पोप फ्रान्सिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रान्सिस
अगस्त २०१४ मा पोप फ्रान्सिस
अभिषेक१३ मार्च २०१३
अग्रजपोप बेनेडिक्ट १३औं
क्रम
नियुक्ति१३ डिसेम्बर १९६९
 रेमोन होजे कयास्टेललानोद्वारा
प्रतिष्ठापन२७ जुन १९९२
 एन्टोनियो क्वाराकिनोद्वारा
कार्डिनल नियुक्त२१ फेब्रुअरी २००१
व्यक्तिगत विवरण
जन्म नामजर्ज मारियो बर्गोग्लियो
जन्म(१९३६-१२-१७)१७ डिसेम्बर १९३६
ब्युनस आयर्स, अर्जेन्टिना
राष्ट्रियताअर्जेन्टिनीभ्याटिकन
पछिल्लो पदअर्जेन्टिनाका जिसस समुहका प्रादेशिक अतिथि (१९७३-१९७९)
अर्जेन्टिना बिशप सम्मेलनका अध्यक्ष (२००५-२०११)
आदर्श वाक्यMiserando atque Eligendo[१]
चिह्न{{{coat_of_arms_alt}}}

फ्रान्सिस (रोमन: Franciscus [franˈtʃiskus]; जन्म नाम: जर्ज मारियो बर्गोग्लियो (जन्म: १७ डिसेम्बर १९३६)मा भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका २६६औं पोपको रूपमा १३ मार्च २०१३मा निर्वाचित व्यक्ति हुन् । उक्त पदमा निर्वाचित भएपछि हाल उनी चर्चको प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीको शासकसमेत भएका छन् ।

अर्जेन्टिनाको राजधानी सहर ब्युनर्स आयर्समा जन्मिएका जर्ज मारियोलाई सन् १९६९मा पुजारीको रूपमा नियुक्त गरिएको थियो । उनले सन् १९७३ देखि १९७९ सम्म अर्जेन्टिनाको सोसाइटी अफ जिसस नामक संस्थाको नेतृत्व गरेका थिए । त्यसपछि सन् १९९८मा ब्युनर्स आयर्सकोआर्कबिसप हुँदै उनी सन् २००१मा पोपको चुनावमा मतदान गर्ने कार्डिनलको रूपमा चुनिए । सन् २०१३ फेब्रुअरी २८मा उनका अग्रज पोप बेनेडिक्ट सोर्हौंले राजीनामा दिएपछि पोप छनौटगर्न भ्याटिकन सिटीमा आयोजित एक गोप्य भेलाले उनलाई पोपको रूपमा चुन्यो । पोप चुनिएपछि जर्ज मारियोले प्राचिन सन्त फ्रान्सिस अफ असिसीको सम्मानमा आफ्नो नाम फ्रान्सिस प्रथमको रूपमा परिवर्तन गरे । सोसाइटी अफ जिससबाट पोप हुने प्रथम व्यक्ति पोप फ्रान्सिस, अमेरिकी मुल तथा दक्षिणी गोलार्द्धबाट पनि पहिलो पोप हुन् ।

प्रारारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

जर्ज मारियो बर्गोग्लियोको जन्म ब्युनर्स आयर्सको फ्लोरेसमा भएको थियो । [२] उनी इटालियन आप्रवासी मारियो जोसे बर्गोग्लियो र उनकी पत्नी रेगिना मारिया सिभोरीका पाँच सन्तान मध्ये एक थिए । इटालीको पिडमन्ट क्षेत्रको पोर्टाकोमरोमा जन्मिएका मारियो जोसे एक रेलवे कामदार थिए । [३] उनकी पत्नी रेगिना मारिया एक गृहणी थिइन् । रेगिनाको जन्म ब्युनर्स आयर्समा बस्दै आएको एक उत्तरी इटालियन आप्रवासी परिवारमा भएको थियो ।[४][५][६][७][८] जर्ज मारियोकी दिदी मारिया एलेनाका अनुसार उनीहरूका बुबाले इटालीमा भएको तानाशाही शासनले उनलाई देश छोड्न बाध्य बनाएको थियो भनेर पटक पटक भन्ने गरेका थिए । एलेना पोपकी एकमात्र जीवित एकै कोखकी आफन्त हुन् ।

बर्गोग्लियो बाल्यकालदेखि नै स्थानीय सान लरेन्जो डि अलमाग्रो नामक फुटबल क्लबका समर्थक हुन् । [९][१०] उनी कलाकार टिटा मेरेलो अभिनित तथा नियोरियालिजम चलचित्रका प्रशंसक (फ्यान) हुन् भने अर्जेन्टिनाउरूग्वेमा प्रचलित मिलोङ्गा भनिने परम्परागत संगित उनलाई असाध्यै मनपर्छ ।[११] उनले राष्ट्रिय प्राविधिक संस्थान नामक प्राविधिक माध्यमिक विद्यालयमा अध्ययन गरेर [१२] रसायन प्रविधिमा स्नातकसम्मको अध्ययन गरेकाछन् ।[१३] अध्ययन पश्चात बर्गोग्लियोले केही वर्ष हिकेदिअर ब्याचम्यान खाद्यप्रयोगशालामा रसायन प्रविधिकको रूपमा काम गरे ।[१४] केही स्रोतहरूका अनुसार उनले ब्युनर्स आयर्स विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेकाछन् ।[१५][१६] बर्गोग्लियो २१ वर्षको हुँदा उनलाई खतरनाक निमोनिया भयो र उनको फोक्सोमा पानी जमेकोले फोक्सोको एक भाग शल्यक्रिया गरेर हटाइएको थियो ।[१२][१७]

बर्गोग्लियो स्पेनिस, ल्याटिन, इटालियन, जर्मनी[१८] फ्रेन्च,[१९] र अङ्ग्रेजी भाषामा संवाद गर्न सक्षम छन् ।[२०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Veronica Scarisbrick (१८ मार्च २०१३), "Pope Francis : "Miserando atque eligendo"...", Vatican Radio, अन्तिम पहुँच १९ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण ५ जुलाई २०१३ मिति
  2. Claudio Iván Remeseira: Pope Francis: A humble and outspoken man, and technically also Italian वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२७ मिति NBCLatino, 14 March 2013
  3. "La Nación newspaper: ... "Regina María Sívori, su mamá" ..., 17 March 2013", Lanacion.com.ar, अन्तिम पहुँच २०१३-०३-१९ 
  4. Stella, Gian Antonio (१४ मार्च २०१३), "Tango e battesimo, fidanzata e vangelo l'alfabeto misto di Papa Francesco", Corriere della Sera (Italianमा), अन्तिम पहुँच १४ मार्च २०१३, "Mio padre era di Portacomaro (Asti, ndr) e mia madre di Buenos Aires, con sangue piemontese e genovese" 
  5. "Bergoglio Card. Jorge Mario, S.I.", College of Cardinals Biographical notes, Vatican.va, ९ नोभेम्बर २०११, मूलबाट १४ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०३-१४ 
  6. Rice-Oxley, Mark (१३ मार्च २०१३), "Pope Francis: the humble pontiff with practical approach to poverty", The Guardian (UK), अन्तिम पहुँच १३ मार्च २०१३ 
  7. Donovan, Jeffrey (१३ मार्च २०१३), "Argentina's Cardinal Bergoglio Is Elected Pope Francis", Bloomberg, अन्तिम पहुँच १३ मार्च २०१३ 
  8. Barney Henderson (१४ मार्च २०१३), "Pope Francis elected leader of Catholic Church: latest", The Daily Telegraph, अन्तिम पहुँच १४ मार्च २०१३ 
  9. (स्पेनी)Club Atlético San Lorenzo de Almagro (१३ मार्च २०१३), "Francisco, Socio de San Lorenzo, es el Nuevo Papa", अन्तिम पहुँच १४ मार्च २०१३ 
  10. Club Atlético San Lorenzo de Almagro (१४ मार्च २०१३), "Pope Francis is a card-carrying San Lorenzo supporter" 
  11. (स्पेनी) "Bergoglio, sobre todo 'pastor', tanguero y simpatizante de San Lorenzo", Agencia Informativa Católica Argentina, १३ मार्च २०१३, अन्तिम पहुँच १९ मार्च २०१३ 
  12. १२.० १२.१ "Jorge Bergoglio, un sacerdote jesuita de carrera" [Jorge Bergoglio, a career Jesuit priest], La Nación (Spanishमा), १३ मार्च २०१३।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १६ डिसेम्बर २०१८ मिति
  13. "Biography: who is Jorge Mario Bergoglio?", News.va, १३ मार्च २०१३, अन्तिम पहुँच १५ मार्च २०१३ 
  14. "Se etapa de laboratorista", Clarin, १७ मार्च २०१३, अन्तिम पहुँच १७ मार्च २०१३ 
  15. "Intellect, pastoral skills seen as strength of Argentine primate", Catholic News Service, १ अप्रिल २००५, अन्तिम पहुँच १५ मार्च २०१३ 
  16. Rocca, Francis X. (१३ मार्च २०१३), "Cardinal Jorge Bergoglio: a profile", Catholic Herald, अन्तिम पहुँच १५ मार्च २०१३ 
  17. Lifschitz, Alejandro (१३ मार्च २०१३), "Argentina's pope a modest man focused on the poor", Reuters, अन्तिम पहुँच १४ मार्च २०१३ 
  18. "Pope Francis: 13 key facts about the new pontiff", The Guardian, १३ मार्च २०१३, अन्तिम पहुँच १३ मार्च २०१३ 
  19. "Briefing di padre Lombardi", News.va, १४ मार्च २०१३, अन्तिम पहुँच १४ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१७ मिति
  20. Peter Walker, Paul Owen and David Batty (२०१३-०३-१४), "Pope Francis, first day after election - live updates | World news", guardian.co.uk, अन्तिम पहुँच २०१३-०३-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]