जोन एफ. केनेडी
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
जोन एफ केनडी | |
---|---|
![]() जोन एफ केनडी फेब्रुअरी १९६१ मा | |
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू|अमेरिकाका ३५औं राष्ट्रपति | |
कार्यकाल जनवरी २०, १९६१ – नोवेम्बर २२, १९६३ | |
उपराष्ट्रपति | लिन्डन बेन्स जोन्सन |
पूर्वाधिकारी | ड्वीट डी. आइजेनहावर |
उतराधिकारी | लिन्डन बेन्स जोन्सन |
United States Senator from म्यासाचुसेट्स | |
कार्यकाल जनवरी ३, १९५३ – डिसेम्बर २२, १९६० | |
पूर्वाधिकारी | हेन्री क्याबोट लज जुनियर |
उतराधिकारी | बेन्जामिन ए. स्मिथ II |
Member of the U.S. House of Representatives from म्यासेचुसेट्स's 11th district | |
कार्यकाल January 3, 1947 – January 3, 1953 | |
पूर्वाधिकारी | James Michael Curley |
उतराधिकारी | Tip O'Neill |
व्यक्तिगत विवरण | |
जन्म | जोन फिजगेराल्ड केनेडी मे २९, १९१७ म्यासाचुसेट्स, अमेरिका |
मृत्यु | नोभेम्बर २२, १९६३ (४६ वर्ष) डल्लास, टेक्सास, अमेरिका. |
मृत्युुको कारण | हत्या |
चिहान | आर्लिङ्टन नेसनल सिमेट्री |
राजनीतिक दल | डेमोक्रेटिक |
जीवन साथी | |
नाता | केनेडी परिवार |
सन्तान(हरू) |
|
अभिभावकहरू | |
मातृ शिक्षाप्रतिष्ठान | Harvard University (BA) |
जीवनवृति | राजनीति |
हस्ताक्षर | ![]() |
सैन्य सेवा | |
निष्ठा | ![]() |
शाखा/सेवा | ![]() |
सेवाको वर्षहरू | १९४१–१९४५ |
श्रेणी | ![]() |
एकाइ |
|
लडाई/युद्धहरू |
|
जोन फिट्जगेराल्ड "ज्याक" केनेडी (अङ्ग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले सन् १९६१ जनवरी देखि संयुक्त राज्य अमेरिकाको ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनको सन् १९६३ मा हत्या भएको थियो।
सेनामा द्वितीय विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखि १९५३ को बिच म्यासेचुसेटको ११औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाएका थिए। त्यस पछि उनले सन् १९५३ देखि १९६० अमेरिकी संसदमा सम्म काम गरेका थिए। संसदमन रहँदा केनेडीले आफ्नो पुस्तक प्रोफाइल इन करेज प्रकाशित गरेका थिए जसले पुलित्जर पुरस्कार प्राप्त गरेको थियो। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले रिपब्लिकन प्रतिद्वन्दी तत्कालीन उप-राष्ट्रपतिका रिचर्ड निक्सनलाई साँघुरो मतान्तरले हराएर थियोडोर रूजबेल्ट पछि ४३ वर्षको उमेरमा दोस्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका थिए। केनेडी पहिलो क्याथोलिक राष्ट्रपति थिए।
केनेडी प्रशासनको समयमा शीतयुद्ध कम्युनिस्ट राज्यहरूसँग तनाव भएको थियो। जसको फलस्वरूप उनले दक्षीणी भियतनाममा अमेरिकी सैन्य सल्लाहकारको सङ्ख्या वृद्धि गरेका थिए। सन् १९६१ को अप्रिलमा उनले बे अफ पिग्स आक्रमणमा फिडेल क्यास्ट्रोको क्युबाली सरकारलाई उल्टाउने प्रयत्नलाई अनुमति दिएका थिए।[१]
उनको शासनकालमा पिग्सको खाडीको आक्रमण, क्युबा मिसाइल सङ्कट, बर्लिन पर्खालको निर्माण, अन्तरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र भियतनाम युद्धको सुरुवात जस्ता मुख्य घटनाहरू भएका थिए।
सन् १९६३ नोभेम्बर २२ का दिनमा डालस उनको हत्या भएको थियो। केनेडीको मृत्युपछि उप-राष्ट्रपति लिन्डन बेन्स जोन्सनले राष्ट्रपतिको पद सम्हालेका थिए। मार्क्सवादी तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्डलाई राज्यद्रोहको लागि पक्राउ गरिएको दुई दिन पछि ज्याक रबीद्वारा उनको हत्या भएको थियो। फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन्। त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका पूर्व नौसैनिक कर्मचारी लि हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गर्छन्। ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामरा अगाडिनै गोली हानी हत्या गरिएको थियो।
केनेडीको मृत्यु पछि काङ्ग्रेसले उनका धेरै प्रस्तावहरू पारित गरेको थियो जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन्। अमेरिकी इतिहासकार एवम् सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षणमा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ।
प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]
जोन फिटजेराल्ड केनेडीको जन्म २९ मे १७१७ मा ८३ बील्स स्ट्रीट, ब्रुकलिन, म्यासाचुसेट्समा भएको थियो। उनका पिता जोसेफ प्याट्रिक "जो" केनेडी सीनियर एक व्यवसायी एवं राजनीतिक नेता थिए।
केनेडी अमेरिकी नौसेनाको निर्देशक क्याप्टेन एलन किर्क (ओएनआई) को मद्दतबाट अमेरिकी नौसेनामा सामेल भएका थिए, जो जब जोसेफ कैनेडी के राजदूत थिए, त्यसबेला उनी लन्डनमा नौसेनाको प्रशिक्षक थिए। अक्टोबर १९४१ मा, केनेडीलाई अमेरिकी नौसेना रिजर्भमा एक अधिकारी नियुक्त गरियो र अफिस अफ नेबल इन्टिलिजेन्सको कर्मचारिमा सामेल भए। १५ जनवरी १९४२ मा, उनलाई दक्षिण क्यारोलिनाको चार्ल्सटनमा एक छैटौं नौसैनिक कार्यालयको ओएनआई क्षेत्रको कार्यालय सुम्पिइयो। केनेडीले २७ जुलाई देखि २७ सेप्टेम्बर सम्म इलिनोइसको "नर्थ वेस्टर्न यूनिभर्सिटी"मा "नेभल रिजर्भ अफिसर्स ट्रेनिङ स्कूल"मा पढाइ गरे। यस प्रशिक्षण पूरा गरेपछि, केनेडीले मोटर तारपीडो बोट स्क्वाड्रन ट्रेनिङ सेन्टर, मेलविले, रोड आइल्यान्ड प्रवेश गरे। १० अक्टोबर मा, उनलाई लेफ्टिनेन्ट, जूनियर ग्रेड पदमा पदोन्नत गरिएको थियो । २ डिसेम्बर मा आफ्नो प्रशिक्षण पूरा गरेपछि, उनलाई मोटर टरपीडो जहाज, पीटी १०१, ७८-फुट हिगिंस नाव को कमाण्डिङ अफिसरको रूपमा ड्यूटीको लागि ट्रेनिङ स्क्वाड्रन, मोटर टारपीडो स्क्वाड्रन चार को आदेश दिइएको थियो । जनवरी १९४३ मा, पीटी १०१, चार अन्य जहाज को साथ, मोटर टारपीडो बोट स्क्वाड्रन चारने को आदेश दिइएको थियो, जसमा पनामा सुम्पिइएको थियो।
हत्या[सम्पादन गर्नुहोस्]

राष्ट्रपति केनेडीको हत्या डल्लासमा १२:३० मध्याह्न Central Standard Time १९६३ नोबेम्बर २२ शुक्रबार भयो। उनी त्यतिबेला टेक्सासमा डेमोक्रेटिक पार्टीको उदारवादी र कट्टरवादी गुटको सम्बन्ध सुधार्न राजनैतिक भ्रमणमा थिए।[२] राष्ट्रपतीय मोटरकेडमा भ्रमण गरिरहेका उनलाई पछाडी बाट गोली प्रहार गरियो। गोली उनको टाउकोबाट छिरेर घाँटीबाट निस्कियो। [३]
केनेडीलाई आकस्मिक उपचारको लागि पार्कल्यान्ड अस्पतालमा लगियो। त्यहाँ उनलाई ३० मिनेट पछि मृत घोषित गरियो। उनको उमेर ४६ वर्ष थियो र उनी १,०३६ दिन कार्यलयमा रहेका थिए। गोली टेक्सास स्कुल बुक डिपोजिटरीबाट प्रहार गरिएको थियो। त्यहीँ अर्डर फिलरको रुपमा गर्ने लि हार्बे ओस्वाल्डले गोली हानेका थिए। उनलाई प्रहरी अधिकारी जे डि टिप्पिट को हत्या र केनेडीको हत्याको मुद्दा लगाइयो। उनले गोली प्रहार गरेको अस्वीकार गरे। उनलाई यसमा फसाइएको उनको दाबी थियो। [४][५] नोभेम्बर २४ मा ज्याक रुबीद्वारा गोली हानी उनको हत्या भयो। ज्याक रुबीलाई पक्राउ गरियो र ओस्वाल्डको हत्याको दोषी पाइयो। रुबीको अदालतमा सुनुवाई भयो र उनलाई मृत्युदण्डको सजाय सुनाइयो। तर उनी बिरामी भए र मुद्दा परिक्षण चल्दा चल्दै क्यान्सरको कारण १९६७ जनवरी ३ मा मृत्यु भयो।
उत्कृष्ट राष्ट्रपति[सम्पादन गर्नुहोस्]
उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ ।
राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति थिए तर उनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
- ↑ de Quesada, Alejandro The Bay of Pigs: Cuba 1961 (2011) p. 17
- ↑ Russ, "26, 2009#P12844 Life in Legacy", Lifeinlegacy.com, मूलबाट मे १२, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१०।
- ↑ "Doctors attending to Kennedy reported.", नोभेम्बर १९६३, अन्तिम पहुँच मे १५, २०१८।
- ↑ Lee Oswald claiming innocence (film), Youtube.com
- ↑ Warren Commission Hearings, vol. 20, p. 366, Kantor Exhibit No. 3—Handwritten notes made by Seth Kantor concerning events surrounding the assassination
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- अमेरिकी राजनीतिज्ञहरू
- अमेरिकाका राष्ट्रपतिहरू
- विश्वका चर्चित व्यक्तित्वहरू
- जीवनी
- जोन एफ केनेडी
- सन् १९१७ मा जन्म
- सन् १९६३ मा मृत्यु
- अमेरिकामा १९६३ मा भएका हत्याहरू
- पदमा रहँदा नै मृत्यु हुने व्यक्तिहरू
- २० औँ शताब्दीका अमेरिकी राजनीतिज्ञहरू
- २० औँ शताब्दीका अमेरिकी लेखकहरू
- २० औँ शताब्दीका रोमन क्याथोलिकहरू
- २० औँ शताब्दीका अमेरिकी राष्ट्रपतिहरू
- अमेरिकी रोमन क्याथोलिकहरू
- कम्युनिष्ट बिरोधी अमेरिकीहरू
- डेमोक्रेटिक पार्टी (अमेरिका) राष्ट्रपति प्रत्याशीहरू
- डेमोक्रेटिक पार्टी (अमेरिका) अमेरिकी राष्ट्रपतिहरू
- डेमोक्रेटिक पार्टी (अमेरिका) सिनेट सदस्यहरू
- डेमोक्रेटिक पार्टी (अमेरिका) प्रतिनिधि सभा सदस्यहरू
- अमेरिकामा उदारवाद
- भियतनाम युद्धमा संलग्न अमेरिकी व्यक्तिहरू
- हत्या भएका अमेरिकी राष्ट्रपतिहरू
- केनेडी परिवार
- अन्तरिक्ष वक्ताहरू
- अमेरिकी जलसेना अधिकारीहरू
- म्यासाचुसेट्सका अमेरिकी सिनेटर
- १९६० अमेरिकी राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू
- १९५६ अमेरिकी उप-राष्ट्रपति निर्वाचनका उमेद्दवारहरू
- शीत युद्धकालीन व्यक्तिहरू