वार्तालाप:भ्यालेन्तिना तेरेस्कोभा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: शीर्षक सुधार गर्न स्पष्ट सहमति हुन सकेन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४३, ६ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →१६ साउन २०७७[सम्पादन गर्नुहोस्]

भ्यालेन्तिना तेरेस्कोभाभलिन्तिना तिरिस्कोभा, सहि नाम भएकाले-हिमाल सुबेदी (कुरा गर्ने) १९:२६, ३१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  •  असमर्थन प्रस्तावित शीर्षक खोज गर्दा कतै भेटिएन। 'भ्यालेन्टिना टेरेस्कोभा' नामक शीर्षक एक दुईवटा अनलाइन समाचारमा रहेतापनि 'भ्यालेन्तिना तेरेस्कोभा'को प्रयोग धेरैजसो सञ्चार माध्यममा गरिएको छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३५, १ अगस्त २०२० (नेपाली समय)
  •  असमर्थन प्रस्तावित नाम नेपाली समाचार पोर्टलमा छैन--Saroj Uprety (कुरा गर्ने) ०९:३९, १ अगस्त २०२० (नेपाली समय)
  • यसको सही शीर्षक भालेन्तिना तेरेस्कोभा हुन्छ र त्यही अनुसार शीर्षक फेर्नु पर्नेमा सिफारिस गर्दछु। किनभने सामान्यतया अङ्ग्रेजीमा धेरै शब्दमा आधा या जोडिन्छ तर अन्य भाषामा यस्तो नियम छैन, उदाहरण man अङ्ग्रेजीमा म्यान हुन्छ भने अन्य भाषामा मान हुन्छ र यो त्यही आधा या नियम नहुने भाषा अन्तर्गत पर्दछ। पर्वत सुबेदी (कुरा गर्ने) १२:५१, १ अगस्त २०२० (नेपाली समय)
  • कमन्समा राखिएको उच्चारण अलिक छिटो भएका कारण मैले भलिन्तिना तिरिस्कोभा सुनेको थिए तर रूसी वर्णहरू हेर्दा यसको सही शीर्षक भालेन्तिना तेरेस्कोभा हुन पुग्छ। भ्यालेन्टिना तेरेस्कोभा, भ्यालेन्टिना तेरेस्कोभा, भालेन्टिना टेरेस्कोभा, भ्यालेन्टिना टेरेस्कोभा। चार पाँच थरिका नामहरू छन्, के अब एक व्यक्तिको पनि पाँच थरि नाम हुन्छ र? जे भएपनि भ्या रुसीमा हुँदैन त्यसैले यसको सही शीर्षक रुसी अनुसार तय हुनुपर्छ। मैले पटकपटक भनिरहेकै छु सबै सञ्चार माध्यमहरू एकै हुन् कुनै ठूलो कुनै साने भन्ने हुँदैन र लेखन भेद नीति पहिला लेख शीर्षक नीति भन्दा अगाडि ल्याउन पर्छ अनि त्यसपछि थुप्रै लेखहरूको शीर्षक ठिक ठाउँमा आउँछन्।-हिमाल सुबेदी (कुरा गर्ने) १३:३०, १ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।