चीनको सांस्कृतिक क्रान्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सांस्कृतिक क्रान्ति

सांस्कृतिक क्रान्ति (सरलीकृत चीनी: 无产阶级文化大革命; पारम्परिक चीनीया: 無產階級文化大革命, Long form: 'चीनको महान सर्वहारा सांस्कृतिक क्रान्ति' ) जनवादी गणतन्त्र चीनमा माओ त्से-तुङद्वारा चलाइएको एक सामाजिक-राजनीतिक आन्दोलन थियो सन् १९६६ बाट सुरु भएर सन् १९७६ सम्म चल्यो। माओ ती समय चीनको कम्युनिस्ट पार्टीका अध्यक्ष थिए। १६ मे, १९६६ मा शुरू भएर यो क्रान्ति १० वर्षसम्म चल्यो र यसले चीनका सामाजिक संरचनामा धेरै ठूलो परिवर्तन गरे। यस क्रान्तिको सुरुवातको घोषणा गर्दै माओ-त्से-तुङले चेतावनी दिएका थिए कि बुर्जुआ वर्ग कम्युनिस्ट पार्टीमा आफ्नो प्रभाव कायम गरेर एक किसिमको तानाशाही स्थापित गर्न चाहन्छ। वास्तवमा सांस्कृतिक क्रान्तिको अभियान माओले आफ्नो पार्टीलाई प्रतिद्वन्द्वीहरूलाई तह लगाउनको लागि शुरू गरेका थिए। यो अवधिमा माओलाई उनकै कान्छी श्रीमती चियाङ चिङ, च्याङ चुङचियाओ, याओ वेङयुआन र वाङ होङवेनले साथ दिएका थिए । यसलाई चिनियाँ सांस्कृतिक क्रान्तिका ‘ग्याङ अफ फोर’ पनि भनिन्छ ।

क्रान्ति[सम्पादन गर्ने]

सुरुवातमा माओ र तिनका समर्थकहरूले हजारौं रेड गार्डहरूलाई एकजुट गरेर तिनलाई चीनीया समाजका चार पुराना स्तम्भहरू लाई खत्म गर्नको लागि भनियो । यो चार स्तम्भ थिए - पुरानो रिवाज, तौर-तरिका, संस्कृति र पुरानो सोच।

"विद्यार्थीहरूले क्रान्तिमा ध्यान दिन सकुन् र क्रान्तिमा लाग्न सकुन्" भनेर कलेजहरूलाई बन्द गरियो र माओले देशभरका छात्रहरूलाई यस क्रान्तिमा अगाडि आउनको लागि आह्वान गरे। यस क्रान्तिले चीनका सामाजिक ढांचालाई निकै क्षति पुर्‍यायो। यस अभियानले लगभग ती सबै चीजहरुमा हमला गर्न शुरू भयो जुन कि साम्यवादका विरोधमा थिए। नतीजा स्वरुप यस सारा क्रान्तिका बेला कयौं मानिसहरू मारिए, हजारौ मानिसहरूलाई बर्बरता र यातनाहरु झेल्न पर्यो। यसले चीनका सांस्कृतिक संरचनालाई धेरै क्षति पुगेको थियो। यस क्रान्तिको दुई वर्ष पछि पनी १९६८ को अन्तसम्म चीन गृहयुद्धको स्थितिमा पुगेको थियो। यसपछि माओले हिंसा रोक्नको लागि रेड गार्डको विलयको घोषणा गरिदिएका थिए।

प्रारम्भिक चरण (१९६६-६८)[सम्पादन गर्ने]

  • मे १६ को सूचना
  • प्रारम्भिक आम र्याली (मे -जुन १९६६)
  • "मुख्यालयमा बम बर्षाऔ"(जुलाई १९६६)
  • लाल अगस्ट र सोह्र बुँदा (अगस्ट १९६६)
    • चार पुरातनको विनाश
  • केन्द्रीय कार्य भेला (१९६६ अक्टोबर)
  • कट्टरपन्थीद्वारा शक्ति कब्जा (१९६७)
  • राजनैतिक सफाया र "गाउँ फर्क (१९६८)
    • बर्ग श्रेणी सफाय (मे-सेप्टेम्बर )
    • गाउँ फर्क (डिसेम्बर १९६८)
  • माओको व्यक्ति पुजा

लिन बाओ चरण (१९६९-७१)[सम्पादन गर्ने]

  • शक्तिको संक्रमणकाल (१९६९ अप्रिल )
  • जनमुक्ति सेनाले अग्र भूमिका हासिल (१९७०)
    • राष्ट्रपती शासनको पुनर्स्थापना (राज्य अध्यक्ष)
  • लिन बाओको उडान (१९७१ सेप्टेम्बर)
    • मृत्यु (१९७१ सेप्टेम्बर)

"ग्याङ अफ फोर" (१९७२-७६)[सम्पादन गर्ने]

  • चाउ एन लाइ र देङको बिरोध (१९७२-७३)
    • देङको पुनर्स्थापना र आर्थिक पुनर्निर्माण (१९७५)

चाउ एन लाइको मृत्यु (१९७६ जनवरी)[सम्पादन गर्ने]

१९७६ जनवरी ८, प्रधानमन्त्री चाउ एन लाईको ब्लाडर क्यान्सरको कारणले मृत्यु भयो। जनवरी १५ मा देङ शियाओ पिङले चाउको अन्त्येष्टिमा चाउको आधिकारिक प्रशंसा प्रस्तुत गरे। यस समारोहमा चीनको प्रायः सबै वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो तर माओको अनुपस्थिती उल्लेखनीय रह्यो। माओले आलोचना बढ्दै थियो।[१]:217–8[२]:610 चाउको मृत्यु पछि, माओले न त ग्याङ अफ फोको सदस्यलाई प्रधानमन्त्री छने न त देङलाई नै। यसको साटो अलि अपरिचित हुआ गोफेङलाई प्रधानमन्त्री नियुक्त गरियो। [३]

चाउ एन लाइको ठूलो स्तरको लोकप्रियता र समर्थन देखेर ग्याङ अफ फो समूह आत्तिन थाले। यसले उनीहरू माथि राजनैतिक आँधी आउन सक्थ्यो।

थ्यानआनमन चोकको घटना (१९७६ अप्रिल)[सम्पादन गर्ने]

माओको मृत्यु र ग्याङ अफ फोर समूहको गिरफ्तारी (१९७६ सेप्टेम्बर)[सम्पादन गर्ने]

१९७६ सेप्टेम्बर ९ मा माओको मृत्यु भयो। माओको मृत्यु भन्दा केही अघि माओले हुआलाई "तिमीलाई कार्यभारीको रुपमा पाएर, मलाई अहिले सजिलो भएको छ " भन्ने सन्देश लेखेका थिए हुआले यसै सन्देशलाई आफूलाई माओको उत्तराधिकारी प्रमाणित गर्न प्रयोग गरे। हुआलाई राजनैतिक सीप र आकाङ्क्षा नभएको मानिस मानिन्थ्यो र ग्याङ अफ फो समूहले उत्तराधिकारीको दौडमा उनलाई खासै ठूलो खतराको रुपमा देखेनन्। अक्टोबर ६ मा, सेना र मार्सल ये जियानयिङको समर्थनमा बिन कुनै ठूलो रक्तपात ग्याङ अफ फो समूहको सबै सदस्यलाई गिरफ्तार गरियो।

त्यसपछि[सम्पादन गर्ने]

  • संक्रमणकालीन अवधि
  • देङ शियाओ पिङ द्वारा सांस्कृतिक क्रान्ति अबैध ठहर

मानवीय सङ्कट[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

सांस्कृतिक क्रान्तिको दौरान मृतक संख्याको अनुमान
क्रम लेखक किताब संस्था प्रकाशित साल अनुमान सन्दर्भ
交锋—当代中国三次思想解放实录 प्रेस अफ पिपल्स डेली २०११ २ करोड
रुडोल्फ जे. रुमेल युनिभर्सिटी अफ हवाई ७,७३१,०००
जुङ च्याङ र जोन हेलिडे कम्तीमा ३० लाख
चेन युङ-फा नेसनल ताइवान विश्वविद्यालय कम्तीमा १७.२ लाख
एन्ड्रयु जि. वाल्डर र

याङ सु

स्ट्यानफोर्ड विश्वविद्यालय

युनिभर्सिटी अफ क्यालिफोर्निया, Irvine

७.५ लाख- १५ लाख
डेनियल चिरोट युनिभर्सिटी अफ वासिङ्टन कम्तीमा १० लाख; २ करोड सम्म हुन सक्छ
मौरिस मेइसनर युनिभर्सिटी अफ विस्कोन्सिन-मेडिसन कम्तीमा ४ लाख

समीक्षा[सम्पादन गर्ने]

माओका यस कदमलाई धेरै जानकार एक ठूलो सामाजिक प्रयोगका गरिमा देख्दछन्। एक यस्तो प्रयोग जसले चीनका पुराना सामाजिक र सांस्कृतिक संरचनालाई उखालेर एक नयाँ चीनको स्थापना गरयो। हुन त धेरै आलोचक यसलाई माओको महात्वाकांक्षाहरूको उपज मान्दछन्। आलोचकहरुका अनुसार माओले यस सांस्कृतिक क्रान्तिको प्रयोग कम्युनिस्ट पार्टीमा आफ्नो विरोधीहरूको सफाया गर्न र सत्तामा आफ्नो अधिकार बनाए राख्नको लागि गरेका थिए। आफ्नो यस प्रयासमा माओ सफल त रहे तर चीनलाई यसको एक ठूलो मूल्य चुकाउनु पर्यो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. Frederick Teiwes; Warren Sun (२००४), "The First Tiananmen Incident Revisited: Elite Politics and Crisis Management at the End of the Maoist Era", Pacific Affairs 77 (2), जेएसटिओआर 40022499 
  2. Spence, Jonathan (१९९९), The Search for Modern China, W.W. Norton and Company, आइएसबिएन 0-393-97351-4 
  3. Slatyer, Will (२०१५-०२-२०), The Life/Death Rhythms of Capitalist Regimes - Debt Before Dishonour: Timetable of World Dominance 1400-2100 (अङ्ग्रेजीमा), Partridge Publishing Singapore, आइएसबिएन 9781482829617