सि जिनपिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सि जिनपिङ
习近平
Xi Jinping October 2013 (cropped).jpg
सि जिनपिङ अक्टोबर २०१३ मा

बहालवाला
पद बहाली 
१५ नोभेम्बर २०१२
अग्रज : हु जिन्ताओ

बहालवाला
पद बहाली 
१४ मार्च २०१३
प्रधानमन्त्री/प्रिमीयर ली कच्याङ
उपराष्ट्रपति ली युआनचाओ
अग्रज : हु जिन्ताओ

बहालवाला
पद बहाली 
१५ नोभेम्बर २०१२ (पार्टी आयोग)
१४ मार्च २०१३ (राज्य आयोग)
सहायक फां चाङलोङ
जु कीलाङ
अग्रज : हु जिन्ताओ

बहालवाला
पद बहाली 
२५ जनवरी २०१४
सहायक ली कच्याङ
झाङ डेजियाङ
अग्रज : नयाँ पद

कार्यकाल
२२ अक्टोबर २००७ – १५ नोभेम्बर २०१२
महासचिव हु जिन्ताओ
अग्रज : जेङ कीङहोङ
उतराधिकारी : लिउ युन्शन

कार्यकाल
१५ मार्च २००८ – १४ मार्च २०१३
राष्ट्रपति : हु जिन्ताओ
अग्रज : जेङ कीङहोङ
उतराधिकारी : ली युआनचाओ

कार्यकाल
२२ डिसेम्बर २००७ – १५ जनवरी २०१३
सहायक ली जीङटियान
अग्रज : जेङ कीङहोङ
उतराधिकारी : लिउ युन्शन
व्यक्तिगत जानकारी
जन्म (१९५३-०६-१५) १५ जुन १९५३ (उमेर ६४)
बेइजिङ, चीन
राजनीतिक दल कम्युनिस्ट पार्टी
जीवनसाथी पेङ लीयुआन
सन्तान जी मीङजे
निवास स्थान झोङनाहाई
अलमा मेटर बेइजिङ मध्य विद्यालय
सीङघुवा विश्वविद्यालय
व्यावसायिक पेशा रासायनिक इन्जियर,
वकील

सि जिनपिङ जनवादी गणतन्त्र चीनको एक राजनितिज्ञ तथा चीनका राष्ट्रपति हुन ।[१]

सि जिनपिङ ‘माओवादी क्रान्तिकारी’ का सन्तान हुन्। ‘क्रान्तिकारी हिरो’ को छवि बनाएका उनका पिता सि झोङयुन एक प्रमुख कम्युनिस्ट नेता थिए जसले माओको साथमा गुरिल्ला युद्ध लडे, चीनको उपप्रधानमन्त्री भए र आर्थिक सुधारको एजेन्डा लागु गर्न देङ सियाओपिङलाई साथ दिए। सांस्कृतिक क्रान्तिताका उनी पहिला सान्सी प्रान्तको एउटा गाउँमा र त्यसपछि ‘राजनीतिक अपराध’ को आरोपमा जेल पठाइएका थिए।

सन् १९७८-१९८० मा दक्षिण चीनको ग्वान्डोङ प्रान्तका पार्टी सचिव रहेका झोङयुनले सेन्जेनमा चीनको पहिलो ‘विशेष आर्थिक क्षेत्र’ कार्यक्रम परिक्षणका रूपमा लागु गरे। देङको योजनाअनुसार सुरु गरिएको चीनको आर्थिक सुधारको त्यो पहिलो कार्यक्रम थियो। तियानमेन चोकमा विद्यार्थीमाथि सैन्य बल प्रयोग गरिएको घटनाको सार्वजनिक विरोध गरेर झोङयुनले आफूलाई राजनीतिक सुधारको पक्षमा उभ्याए।

उनले एक पार्टी शासनमाथि कहिल्यै प्रश्न गरेनन्, तर धेरैको भनाइमा उनी एक ‘उदारवादी कम्युनिस्ट’ थिए। असीको दशकमा निर्वासित तिब्बतहरूसँग वार्ता गर्न उनी बेइजिङको प्रतिनिधि तोकिए। पार्टी प्रचार विभाग प्रमुख र राष्ट्रिय जनकंग्रेसको उपाध्यक्षसमेत भएका झोङयुनको ८८ वर्षको उमेरमा २००२ मा मृत्यु हुनुअघि नै छोरा सि जिनपिङ पार्टीमा स्थापित भइसकेका थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

चीनमा कम्युनिस्ट शासन स्थापना भएको चार वर्षपछि १९५३ जुनमा बेइजिङमा जन्मेका सि जिनपिङ सात वर्ष पितासँगै गाउँमा कृषि काममा खटाइए। १९७१ मा कम्युनिस्ट युथ लिगको सदस्य बनेका उनी पिता जेलमै रहेका बेला १९७४ मा पार्टी प्रवेश गरे। प्रायः चिनियाँ नेताका छोराछोरी अध्ययन गर्ने बेइजिङस्थित छिङह्वा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङ गरेका सिले पिताको निकट रहेर राज्य परिषद् कार्यालयमा काम गरे। सैनिक जनरलको कार्यालय र सैन्य नीति निर्माण गर्ने केन्द्रीय सैनिक आयोगमा केही वर्ष काम गरी उनले सैन्य ज्ञान हासिल गरे। २००७ मा स्थायी समिति सदस्य भएर राजधानी बेइजिङ जानुअघि उनले चारवटा प्रान्त- सान्सी, हेवेइ, फुजियान र झेजिङमा राज्य पाल वा पार्टी प्रमुख भएर करिब २५ वर्ष बिताए।

पूर्वी चीनका समुद्रसँग जोडिएका प्रान्तको आर्थिक विकासमा सिले पिताकै आदर्शअनुसार महŒवपूर्ण भूमिका खेले। ‘विशेष आर्थिक क्षेत्र’ र विदेशी लगानीका परियोजना सञ्चालन गरी दक्षिणपूर्वी प्रान्त फुजियानलाई निर्यातमूलक नगरमा रूपान्तरण गरे। फुजियानमा करिब १७ वर्ष रहँदा उनले नजिकैको ताइवानबारे बु‰ने मौका पाए। २००२ पछिका सात वर्ष अर्को प्रान्त झेजेङको नेतृत्व गरेका सिले स्थानीय तहमा आर्थिक खुलापन र राजनीतिक सुधार अभियान चलाए।

विवाह[सम्पादन गर्ने]

बेलायतका पूर्व चिनियाँ राजदूतकी छोरी के सिओमिङसँग सम्बन्धबिच्छेद भएपछि चीनकी चर्चित लोकगायिका पेङ लियुङसँग सिले दोस्रो विवाह गरे। २०११ मा विश्व स्वास्थ्य संगठनको ‘गुडविल एम्बेस्डर’ बनेकी सैनिक मेजर जनरल पेङ अहिले सार्वजनिक कार्यक्रममा त्यत्ति देखापर्दिनन्। सि परिवारका प्रायः सदस्य विदेशमै बस्छन्। एक मात्र छोरी सि मिङझे अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दै छिन् भने दिदि सि अन्नान क्यानडामा बस्छिन्। भाइ सि युनपिङ १९९७ सम्म हङकङमा बस्थे।

सांघाईबाट सिको उदय[सम्पादन गर्ने]

नगरको सामाजिक सुरक्षा कोष दुरुपयोग अभियोगमा सांघाईका पार्टी सचिव चेन लियङयु जेल परेपछि २००७ मार्चमा सि नयाँ पार्टी प्रमुखका रूपमा चीनको प्रमुख आर्थिक केन्द्र सांघाई आए। सांघाई प्रवेशसँगै पाँचौं पुस्ताको उदीयमान नेताका रूपमा सिलाई हेर्न थालियो। २००७ मा भएको पार्टीको १७ औं महाधिवेशनबाट उनी सर्वाधिक शक्तिशाली निकाय स्थायी समिति सदस्य बने। आफ्ना प्रतिद्वन्द्वी मानिएका ली कसियाङलाई पछि पार्दै स्थायी समितिको छ नम्बर सदस्य बनेका सि २००८ मा उपराष्ट्रपतिमा नियुक्त भएपछि हुको उत्तराधिकारी बन्ने निश्चित भयो। स्थायी समितिमा सातौं नम्बरमा रहेका राष्ट्रपतिका अर्का सशक्त दाबेदार लीलाई त्यही वर्ष उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री वेन जियाबाओको उत्तराधिकारीका रूपमा अगाडि सारियो।

वास्तवमा राष्ट्रपति हु जिन्ताओ पहिला कम्युनिस्ट युथ लिगमा आफूसँगै काम गरेका लि कसियाङलाई नै उत्तराधिकारी बनाउन चाहन्थे। तर पार्टी अन्तर्संघर्षका क्रममा सि जिनपिङ अगाडि आएको विश्लेषकहरूले उल्लेख गरेका छन्। बेइजिङको नेतृत्व हत्याउन ‘सांघाई गुट’ को नाम पाएको पूर्व राष्ट्रपति ज्याङ जेमिन समूह र ‘युथ लिग गुट’ का रूपमा चिनिने राष्ट्रपति हु जिन्ताओ समूहबीच अन्तर्संघर्ष रहेको मानिन्छ। पहिला ‘सांघाई गुट’ निकट रहेका सिले उपराष्ट्रपति भएयता सन्तुलित भूमिकामा रहेर हुको समेत विश्वास जिते, त्यसपछि २०१० अक्टोबरमा केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष नियुक्त भएर राष्ट्रपतिको एकमात्र दाबेदारका रूपमा देखापरे।

विश्लेषकहरूका अनुसार बेइजिङको सत्तामा कब्जा जमाउने मामिलामा संघर्ष देखिए पनि ज्याङ र हुले नेतृत्व गरेका दुई समूहबीच ठूलो सैद्धान्तिक भिन्नता छैन। धनी र गरिबबीच बढ्दो खाडलबाट चिन्तित हुको समूह चीनको तीव्र आर्थिक विकासका क्रममा नकारात्मक असर परेका क्षेत्रलाई सामाजिक सुरक्षा दिनुपर्ने मान्यता राख्छ भने ज्याङको समूह अहिलेकै आर्थिक विकास नीतिलाई निरन्तरता दिएर उच्च आर्थिक वृद्धिद्वारा विश्वमा चीनलाई अब्बल देखाउन चाहन्छ।

सैनिक अनुभव भए पनि नरम स्वाभावका सि अपराध र भ्रष्टाचार नियन्त्रणमा कडा मानिन्छन्। विकिलिक्सले सार्वजनिक गरेको केबलअनुसार प्रस्ट दृष्टिकोण भएका दोस्रो विश्वयुद्ध सम्बन्धी हलिउडका फिल्म हेर्न मन पराउने सि तिनको तुलनामा चिनियाँ फिल्म ‘भ्रमित’ ठान्छन्। फुजियान र झेजेङको आर्थिक सुधार कार्यक्रमबाट प्रभावित अमेरिकीहरू २००७ मेको सांघाई पार्टी महाधिवेशन विदेशी कूटनीतिज्ञहरूका लागि खुल्ला गरेपछि सिको पारदर्शी स्वाभावबाट प्रभावित भए। अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागेजिनले २००९ र २०११ मा सिलाई विश्वका प्रभावशाली सय व्यक्तिहरूको सूचीमा राख्यो भने सिंगापुरका पूर्व प्रधानमन्त्री ली क्वान युले त उनलाई ‘नेल्सन मन्डेला जत्तिकै प्रभावशाली नेता’ ठहर्‍याए।

२००९ फेब्रुअरीमा मेक्सिको भ्रमण गर्ने क्रममा चिनियाँहरूको एक भेलामा सिको भनाइले निकै चर्चा पायो। ‘कतिपय विदेशीहरू हामीमाथि औंला ठड्याउने बाहेक केही गर्दैनन्, तर चीनले पहिलो क्रान्ति निर्यात गर्दैन, दोस्रो हामी भोकमरी र गरिबी निर्यात गर्दैनौं र तेस्रो हामी उनीहरूलाई अनावश्यक दुःख दिँदैनौं, अब उनीहरूले हामीलाई भन्न बाँकी के छ?’ चीनको कम्युनिस्ट शासनका आलोचकहरूलाई लक्ष्य गर्दै सिले प्रश्न गरेका थिए।

नेतृत्व क्षमता[सम्पादन गर्ने]

स्थायी समिति सदस्य र उपराष्ट्रपति भएपछि सिले आफूलाई राष्ट्रपतिका रूपमा तयार गर्दै आएका छन्। सचिवालय सचिव र स्कुल विभाग प्रमुख भएर पार्टीका आठ करोड सदस्य सम्हालेका छन् भने हङकङ-मकाउ र ताइवान मामिला विभागमा रहेर चीनको फरक राजनीतिक प्रणाली पनि बुझेका छन्। २००८ को बेइजिङ ओलम्पिक, २०१० मा कम्युनिस्ट शासन स्थापनाको ६० औं वर्षगाँठ तथा २०११ मा चिनियाँ कम्युनिस्ट पार्टीको ९० औं जन्मोत्सव समारोह भव्य बनाएर उनले आफ्नो नेतृत्व क्षमता देखाइसकेका छन्।

२००९ जुनमा सिले अल्पसंख्यक मुस्लिमहरूको बसोबास रहेको चीनको गरिब उत्तरपश्चिम क्षेत्र सिन्ज्याङको भ्रमण गरेका थिए। तिब्बत चीनको अधिनमा आएको ६० औं वर्षगाँठ मनाउन बेइजिङको ५० सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गरी २०११ जुलाईमा ल्हासा पुगेका उनी एक साता त्यहाँ बस्ने क्रममा दलाई लामा समूहप्रति कडा रूपमा प्रस्तुत भए। पोतला दरबार अगाडि आयोजित समारोहमा सिले ‘दलाई लामाद्वारा सञ्चालित विखण्डनकारी समूहसँग लड्ने’ उद्घोष गरे भने ल्हासाको जोखाङ र सिगात्सेको टासिलुन्पो गुम्बाका भिक्षुहरूलाई ‘विखण्डनकारी शक्तिबाट टाढै रहन’ निर्देशन दिए।

एसिया प्रसान्त क्षेत्रमा सैन्य सक्रियता बढाउने अमेरिकी रणनीतिले तिब्बत, ताइवान, साइथ चाइना सी र कोरियाली प्रायद्वीपमा वासिङटनसँग टक्कर निम्त्याउने सिले महसुस गरिसकेको देखिन्छ। ‘एक चीन नीति पालना गर्न वासिङटनले ताइवान स्वतन्त्रताको ठोस रूपमा विरोध गर्नुपर्छ,’ अघिल्लो महिना अमेरिकी अधिकारीहरूसँग भेटेपछि सिले वासिङटनमा आयोजित एउटा समारोहमा भने, ‘अमेरिकाले तिब्बत चीनको भूभाग हो भन्ने आफ्नो पहिचानलाई इमानदारीसाथ पालना गर्नेछ र तिब्बत स्वतन्त्रताको विरोध गर्नेछ भन्ने हामी आशा गर्छौं।’

आन्तरिक रूपमा आर्थिक असमानता र त्यसले सिर्जना गर्नसक्ने सामाजिक अस्थिरता सिका चुनौती हुन्। सिको नेतृत्वले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अर्को एक दशकमा पहिलो बनाउने अपेक्षा राख्ने चिनियाँहरू आर्थिक विकाससँगै राजनीतिक सुधार हुने विश्वासमा छन्। ‘आर्थिक-सामाजिक परिवर्तनले अवश्य पनि राजनीतिक सुधार ल्याउँछ,’ सांघाईको एक मेडिकल विश्वविद्यालयका प्रोफेसरले नागरिकसँग भने, ‘चीन विस्तारै खुला हुने क्रममा छ, अबको दस वर्षमा हुने आर्थिक विकासले बढी राजनीतिक सुधार ल्याउँछ।’

माओपछिकै ‘शक्तिशाली नेता’[सम्पादन गर्ने]

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि जिनपिङलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको छ।

पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई 'नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचार' भन्ने नारा समाविष्ट गरेको छ।

चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ।

बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसी भन्छिन्, "कम्युनिष्ट चीनमा यो तेस्रो चरणको विकासले पार्टीको महत्त्वाकांक्षालाई देशभित्रै र विदेशमा सशक्त रुपमा लागू गराउने संकेत गरेको छ।"

पार्टीको विधानमा गरिएको अन्य संशोधनले राष्ट्रपति सिलाई थप शक्तिशाली बनाएको छ भने उनका प्रतिद्वन्द्वीलाई कमजोर तुल्याएको छ।

सन् २०१२ मा नेता भएपछि सिले क्रमिक रुपमा सत्तामाथि आफनो नियन्त्रण बढाउँदै लगेका छन्।

पछिल्लो संशोधनको अर्थ राष्ट्रपति सिलाई दिइने कुनै पनि चुनौतीलाई कम्युनिष्ट पार्टीको शासनका निम्ति खतराको रुपमा लिइनेछ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई चीनमा सबैभन्दा ठूलो राजनीतिक घटना मानिन्छ।

बीबीसीकी चीन सम्पादकका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नारा उच्चारण गर्न खासै सहज हुनेछैन।

तर चिनियाँ कम्युनिष्ट पार्टीका ९ करोड सदस्यका साथै विद्यालय एवं कलेजका विद्यार्थी तथा सरकारी कारखानाका कर्मचारीले पनि अब 'नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचारधारा' पढ्नेछन्।[२]

‘सी सि जिनपिवाद’[सम्पादन गर्ने]

पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति सीले चिनियाँ विकासको सफलता अरू कुनै ‘वाद’ नभएर समाजवाद भएको धारणा राखेका थिए । सीले ‘पूर्णरूपमा वैज्ञानिक समाजवादको सिको नगरी चिनियाँ वस्तुस्थितिसँग तादात्म्यता’ नै विकासको प्रमुख आधार भएको बताएका थिए । सिन्हवाका अनुसार अब उनको धारणा र साम्यवादको नयाँ स्वरूप नै चीनको ‘प्रमुख विचारधारा’ का रूपमा स्थापित हुने भएको छ ।

सीले व्याख्या गरेको चिनियाँ विशेषतासहितको समाजवाद अर्थात् ‘सी चिनफिङवाद’ चार दीर्घकालीन रणनीति समावेश छन् । जसमा मध्यम समृद्ध समाजको निर्माण, सुधारका कार्यक्रम, विधिको शासन र पार्टीको सुदृढीकरण समावेश छन् । यी रणनीतिअनुसार विगत ३० वर्षमा चीनले ७० करोड जनतालाई गरिबीको रेखामाथि उठाएको छ ।

धेरै पश्चिमा देशहरूको आर्थिक वृद्धिदर ओरालो लागिरहेका बेला चीन भने स्थिरतातर्फ अग्रसर छ । यसको कारण पार्टीको शक्तिशाली नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवाद भएको सिन्हवाले जनाएको छ । सन् १९८२ को राष्ट्रिय कंग्रेसदेखि पार्टीले चिनियाँ विशेषतासहितको समाजवादको नारालाई उठान गरे पनि आधुनिक युगको तेस्रो चरणमा आएर चीनले यसलाई पूर्णरूपमा ग्रहण गरेको हो ।

दशकौंको तीव्र आर्थिक वृद्धिपछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनको विगत ३ वर्षको कुल गार्हस्थ्य उत्पादन औसत ७।२ प्रतिशतले वृद्धि भएको छ । सीले जनतासमक्ष सन् २०२० सम्म मध्यम समृद्ध समाज निर्माण गर्ने एवं जनताको जीवनशैली सुधार गर्नमा चिनफिङवाद आवश्यक हुने जनाइएको छ । सन् २०२० सम्ममा मध्यम समृद्ध समाजको लक्ष्य हासिल गरेपछि देशभरका जनता सन् २०४९ सम्ममा आधुनिक समाजवादी राष्ट्र निर्माणमा उत्प्रेरित हुने सीले बताएका छन् । सीले अगाडि सारेको ‘सिल्क रोड’ को अवधारणाले चीन मात्र नभई अन्तर्राष्ट्रिय जगत्लाई नै जागरुक बनाएको छ । उनैले प्रस्ताव गरेको एसियाली पूर्वाधार लगानी बैंक भविष्यको सबभन्दा ठूलो वित्तीय संस्थाका रूपमा उदाउने अनुमान गरिएको छ । सुस्त र अन्तर्म‘खी चिनियाँ स्वभाव त्याग्दै सीले शक्तिशाली र विकसित मुलुक मात्र होइन, अल्पविकसित देशको भ्रमण गर्दै छिमेकी देशलाई पनि सम्पन्न बनाएपछि मात्र गरिबी र पछौटेपनबाट मुक्ति हुने कुरालाई अन्तर्राष्ट्रिय जगत्मा राख्दै आएका छन् ।

चिनियाँ राजनीतिक व्यवस्थाअनुरूप दीर्घकालीन विकास योजना तर्ज‘मा र प्रभावकारी कार्यान्वयन पनि चीनको विकासको अर्को मुख्य उपलब्धि हो । पार्टीले परिवर्तन भइरहने राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाअनुरूप प्रतिबद्धता र नीति निर्माणमा स्थिर भएकाले पनि चीनलाई उक्त वृद्धिदर कायम राख्न सहयोग मिलेको हो ।

त्यसैगरी पाँच वर्षअघिको महाधिवेशनपछि अपनाइएको कठोर पार्टी शासन र भ्रष्टाचार नियन्त्रण पनि चिनफिङवादका विशेषता हुन् । विश्वव्यापी शासन सुधारका लागि ‘विन–विन’ सहकार्यमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने र हरेक देशको विकासप्रतिको अधिकार र समान राजनीतिक हैसियतमा चिनफिङवादले जोड दिएको छ ।[३]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी कडीहरु[सम्पादन गर्ने]