।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "BRICS Peace Defender" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "highwall" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "BRICS – India is the biggest loser", USINPAC, १८ अप्रिल २०१३, मूलबाट २८ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०१३।
- ↑ Gutemberg Pacheco Lopes Junior, "The Sino-Brazilian Principles in a Latin American and BRICS Context: The Case for Comparative Public Budgeting Legal Research; Wisconsin International Law Journal; 13 May 2015", University of Wisconsin Law School, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१६। अभिलेखिकरण १६ जुन २०२१ वेब्याक मेसिन
- ↑ "BRICS BRASIL 2019 – Theme and priorities", brics2019.itamaraty.gov.br। अभिलेखिकरण २०१९-०८-२८ वेब्याक मेसिन
- 1 2 "Report for Selected Countries and Subjects: April 2026", imf.org, International Monetary Fund।
- 1 2 "Human Development Report 2025" (अङ्ग्रेजीमा), United Nations Development Programme, ६ मे २०२५, अन्तिम पहुँच २७ अगस्ट २०२६।
- ↑ The actual area under PRC control is 9,596,960.[स्रोत नखुलेको]
- 1 2 "Law of the People's Republic of China on the Standard Spoken and Written Chinese Language (Order of the President No.37)", मूलबाट २०१३-०७-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०८-२८। अभिलेखिकरण २०१३-०७-२४ वेब्याक मेसिन
- ↑ "New era as South Africa joins BRICS" अभिलेखिकरण १८ अप्रिल २०११ वेब्याक मेसिन . SouthAfrica.info. 11 April 2010. Retrieved 2 December 2012.
- ↑ "S. Africa Joins; BRIC Now BRICS, 13 de abril de 2011", मूलबाट २४ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०११।
- ↑ "BRICS Gain Global Influence as South Africa Joins, Medvedev Says", Bloomberg.com (अङ्ग्रेजीमा), २०११-०४-१२, अन्तिम पहुँच २०२१-०३-२७।
- ↑ Fletcher, Owen (२०११-०४-१३), "China Seeks Heft for 'BRICS'", Wall Street Journal (en-USमा), आइएसएसएन 0099-9660, अन्तिम पहुँच २०२१-०३-२७।
- ↑ "Saudi Arabia", UNData, United Nations Statistics Division, अन्तिम पहुँच २७ अगस्ट २०२६।
- ↑ Saudi Arabia's BRICS membership is disputed. Official BRICS sources list Saudi Arabia as a BRICS member, while the country maintains ambiguity regarding its status. See Status of Saudi Arabia for discussion of its status.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "BRICSParticipationCategories" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "South Africa: 8 Arab countries request to join BRICS", Middle East Monitor, १५ अगस्ट २०२३, मूलबाट २० अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०२३।}
- ↑ Prange, Astrid (२७ Mar २०२३), "A new world order? BRICS nations offer alternative to West – DW – 04/10/2023", dw.com, मूलबाट २४ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ Aug २०२३।
- ↑ Mntambo, Nokukhanya (२६ अगस्ट २०२३), "Algeria likely to be among second batch of countries to join BRICS - Godongwana", Eyewitness News (अङ्ग्रेजीमा), मूलबाट २७ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२३। अभिलेखिकरण २७ अगस्ट २०२३ वेब्याक मेसिन
- ↑ "Five Arab states plus Iran among 19 nations ready to join BRICS", The Cradle, ३० अप्रिल २०२३, मूलबाट ३० अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०२३।
- ↑ Devonshire-Ellis, Chris (२० जुन २०२३), "Bangladesh Formally Applies To Join BRICS", Silk Road Briefing, मूलबाट २१ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०२३। अभिलेखिकरण २१ जुन २०२३ वेब्याक मेसिन
- ↑ "Belarus says it has applied to join BRICS club, RIA reports", Reuters, २५ जुलाई २०२३, मूलबाट २६ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०२३ – www.reuters.comद्वारा।
- ↑ Ramos, Daniel (३१ जुलाई २०२३), "Bolivia president to attend BRICS summit in bid for new investment", Reuters, मूलबाट ३ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०२३ – www.reuters.comद्वारा।
- ↑ Omirgazy, Dana (५ जुन २०२३), "Kazakhstan Seeks to Join BRICS and Enhance Trade and Economic Cooperation", Astana Times, मूलबाट ४ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२३।
- 1 2 "Wang Yi Chairs Dialogue of Foreign Ministers between BRICS and Emerging Markets and Developing Countries", जुन २०२३, मूलबाट ४ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०२३।