पिङ-पङ कूटनीति
पिङ्-पङ् कूटनीति (चिनियाँ: 乒乓外交 Pīngpāng wàijiāo) भन्नाले शीतयुद्ध ताका संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनका बिचमा सन् १९७० को प्रारम्भमा भएको टेबल टेनिसका खेलाडीहरूको आदानप्रदान भन्ने बुझिन्छ जसको सुरूवातको प्रमुख कारण जापानको नागोयामा भएको सन् १९७१ को विश्व टेबल-टेनिस च्याम्पियनसीपमा अमेरिकाका ग्लेन कोवान र चीनका झ्वाङ् जेडोङ् बिच भएको मुठभेड थियो।[१] यो घटनाले सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनको बेइजिङ भ्रमणको लागि मार्ग प्रशस्त गर्यो र यसलाई संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनबिचको सम्बन्धमा एउटा महत्वपूर्ण मोडको रूपमा हेरिने गर्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण जुन ३, २०१९[मिति मिलें] मिति.