सामग्रीमा जानुहोस्

हुआ गोफेङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुआ गोफेङ
华国锋
रोमानिया भ्रमण , १९७८ मा हुआ गोफेङ
चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष
पदमा
७ अक्टोबर १९७६  २८ जुन १९८१
सहायकये जियानयिङ
पूर्वाधिकारीमाओ त्से तुङ्
उतराधिकारीHu Yaobang
केन्द्रीय सैन्य आयोगको अध्यक्ष
पदमा
७ अक्टोबर १९७६  २८ जुन १९८१
पूर्वाधिकारीमाओ त्से तुङ्
उतराधिकारीदेङ शियाओ पिङ
जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री
पदमा
४ फेब्रुअरी १९७६  १० सेप्टेम्बर १९८०
राष्ट्रपतिपद अन्त्य
सुङ चिङ लिङ
ये जियान्नयिङ
(de jure head of state)
पूर्वाधिकारीचाउ एन लाइ
उतराधिकारीचाओ झियाङ
चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष
पदमा
६ अप्रिल १९७६  ६ अक्टोबर १९७६
अध्यक्षमाओ त्से तुङ्
पूर्वाधिकारीचाउ एन लाइ
उतराधिकारीये जियानयिङ
चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष
पदमा
२८ जुन १९८१  १२ सेप्टेम्बर १९८२
अध्यक्षहु याओबाङ
व्यक्तिगत विवरण
जन्मSu Zhu
(१९२१-०२-१६)१६ फेब्रुअरी १९२१
निधन२० अगस्ट २००८(2008-08-20) (उमेर ८७)
दलचिनियाँ कम्युनिष्ट पार्टी (१९३८–२००२)
दम्पती
(
वि १९४९)
सन्तान
Hua Guofeng
"Hua Guofeng" in Simplified (top) and Traditional (bottom) Chinese characters
सरलीकृत चिनियाँ
परम्परागत चिनियाँ 華國鋒
Su Zhu
सरलीकृत चिनियाँ
परम्परागत चिनियाँ 蘇鑄
Central institution membership
  • 1976–1982: Member, 10th, 11th Politburo
  • 1969–2002: सदस्य, ९ औं, १० औं, ११औं, १२औं, १३औं, १४औं, १५औं चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटी

Other offices held
  • 1981–1982: उपाध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)
  • 1977–1980: अध्यक्ष, केन्द्रीय पार्टी स्कुल
  • 1976: उपाध्यक्ष, सिपिसी
  • 1975–1977: मन्त्री, सर्वजनिक सुरक्षा
  • 1970–1976: सचिव, हुनान पार्टी कमिटी
  • 1970–1976: अध्यक्ष, हुनान क्रान्तिकारी कमिटी
चीनको
सर्वोच्च नेता

हुआ गोफेङ ( /hwɑː/ ; जन्मिएको सु झू ; १६ फेब्रुअरी १९२१ – २० अगस्ट २००८) [] एक चिनियाँ राजनीतिज्ञ थिए जसले चीनको कम्युनिष्ट पार्टीको अध्यक्ष र जन गणतन्त्र चीनको प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। माओ त्से तुङका उत्तराधिकारी नियुक्त भएका हुवाले माओ र प्रधानमन्त्री चाउ एन लाइको मृत्यु पछि सरकार, पार्टी र सेनाका शीर्ष पदहरू पनि सम्हालेका थिए, तर बिस्तारै पार्टी नेताहरूको गठबन्धनद्वारा डिसेम्बर १९७८ र जुन १९८१ बीचमा सर्वोच्च शक्तिबाट हटाइयो। र त्यसपछि उनी २००२ सम्म केन्द्रीय समितिको सदस्य रहेका भए पनि राजनैतिक चर्चाबाट हराए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री

[सम्पादन]

१९७६ सेप्टेम्बर ९ मा माओको मृत्यु भयो। माओको मृत्यु भन्दा केही अघि माओले हुआलाई "तिमीलाई कार्यभारीको रुपमा पाएर, मलाई अहिले सजिलो भएको छ " भन्ने सन्देश लेखेका थिए हुआले यसै सन्देशलाई आफूलाई माओको उत्तराधिकारी प्रमाणित गर्न प्रयोग गरे। हुआलाई राजनैतिक सीप र आकाङ्क्षा नभएको मानिस मानिन्थ्यो र "ग्याङ अफ फो " समूहले उत्तराधिकारीको दौडमा उनलाई खासै ठूलो खतराको रुपमा देखेनन्। उनी शक्तिमा रहेको अक्टोबर १९७६ देखि डिसेम्बर १९७८ को छोटो अवधिमा, उनलाई ग्याङ अफ फोरलाई हटाउनुको श्रेय दिइन्छ र उनको उदयलाई चीनको सांस्कृतिक क्रान्तिको अन्त्य मानिन्छ। ग्याङ अफ फोर को गिरफ्तारी पछि शासनको केन्द्रमा पुगेका त्रिमुर्ती (हुवा गोफेङ, मार्सल ये जियानयिङ, र प्रमुख आर्थिक योजनाकार लि सियानियन) ले देङ शियाओ पिङलाई शक्तिमा पुनर्स्थापना गरे र राजनैतिक व्यवस्थाबाट " ग्याङ अफ फोर"को प्रभाव अन्त्य गरे।[] हुआको आर्थिक तथा राजनैतिक कार्यक्रममा सोभियत शैलीको औद्योगिक योजनाको पुनर्स्थापना र महान अग्रगामी छलाङ / ग्रेट लिप फरवार्ड भन्दा अगाडिको जस्तै पार्टी नियन्त्रण समावेश थिए। यद्यपि, देङ शियाओ पिङ पक्षधरहरूले यो मोडेल अस्वीकार गरे। देङ पक्षधरहरू बजार आधारित आर्थिक व्यवस्थाको समर्थन गर्थे।

अक्टोबर १९७९ मा, हुआ युरोप भ्रमणमा गए। चिनियाँ नेताको यो किसिमको भ्रमण जनवादी गणतन्त्र चीनको स्थापना १९४९ यताकै पहिलो पटक थियो। उनले पश्चिम जर्मनीफ्रान्सको भ्रमण गरे। २८ अक्टोबर मा हुआले संयुक्त अधिराज्यको भ्रमण गरे र प्रधानमन्त्री मार्गरेट थ्याचरसँग भेट्घाट गरे। दुई नेताले मैत्रीपुर्ण सम्बन्ध तथा हङकङ भविष्य बारे छलफल गरे।

अध्यक्ष हुआले डर्बीको ब्रिटिस रेल रेलवे टेक्निकल सेन्टरको भ्रमण र आधुनिक यात्रुबाहक रेलको बिकासको अवलोकन गरे। [] उनको भ्रमण र चीन सरकारले स्टिम लोकोमोटिभ ४-८-४ के एफ क्लास नं ७ योर्कको नेसनल रेलवे म्युजियमलाई दान दिनु एकै समयमा परेको थियो। [] अध्यक्ष हुवा अक्सफोर्ड सायरमा रहेको फार्म पनि पुगे र अक्सफोर्ड विश्वविद्यालयको भ्रमण पनि गरे। []

इरानको राजकीय भ्रमणको समयमा हुआ गोफेङ र शाह मोहमद रेजा पहलवी, १९७८ []

हुआ इरानी क्रान्ति हुनु भन्दा अगाडि इरानी शाह मोहम्मद रेजा पहलवीको अन्तिम अतिथि मध्ये एक थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. Profile of Hua Guofeng
  2. "Post-Mao Period, 1976-78", ibiblio.org, अन्तिम पहुँच १ मे २०१९
  3. "Chairman Hua Officially Visits the UK", Hua Guofeng Memorial Website, २८ अक्टोबर १९७९, अन्तिम पहुँच २७ मार्च २०१०
  4. "Chinese Government Railways Steam Locomotive 4-8-4 KF Class No 7", National Railway Museum, १० अप्रिल २०१७, अन्तिम पहुँच १० अप्रिल २०१७ अभिलेखिकरण १८ जुन २०१७ वेब्याक मेसिन
  5. "1979: Chairman Hua arrives in London", BBC News, २८ अक्टोबर १९७९, अन्तिम पहुँच २७ मार्च २०१०
  6. People's Daily (zh-cnमा), १९७८-०८-३०, पृ: 1।
  7. Wright, Robin (१७ नोभेम्बर २००४), "Iran's New Alliance With China Could Cost U.S. Leverage", The Washington Post, अन्तिम पहुँच ४ मे २०१०