महाशक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रपति रोनाल्ड रेगन र महासचिव मिखाइल गोर्बाचोभ, शीत युद्धका प्रतिस्पर्धी महाशक्ति का नेताहरू, जेनेभा, स्विजरल्याण्डमा भेटवार्ता गर्दै नोबेम्बर १९८५

अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा महाशक्ति (अङ्ग्रेजी: superpower) त्यस राज्य (वा राज्यहरू) लाई भनिन्छ जो वैश्विक स्तरमा प्रभाव पार्न सक्ने क्षमता राख्छन् जुन अन्य राज्यमा हुदैन ।

सम्भावित महाशक्तिहरू[सम्पादन गर्नुहोस्]

संयुक्त राज्य अमेरिकालाई वर्तमान महाशक्तिको रूपमा देखाउने नक्सा, सम्भावित महाशक्तिको रूपमा शैक्षिक समर्थनको फरक-फरक डिग्री भएका अन्य राजनीतिक संस्थाहरूसँग:

बिद्वानहरू र अन्य समालोचकहरूले २१ औं शताब्दीमा महाशक्ति बन्ने सक्ने सम्भावना भएका केही राजनैतिक शक्तिहरूलाई "सम्भावित महाशक्ति" शब्दावलीको प्रयोग गरेका छन्। आफ्नो विशाल बजार, बढ्दो सैन्य ताकत, आर्थिक सम्भावना र अन्तराष्ट्रिय परिस्थितिमा बढ्दो प्रभावको कारणले, चीन,[१][२][३] युरोपेली सङ्घ,[४][५] भारत[६]रसिया[७] २१ औ शताब्दीको सम्भावित महाशक्ति हुन्। २०२० मा गरिएको एक सर्वे अनुसार, ५७% वैश्विक लगानीकर्ताहरूले चीनले अमेरिकालाई विश्वको महाशक्तिको रूपमा २०३० सम्ममा स्थानान्तरण गर्ने अनुमान गरेका छन्। [८] यद्यपि, धेरै इतिहासकारहरू, लेखक तथा आलोचकहरूले यी देशहरू महाशक्तिको रूपमा उदाउनेमा शङ्का व्यक्त गरेका छन्। [९][१०] केही राजनैतिक बैज्ञानिक र अध्येताहरूले यी राष्ट्रहरू सम्भावित महाशक्ति भन्दा पनि उदयीमान शक्ति हुने बताएका छन्। [११]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "What kind of superpower could China be?", १९ अक्टोबर २०१२ – www.bbc.co.ukद्वारा। 
  2. "China as a global power", China.usc.edu, २००७-११-१३, अन्तिम पहुँच २०१०-०८-२७ 
  3. CNN (1999). Visions of China. CNN Specials, 1999. Retrieved on 2007-03-11 from http://www.cnn.com/SPECIALS/1999/china.50/asian.superpower/.
  4. Leonard, Mark (2005-02-18). Europe: the new superpower. Irish Times, 28 February 2005. Retrieved on 31-05-2015
  5. John McCormick,(2007). The European Superpower. Palgrave Macmillan.
  6. Meredith, R (2008) The Elephant and the Dragon: The Rise of India and China and What it Means for All of Us, "W.W Norton and Company" आइएसबिएन ९७८-०-३९३-३३१९३-६
  7. Rosefielde, Steven (फेब्रुअरी २००५), Russia in the 21st Century, UNC Press, आइएसबिएन 978-0-521-54529-7 
  8. Saloway, Scott (२४ जनवरी २०२०), "China will replace the US as the world's biggest superpower by 2030: UBS survey" (अङ्ग्रेजीमा), Yahoo Finance (UBS)। 
  9. Biswas, Soutik (२०१२-०३-१३), "Why India Will Not Become a Superpower", BBC India, अन्तिम पहुँच २०१२-०४-२९ 
  10. Yuanan, Zhang (२०१३-०७-३१), "Why China Is Still No Superpower", अन्तिम पहुँच २०१४-०३-१४ 
  11. "The Centre for Chinese Studies – Study of China and East Asia on the African continent", www.ccs.org.za, मूलबाट २०१३-१२-०४-मा सङ्ग्रहित।