युरी आन्द्रोपोभ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
युरी एन्ड्रोपोभ
Yuri Andropov
Юрий Андропов
Yuri Andropov - Soviet Life, August 1983.jpg
Andropov in 1983
सोभियत संघ कम्युनिष्ट पार्टीको महासचिव
कार्यकाल
12 November 1982 – 9 February 1984
पूर्वाधिकारीलियोनिद ब्रेझनेभ
उतराधिकारीकोन्सटान्टिन चेरनेन्को
व्यक्तिगत विवरण
नागरिकतासोभियत संघ

यूरी भ्लादिमिरोभिच एन्ड्रोपोभ (अङ्ग्रेजी: Vladimirovich Andropov (/ænˈdrpɔːf, -pɒf/;[१] रुसी: Юрий Владимирович Андропов, tr. Yury Vladimirovich Andropov, रुसी उच्चारण: [ˈjʉrʲɪj vlɐˈdʲimʲɪrəvʲɪtɕ ɐnˈdropəf] ; १५ जुन [ओ.एस. २ जुन] १९१४ - ९ फेब्रुअरी १९८४) [२] सोभियत संघको छैठौं सर्वोच्च नेता र सोभियत संघ कम्युनिष्ट पार्टीको चौधौँ महासचिव थिए । लियोनिद ब्रेज्नेभको १८ वर्षे शासन पछि, एन्ड्रोपोभले नोभेम्बर १९८२ देखि फेब्रुअरी १९८४ सम्म उनको मृत्यु नहोउन्जेलसम्म यस पदमा काम गरे।

आफ्नो सेवा वृतिको सुरुवात, एन्ड्रोपोभले १९५४ देखि १९५७ सम्म हंगेरीको लागि सोभियत राजदूतको रूपमा काम गरे। त्यस समयमा उनी १९५६ को हंगेरी विद्रोहको दमनमा सामेल भएका थिए। उनलाई १० मे १८६७ मा केजीबी अध्यक्ष नियुक्त गरिएको थियो। यस स्थितिमा उनले सामूहिक गिरफ्तारी र "सामाजिक अवांछनीय" मानिने व्यक्तिको अनैच्छिक मनोवैज्ञानिक प्रतिबद्धताको माध्यमबाट गरिएको मतभेदको व्यापक निरीक्षण गरे।[स्रोत नखुलेको] लियोनिद ब्रेज्नेभले १९७५ मा हृदयघात को सामना गरेपछि, एन्ड्रोपोभले विदेशमन्त्री, रक्षामन्त्री र आफू सम्मिलित तीन सदस्यीय समिति गठन गरे जुनले ब्रेज्नेभको बाँकी शासन अबधीको नीतिहरू तर्जुमा गर्यो। १० नोभेम्बर १९८२ मा, ब्रेजेनेभको मृत्युपछि युरी एन्ड्रोपोभ उनी पछि जनरल सेक्रेटरी र सोभियत संघका नेताको रूपमा आए । एन्ड्रोपोभले आफ्नो छोटो कार्यकालको अवधिमा सोभियत व्यवस्थामा भ्रष्टाचार र अकुशलता हटाउने प्रयास गरे जुन पार्टीको अनुशासनको उल्लंघन र कार्यस्थलमा सच्चाइलाई अपराधीकरण गरेको आरोपमा लामो समयदेखि अनुसन्धान गरी सोभियत प्रणालीमा भ्रष्टाचार र अकुशलताको अन्त्य गर्ने प्रयास गरे। शीतयुद्ध तीव्र भयो र सोभियत अर्थतन्त्रमा बढ्दो सङ्कट उनले जसरी सम्हाले उनी नोक्सानमा थिए। उनको प्रमुख दीर्घकालीन प्रभाव भनेको आफु जस्तै उर्जावान युवा सुधारवादीहरूको ( यिगोर लिगाच्योभ, निकोलाई राइजकोभ र सबैभन्दा महत्त्वपूर्ण, मिखाइल गोर्बाचोभ लगायत सहितका) नयाँ पुस्तालाई अगाडि ल्याउनु थियो। [३] यद्यपि फेब्रुअरी १९८३ मा मृगौला फेल भएपछि एन्ड्रोपोभको स्वास्थ्य द्रुत बिग्रिन थाल्यो। लगभग १५ महिना देशको नेतृत्व गरेपछि, ९ फेब्रुअरी १९८३ मा , उनको मृत्यु भयो।

बाल्यकाल[सम्पादन गर्ने]

हंगेरी विद्रोहको दमन[सम्पादन गर्ने]

जुलाई १९५४ मा, उनी हंगेरीका लागि सोभियत राजदूत नियुक्त भए र १९५६ को हंगेरी क्रान्तिको दौरान उनले यो पद सम्हाले। एन्ड्रोपोभले हंगेरी विद्रोहलाई दबाउनमा महत्वपूर्ण भूमिका खेले। उनले त्यसको लागि अनिच्छुक निकिता ख्रुश्चेभलाई सैन्य हस्तक्षेप आवश्यक छ विश्वस्त गराए। हंगेरी विद्रोहको निर्मम दमनको लागि उनलाई 'बुडापेस्टको कसाई' भनेर चिनिन्छन्। हंग्रेरियन नेताहरू पक्राउ परे र इम्रे नागी लगायत अन्यलाई मृत्युदण्ड दिइयो।

केजीबी अध्यक्षता र पोलिटब्युरो क्यारियर[सम्पादन गर्ने]

सोवियत संघका नेता[सम्पादन गर्ने]

लियोनिद ब्रेज्नेभको मृत्यु भएको दुई दिन पछि १२ नोभेम्बर १९८२ मा, एन्ड्रोपोभ सोभियत संघ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भए। उनी महासचिव बनेको केजीबीका पहिलो पूर्व प्रमुख थिए। उनको नियुक्ति केजीबी र हंगेरीमा उनको भूमिकालाई लिएर पश्चिमा जगतमा डर र संदेहका साथ हेरियो, । त्यस समयमा उनको व्यक्तिगत पृष्ठभूमि पश्चिममा रहस्यमय थियो, प्रमुख अखबारहरूले उनको विस्तृत प्रोफाइल छापेका थिए जुन विसंगत थियो र धेरै जसो मिथ्या बनाइएको थियो। [४]

घरेलु नीति[सम्पादन गर्ने]

अर्थव्यवस्था[सम्पादन गर्ने]

भ्रष्टाचार विरोधी अभियान[सम्पादन गर्ने]

विदेश नीति[सम्पादन गर्ने]

अमेरिका / नाटो र सोभियत संघ बीचको आणविक हतियारको बिरूद्ध द हेग, नेदरल्याण्ड मा १९८३ मा भएको विरोध

मृत्यु र अन्त्येष्टि[सम्पादन गर्ने]

राष्ट्रपति रोनाल्ड रेगन सोभियत दूतावासमा एन्ड्रोपोभको मृत्युमा शोक पुस्तकमा हस्ताक्षर गर्दै

फेब्रुअरी १९८३ मा, एन्ड्रोपोभ को दुवै मृगौला पूर्णरुपले असफल भयो । अगस्ट १९८३ मा, उनी पश्चिमी मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालमा भर्ना भए, जहाँ उनले आफ्नो बाँकी जीवन बिताएका थिए।

जनवरी १९८४ को अन्त्यमा, एन्ड्रोपोभको स्वास्थ्य द्रुत रूपमा बिग्रियो र उनको रगतमा बढ्दो विषाक्तताका कारण उनीमा चेतना घट्दै गयो। उनको मृत्यु ९ फेब्रुअरी १९८४ मा १६:५० मा अस्पतालको कोठामा ६९ वर्षको उमेरमा भयो। [५] त्यस दिन उनको मृत्युको बारेमा केहि मात्र सोभियत नेताहरूले मात्र सुनेका थिए, सबै पोलिटब्युरो सदस्यहरूले समेत सुनेका थिएनन्। सोभियत पोस्ट पोस्टमार्टम मेडिकल रिपोर्टका अनुसार एन्ड्रोपोभ धेरै चिकित्सा अवस्थाबाट ग्रस्त थिए: इन्टर्स्टिशियल नेफ्रिटिस, नेफ्रोस्क्लेरोसिस, अवशिष्ट उच्च रक्तचाप र मधुमेह, जुन किडनीको कार्य अभावले खराब भएको थियो।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

विरासत[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Andropov". Random House Webster's Unabridged Dictionary.
  2. Profile of Yuri Andropov
  3. Mauricio Borrero, "Andropov, Yuri Vladimirovich 1914–1984." Encyclopedia of Modern Dictators (2006), pp. 7–10.
  4. "The Andropov Hoax", Edward Jayepstein, अन्तिम पहुँच ३० मार्च २०१३ 
  5. Burns, John F. (११ फेब्रुअरी १९८४), "Andropov is Dead in Moscow at 69; Reagan Asks 'Productive Contacts' and Names Bush to Attend Funeral", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच ११ जुलाई २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]