हेनरी किसिन्जर
हेनरी किसिन्जर | |
---|---|
![]() | |
५६औँ अमेरिकी परराष्ट्रमन्त्री | |
कार्यकाल २२ सेप्टेम्बर १९७३ – २० जनवरी १९७७ | |
राष्ट्रपति | रिचार्ड निक्सन जेराल्ड फोर्ड |
सहायक | केनेथ रस रोबर्ट एस इङ्गरसोल चार्ल्स डब्ल्यु रोबिन्सन |
पूर्वाधिकारी | विलियम पि रजर्स |
उतराधिकारी | साइरस भ्यान्स |
८ अमेरिकी राष्ट्रिय सुरक्षा परामर्शक | |
कार्यकाल २० जनवरी १९६९ – ३ नोभेम्बर १९७५ | |
राष्ट्रपति | रिचार्ड निक्सन जेराल्ड फोर्ड |
पूर्वाधिकारी | वाल्ट रोस्टो |
उतराधिकारी | ब्रेन्ट स्कोक्रफट |
व्यक्तिगत विवरण | |
जन्म | हेइन्ज अलफ्रेड किसिन्जर मे २७, १९२३ बाभारिया, जर्मनी |
राजनीतिक दल | रिपब्लिकन |
जीवन साथी(हरू) | आन फ्लेइसर (सन् १९४९-६४) न्यान्सी किसिन्जर (सन् १९७४-हाल) |
मातृ शिक्षाप्रतिष्ठान | सिटी कलेज अफ न्युयोर्क हार्भड विश्वविद्यालय |
पेशा | कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, व्यवसायी |
हस्ताक्षर | ![]() |
सैनिक सेवा | |
सेवा/शाखा | अमेरिकी सेना |
श्रेणी | सर्जेन्ट |
हेनरी किसिन्जर एक अमेरिकी पूर्व विदेशमन्त्री हुन्। हेनरी किसिन्जर राष्ट्रपति रिचार्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। किसिन्जरको जन्म जर्मनीमा भएको थियो। उनी सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्रीको रूपमा सेवा गरेका थिए। चीनसँग सम्बन्ध विस्तारका लागि उनी सन् १९७१ मा पाकिस्तानको रावलपिन्डीबाट चीन गएका थिए भने यस घटनालाई “पिङपङ कूटनीति” भनिन्छ।[१]
उनले भियतनाममा युद्धविराम वार्ताको लागि सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए। किसिन्जर अमेरिकी राजनीतिमा एक विवादास्पद र ध्रुवीकृत व्यक्तिको रुपमा चिनिन्छ। किसिन्जरलाई उच्च प्रभावशाली अमेरिकी विदेशमन्त्री भनेर धेरै प्रमुख अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले सम्मान गर्ने गरेका पनि छन्। जर्ज सल्जको फेब्रुअरी २०२१ मा मृत्यु भएसँगै किसिन्जर सबैभन्दा जेष्ठ जिवित परिषदीय सदस्य र निक्सन प्रशासनको एक मात्र जिवित सदस्य बनेका थिए।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "अमेरिकाले विदेश नीति पुन:परिभाषित गर्नुपर्छ"। खबरहब।
- ↑ "कम्युनिस्ट होइन, कन्फ्युसियाली चीन"। नागरिक न्युज। सङ्ग्रह मिति २०२१-०५-०३।
![]() |
विकिमिडिया कमन्समा हेनरी किसिन्जर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |