सामग्रीमा जानुहोस्

मिखाइल गोर्बाचोभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिखाइल गोर्बाचोभ
Михаил Горбачёв
सन् १९८९ मा गोर्बाचोभ
सोभियत सङ्घका राष्ट्रपति
पदमा
१५ मार्च १९९०  २५ डिसेम्बर १९९१
उपराष्ट्रपतिगेनादी यानायभ
पूर्वाधिकारीपदको स्थापना
उतराधिकारीपदको विलुप्ती
सोभियत सङ्घका महासचिव
पदमा
२५ मे १९८९  १५ मार्च १९९०
सहायकआनातोली लुकियानोभ
पूर्वाधिकारीपदको स्थापना
उतराधिकारीआनातोली लुकियानोभ (कार्यकारी भूमिका राष्ट्रपतिलाई हस्तान्तरण)
सर्वोच्च सोभियत प्रेसिडियमको अध्यक्ष
पदमा
१ अक्टोबर १९८८  २५ मे १९८९
पूर्वाधिकारीआन्द्रे ग्रोमिको
उतराधिकारीपदको विलुप्ती
सोभियत सङ्घ कम्युनिस्ट पार्टीका सहासचिव
पदमा
११ मार्च १९८५  २४ अगस्ट १९९१
सहायकयेगोर लिगाचेभ
भ्लादिमिर इबास्को (सन् १९९०-१९९१)
पूर्वाधिकारीकनस्टान्टिन चेरनेनको
उतराधिकारीपदको विलुप्ती
सोभियत सङ्घ कम्युनिस्ट पार्टीको समितिका सदस्य
पदमा
२७ नोभेम्बर १९७९  २४ अगस्ट १९९१
सोभियत सङ्घ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सदस्य
पदमा
२७ नोभेम्बर १९७८  २४ अगस्ट १९९१
व्यक्तिगत विवरण
जन्म (1931-03-02) २ मार्च १९३१ (उमेर ९५)
प्रिबलनोये, स्ताभरोपोल क्राई, सोभियत सङ्घ
निधन३० अगस्ट २०२२
दलरूसको स्वतन्त्र गणप्रजातान्त्रिक पार्टी (सन् २००८-२०२२)
सामाजिक गणप्रजातान्त्रिक सङ्घ घ(सन् २००७-२०२२)
अन्य राजनीतिक
आबद्धता
रूसी सामाजिक गणप्रजातान्त्रिक पार्टी(सन् २००१-२००४)
सोभियत सङ्घको कम्युनिस्ट पार्टी (सन् १९५०-१९९१)
दम्पतीराइसा गोर्बाचोभ (सन् १९५३-१९९९; मृत्यु )
सन्तानइरिना बिर्गानस्काया
मातृ शिक्षाप्रतिष्ठानमस्को प्रदेश विश्वविद्यालय
व्यवसायवकिल
हस्ताक्षर
वेबसाइटगोर्बाचोभ फाउन्डेसन

मिखाइल गोर्बाचोभ (रुसी: Михаи́л Серге́евич Горбачёв) एक रूसी र पूर्व सोभियती राजनीतिज्ञ हुन्। उनी सोभियत सङ्घको आठौँ र अन्तिम नेता थिए र सन् १९८५ देखि १९९१ सम्म सोभियत सङ्घ कम्युनिस्ट पार्टीको महासचिव थिए। उनी सन् १९८८ देखि १९९१ सम्म (सन् १९८८ देखि १९८९ सम्म सर्वोच्च सोभियतको प्रेसिडियमको अध्यक्षको रूपमा, सन् १९८९ देखि १९९० सम्म सर्वोच्च सोभियत अध्यक्षको रूपमा र सन् १९९० देखि १९९१ सम्म सोभियत सङ्घको अध्यक्षको रूपमा) सोभियत सङ्घको राष्ट्रप्रमुख थिए। वैचारिक रुपमा उनी सुरुमा मार्क्सवाद-लेनिनवाद विचारधारासँग जोडिएका थिए, यद्यपि सन् १९९० को दशकको प्रारम्भमा उनी सामाजिक प्रजातन्त्र तर्फ लागेका थिए।

सन् १९८९-९० मा पूर्वी गुटका कयौँ कम्युनिस्ट राष्ट्रहरू माक्सवादी-लेनिनवादी शासन त्यागेको समयमा गोर्बचोभले सैन्य हस्तक्षेप गर्न अस्विकार गरेका थिए। आन्तरिक रूपमा बढ्दो राष्ट्रवादी रुझानले सोभियत सङ्घ खण्डन हुने खतरा बढिरहेको थियो। त्यसकारण कट्टरपन्थीहरूले सन् १९९१ मा गोर्बचोभ विरुद्ध असफल सैन्य विद्रोहको प्रयास गरेका थिए। यसपछि गोर्बाचिभको इच्छा विपरित सोभियत सङ्घ विघटन हुँदा उनले पदबाट राजीनामा दिएका थिए। राजीनामा पछि उनले आफ्नो गोर्बाचोभ फाउन्डेसन सुरु गरे भने उनी रूसी राष्ट्रपति बोरिस येल्तसिनभ्लादिमिर पुतिनका कट्टर आलोचक बनेका थिए। रुसको सामाजिक-लोकतान्त्रिक आन्दोलनको अभियान गोर्बाचोभबाट सुरु भएको थियो।

कम्युनिस्ट पार्टीमा उदय

[सम्पादन]

गोर्बाचोभले १९६१ अक्टोबरमा महत्त्वपूर्ण २२ औँ पार्टी कंग्रेसलाई भाग लिए, जहाँ निकिता ख्रुश्चेवले बीस वर्ष भित्र प्रति व्यक्ति उत्पादनमा अमेरिकाको भन्दा बढी पुर्याउने योजना घोषणा गरेका थिए। उनी १९६३ मा स्टाभरोपोल क्षेत्रीय समितिमा पार्टी ओर्गेन्स विभागको प्रमुखलाई पदोन्नति गरिएको थियो।

सोभियत सङ्घ कम्युनिष्ट पार्टीको महासचिव

[सम्पादन]
मिखाइल गोर्बाचेभ

मिखाइल गोर्बाचेभ ११ मार्च १९८५ मा पोलिटब्युरोद्वारा महासचिवमा निर्वाचित भए। उनको चयन उनका पूर्ववर्ती कोन्स्टान्टिन चेर्नेन्कोको ७३ वर्षको उमेरमा मृत्यु भएको चार घण्टाभन्दा बढी समयपछि भएको थियो।[] ५४ वर्षीय गोर्बाचेभ पोलिटब्युरोका सबैभन्दा कान्छा सदस्य थिए। महासचिवको रूपमा उनको प्रारम्भिक लक्ष्य स्थिर सोभियत अर्थतन्त्रलाई पुनर्जीवित गर्नु थियो। त्यसो गर्न अन्तर्निहित राजनीतिक र सामाजिक संरचनाहरूमा सुधार आवश्यक पर्ने उनले महसुस गरे।[]

मृत्यु

[सम्पादन]

गोर्बाचेभको मृत्यु सन् २०२२ अगस्ट ३० का दिन मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालमा ९१ वर्षको उमेरमा भएको थियो।[][] उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सन् २०२० को सुरुदेखि नै डाक्टरहरूको निरन्तर निगरानीमा थिए।[][][] उनको इच्छा अनुसार सन् १९९९ मा मृत्यु भएकी श्रीमती राइसाको छेउमा मस्कोको नोभोडेभिची चिहानमा उनको अन्तिम संस्कार गरिनेछ।[] अलेक्सान्दार केरेन्स्की र सोभियत सङ्घका नेता भासिली कुज्नेत्सोभलाई उछिनेर गोर्बाचेभ इतिहासमा रूसको सबैभन्दा लामो समयसम्म बाँचेका शासक थिए, केरेन्स्की र भासिली कुज्नेत्सोभजो दुवै ८९ वर्षको उमेरसम्म बाँचेका थिए।[]

प्रतिक्रिया

[सम्पादन]

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार रुसको राष्ट्रपति भ्लादिमिर पुतिनले गोर्बाचेभको निधनमा शोक व्यक्त गरेका थिए। [१०]

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, पूर्व अमेरिकी विदेश सचिव कन्डोलिजा राइस र आयरल्यान्डका ताओइसेच माइकल मार्टिनले र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले ट्विटरमा गोर्बाचोभलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए।[११] संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गोर्बाचेभ "इतिहासको सिलसिला परिवर्तन गर्ने र एक शक्तिशाली विश्वव्यापी नेता, प्रतिबद्ध बहुपक्षीय र शान्तिका लागि अथक वकालत गर्ने एक किसिमका राजनेता " भएको बताएका छन्। शीतयुद्धको अन्त्यको सन्दर्भमा "इतिहासले मिखाइल गोर्बाचेभलाई आफ्नो महान् राष्ट्रलाई लोकतन्त्रतर्फ डोर्‍याउने विशालका रूपमा सम्झनेछ" भनी बताए। क्यानाडाका पूर्वप्रधानमन्त्री ब्रायन मुलरोनीले "उनीसँग व्यवहार गर्न निकै रमाइलो मानिस थिए " र "इतिहासले उहाँलाई परिवर्तनकारी नेताको रूपमा सम्झनेछ" बताएका थिए।[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Chernenko is Dead in Moscow at 73; Gorbachev Succeeds Him and Urges Arms Control and Economic Vigor", द न्युयोर्क टाइम्स, १२ मार्च १९८५, मूलबाट ८ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०२०
  2. "Михаил Сергеевич Горбачёв (Mikhail Sergeyevičh Gorbačhëv)", Archontology, २७ मार्च २००९, मूलबाट ११ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २००९
  3. Heintz, Jim (३० अगस्ट २०२२), "Mikhail Gorbachev, who steered Soviet breakup, dead at 91", The Associated Press, अन्तिम पहुँच ३० अगस्ट २०२२
  4. Ljunggren, David (३० अगस्ट २०२२), "Last Soviet leader Gorbachev, who ended Cold War and won Nobel prize, dies aged 91", Reuters (अङ्ग्रेजीमा), मूलबाट ३० अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २०२२
  5. Lister, Tim (३० अगस्ट २०२२), "Mikhail Gorbachev, Soviet president who took down the Iron Curtain, dies", CNN, मूलबाट ३० अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २०२२
  6. "Источник: ухудшения здоровья Горбачева нет" [Source: no deterioration in Gorbachev's health], TASS (रुसीमा), २० जुन २०२२, अन्तिम पहुँच २०२२-०८-३०
  7. Вишнева, Светлана (२०२२-०६-२०), "Представитель Горбачева подтвердил наличие проблем с почками у политика", radiokp.ru (रुसीमा), अन्तिम पहुँच २०२२-०८-३०
  8. "Горбачева похоронят рядом с супругой на Новодевичьем кладбище", РЕН ТВ (रुसीमा), २०२२-०८-३०, अन्तिम पहुँच २०२२-०८-३०
  9. "Горбачев стал самым долгоживущим российским правителем", Ruposters.ru (ru-RUमा), अन्तिम पहुँच २०२२-०८-३०
  10. Reuters (२०२२-०८-३०), "Russia's Putin expresses deepest condolences on death of Gorbachev -Interfax", Reuters (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-३०
  11. "Mikhail Gorbachev, former Soviet leader, dies – global reaction", the Guardian (अङ्ग्रेजीमा), २०२२-०८-३०, अन्तिम पहुँच २०२२-०८-३०
  12. Reuters (२०२२-०८-३०), "Global reactions to the death of last Soviet leader Mikhail Gorbachev", Reuters (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-३१

बाह्य कडीहरू

[सम्पादन]