जोसेफ स्टालिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोसेफ स्टालिन
Stalin office.jpg
सोभियत सङ्घ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव
पदभार ग्रहण
३ अप्रिल १९२२
उतराधिकारीभ्लादिमिर लेनिन
व्यक्तिगत विवरण
जन्म
जोसेफ विसारियोनोविच ज़ुगाशविली

(१८७८-१२-१८)डिसेम्बर १८, १८७८
जर्जियाको "गोरी"
मृत्यु५ मर्च १९५३ (बर्स ७४)
राजनीतिक दलसोभियत सङ्घ कम्युनिष्ट पार्टी

जोसेफ स्टालिन (रूसी: Иосиф Сталин अनुवाद:योसेफ स्तालिन; सन् १८७१-१९५३) सोभियत सङ्घको राजनैतिक नेता थिए। सन् १८९८ देखि रसियाली सामाजिक-जनवादी मजदुर पार्टी सदस्य, बोल्सेविक । अक्टोबर १९२० राजकीय नियन्त्रण सम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म पार्टी केन्द्रीय समितिका महासचिव, त्यसपछि सोभियत सङ्घ कम्युनिष्ट पार्टीको समितिका सचिव । सन् १९४१ देखि १९४३ सम्म सुरुमा जनकमिसार परिषद् त्यसपछि सोभियत सङ्घको मन्त्री परिषद्का अध्यक्ष ।

एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्टालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । साथै उनको नामसँग सोभियत समाजमा देखा परेका ती विकृतिहरू सम्बन्धित छन्, जसलाई कम्युनीष्ट पार्टीले मार्क्सवाद-लेनिनवादसँग मेल नखाने व्यक्तित्व पूजाको रूपमा चित्रण ररेको छ ।[१]

सोभियत संघका शासक जोसेफ स्टालिनलाई कहिले कम्युनिस्टका आदर्श मानिन्थ्यो। ऊनी सोभियत संघका बहुत ठुलो हिरो थिए। तर आज उनलाई नरसंहार गर्ने नेताको रूपमा लिइन्छ।

उनको जिन्दगीमा नजर लगाउदा,लाग्छ ऊनी नायक पनि थिए र खलनायक पनि।

स्टालिन नामको अर्थ हुन्छ लौह पुरुष. स्टालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए, लाग्छ उनले आफ्नो नाम सार्थक गरे। उनले रुसको यती शक्तिशाली बनाए कि दोस्रो विश्व युद्धमा हिटलरको जर्मन सेनालाई समेत पराजित गरे। ऊनी करिब एक चौथाई शताब्दीसम्म सोभियत संघका सर्वोच्च नेता रहे।

स्टालिनले विदेशमा कम्युनिस्ट अन्तर्राष्ट्रिय मार्फत मार्क्सवाद-लेनिनवादको प्रवर्द्धन गरे र १९३० को दशकमा, विशेष गरि स्पेनिस गृह युद्धमा युरोपेली फासीवादी विरोधी आन्दोलनलाई समर्थन गरे। सन् १९३९ मा, उनले नाजी जर्मनीसँग अनाक्रमण सम्झौता गरे र सोभियत संघले पोल्यान्ड माथी आक्रमण गर्‍यो। १९४१ मा जर्मनीले सोभियत संग्गमाथी आक्रमण गरप्छि त्यो सम्झौता तोडियो। युद्धको प्रारम्भमा भारी क्षतिको बाबजुद सोभियत लाल सेनाले जर्मन आक्रमणलाई प्रत्याक्रमण गर्‍यो र १९४५ मा बर्लिन कब्जा गर्‍यो। र युरोपमा दोश्रो विश्वयुद्धको अन्त्य भयो। जर्मनी र उनका मित्र राष्ट्रलाई पराजित गर्ने प्रकृयामा, सोभियतले बाल्टिक देशहरूमा कब्जा गर्‍यो र मध्य तथा पूर्वी युरोप, चीन र उत्तर कोरिया भर सोभियत पक्ष सरकारको स्थापना गर्‍यो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

स्टालिनको जन्म १८ डिसेम्बर १८७८ मा,[२] [३] जर्जियाको "गोरी"मा,[४] भएको थियो। उनको बाल्यकालको नाम जोसेफ विसारियोनोविच ज़ुगाशविली थियो। त्यस समयमा जर्जिया रूसका बादशाह जारको रूसी साम्राज्यको भाग थियो। स्टालिनको पिता पेसाले एक सार्की थिए। आमा कपडा धुने काम गर्थिन। सात वर्षको उमेरमा स्टालिन बिरामी भए। जसको कारण उनको अनुहारमा दाग बस्यो। यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।

बाल्यकालमा स्टालिन एकदम कमजोर थिए।अरु बच्चाहरूले उनलाई निकै सताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे। जब स्टालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो। उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।

स्टालिन पादरी बन्न अस्वीकार[सम्पादन गर्नुहोस्]

स्टालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्टालिनलाई पादरी बन्न पढाई गर्न जर्जियाको राजधानी तिफलिस पठाए। तर स्टालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी कार्ल मार्क्सका किताबहरु पढ्ने गर्थे। स्टालिनले त्यो बेला एक समाजवादी विचारधारा सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन रूसको बादशाहको बिरोधमा मानिसहरूलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्टालिनले पादरी बन्न इन्कार गरे।[५] १८९९ मा उनलाई धार्मिक स्कूलबाट निकालियो।

राजनैतिक यात्रा[सम्पादन गर्नुहोस्]

बिसौ शताब्दीको सुरुवातमा स्टालिनले तिफ्लिसको मौसम विभागमा काम गर्न शुरू गरे। यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्टालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे।

जारको गुप्तचर बिभागलाई स्टालिनको क्रियाकलापको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्टालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। १९०५ मा स्टालिनले पहिलो पटक रूसी साम्राज्यको विरुद्ध गुरिल्ला युद्धमा भाग लिए।

रूसमा बोल्शेवभिक क्रान्तिको अगुवा भ्लादिमीर लेनिनसंग स्टालिनको पहिलो भेट फिनल्यान्डमा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। १९०७ मा स्टालिनले तिफ़्लिसमा एक बैङ्कबाट साढे दुई लाख रूबल लुटे। यो रकम जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्टालिन जोसेफ स्टालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसँग गरे। बिबाहको एक वर्ष पछि स्टालिनको एक छोराको जन्म भयो। तिफ्लिसमा बैङ्क डकैती पछि स्टालिन जर्जिया छोडेर भाग्नु पर्यो। उनी अजरबैजान बाकू शहरमा बस्न थाले। बिबाहको एक वर्षपछि १९०७ मा स्टालिनको पत्नी केटेवानको टाइफाइडले निधन भयो। यो घटनाले स्टालिनलाई गहिरो चोट पर्यो। स्टालिनले आफ्नो छोरालाई उसको मामाघरमा हजुरबा हजुरआमालाई छोडेर पुर्ण रूपले क्रान्तिको लागि लागे। यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्टालिन राखे।

बिद्रोहीको आरोपमा स्टालिनलाइ कयौं पटक गिरफ्तार गरिएको थियो। १९१० मा उनलाई साइबेरिया पठाइएको थियो।

अक्टोबर क्रान्ति[सम्पादन गर्नुहोस्]

१९१७ मा लेनिनको अगुवाईमा रूसमा अक्टोबर क्रान्ति कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती, जमिन र रोटीको बाचा गरेका थिए। स्टालिनले यो क्रान्तिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार प्रावदा चलाउथे। जब उनले लेनिनलाई जारको सेनाबाट मुक्त गरेर फिनल्यान्ड पुग्न मद्दत गरे, स्टालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भयो। गृहयुद्धको दौरान स्टालिनले पार्टीका भगौडा र बिरोधीहरूको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।

रूसको अधिनायक[सम्पादन गर्नुहोस्]

१९२४ जनवरीमा लेनिनको मृत्यु भयो ।[६] त्यसपछि स्टालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लेनिनपछि लियोन ट्रटस्की नै उनको उत्तराधिकारी मान्थे। तर ट्रोटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धान्त असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य सोभियत सङ्घलाई मजबूत बनाउन हो, पुरा दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्टालिनको योजनाको विरोध गरे, तब स्टालिनले उनलाई देश निकाला गरे। १९२० को दशकको अन्त्य आउँदा आउदै, स्टालिन सोभियत सङ्घको तानाशाह बनिसकेका थिए।

सोभियत संघको औद्योगीकरण[सम्पादन गर्नुहोस्]

बीसको दशकमा नै स्टालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे। उनले सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्टालिनलाई लाग्थ्यो; "यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट अक्टोबर क्रान्ति असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूँजीवादी देशले कब्जा गर्छन् ।" स्टालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्‍यो। स्टालिनले आफ्नो योजनाहरूलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो। कति पटक त यो लक्ष्य पुरा गर्न असम्भव जस्तो लाग्थ्यो। जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।

स्टालिनको पञ्चवर्षीय योजनाबाट १९३० ई. को दशकमा वैश्विक महामन्दीबाट सोभियत सङ्घ प्रभावित हुन्बाट जोगिएको थियो ।

रूसमा भयंकर भोकमरीको समय[सम्पादन गर्नुहोस्]

जब स्टालिन सत्तामा आए, रूसमा धेरैजसो जमिन सानो सानो टुक्रामा बाडिएका थिए। भोकमरी परिरहन्थ्यो। खेतमा निकै कम अन्न उब्जनी हुन्थ्यो। स्टालिनले खेतीको आधुनिकीकरण शुरू गरे। उनले तमाम जमिनको राष्ट्रियकरण गरे। धेरै किसानहरूले यसको बिरोध गरे। किसानहरूले आफ्नो जनावर मारेर र अन्न लुकाएर यसको बिरोध गरे। यसको कारण करिब पचास लाख मानिस भोकमरीले मरे। यसले निराश भएका स्टालिनले जमाखोरी र उनको नीतिको विरोध गर्ने किसानहरुलाइ मार्न शुरू गरे। दसौं लाख मानिस मारिए। तीसको दशकको अन्त्य आउँदा आउदै, सोभियत सङ्घमा जमिन पुर्णतः राष्ट्रियकरण भयो। अन्नको उत्पादन कयौं गुणाले बड्यो।

स्टालिनको आतंक[सम्पादन गर्नुहोस्]

जोसेफ स्टालिन आफैलाई एक नरम र देशभक्त नेता रूपमा प्रचार गर्थे। तर स्टालिन मानिसहरूलाई मार्थे ,जो उनको बिरोध गर्थे। चाहे त्यो सेनाको मान्छे होस वा कम्युनिस्ट पार्टीको। आरोप त यो छ कि स्टालिनले पार्टी सेंट्रल कमिटिको १३९ मध्ये ९३ को हत्या गरे। यसबाहेक उनले सेनाको १०३ जनरल र एडमिरल मध्ये ८१ को हत्या गरे।

स्टालिनको गुप्तचर प्रहरी (खुफिया पुलिस) बडो कडाइका साथ उनको नीतिहरु लागू गर्थ्यो। साम्यवादको विरोध गर्ने तीस लाख मानिसलाई साइबेरियाको गुलाग इलाकामा जबरदस्ती निर्वासित गरिए। यसबाहेक करिब साढे सात लाख मानिसहरूको हत्या गरियो।

मृत्यु[सम्पादन गर्नुहोस्]

स्टालिनको मृत्यु ५ मार्च १९५३ मा भयो। [७] उनको मृत्युको घोषणा ६ मार्चमा भयो।[८]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ५६५
  2. Service 2004, p. 14; Montefiore 2007, p. 23.
  3. Montefiore 2007, पृष्ठ 23.
  4. Conquest 1991, p. 2; Khlevniuk 2015, p. 11.
  5. Montefiore 2007, पृष्ठ. 70–71.
  6. Conquest 1991, p. 104; Montefiore 2003, p. 30; Service 2004, p. 219; Kotkin 2014, p. 534; Khlevniuk 2015, p. 79.
  7. Conquest 1991, p. 313; Volkogonov 1991, p. 574; Service 2004, p. 586; Khlevniuk 2015, p. 313.
  8. Service 2004, पृष्ठ 588.

किताब[सम्पादन गर्नुहोस्]