तेङ सियाओ फिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
तेङ सियाओ फिङ
邓小平
Deng Xiaoping.jpg
सन् १९७९ मा सियाओ फिङ
कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार
कार्यकाल
१३ सेप्टेम्बर १९८२ – २ नोभेम्बर १९८७
सहायकपो इपो
सु सि-यु
खान चेनलिन
लि वेई-हान
General Secretaryहु इयाओपाङ
चाओ सियाङ
पूर्वाधिकारीनवनिर्मित कार्यालय
उतराधिकारीछेन युन
चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष
कार्यकाल
२८ जुन १९८१ – ९ नोभेम्बर १९८९
सहायकये चियेन-इङ
चाओ सि-इयनङ
याङ साङखुन
पूर्वाधिकारीहुआ गोआफेङ
उतराधिकारीजियाङ जेमिन
चिनियाँ नागरिक राजनैतिक परामर्श सम्मेलनका अध्यक्ष
कार्यकाल
८ मार्च १९७८ – १७ जुन १९८३
पूर्वाधिकारीचाउ एन लाइ
खाली (सज् १९७६ – १९७८)
उतराधिकारीतेङ याङचाओ
राष्ट्रिय काङ्ग्रेसका
सदस्य
कार्यकाल
१८ अप्रिल १९८९ – २१ डिसेम्बर १९६८
२६ फेब्रुअरी १९७८ – १९ फेब्रुअरी १९९७
जनवादी गणतन्त्र चीनका प्रथम उपाध्यक्ष
कार्यकाल
१७ जनवरी १९७५ – ७ अप्रिल १९७६
२१ जुलाई १९७७ – १० सेप्टेम्बर १९८०
Premierचाउ एन लाई
हुआ गोफेङ
पूर्वाधिकारीलिन बियाओ
उतराधिकारीवान लि
व्यक्तिगत विवरण
जन्म(१९०४-०८-२२)२२ अगस्ट १९०४
सिचुआन, चीन
मृत्यु१९ फेब्रुअरी १९९७(१९९७-०२-१९) (९२ वर्ष)
बेइजिङ
राष्ट्रियताचिनियाँ
राजनीतिक पार्टीचिनियाँ कम्युनिष्ट पार्टी
जीवन साथी(हरू)झाङ सियुआन (张锡瑗) (सन् १९२८–१९२९)
जिज वेइङ (金维映) (सन् १९३१–१९३९)
झोऊ लिज (卓琳) (सन् १९३९–१९९७)
सन्तान(हरू)तेङ लिज
तेङ फुफाङ
तेङ नान
तेङ रोङ
तेङ जिफाङ
सैनिक सेवा
निष्ठा जनवादी गणतन्त्र चीन
सेवा/शाखा जनमुक्ति सेना, चीन
चिनिया लाल सेना
सेवा अवधि१९२९-१९५२ चिनियाँ लाल सेना
१९७५-१९८० जनमुक्ति सेना
लडाईं/युद्धचिनियाँ गृहयुद्ध
द्वितीय चीन-जापान युद्ध
तेङ सियाओ फिङ
सरलीकृत चिनियाँ 邓小平
परम्परागत चिनियाँ 鄧小平
Deng Xiansheng
सरलीकृत चिनियाँ 邓先圣
परम्परागत चिनियाँ 鄧先聖

तेङ सियाओ फिङ (चिनियाँ: 邓小平, २२ अगस्ट १९०४-१९ फेब्रुअरी १९९७); देङ शियाओ पिङ नामबाट लोकप्रिय ) एक चिनियाँ क्रान्तिकारी र राजनेता थिए। उनले सन् १९७८ डिसेम्बर देखि सन् १९८९ नोभेम्बर सम्म जनवादी चीनको प्रमुख नीति निर्माताको रूपमा काम गरेका थिए। सन् १९७६ मा माओ त्से तुङ्को मृत्यु पछि चीनको सत्तामा तेङको सर्वोच्च नेताको रूपमा उदय भएको थियो भने उनले आफ्नो देशलाई दूरगामी बजार-आर्थिक सुधारको शृङ्खलाको नेतृत्व गरेका थिए जसबाट उनलाई "आधुनिक चीनको निर्माता"को रूपमा चिनिन्छ।[१]

माओको मातहतमा राजनैतिक वृत्ति[सम्पादन गर्ने]

चेङकिङका नगर प्रमुख[सम्पादन गर्ने]

१ अक्टोबर १९४९ मा, बेइजिङमा भएको जनवादी गणतन्त्र चीनको घोषणामा देङ उपस्थित थिए। त्यतिबेला कम्युनिष्ट पार्टीले पुरै उत्तरी भुभागमा नियन्त्रण कायम गरेको थियो, तर दक्षिणको केही भागहरूमा कुमिन्ताङको शासन रहेको थियो। उनलाई दक्षिण पश्चिमी चीन शमन गर्ने जिम्मेवारीका साथ दक्षिण पश्चिम विभागको प्रथम सचिव बनाइएको थियो। यो सङ्गठनलाई कुमिन्ताङले कब्जा गरेका भुभागमा नियन्त्रण गर्ने जिम्मा दिइएको थियो भने तिब्बत अर्को एक वर्ष सम्म स्वतन्त्र रूपमा रहेको थियो।

कुमिन्ताङ सरकार ग्वाङजाउ छोड्न बाध्य भएको थियो र चोङकिङमा नयाँ प्रादेशिक राजधानी स्थापना गरिएको थियो। त्यहाँ चियाङ काइ सेक र उनका पुत्र चियाङ च्याङ कुओ, जो देङ मस्कोमा पढ्दा ताकाको सहकर्मी थिए, कम्युनिस्ट पार्टीको फौजलाई अघि बढ्न रोक्न चाहन्थेे।

देङको राजनैतिक मातहतमा, कम्युनिष्ट सेनाले नोभेम्बरको अन्त्य सम्ममा चोङकिङ नियन्त्रणमा लिँदै केही दिन पछि च्याङ काइ सेकको अन्तिम किल्ला रहेको चेङ्दु प्रवेश गरेको थियो। त्यहिबेला देङ चोङकिङको नगर प्रमुख बनेका थिए भने तात्कालिक समयमा उनी कम्युनिस्ट पार्टीको दक्षिण पश्चिमको नेताको रूपमा रहेका थिए। दक्षिण पश्चिममा कम्युनिस्टको जनमुक्ति सेनाले कुमिन्ताङ शासन प्रती दमन गरेको थियो। सन् १९५० मा, कम्युनिस्ट पार्टी शासित चीनले तिब्बतमा नियन्त्रण कायम गरेको थियो।

देङ सियाओ पिङले चोङ्किङमा तीन वर्ष बिताएका थिए। उनले फ्रान्स जानुु भन्दा अघि किशोर अवस्थामा त्यहीँ पढाइ गरेका थिए। सन् १९५२ मा उनी बेइजिङ सरुवा भएका जहाँ उनले केन्द्रीय सरकारको विभिन्न पद हासिल गरेका थिए।

बेइजिङमा राजनैतिक उदय[सम्पादन गर्ने]

देङ शियाओ पिङ (सबैभन्दा बायाँ) र १४औँ दलाई लामाको भेट, सन् १९५४

जुलाई १९५२ मा, देङ बेइजिङ आएका थिए र उप प्रधानमन्त्री र अर्थ समितिको उपाध्यक्ष पद सम्हालेका थिए। उनले अर्थ मन्त्रीको पद र सञ्चार निर्देशकको पद सम्हालेको केही समयमा नै, उनलाई उप प्रधानमन्त्री बाहेक सबै पदबाट हटाइएको थियो। सन् १९५६ मा, उनी कम्युनिस्ट पार्टी सङ्गठन विभागको प्रमुख र केन्द्रिय सैन्य आयोगको सदस्य बनेका थिए।

माओको सन् १९५७ को दक्षिणपन्थी-विरोधी आन्दोलनलाई औपचारिक समर्थन गरेपछि, देङ कम्युनिस्ट पार्टी केन्द्रिय कमिटीको सचिव बन्दै देशको दैनिक मामिला राष्ट्रपती लिउ साओकी र प्रधानमन्त्री चाउ एन लाइसँगै चलाउने भएका थिए। देङ र लिउको नीतिले वैचारिक सिद्धान्त भन्दा पनि आर्थिक सिद्धान्तलाई महत्त्व दिन्थ्यो।

दुई शुद्धीकरणको निशाना[सम्पादन गर्ने]

सांस्कृतिक क्रान्ति[सम्पादन गर्ने]

देङ शियाओ पिङ (बायाँ), भविष्यका राष्ट्रपति लि सियनियन र प्रधानमन्त्री चाउ एन लाई सन् १९६३ मा

माओलाई देङ र लिउको सुधारवादी आर्थिक नीतिले पूँजीवादको पुनर्स्थापना हुने र चिनियाँ क्रान्तिको अन्त्य हुने डर थियो। [२] यो र अन्य कारणहरूले गर्दा, माओले सन् १९६६ मा साँस्कृतिक क्रान्ति सुरु गरेका थिए। यस क्रममा देङ उनको निशानामा रहेका थिए र उनलाई सबै पदबाट हटाइएको थियो।

साँस्कृतिक क्रान्तिको समयमा, उनलाई र उनको परिवारलाई रेड गार्डहरूले निशाना बनाए। रेड गार्डले उनको जेठो छोरा देङ पुफाङलाई कैद गरेका थिए। देङ पुफाङलाई यातना दिइएको थियो र सन् १९६८ मा चार तले भवनको झ्यालबाट बाहिर खसालिएको थियो। अक्टोबर १९६९ मा देङलाई जियाङ्सी प्रान्तको सिनजियानको ट्र्याक्टर कारखानामा मजदुरी काम गर्न पठाइएको थियो।[३] त्यहाँको चार वर्षमा,[४] देङले आफ्नो बाँकी समय लेखनमा बिताएका थिए। देङलाई लिउसँगै देशव्यापी रूपमा सार्वजनिक रुपमा अपमान र आलोचना गरिएको थियो। लिउ साओचीको सन् १९६९ मा श्रम शिविरमा मृत्यु भएको थियो।

सत्तारोहण तथा शासन[सम्पादन गर्ने]

सर्वोच्च नेता[सम्पादन गर्ने]

देङ शियाओ पिङको अमेरिकी भ्रमण (१९७९)को आगमन समारोहमा देङ र जिम्मी कार्टर

९ सेप्टेम्बर १९७६ मा माओको मृत्यु पछि र अक्टोबरमा चारको समुहको सफाया पछि, देङ चीनको सर्वोच्च नेताको रुपमा उदाए। माओको निधन हुनुभन्दा अगाडि, उनले धारण गरेको सरकारी पद चीनको राज्य परिषद को उप प्रधानमन्त्री पद मात्र थियो। ,[५] तर ह्वा गोफेङ पार्टीलाई अतिवादी/ उग्रवामपन्थी हरूबाट मुक्त गर्न चाहन्थे र सफलता पूर्वक चारजनाको समुह (ग्याङ अफ फोर)लाई किनारा लगाए। २२ जुलाई १९७७ मा, देङ "केन्द्रिय समिती"को उपाध्यक्ष, सैन्य परिषदको उपाध्यक्ष र जनमुक्ति सेनाको प्रमुखको पदमा पुनर्स्थापित भए।[६]

माओका केही नीतिलाई लिएर सन् १९६० र ७० को दशकमा कैयौँ पटक झट्का बेहोरेपछि देङ सियाओपिङ सचेत भएका थिए। अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर देङ सियाओपिङ केही सिद्धान्तका साथ अघि बढ्ने गर्दथे। उनी आफूलाई मात्रै महत्त्वका साथ अग्रपंक्तिमा राख्दैनथे।

उनले आफ्नो पूरै ध्यान चिनियाँ अर्थतन्त्रलाई तीव्र गतिका साथ अगाडि बढाउनमा केन्द्रित गरेका थिए।

हार्वर्ड विश्वविद्यालयमा सामाजिक विज्ञान पढाउने प्राध्यापक एज्रा फोगेलले देङ सिआओपिङको जीवनी लेखेका छन्। उनले देङ सिआओपिङलाई अस्थिरतालाई रोक्दै स्थायित्व ल्याउन सक्ने क्षमता भएको एक महान् नेताका रूपमा चित्रण गरेका छन्।

देशको अर्थतन्त्रमा भएको कायापलटसँगै चिनियाँ नागरिकमा आर्थिक सम्पन्नता मात्रै नआइ सत्तामा चिनियाँ कम्युनिष्ट पार्टीको पकड समेत मजबुत भएको छ। चीनमा देङ सिआओपिङको आर्थिक उदारीकरणलाई राजनीतिक उदारीकरण पनि भनिन्छ।

विदेश मामिला[सम्पादन गर्ने]

देङ शियाओ पिङ (बायाँ) र उनको पत्नी (दायाँ) लाई सम्बोधन गर्दै जोनसन स्पेस सेन्टरका निर्देशक क्रिस्टोफर सि. क्राफ्ट

नोभेम्बर १९७८ मा, राजनैतिक उलट लट स्थिर भएपछि, देङले बैकक, क्वालालम्पुर र सिंगापुरको भ्रमण गरे र सिंगापुरका प्रधानमन्त्री लि क्वान यु सँग भेटे। सिंगापुरको आर्थिक विकास, हरियाली र आवास परियोजना, बाट देङ निकै प्रभावित भए। र पछि दसौं हजार चिनियाँ नागरिकहरूलाई सिंगापुर र विश्वका विभिन्न देशहरूमा त्यहाँको अनुभव सिक्न र त्यसको ज्ञानलाई चीन फिर्ता ल्याउन्को लागि पठाए। लि क्वान यु ले अर्को तर्फ, देङलाई दक्षिण पूर्वी एसियामा बामपन्थी विचारधारा निर्यात बन्द गर्न सुझाव दिए, जुन सुझाव पछि देङले अनुसरण गरे।[७][८]

१९७९ को पूर्वार्धमा, देङले संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गरे। उनले राष्ट्रपति जिम्मी कार्टर र अन्य धेरै सांसद (कंग्रेसम्यान ) हरूसँग भेटवार्ता गरे।

चीन जापान सम्बन्धमा पनि महत्वपूर्ण सुधार आयो।[९] देङले जापानलाई द्रुत गतिमा विकास गर्ने शक्तिको रुपमा उदाहरणको रुपमा प्रस्तुत गरे जसले चीनको आर्थिक विकासमा अनुकरणीय उदाहरण पेश गर्यो।

सुधार तथा आधुनिकीकरण[सम्पादन गर्ने]

देङ सिआओपिङले प्राय बिरालो सिद्धान्त 'क्याट थिअरी' को कुरा गर्दथे अर्थात् बिरालोको रङ कालो वा सेतो हुनुले अर्थ राख्दैन, जबसम्म बिरालोले मुसा समातिरहन्छ तबसम्म त्यो राम्रो बिरालो नै कहलिन्छ।[१०]

सबैभन्दा पहिले उनले सोभियत सङ्घको आर्थिक 'मोडल'लाई परित्याग गरे र चिनियाँ आवश्यकता अनुसारको अर्थतन्त्रमा आधुनिकीकरणलाई समाजवादका साथ अगाडि बढाए।

चिनियाँ लेखक युकोन ख्वाङ आफ्नो पुस्तक 'क्र्याकिङ द चाइना कनन्ड्रमः ह्वाइ कन्भेन्सनल इकोनोमिक विज्डम इज रंग' मा लेखेका छन्, "देङ सिआओपिङ एक महान् सुधारक मात्रै थिएनन्, धैर्य नभएका व्यक्ति पनि थिए। "

देङ सिआओपिङले शुरू गरेको सामाजिक-आर्थिक सुधारको दृष्टान्त मानव इतिहासमा भेटिँदैन।

सन् १९७८ देखि २०१६ को बीचमा चीनको कुल ग्राहस्थ उत्पादनमा ३,२३० प्रतिशतले वृद्धि भएको छ।

यसबीचमा ७० करोड मानिसहरू गरिबीको रेखाबाट माथि उठे भने ३८.५ करोड मानिसहरू मध्यम वर्गका रूपमा उकासिए।

चीनको वैदेशिक व्यापार साढे १७ हजार प्रतिशतले बढ्यो भने सन् २०१५ सम्म चीन विदेशी व्यापारमा अगुवाको रूपमा उदायो।

सन् १९७८ मा चीनले वर्षभरि गर्ने व्यापार अहिले दुई दिनमै गर्छ।

देङ सिआओपिङले चिनियाँ कम्युनिष्ट पार्टीलाई सामूहिक नेतृत्वमा लगेर चीनमा सामाजिक-आर्थिक परिवर्तनको प्रक्रियामा तीव्रता दिए।[१०]

चार आधुनिकीकरण[सम्पादन गर्ने]

चीनको एक पहिलो विशेष आर्थिक क्षेत्र र चीनको सिलिकन भ्याली मानिने लिझी पार्क, सेनजेनमा रहेको देङ शियाओ पिङको बिली बोर्ड  

देङको पुरानो भनाइ उद्धरण गरेका थिए, " बिरालो कालो होस् वा सेतो होस् यसले फरक पर्दैन, यदि यसले मुसा समाउँछ भने यो राम्रो बिरालो हो।" [११] देङले आफ्नो समूह विशेष गरि चाओ जियाङ, जो १९८० मा प्रधानमन्त्री भए र हु याओबाङ जो १९८१ मा पार्टी अध्यक्ष बने, सँग काम गरे। देङले शक्तिमा पुगेपछि "चार आधुनिकीकरण" (अर्थतन्त्र, कृषि, बैज्ञानिक तथा प्राविधिक बिकास र राष्ट्रिय सुरक्षा)को लक्ष्य हासिल गर्ने प्राथमिकता दिए। उनले अर्थतन्त्रलाई खुला गर्ने तथा उदार गर्ने महत्वाकांक्षी योजनाको घोषणा गरे।[१२] देङको पहलमा, चिनियाँ कम्युनिस्ट पार्टीले अध्यक्ष पदलाई खारेज गर्यो र महासचिवलाई पार्टीको पदेन नेता बनायो।

देङले ब्रेजनेभ र क्रमलिन सँगको सम्बन्ध सुधार गर्नको लागि आफ्नो शासनको प्रारम्भमा केही प्रयास पनि गरे। उनले चीन- सोभियत विभाजनको समयको माओको लाइनलाई सनर्थन गरे। सोभियत संघ संयुक्त राज्य जत्तिकै महाशक्ति हो, तर चीनको लागि उसको सिमा निकटताको कारणले जोखिमपूर्ण पनि छ। [१३] सोभियत संघ संगको सम्बन्ध १९८५ मा क्रेमलिनमा मिखाइल गोर्भाचोब पुगेपछि मात्र सुधार भयो र दुई देशको औपचारिक सन्बन्ध १९८९ मा चीन सोभियत शिखर सम्मेलन पछि मात्र पुरानै अवस्थाको झै सुमधुर भयो।[१४]

आर्थिक विकासको तीन कदम[सम्पादन गर्ने]

देङले खुलापनलाई मुख्य नीति बनाई सुधार विकास गरे। उनले ७० वर्ष भित्र चीनको आर्थिक विकासलाई उपयुक्त हुने तीन कदम अघि सारे। पहिलो कदम: १९८० को दशकको अन्त्य सम्ममा १९८० को कुल राष्ट्रिय उत्पादन दोब्बर बनाउने, जनतालाई पर्याप्त खानेकुरा र लुगाफाटो सुनिश्चित गर्ने;

दोस्रो कदम, २० औं शताब्दीको अन्त्य सम्ममा १९८० को कुल राष्ट्रिय उत्पादन चार दोब्बर बनाउने, यो लक्ष्य समय भन्दा अगावै १९९५ मा हासिल भयो;

तेस्रो कदम, २०५० सम्ममा प्रती व्यक्ति कुल राष्ट्रिय उत्पादन मध्यम विकसित देशको स्तरमा पुर्याउने, जुन स्तरमा, चिनियाँ मानिसले आधुनिकीकरण महसुस गर्नेछन्। [१५]

अन्य सुधार[सम्पादन गर्ने]

हङकङ तथा मकाउको फिर्ता[सम्पादन गर्ने]

देङ शियाओ पिङ र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको १९८४ को वार्ताको प्रतिरुप नमुना, सान्झेन

१९८० पछि, देङले अर्थतन्त्रको विस्तार, र हङकङ फिर्ताको लागि वार्ताको नेतृत्व गरे उनले बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर सँग व्यक्तिगत रुपमा भेटे। थ्याचर यो वार्ता मा हङकङ टापु र कोव्लून टापूमा बेलायतको शासन निरन्तरता दिने आशाका साथमा सहभागी भएकी थिइन् - तर यो कुरा देङले दृढता पूर्वक अस्वीकार गरे। यो वार्ताको नतिजास्वरुप चीन -बेलायत संयुक्त घोषणापत्र भयो, यसमा १९ डिसेम्बर १९८४ मा हस्ताक्षर भयो, जसमा १९९७ भित्रमा पूरा हङकङ संयुक्त अधिराज्यले चीनलाई फिर्ता गर्ने मार्गचित्र प्रस्तुत गरिएको थियो। चीन सरकारले हस्तान्तरण पछि पचास बर्ष सम्म बेलायती उपनीवेशको आर्थिक प्रणाली र नागरिक स्वतन्त्रताको सम्मान गर्ने सहमत भयो।[१६][१७]

चीनको दबाबमा, १९८७ मा पोर्चुगल १९९९ भित्रमा मकाउ फिर्ता सहमत भयो। सन् १९९९ मा पोर्चुगलबाट मकाउ फिर्ता गराइयो। देङ शियाओ पिङले हङकङ र मकाओलाई शान्तिपूर्ण र व्यवधानरहित ढंगले चीनमा पुन:एकीकरण गराउन विश्वमा नौलो राजनीतिक अवधारणा एक देश दुई प्रणाली अगाडि सारे। यो सिद्धान्त हङकङ र मकाउको लागि लागू भएपनी, देङको मुख्य लक्ष्य ताइवानका जनतालाई मुख्य भूमीमा जोडिनको लागि आकर्षित गर्नु थियो। ताइवान टापुको सार्वभौमिकतालाई लिएर अझै विवाद कायम छ। [१८] सन् १९८० मा अगाडि सारिएको त्यो अवधारणाको सार थियो– "भविष्यमा आवश्यक प्रक्रिया पुर्‍याएर एकीकरण गरिने हङकङ र मकाउ एकीकृत चीनको अभिन्न अंग हुनेछन्। चीन एउटै रहने छ तर हङकङ र मकाउमा मुख्य भूमि चीन (मेनल्याण्ड चाइना)को भन्दा फरक व्यवस्था रहने छन्। चीनमा एकीकरण गरिएपछि पनि हङकङ र मकाउमा साविक बमोजिमकै आर्थिक र प्रशासनिक व्यवस्था कायम रहने छन् तथा साविक बमोजिम नै ती स्थानमा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धहरु रहने छन्। "

यही अवधारणा बमोजिम चीनको संविधानमै "एक देश दुई प्रणाली" को व्यवस्था गरियो। यसै अनुसार सन् १९८७ मा सन् १९९९ मा पूर्व सन्धी बमोजिम मकाउ चीनलाई हस्तान्तरण हुने गरी पोर्चुगल सरकारसँग चीनले सम्झौता गर्यो। पुरानै आर्थिक, राजनीतिक, प्रशासनिक प्रणाली र वैदेशिक सम्बन्ध रहने छ भनेर पटक पटक पूँजीवादी विश्वलाई आश्वस्त गराउने प्रयास गरेपछि सन् १९९७, जुलाई १ का दिन हङकङमा चिनियाँ झण्डा फहराइयो ।

जनसंख्या नियन्त्रण तथा अपराध नियन्त्रण[सम्पादन गर्ने]

चीनको तीव्र जनसंख्या वृद्धिबाट समस्याहरू पनि सामु आइरहेको थियो। १९८२ को जनगणना जनसंख्या वृद्धि असामान्य रुपले बढीरहेको र एक अरब नाघेको देखायो। देङले हुवा गोफेङले सुरु गरेको "एक बच्चा नीति" लाई निरन्तरता दिए।[१९] यो नीति सहरमा लागू गरिएको थियो र यसमा जबर्जस्ती गर्भपतन समेत सामेल थियो।[२०]

थ्यानआनमन चोकको प्रदर्शन दमन[सम्पादन गर्ने]

सन् १९८९ मा पूर्वी युरोपका विभिन्न देशहरूमा कम्युनिस्ट शासन ढलिरहेको समयमा, बेइजिङको तियानमेन चोकमा विद्यार्थीहरू कम्युनिस्ट शासन अन्त्य गर्न १५ अप्रिल देखि ५ जुन १९८९ मा प्रदर्शनमा सहभागी थिए। तर चीनको देङ शासनले ३ र ४ जुनको बीचमा उनीहरुलाई दबाएको थियो। अप्रिल महिनामा सुरु भएको सो आन्दोलन जुन ३ र ४ को बीचमा बेइजिङ नरसंहारमा परिणत भएर अन्त्य भएको थियो।

राजिनामा र १९९२ दक्षिणी भ्रमण[सम्पादन गर्ने]

आधिकारिक रुपमा, नोभेम्बर १९८९ मा केन्द्रिय सैन्य परिषदको पदबाट हटेर उच्च ओहोदाबाट निवृत हुने निर्णय गरे। र उनका उत्तराधिकारी जियाङ जमिन केन्द्रिय सैन्य परिषदको नयाँ अध्यक्ष बने।[१०][२१] यद्यपि चीन अझै पनि देङ शियाओ पिङ युगमा थियो। उनलाई अझै पनि निरन्तर रुपमा देशको "सर्वोच्च नेता" मानिन्थ्यो र शासनमा अझै पनि उनको नियन्त्रण रहेको विश्वास गरिन्थ्यो, र पार्टीको १४ सम्मेलनमा १९९२ मा हु जिन्ताओलाई जियाङ जमिनको उत्तराधिकारी नियुक्त गरे। देङलाई आधिकारिक रुपमा "चीनको आर्थिक सुधार र चीनको समाजवादी आधुनिकीकरणको प्रमुख वास्तुकार"को रुपमा मानिन्छ। कम्युनिष्ट पार्टीहरू बीचमा, उनले बूढो उमेरमा पनि राजनीतिबाट सन्यास नलिने कम्युनिस्ट कार्यकर्ताहरूको लागि अनुकरणीय उदाहरण पेश गरेको विश्वास गरिन्छ। नमरेसम्म पद नछाड्ने यस अघिका प्रचलनहरू उनले तोडे र यो परम्परा २०१८ सम्म रह्यो जब सि जिनपिङले पदावधिको सिमा हटाए। उनलाई कुनै उपाधी नजोडी प्रायः कमरेड सियाओ पिङ बाट सम्बोधन गरिन्थ्यो।

मृत्यु तथा प्रतिक्रिया[सम्पादन गर्ने]

देङको मृत्यु १९ फेब्रुअरी १९९७ मा , ९२ वर्षको उमेरमा फोक्सोको संक्रमण र पार्किन्सनको कारणले भयो।[२२] २४ फेब्रुअरी बिहान १०:०० प्रधानमन्त्री लि पेङले आम जनतालाई तीन मिनेट मौन धारण गर्न आह्वान गरे। राष्ट्रिय झन्डा एक हप्ता सम्म आधा झुकाइयो। सत्तामा उनका उत्तराधिकारी जियाङ जमिनको बलियो पकड भएपनि, सरकारी नीति नियमहरू देङको राजनैतिक तथा आर्थिक सिद्धान्तका आधारमा कायम हुन्थे।

देङको मृत्युमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिक्रिया आयो। संयुक्त राष्ट्र संघका महासचिव कोफि अन्नानले देङलाई "अन्तर्राष्ट्रिय समुदायमा देङलाई चीनको आधुनिकीकरण र नाटकीय आर्थिक विकासको रुपमा" स्मरण गरिने बताए। फ्रान्सेली राष्ट्रपति ज्याक्स किर्याकले भने "यो शताब्दीको दौरान, देङ जतिकै, केही थोरै व्यक्तिले विशाल मानव समुदाय गम्भीर परिवर्तनका साथमा नेतृत्व गरेका छन्।" बेलायती प्रधानमन्त्री जोन मेजरले हङकङलाई चिनियाँ नियन्त्रणमा फिर्ता गर्नमा देङको प्रमुख भूमिकाको टिप्पणी गरे। क्यानाडाका प्रधानमन्त्री जिन क्रेटिनले देङलाई चिनियाँ इतिहासमा "निर्णायक व्यक्तित्व" भएको बताए। ताइवानका कुमिन्ताङ अध्यक्षले पनि शान्ती, सहकार्य, र समृद्धि अभिलाषा व्यक्त गर्दै समवेदना सन्देश पठाए। दलाइ लामाले तिब्बत मामिलाको प्रश्न नसुझाउदै उनको मृत्यु भएकोमा दु:ख व्यक्त गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Faison, Seth (१९९७-०२-२०), "DENG XIAOPING IS DEAD AT 92; ARCHITECT OF MODERN CHINA", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२१-०४-१९ 
  2. Minqi Li (डिसेम्बर २००८), "Socialism, capitalism, and class struggle: The Political economy of Modern china", Economic & Political Weekly 
  3. "Deng Xiaoping − The Years of Hardship and Danger", People.com.cn, १० जुलाई २००७, मूलबाट १७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ फेब्रुअरी २०११ 
  4. "Film makers flock to tractor factory to shoot Deng's stories", News Guandong, २६ जुलाई २००४, मूलबाट १७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ फेब्रुअरी २०११ 
  5. 1975–1976 and 1977–1980, Europa Publications (2002) "The People's Republic of Chine: Introductory Survey" The Europa World Year Book 2003 volume 1, (44th edition) Europa Publications, London, p. 1075, col. 1, आइएसबिएन १-८५७४३-२२७-४; and Bo, Zhiyue (2007) China's Elite Politics: Political Transition and Power Balancing World Scientific, Hackensack, New Jersey, p. 59, आइएसबिएन ९८१-२७०-०४१-२
  6. "1977: Deng Xiaoping back in power", BBC News, २२ जुलाई १९७७, मूलबाट २८ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०११ 
  7. "MFA, Singapore Press Release", App.mfa.gov.sg, २९ डिसेम्बर २००५, मूलबाट २ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०११ 
  8. Lee Kuan Yew, From Third World to First: The Singapore Story, 1965–2000, Volume 2, (HarperCollins: 2000), pp. 595–603
  9. (Article 2) "The Contracting Parties declare that neither of them should seek hegemony in the Asia-Pacific region or in any other region and that each is opposed to efforts by any other country or group of countries to establish such hegemony." MOFA: Treaty of Peace and Friendship between Japan and the People's Republic of China वेब्याक मेसिन अभिलेखिकरण ९ जुन २०१७ मिति
  10. १०.० १०.१ १०.२ ४० वर्षमा चीन कसरी समृद्ध भयो? उद्दरण त्रुटी: Invalid <ref> tag; name ":0" defined multiple times with different content
  11. John Naisbitt; Doris Naisbitt (२०१०), China's Megatrends: The 8 Pillars of a New Society, HarperBusiness, पृ: , आइएसबिएन 9780061963445 
  12. David Mason, "China's Four Modernizations: Blueprint for Development or Prelude to Turmoil?." Asian Affairs 11.3 (1984): 47–70.
  13. Michael E. Marti in China and the Legacy of Deng Xiaoping, (Brassy's, 2002) p. 19.
  14. "Gorbachev in China: The Communist Summit : Deng and Gorbachev: Great Reformers Battling Socialist Crises", Los Angeles Times, १५ मे १९८९, अन्तिम पहुँच ८ मार्च २०२० 
  15. "The Three-Step Development Strategy", china.org.cn, मूलबाट १७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०१० 
  16. Vogel, Deng Xiaoping, pp. 487–511.
  17. Nancy C. Jackson, "The Legal Regime of Hong Kong After 1997: An Examination of the Joint Declaration of the United Kingdom and the People's Republic of China." International Tax & Business Lawyer (1987): 377–423. Online
  18. Vogel, Deng Xiaoping, pp. 477–91.
  19. "Family Planning in China", www.china-un.ch, मूलबाट १९ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०१९ 
  20. Wang Feng, Yong Cai, and Baochang Gu, "Population, policy, and politics: how will history judge China's one-child policy?." Population and Development Review 38 (2013): 115–129. online वेब्याक मेसिन अभिलेखिकरण ६ जुन २०१९ मिति
  21. Denmark, Abraham, "Analysis | 40 years ago, Deng Xiaoping changed China—and the world", Washington Post (अङ्ग्रेजीमा), मूलबाट ८ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१९ 
  22. Hsü, Immanuel C.Y. (२०००), The Rise of Modern China (6th संस्करण), New York: Oxford University Press, पृ: ९७४, आइएसबिएन 9780195125047