महान अग्रगामी छलाङ
चीनको महान अग्रगामी छलाङ सन् १९५८-१९६२ मा चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको आर्थिक तथा सामाजिक अभियान थियो। अध्यक्ष माओको आर्थिक तथा सामाजिक कार्यक्रम ‘महान अग्रगामी छलाङ’ले कृषि प्रधान चीनलाई औद्योगीकरण र सामूहिकीकरणमा लाने उद्देश्य बोकेको थियो । महान छलाङ अभियानले करोडौं मानिसको मृत्यु निम्त्यायो। [१] यस अवधिमा कम्तीमा १ करोड ८० लाख देखि ३ करोड मानिसहरू भओकमरीले मरेको अनुमान गरिन्छ र यसै बराबरको जन्म गुम्यो। यसले गर्दा चीनको यो भोकमरी मानव इतिहासकै सबैभन्दा ठूलो भोकमरी बन्यो । [२]
पृष्ठभूमि[सम्पादन गर्ने]
चीनको जनवादी क्रान्ति, अक्टूबर १९४९मा कुओमिताङ (चीनीयाँ राष्ट्रवादी पार्टी, जो ताइवानमा पलायन भएको थियो) को हार पश्चात् चीनीयाँ कम्युनिस्ट पार्टीले जनवादी गणतन्त्र चीनको स्थापनाको घोषणा भयो। यसपछि तुरुन्त, जमिनदार र धनी किसानहरूको भूमि जबर्जस्ती गरीब किसानहरूलाई वितरण गरियो। कृषि क्षेत्रमा, पार्टीलाई खराब लाग्ने गरेको बाली (जस्तो अफिम गाँजा), लाई नष्ट गरियो र त्यसको स्थानमा चामल जस्ता अन्या बालीहरू खेती गरियो।
पार्टी भित्र , पुनर्वितरणको मुद्दा मा प्रमुख बहसहरू भए। पार्टी र भित्र का एक उदारवादी गुट र पोलिटब्यूरो सदस्य लीउ शओचीले तर्क दिए कि परिवर्तन क्रमिक रूपमा हुन आवश्यक छ र कुनै पनि कृषिको सामूहिकीकरण गर्नका लागि पहिले औद्योगिकीकरण हुन आवश्यक छ। यसले यन्त्रीकृत खेतीको लागि मेसिनरी पर्दान गर्न सक्छ। माओ त्से तुङ् नेतृत्वका एक (कट्टरपन्थी) गुटले तर्क दिएका थिए कि औद्योगिकीकरणको लागि पर्याप्त वित्तीय संसाधन एकत्रित गर्नको लागि सबैभन्दा सरल तरिका भनेको सरकारको कृषिमाथि नियन्त्रण गर्नु, जसबाट अन्नको वितरण र आपूर्तिमाथि सरकारको एकाधिकार स्थापित होस् । यस्तो गर्दा सरकार कम मूल्यमा खरिद गरी महङ्गोमा बेच्न सक्थ्यो, यस प्रकार देशको औद्योगिकीकरणको लागि आवश्यक पूंंजी जुटाउन सकिन्थ्यो।
परिणाम[सम्पादन गर्ने]
कृषि नीतिको असफलता, कृषिबाट औद्योगिक क्षेत्र तर्फ किसानहरूको बदलाब र मौसमको स्थितिको कारण गम्भीर भोकमरीले करोडौं मानिसको मृत्यु भयो। अर्थव्यवस्था, जो गृहयुद्धको अन्त पश्चात् अलिअलि सुधृढ हुँदै गएको अर्थव्यवस्था डामाडोल भयो । गम्भीर परिस्थितिहरूको बीच, जनतामा प्रतिरोध भयो।
आपतको स्थिति सम्हाल्न सरकारको माथिल्लो स्तरमा प्रभाव जटिल थियो। १९५९ मा माओले राष्ट्रिय रक्षा मन्त्री पेंग देहुई लाई हटाएर लिन बियाओ, लियू शाओकी र देङ शियाओ पिङ शियाओपिंग लाई अस्थायी रूपमा पदोन्नति प्रदान गरे। माओको शक्ति र प्रतिष्ठा क्षीण हुँदै गयो, जसलाई फेरि प्राप्त गर्ने उद्देश्यले (ग्रेट लिप फरवार्ड पश्चात), उनले १९६६ मा सांस्कृतिक क्रान्ति सुरु गर्ने निर्णय गरे।
भोकमरी[सम्पादन गर्ने]
हानिकारक कृषि नवाचारको बावजूद, १९५८ मा निकै मौसम अनुकूल थियो र बाली उब्जनी राम्रो हुने आशा गरुएको थियो। दुर्भाग्यबश, इस्पात (स्टिल) उत्पादन र निर्माण परियोजनाको लागि श्रमिकहरूको भारी मात्रा संख्यामा कृषिबाट पलायन को मतलब यो थियो कि केहि क्षेत्रमा धेरै अन्न बालीहरूलाई सोच विचार विना सड्न दिइयो । माओले ग्रेट स्प्यारो अभियानद्वारा चीनको धेरै क्षेत्रमा भगेरा हरूलाई मार्न लगाए । भगेराहरूले बाली बर्बाद गरेको उनको सोचाइ थियो। समस्या तब झनै बढ्यो जब विनाशकारी किरा फटयांग्रा सलहहरूले भारी मात्रामा अन्न बाली नष्ट गर्यो। माओले ती किरा फट्याङ्ग्रा को प्राकृतिक सिकारी भँगेराहरूलाई मारेकाले ठूलो मात्रामा अन्न बालीको नष्ट भयो।
भोकमरीले मृत्यु[सम्पादन गर्ने]
भोकमरीको कारण र दायित्व[सम्पादन गर्ने]
हिंसाको कारणले मृत्यु[सम्पादन गर्ने]
अर्थतन्त्रमा असर[सम्पादन गर्ने]
विरोध[सम्पादन गर्ने]
सरकारमा प्रभाव[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ Tao Yang, Dennis (2008). "China's Agricultural Crisis and Famine of 1959–1961: A Survey and Comparison to Soviet Famines" वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१४ मिति. Palgrave MacMillan, Comparative Economic Studies 50, pp. 1–29.
- ↑ Smil, Vaclav (१८ डिसेम्बर १९९९), China's great famine: 40 years later, BMJ, डिओआई:10.1136/bmj.319.7225.1619।
- ↑ Dicker, Daniel (२०१८), "Global, regional, and national age-sex-specific mortality and life expectancy, 1950–2017: a systematic analysis for the Global Burden of Disease Study 2017", The Lancet 392 (10159): 1684–1735, डिओआई:10.1016/S0140-6736(18)31891-9।