सामग्रीमा जानुहोस्

मोलोटोभ-रिबेनट्रोप सन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्मनी र सोभियत संघको बीच अनाक्रमण सन्धि (मोलोटोभ-रिबेनट्रोप सन्धि ) हस्ताक्षर, २३ अगस्त १९३९

मोलोटोभ-रिबेनट्रोप प्याक्ट नाजी जर्मनी र सोभियत संघको बीचको एक अनाक्रमण सन्धि थियो। यसमा दुई देश बीच पोल्याण्डलाइ विभाजन गर्ने सहमती बनेको थियो। यो सन्धिमा हस्ताक्षर २३ अगस्त १९३९ मा मस्कोमा जर्मन विदेश मन्त्री जोआकिम भोन रिबेनट्रोप र सोभियत विदेश मन्त्री व्याचेस्लाव मोलोतोभद्वारा हस्ताक्षर गरिएको थियो र आधिकारिक रूपमा जर्मनी र सोभियत समाजवादी गणतन्त्रहरुको संघ बिचको अनाक्रमण सन्धि को नाममा परिचित थियो। [१] अनौपचारिक रूपमा यसलाई हिटलर – स्टालिन सम्झौता, [२] नाजी -सोभियत सम्झौता वा नाजी -सोभियत गठबन्धन (यद्यपि यो औपचारिक गठबन्धन थिएन)को रूपमा उल्लेख गरिएको छ।

यसका धाराहरूले एउटा पक्ष द्वारा अर्को शान्तिको लिखित आश्वासन प्रदान गरेको थियो र दुबै पक्षले एक अर्काको दुश्मनको पक्षमा नलाग्ने र दुशमनको सहायता नगर्ने प्रतिबद्धता जनाएका थिए। सार्वजनिक रुपमा घोषणा गरिएको अनाक्रमण सन्धिको अतिरिक्त यसमा गोप्य प्रोटोकोल समावेश गरिएका थिए, जसले पोल्याण्ड, लिथुआनिया, लाटभिया, इस्टोनियाफिनल्याण्डमा सोभियत र जर्मन प्रभाव क्षेत्रहरूको सीमा परिभाषित गरेको थियो।

सम्झौताको लगत्तै, जर्मनीले १ सेप्टेम्बर १९३९ मा पोल्याण्डमा आक्रमण गर्यो। सोभियत नेता जोसेफ स्टालिनले सेप्टेम्बर १७ मा पोल्याण्डमा सोभियत आक्रमणको आदेश दिए, सोभियत-जापानी युद्धविराम खाल्खिन गोलको युद्ध पछि लागू भएको एक दिन पछि। [३] आक्रमण पछि, दुई देश बीचको नयाँ सीमा जर्मन-सोभियत सीमा सन्धिको पूरक प्रोटोकलद्वारा पुष्टि गरिएको थियो। मार्च १९४० मा, फिनल्याण्डको कारेलिया र सल्ला क्षेत्रका केही भागहरू हिउँद युद्ध पछि सोभियत संघद्वारा कब्जा गरियो। त्यस पछि इस्टोनिया, लाटभिया, लिथुआनिया र रोमानियाका केही भागहरू ( बेसाराबिया, उत्तरी बुकोभिना र हर्ट्सा क्षेत्र ) को सोभियत विलय भयो। जातीय युक्रेनी र बेलारूसीहरूका लागि चिन्ता पोल्याण्डमा सोभियतहरूको आक्रमणको बहानाको रूपमा प्रयोग गरिएको थियो। १९४० मा स्टालिनको बुकोभिना आक्रमणले सम्झौताको उल्लङ्घन गर्‍यो किनभने यो कदम अक्षसँग सहमत भएको सोभियत प्रभावको क्षेत्र बाहिर गएको थियो। [४]

१९४१ जुन २२ मा जर्मनीले अपरेसन बार्बरोसा सुरु गरि सोभियत सङ्घ माथि हमला गरेपछि यो सन्धिको अन्त्य भयो।[५] युद्ध पछि, रिबेनट्रोपलाई न्युरेम्बर्ग परीक्षणमा युद्ध अपराधको दोषी ठहराइयो र मृत्युदण्ड दिइयो। मोलोटोभको मृत्यु १९८६ मा भयो।

जर्मनीले २२ जुन १९४१ मा ०३:१५ मा एकपक्षीय रूपमा सोभियत संघमा अपरेशन बारबारोसामा ठूलो आक्रमण गरेर सन्धि समाप्त गर्‍यो।[६] जर्मनीले आक्रमण गर्न सक्छ भनेर रुसी जनरलहरूले स्टालिनलाई स्टालिनलाई बारम्बार सचेत गरेपनिउनले चेतावनीहरूलाई बेवास्ता गरे ।[७][८][९] [१०] आक्रमणको सुरुवात पछि, सोभियत संघले सम्झौताको परिणाम स्वरूप प्राप्त क्षेत्रहरू केही हप्तामा गुमाए। दक्षिणपूर्वी भागलाई ग्रेटर जर्मनीको सामान्य सरकारमा समाहित गरिएको थियो, र बाँकी भाग रिकस्कोमिसारियाट्स ओस्टल्याण्ड र युक्रेनसँग एकीकृत गरिएको थियो। छ महिना भित्र, सोभियत सेनाले ४ ।३ मिलियन हताहतको सामना गर्यो,[११] र तीस लाख भन्दा धेरै युद्धबन्दी भए। [१२] The lucrative export of Soviet raw materials to Germany over the course of the economic relations continued uninterrupted until the outbreak of hostilities. The Soviet exports in several key areas enabled Germany to maintain its stocks of rubber and grain from the first day of the invasion to October 1941.[१३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Faksimile Nichtangriffsvertrag zwischen Deutschland und der Union der Sozialistischen Sowjetrepubliken, 23. August 1939 / Bayerische Staatsbibliothek (BSB, München)", 1000dokumente.de, अन्तिम पहुँच १४ मार्च २०२० 
  2. "See Secret in Accord: Dr. Harper Says Stalin-Hitler Pact May Prove an Alliance", New York Times, २८ अगस्ट १९३९, पृ: ११, अन्तिम पहुँच २ जनवरी २०१९ 
  3. Goldman 2012, पृष्ठ. 163–64.
  4. Brackman, Roman The Secret File of Joseph Stalin: A Hidden Life (2001) p. 341
  5. "German-Soviet Pact", Holocaust Encyclopedia (United States Holocaust Memorial Museum), अन्तिम पहुँच ७ अप्रिल २०१९ 
  6. Roberts 2006, p. 82
  7. Roberts 2006, p. 67
  8. Ferguson, Niall (१२ जुन २००५), "Stalin's Intelligence", Review of books by Murphy, Pleshakov, and Service (The New York Times), मूलबाट ९ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०१० 
  9. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  10. Roberts 2006, p. 69
  11. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  12. Roberts 2006, p. 85
  13. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]