मिखाइल गोर्बाचोभ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मिखाइल गोर्बाचोभ (रूसी: Михаи́л Серге́евич Горбачёв) एक रूसी र पूर्व सोभियती राजनीतिज्ञ हुन्। उनी सोभियत सङ्घको आठौँ र अन्तिम नेता थिए र १९८५ देखि १९९१ सम्म सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महासचिव थिए।

उनी १९८८ देखि १९९१ सम्म (१९८८ देखि १९८९ सम्म सुप्रीम सोवियतको प्रेसिडियम को अध्यक्षको रूपमा, १९८९ देखि १९९० सम्म सर्वोच्च सोवियत अध्यक्षको रूपमा, र १९९० देखि १९९१ सम्म सोवियत सङ्घ को अध्यक्ष को रूपमा) सोभियत संघको राष्ट्रप्रमुख थिए । वैचारिक रुपमा उनी सुरुमा मार्क्सवाद-लेनिनवाद विचारधारा संग जोडिएका थिए, यद्यपि १९९० को दशकको प्रारम्भमा उनी सामाजिक प्रजातन्त्र तर्फ लागे ।

१९८९-९० मा पूर्वी गुटका कयौं कम्युनिष्ट राष्ट्रहरू माक्सवादी-लेनिनवादी शासन त्यागेको समयमा, गोर्बचोभले सैन्य हस्तक्षेप गर्न अस्विकार गरे । आन्तरिक रुपमा, बढ्दो राष्ट्रवादी रुझानले सोभियत संघ टुट्ने खतरा बढीरहेको थियो। त्यसकारण कट्टरपन्थीहरूले १९९१ मा गोर्बचोभ विरुद्ध असफल अगष्ट कु को प्रयास गरे । यसपछि, गोर्बाचिभको इच्छा विपरित सोभियत संघ विघटन भयो र उनले राजीनामा दिए। पदत्याग पछी, उनले आफ्नो गोर्बाचोभ फाउन्डेसन सुरु गरे, उनी रूसी राष्ट्रपति बोरिस येल्तसिनभ्लादिमिर पुतिनका कट्टर आलोचक बने र रुसको सामाजिक-लोकतान्त्रिक आन्दोलनको अभियान सुरु गरे।

कम्युनिस्ट पार्टीमा उदय[सम्पादन गर्ने]

गोर्बाचोभले १९६१ अक्टोबरमा महत्त्वपूर्ण २२ औँ पार्टी कांग्रेसलाई भाग लिए, जहाँ निकिता ख्रुश्चेवले बीस वर्ष भित्र प्रति व्यक्ति उत्पादनमा अमेरिकाको भन्दा बढी पुर्याउने योजना घोषणा गरेका थिए। उनी १९६३ मा स्टाभरोपोल क्षेत्रीय समितिमा पार्टी ओर्गेन्स विभागको प्रमुखलाई पदोन्नति गरिएको थियो।

सोभियत सङ्घ कम्युनिष्ट पार्टीको महासचिव[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]