भ्यालेन्तिना तेरेस्कोभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भ्यालेन्तिना तेरेस्कोभा
RIAN archive 612748 Valentina Tereshkova.jpg
सन् १९६९मा तेरेस्कोभा
Valentina Tereshkova Signature.svg
जन्म१९३७
बोस्लोए म्याज्लीनीकोभो,टुटेभ्स्काई जिल्ला,सोभिएत सङ्घ
राष्ट्रियतासोभिएत सङ्घ
रुस
अन्य नामभ्यालेन्तिना भ्लादिमिरोभना तेरेस्कोभा
पेशापाइलट
पुरस्कारHero of the Soviet Union Orden of Honour.pngOrden of Friendship.png

भ्यालेन्तिना तेरेस्कोभा (रूसी: Валенти́на Влади́мировна Терешко́ва; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको भोस्तोक-६को पाइलटका रूपमा १९६३ जून १६ मा अन्तरिक्ष यात्रा गरेकी हुन्।[१] उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन । अन्तरिक्ष यात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन प्याराशुटर थिइन । सन २०१३ म उनले मङ्गल ग्रहमा जाने प्रस्ताव राखिन । उनी २०१४ शीतकालिन ओलोम्पिकको उदघाटन समारोहमा ओलोम्पिक ध्वजबाहक बनेकी थिइन।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

तेरेस्कोभाको जन्म सोभियत सङ्घको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए ।[२] उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन ।[३] १९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अध्ययन गर्न थालिन ।उनको प्यारसुटिङमा सानै देखि रुचि थियो ।उनले स्थानिय एरोक्ल्बमा प्यारासुटिङ सिकेर २१ मे १९५९ को दिन पहिलो पटक प्यारासुट लिएर हाम फालिन ।उनी त्यस बेला स्थानिय कपडा कारखानामा काम गर्थिन। उनको प्यारासुटिङ् कलाले उनलाई अन्तरिक्ष यात्रामा सफलता दियो ।१९६१ मा उनी युवा कम्युनिस्ट लिग (कम्सोमोल) को सचिव भइन र पछि गएर सोभिएत कम्युनिस्ट पार्टिको सदस्य भइन ।

शिक्षा[सम्पादन गर्नुहोस्]

भ्यालेन्तिना तेरेस्कोभाले आफ्नो उडान पछि रसियाको झुकोभ्स्की वायु सेना एकाडेमीमा भर्ना भइन । उनले त्यहाबाट विशिष्ट श्रेणीमा उत्तिर्ण भई कस्मोनट इन्जीनियर भइन ।सन १९७७ मा उनले इन्जीनियरको डक्ट्रेट उपाधि प्राप्त गरिन ।

निजी जीवन[सम्पादन गर्नुहोस्]

सम्मान[सम्पादन गर्नुहोस्]

त्रिशक्ति पट्ट, नेपाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]