क्युबा क्षेप्यास्त्र सङ्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

क्युबाली क्षेप्यास्त्र सङ्कट (अन्य नामः सन् १९६२ को अक्टोबर सङ्कट, क्षेप्यास्त्र त्रासदी, स्पेनी: Crisis de Octubre, रुसी: Карибский кризис) अन्तर्राष्ट्रिय सङ्कटको रूपमा एक महिना ४ दिन (१६ अक्टोबर - २० नोबेम्बर १९६२) सम्म विकसित भएको संयुक्त राज्य अमेरिकासोभियत सङ्घ बिचको टकराव थियो। इटालीटर्कीमा अमेरिकी क्षेप्यास्त्रको तैनाथीको प्रतिकृया स्वरूप सोभियत सङ्घले क्युबामा समान प्राक्षेपिक क्षेप्यास्त्रहरू तैनाथ गरेपछि यो सङ्कटको अवस्था सिर्जना भएको थियो। यो द्वन्द्व प्रायः शीतयुद्धको निकटतम मानिन्छ; यसले आणविक युद्धको सम्भावना बढाएको थियो।[१] इटालीटर्कीमा अमेरिकी जुपिटर प्राक्षेपिक क्षेप्यास्त्रको उपस्थिती र सन् १९६१ को क्युबामा असफल कोचिनोस खाडीको हमलाको प्रतिकृया स्वरूप, सोभियत प्रथम सचिव निकिता ख्रुश्चेभले भावी आक्रमण रोक्नको लागि क्युबाले यस टापुमा आणविक क्षेप्यास्त्र राख्ने अनुरोधलाई स्वीकार गरेको थियो। सन् १९६२ जुलाईमा ख्रुस्चेभ र क्युबाली प्रधानमन्त्री फिडेल क्यास्ट्रो बिच गोप्य वार्ता पछि सम्झौता भएको थियो र त्यसपछिको ग्रीष्म महिनामा कयौँ क्षेप्यास्त्र प्रक्षेपण सुविधा स्थलको निर्माण सुरु भएका थिए।

यसैबिच सन् १९६२ मा अमेरिकामा अमेरिकी काङ्ग्रेसको चुनाव जारी थियो र ह्वाइटहाउसले महिनौ सम्म फ्लोरिडाबाट ९० माइल (१४० किमी) टाढा खतरनाक सोभियत क्षेप्यास्त्रलाई नजर अन्दाज गरेको आरोप खण्डन गरिरहेको थियो। अमेरिकी वायु सेनाको यु-२ जासुसी विमानले क्षेप्यास्त्र प्रक्षेपण सुविधाको तस्वीर खिचेपछि क्षेप्यास्त्र तयारीको खबर पुष्टी भएको थियो। यो कुरा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई खबर गरिएपछि उनले नौ सदस्यीय राष्ट्रिय सुरक्षा परिषद्का र पाँच अन्य मुख्य सल्लाहकारहरूको एउटा बैठक बोलाएका थिए जुन राष्ट्रिय सुरक्षा परिषद्को कार्यकारी समिति रूपमा परिचित थियो। यस बैठकको क्रममा राष्ट्रपति केनेडीलाई क्युबाको मूल भूमिमा आक्रमण गर्ने र क्युबाली भूमिमा हवाई हमला गर्ने सल्लाह दिइएको थियो। उनीहरूसँग परामर्श गरेपछि, केनेडीले अक्टोबर २२ क्षेप्यास्त्र क्युबामा नपुगोस् भनेर समुद्री नाकाबन्दी गर्ने आदेश दिए। अमेरिकाले क्युबामा आक्रमक हातियार पुग्न नदिने घोषणा गरेको थियो र क्युबामा पुगिसकेका हतियार निशास्त्रीकरण गरेर सोभियत सङ्घमा फिर्ता गर्न माग गरेको थियो। अमेरिकाले आक्रमक हतियारहरू क्युबामा पुर्‍याउन अनुमति नदिने घोषणा गरेको थियो र क्युबामा रहेका हतियारहरू निशास्त्रीकरण गरेर सोभियत सङ्घमा फिर्ता गर्न माग गरेको थियो। धेरै दिन तनावपूर्ण वार्ता पछि, केनेडी र ख्रुश्चेभ बीच सम्झौता भएको थियो।

सोभियतहरूले क्युबामा आफ्नो आपत्तिजनक हतियारहरू भत्काउने र संयुक्त राष्ट्र सङ्घको प्रमाणीकरणको अधीनमा सोभियत सङ्घमा फिर्ता गर्ने निर्णय गरेका थियो जसको बदलामा अमेरिकी सार्वजनिक घोषणा र फेरि क्युबामा आक्रमण नगर्न सहमति गरेका थिए। गोप्य रूपमा, अमेरिकाले सोभियत सङ्घ विरुद्ध टर्कीमा तैनाथ गरेका सबै क्षेप्यास्त्रहरू हटाएको थियो। यो सम्झौता इटालीमा तैनाथ गरिएका क्षेप्यास्त्र समावेश गरिएको थियो वा थिएन भन्नेमा अझै विवाद रहेको छ र पछि सोभियत सङ्घले पनि क्युबाबाट आफ्नो क्षेप्यास्त्र हटाएको थियो। [२]

पृष्ठभूमि[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Scott, Len; Hughes, R. Gerald (२०१५), The Cuban Missile Crisis: A Critical Reappraisal, Taylor & Francis, पृ: १७, आइएसबिएन 9781317555414, मूलबाट जुलाई २९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३१, २०१५ 
  2. Jonathan, Colman (अप्रिल १, २०१९), "The U.S. Legal Case for the Blockade of Cuba during the Missile Crisis, October-November 1962", Journal of Cold War Studies