निकिता ख्रुश्चेभ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
निकिता ख्रुस्चेभ
Никита Хрущёв
A portrait shot of an older, bald man with bifocal glasses. He is wearing a blazer over a collared shirt and tie. In his hands, he is holding a set of papers.
सोभियत सङ्घको कम्युनिस्ट पार्टीका प्रथम सचिव
कार्यकाल
१४ सेप्टेम्बर १९५३ – १४ अक्टोबर १९६४
राष्ट्रपतिक्लिमेन्ट भरोसिलभ
लिओनिद ब्रेजनेभ
आनास्तास मिकोयमन
Premierगिओर्गी मलेनकभ
निकोलाई बुलगानिन
निज
पूर्वाधिकारीजोसेफ स्तालिन
उतराधिकारीलियोनिद ब्रेझनेभ
सोभियत सङ्घको मन्त्री परिषद्को प्रधानगण
कार्यकाल
२७ मार्च १९५८ – १४ अक्टोबर १०६४
फ्रल कोजलभ
आलेक्सी कोसिगिन
दिमित्री आस्तिनोभ
लाजार कागानोभिच
/आनास्तास मिकोयान
पूर्वाधिकारीनिकोलाई बुलगानिन
उतराधिकारीआलेक्सी कोसेगिन
कार्यकाल
२७ फेब्रुअरी १९५६ – १६ नोभेम्बर १९६४
सहायकआन्द्रे किरिलेङ्को
उतराधिकारीलिओनिद ब्रेजनेभ
व्यक्तिगत विवरण
जन्म(१८९४-०४-१५)अप्रिल १५, १८९४
रूसी साम्राज्य
मृत्यु (१९७१-०९-११) सेप्टेम्बर ११, १९७१ (उमेर ४९)
मस्को, रूस, सोभियत सङ्घ
राष्ट्रियतासोभियती
राजनीतिक पार्टीसोभियत सङ्घको कम्युनिस्ट पार्टी
जीवन साथी(हरू)जोफ्रोसिनिया ख्रुस्चेभ (सन् १९१६–१९१९, मृत्यु)
मारुसिया ख्रुस्चेभ (सन् १९२२, छुटिएको)
निना ख्रुस्चेभ (सन् १९२३–१९७१)
हस्ताक्षरA scrawled "Н Хрущёв"

निकिता सरगेयेभिच ख्रुस्चेभ (रूसी: Никита Сергеевич Хрущёв, जन्म : १५ अप्रिल १८९४, मृत्यु:११ सेप्टेम्बर १९७१)[१] शीत युद्ध को समयमा सोभियत सङ्घका सर्वोच्च नेता थिए।

१९५० को दशकमा ख्रुश्चेभले स्वेज संकट, स्पुतनिकको प्रक्षेपण, १९५७ को सिरियाली संकट, १९६० को यू -२ घटना जस्ता ठूला विजयहरूका लागि  कडा समर्थन पाए । १९६० को दशकको सुरुतिर, ख्रुश्चेभको नीतिहरूमा कमजोरीहरू र क्युवाली मिसाइल संकटलाई सम्हाल्ने उनको तरिकाको कारणले उनको लोकप्रियतामा ह्रास आउन सुरु भयो। यसले उनका सम्भावित प्रतिद्वन्द्वीहरूलाई उत्साहित तुल्यायो जो चुपचाप शक्तिमा आए र अक्टोबर १९६४ मा उनलाई हटाए। यद्यपि, उनले सोभियत सङ्घको अघिल्ला शक्ति संघर्षको जस्तो घातक नियती भोग्नु परेन ।  

ख्रुश्चेभको १९७१ मा हृदयघातबाट मृत्यु भयो।

सोभियत सङ्घका नेता[सम्पादन गर्ने]

आन्तरिक नीति[सम्पादन गर्ने]

नीति कार्यक्रम[सम्पादन गर्ने]

सन् १९५३ मा स्टालिनको मृत्युपछि सोभियत सङ्घको नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेव आए । उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए। उनले सर्वहारा वर्गको पार्टी सोभियत कम्युनिस्ट पार्टीसर्वहारा वर्गको अधिनायकत्वको सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदले । उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याए । सोभियत पार्टी र राज्य क्रमशः पार्टी नोकरशाहहरूको मौजाको रूपमा परिणत हुन थाल्यो । यो क्रमलाई १९७१ मा ख्रुश्चेवको मृत्यु पश्चात सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाए ।

कृषि नीति[सम्पादन गर्ने]

१९४० को दशक देखि नै, ख्रुश्चेभले सोभियत संघमा मकै खेतिको बारेमा वकालत गरेका थिए । [२] उनले युक्रेनमा मकै संस्थान को स्थापना गरे र भर्जिन ल्यान्ड मा . हजारौं एकड जमिनमा मकै खेति गर्न को लागि आदेश दिए .[३] II

अन्तरिक्ष अनुसन्धान[सम्पादन गर्ने]

सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्याए। १९६१मा सोभियत वायु-सैनिक युरी गगारिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।

राम्रो साधारण नागरिकहरु को जीवन को लागि धेरै नीतिहरू, तर त्यो ज्यादातर असफल, कृषि उत्पादन जस्तै नयाँ भूमि अभियान वृद्धि गर्न खोजे।

क्युबा मिसाइल संकट[सम्पादन गर्ने]

क्युबा मिसाइल संकट संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ बीच शीत युद्धको सबैभन्दा खतरनाक बिन्दु थियो। १९६२मा क्यूबा मिसाइल संकटमा अमेरिका र सोभियत सङ्घको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरिकाले यो संकट टर्यो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Maier, Simon; Kourdi, Jeremy (२०११), The 100: Insights and lessons from 100 of the greatest speakers and speeches ever delivered, Marshall Cavendish International Asia Pte Ltd, पृ: १५४, आइएसबिएन 978-981-4312-47-9 
  2. Taubman 2003, p. 374.
  3. Carlson 2009, p. 205.

बाह्य कडीहरू[सम्पादन गर्ने]