सामग्रीमा जानुहोस्

महाशक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रपति रोनाल्ड रेगन र महासचिव मिखाइल गोर्बाचोभ, शीत युद्धका प्रतिस्पर्धी महाशक्ति का नेताहरू, जेनेभा, स्विजरल्याण्डमा भेटवार्ता गर्दै नोबेम्बर १९८५

अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा महाशक्ति (अङ्ग्रेजी: superpower) त्यस राज्य (वा राज्यहरू) लाई भनिन्छ जो वैश्विक स्तरमा प्रभाव पार्न सक्ने क्षमता राख्छन् जुन अन्य राज्यमा हुदैन ।

१९४४ मा, दोस्रो विश्वयुद्धको समयमा, यो शब्द पहिलो पटक ब्रिटिश साम्राज्य, सोभियत संघसंयुक्त राज्य अमेरिकाको लागि प्रयोग भएको थियो।[] शीतयुद्धको समयमा, ब्रिटिश साम्राज्यको पतन भयो, संयुक्त राज्य अमेरिका र सोभियत संघले विश्व मामिलामा प्रभुत्व कायम भयो। शीतयुद्धको अन्त्य र १९९१ मा सोभियत संघको विघटनसँगै, संयुक्त राज्य अमेरिका विश्वको एकमात्र महाशक्ति बन्यो।,[][] अमेरिकाको यो स्थितिलाई कहिलेकाहीं परमशक्ति (Hyperpower)को रूपमा पनि चिनिन्छ।[]

सम्भावित महाशक्तिहरू

[सम्पादन गर्नुहोस्]
संयुक्त राज्य अमेरिकालाई वर्तमान महाशक्तिको रूपमा देखाउने नक्सा, सम्भावित महाशक्तिको रूपमा शैक्षिक समर्थनको फरक-फरक डिग्री भएका अन्य राजनीतिक संस्थाहरूसँग:

बिद्वानहरू र अन्य समालोचकहरूले २१ औं शताब्दीमा महाशक्ति बन्ने सक्ने सम्भावना भएका केही राजनैतिक शक्तिहरूलाई "सम्भावित महाशक्ति" शब्दावलीको प्रयोग गरेका छन्। आफ्नो विशाल बजार, बढ्दो सैन्य ताकत, आर्थिक सम्भावना र अन्तराष्ट्रिय परिस्थितिमा बढ्दो प्रभावको कारणले, चीन,[][][] युरोपेली सङ्घ,[][] भारत[१०]रसिया[११] २१ औ शताब्दीको सम्भावित महाशक्ति हुन्। २०२० मा गरिएको एक सर्वे अनुसार, ५७% वैश्विक लगानीकर्ताहरूले चीनले अमेरिकालाई विश्वको महाशक्तिको रूपमा २०३० सम्ममा स्थानान्तरण गर्ने अनुमान गरेका छन्। [१२] यद्यपि, धेरै इतिहासकारहरू, लेखक तथा आलोचकहरूले यी देशहरू महाशक्तिको रूपमा उदाउनेमा शङ्का व्यक्त गरेका छन्। [१३][१४] केही राजनैतिक बैज्ञानिक र अध्येताहरूले यी राष्ट्रहरू सम्भावित महाशक्ति भन्दा पनि उदयीमान शक्ति हुने बताएका छन्। [१५]

महाशक्तिको पतन

[सम्पादन गर्नुहोस्]

सोभियत सङ्घ

[सम्पादन गर्नुहोस्]

१९८० र १९९० को दशकको सुरुवातमा सोभियत संघ र पूर्वी ब्लकमा पेरेस्ट्रोइका र ग्लासनोस्त, नोभेम्बर १९८९ मा बर्लिन पर्खाल ढल्नु र अन्ततः डिसेम्बर १९९१ मा सोभियत संघको विघटन जस्ता नाटकीय परिवर्तन भए। १९७० को प्रारम्भमा, आन्द्रेई अमलरिकले सोभियत पतनको भविष्यवाणी गरेका थिए, र इमानुएल टोडले १९७६ मा यस्तै भविष्यवाणी गरेका थिए।[१६] युक्रेनमा रूसी आक्रमणको समयमा रूसको परम्परागत युद्धको क्षमताका कारण पल क्रुगम्यानले रूसलाई "पोटेमकिन सुपरपावर" (देखावटी महाशक्ति)सँग तुलना गरेका थिए।[१७] रूस आणविक हतियार सम्पन राज्य हो।[१८]

ब्रिटिस साम्राज्य

[सम्पादन गर्नुहोस्]

केही टिप्पणीकारहरू १९५६ को स्वेज संकटलाई बेलायतको महाशक्तिको रूपमा अवधिको अन्त्यको सुरुवात मान्छन्।,[१९][२०][२१] तर अन्य टिप्पणीकारहरूले पहिले नै बेलायतको पतन र महाशक्तिको हैसियत अन्त्यको सुरुवात पहिलेका घटनाबाट नै सुरु भैसकेको देखाएका छन्, जस्तै: युद्धपछिको आर्थिक मितव्ययिताको काल, १९४६ को एङ्ग्लो-अमेरिकी ऋण, १९४६-४७ को जाडो, र ब्रिटिश भारतको स्वतन्त्रता । [२२]

विशेष गरी स्वेज संकटलाई इतिहासकारहरूले ब्रिटिश साम्राज्यको लागि राजनीतिक र कूटनीतिक विपत्ति मान्छन्, किनकि यसले संयुक्त राज्य अमेरिका र सोभियत संघबाट व्यापक दबाब सहित ठूलो मात्रामा अन्तर्राष्ट्रिय निन्दा खेप्नुपर्‍यो। यसले बेलायती र फ्रान्सेली सेनाहरूलाई लज्जास्पद रूपमा पछि हट्न बाध्य बनायो र सोभियत संघ र संयुक्त राज्य अमेरिका बीचको बढ्दो द्विध्रुवीय शीतयुद्धको राजनीतिलाई बलियो बनायो। १९६० को दशकमा, उपनिवेशीकरणको आन्दोलन चरम सीमामा पुगेको थियो, बाँकी रहेका साम्राज्यका भुभागहरूले स्वतन्त्रता प्राप्त गरे, जसले गर्दा ब्रिटिश साम्राज्यबाट राष्ट्रमंडल राष्ट्रहरूमा परिवर्तन हुने क्रम तीव्र भयो। साम्राज्यको पतन जारी रहँदा, संयुक्त अधिराज्यको गृह टापुहरूले पछि १९७० को दशकभरि उद्योग धारासायीको सामना गर्नुपर्‍यो, यससँग उच्च मुद्रास्फीति र औद्योगिक अशान्तिसँग जोडिए। यसले गर्दा केही अर्थशास्त्रीहरूले बेलायतलाई "युरोपको बिरामी" भनेर सम्बोधन गरेका थिए। १९७६ मा, संयुक्त अधिराज्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) बाट सहयोग माग्नुपर्‍यो। कुनै जमानामा बेलायतले नै पैसा जम्मा गरेर यो कोष स्थापना गरेको थियो। बेलायतले ३.९ अर्ब डलरको कार्जा पायो, जुन त्यस बिन्दुसम्म अनुरोध गरिएको सबैभन्दा ठूलो ऋण हो। [२३][२४] १९७९ मा, देशले ठुलो व्यापक हडतालहरूको सामना गर्‍यो, यसलाई असन्तुष्टिको जाडो भनेर चिनिन्छ। यी सबै कारकहरूलाई शिक्षाविद्, अर्थशास्त्री र राजनीतिज्ञहरूले बेलायतको पतनको प्रतीकको रूपमा हेरे। अन्तमा, जुलाई १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गर्नुलाई विज्ञहरूले ब्रिटिश साम्राज्यको पक्का अन्त्यको रूपमा हेरे।

तैपनि, आज संयुक्त अधिराज्यले २१ औं शताब्दीमा विश्वव्यापी नरम शक्ति कायम राखेको छ। यसको राजधानी शहर, लन्डन, विश्वको प्रख्यात शहरहरू मध्ये एक मानिन्छ, मोरी फाउन्डेसन द्वारा विश्वव्यापी शहरको रूपमा स्थान दिइएको छ। [२५] २०२२ मा, ब्रान्ड फाइनान्स द्वारा संयुक्त अधिराज्यलाई नरम शक्तिको सन्दर्भमा अग्रणी युरोपेली देशको रूपमा स्थान दिइएको थियो।[२६] संयुक्त अधिराज्यले पनि एक शक्तिशाली सेना कायम राखेको छ र आणविक हतियार राख्ने राज्यहरू मध्ये एक हो।

संयुक्त राज्य अमेरिका

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Hall, H. Duncan (अक्टोबर १९४४), "The Super-Powers; The United States, Britain, and the Soviet Union—Their Responsibility for Peace. By William T. R. Fox. (New York: Harcourt, Brace and Company. 1944. Pp. 162. $2.00.)", American Political Science Review (cambridge.org) 38 (5): 1013–1015, आइएसएसएन 0003-0554, जेएसटिओआर 1949612, डिओआई:10.2307/1949612, अन्तिम पहुँच २०१३-०९-०२
  2. Bremer, Ian (२८ मे २०१५), "These Are the 5 Reasons Why the U.S. Remains the World's Only Superpower", Time, मूलबाट ९ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०२४ अभिलेखिकरण ९ जुन २०१९ वेब्याक मेसिन
  3. Herring, George C. (२००८), From colony to superpower, Internet Archive, Oxford University Press, आइएसबिएन 978-0-19-507822-0
  4. Nossal, Kim Richard. "Lonely Superpower or Unapologetic Hyperpower? Analyzing American Power in the post–Cold War Era". Biennial meeting, South African Political Studies Association, 29 June-2 July 1999. http://post.queensu.ca/~nossalk/papers/hyperpower.htm. अन्तिम पहुँच मिति: 2007-02-28. अभिलेखिकरण २०२०-०५-१८ वेब्याक मेसिन
  5. "What kind of superpower could China be?", १९ अक्टोबर २०१२ www.bbc.co.ukद्वारा।
  6. "China as a global power", China.usc.edu, २००७-११-१३, अन्तिम पहुँच २०१०-०८-२७ अभिलेखिकरण २००९-०३-३१ वेब्याक मेसिन
  7. CNN (1999). Visions of China. CNN Specials, 1999. Retrieved on 2007-03-11 from http://www.cnn.com/SPECIALS/1999/china.50/asian.superpower/.
  8. Leonard, Mark (2005-02-18). Europe: the new superpower. Irish Times, 28 February 2005. Retrieved on 31-05-2015
  9. John McCormick,(2007). The European Superpower. Palgrave Macmillan.
  10. Meredith, R (2008) The Elephant and the Dragon: The Rise of India and China and What it Means for All of Us, "W.W Norton and Company" आइएसबिएन ९७८-०-३९३-३३१९३-६
  11. Rosefielde, Steven (फेब्रुअरी २००५), Russia in the 21st Century, UNC Press, आइएसबिएन 978-0-521-54529-7
  12. Saloway, Scott (२४ जनवरी २०२०), "China will replace the US as the world's biggest superpower by 2030: UBS survey" (अङ्ग्रेजीमा), Yahoo Finance (UBS)।
  13. Biswas, Soutik (२०१२-०३-१३), "Why India Will Not Become a Superpower", BBC India, अन्तिम पहुँच २०१२-०४-२९
  14. Yuanan, Zhang (२०१३-०७-३१), "Why China Is Still No Superpower", अन्तिम पहुँच २०१४-०३-१४ अभिलेखिकरण २०१४-०३-१४ वेब्याक मेसिन
  15. "The Centre for Chinese Studies – Study of China and East Asia on the African continent", www.ccs.org.za, मूलबाट २०१३-१२-०४-मा सङ्ग्रहित। अभिलेखिकरण २०१३-१२-०४ वेब्याक मेसिन
  16. The final fall, Todd, 1976
  17. Paul Krugman (२८ फेब्रुअरी २०२२), "Russia Is a Potemkin Superpower", New York Times, मूलबाट १ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०२२
  18. William H, Boothby (१० मार्च २०१६), "13 Nuclear Weapons", Weapons and the Law of Armed Conflict: 208–216, आइएसबिएन 978-0-19-872850-4, डिओआई:10.1093/law/9780198728504.003.0013
  19. Brown, Derek (१४ मार्च २००१), "1956: Suez and the end of empire", The Guardian (London)।
  20. Reynolds, Paul (२४ जुलाई २००६), "Suez: End of empire", BBC News
  21. History's worst decisions and the people who made them, pp. 167–172
  22. "United Kingdom | History, Geography, Facts, & Points of Interest", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-१७
  23. "National Archives", अन्तिम पहुँच १७ डिसेम्बर २०१५
  24. "Sterling devalued and the IMF loan", The National Archives, अन्तिम पहुँच १७ डिसेम्बर २०१५
  25. "Global Power City Index 2020", The Mori Memorial Foundation, अन्तिम पहुँच २०२१-०६-०२
  26. "Global Soft Power Index 2022: USA bounces back better to top of nation brand ranking", brandfinance.com, १५ मार्च २०२२, अन्तिम पहुँच १ अप्रिल २०२२