सामग्रीमा जानुहोस्

पूर्वी मोर्चा (द्वितीय विश्व युद्ध)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वी मोर्चा
the European theatre of World War IIको भाग

Clockwise from top left: Soviet T-34 tanks storming Poznań, 1945; German Tiger I tanks during the Battle of Kursk, 1943; German Stuka dive bombers on the Eastern Front, 1943; German Einsatzgruppen death squad murdering Jews in Ukraine, 1942; Wilhelm Keitel signing the German Instrument of Surrender, 1945; Soviet troops at the Battle of Stalingrad, 1943
मिति२२ जुन १९४१ (1941-06-22)८ मे १९४५ (1945-05-08)
(३ वर्ष, १० महिना, २ हप्ता र २ दिन)
स्थान
Europe, east of Germany: Central and Eastern Europe, in later stages: जर्मनी and Austria
परिणाम
भौगोलिक
परिवर्तन
योद्धा
Axis: Allies: Former Axis powers:
सेनापतिहरू
शक्ति
  • 1941
    3,767,000 troops
  • 1942
    3,720,000 troops
  • 1943
    3,933,000 troops
  • 1944
    3,370,000 troops
  • 1945
    1,960,000 troops
  • 1941
    (Front) 2,680,000 troops
  • 1942
    (Front) 5,313,000 troops
  • 1943
    (Front) 6,724,000 troops
  • 1944
    6,800,000 troops
  • 1945
    6,410,000 troops
मृत्यु र क्षति
Total:
5.1 million dead
  • 4.5 million killed or missing in action
  • 600,000 died in captivity

4.5 million captured
See below.
Total:
8.7–10 million dead
  • 6.5–6.7 million killed or missing in action
  • 2.2–3.3 million died in captivity

4.1 million captured
See below.
Civilian casualties:
18–24 million civilians dead
See below.

सोभियत संघको महान देशभक्तिपूर्ण युद्ध ( रूसी : Велякая Отечественняя Война - Velikaya Otechestvennaya Voyna) - वा दोस्रो विश्वयुद्ध, जुन सोभियत जनताका लागि १९४१-१९४५ को वर्षहरूमा विशेष गरी तिनीहरूको देशको अस्तित्वसँग सम्बन्धित सबैभन्दा ठूलो घटनाको रुपमा संसारको इतिहासमा परिचित छ। यस युद्धमा २ करोड ८० लाख भन्दा बढी सोभियत नागरिकहरू मारिए।[][][]

सन् १९३३ मा जर्मनीमा हिटलर के नेतृत्वमा फासिस्टहरू सत्तामा पुगे, तृतीय साम्राज्य (जर्मन: Drittes Reich "द्रीत्तेस रय्ख़्") को स्थापना गरे। हजारौं फासिस्ट-विरोधीहरूलाई जेल र नजरबन्द-शिविरमा कोचियो। जर्मन सरकारले निकै भारी आक्रमक फौज खडा गर्‍यो र नवीनतम जंगी साज-सामानद्वारा सुसज्जित गर्‍यो। जर्मनीको सारी अर्थ-व्यवस्था युद्धको  तयारीमा जुट्यो।

फासिस्ट आक्रमण को पहला शिकार स्पेन भयो। त्यसपछि क्रमशः अस्ट्रिया, चेकोस्लोवाकिया र पोल्यान्ड यसको सिकार भए। ब्रिटेन र फ्रान्स ले १९३९ सेप्टेम्बरमा जर्मनी विरुद्ध युद्धको घोषणा गरे। मे-जून १९४० मा जर्मनीले फ्रान्स माथि कब्जा गर्‍यो। यूरोपको निकै ठूलो इलाकामा नाजी फासिस्टको नयाँ व्यवस्था (जर्मन: डिए णेउए ओर्द्नुङ "दी नोइये ओर्दनुंग") लागू गराइयो, जसको कार्यक्रम अनुसार कुनै जाति तथा राष्ट्रिय अल्पसंख्यक, विशेष रूप से यहूदी, स्लाव, नीग्रो र जिप्सी मानिस का तथा समलिंगी को नरसंहार गरियो ।

१९४१ - अपरेसन बार्बरोसा

[सम्पादन गर्नुहोस्]

२२ जुन १९४१ को बिहान, नाजी जर्मनीले सोभियत संघ माथि आक्रमण गर्‍यो,[] यो सँगै नाजी जर्मनी र सोभियत बीच भएको अनाक्रमण सन्धि पनि भंग भयो । त्यसपछि सोभियत जनताको महान देशभक्तिपूर्ण युद्ध सुरु भयो। युद्धको पहिलो चरणमा नाजी सेनासँग लाल सेनाको तुलनामा अधिक सैनिक र अधिकारीहरू र सैन्य उपकरणहरू थिए, विशेष गरी ट्यांक र विमानहरू, र त्यसैले रेड आर्मीलाई पछि हट्न बाध्य भयो । सोभियत सरकारको आह्वानमा, सम्पूर्ण सोभियत जनता फासीवादी जर्मनी र यसका साथी राष्ट्रहरू विरुद्ध मुक्ति युद्ध लड्न उठे ।

पहिले नाजी जर्मन जनरलहरू सोभियत संघलाई छिटो र सजिलै जित्ने आत्मविश्वासमा थिए । सन् १९४१ को शरद ऋतुमा फासिस्ट मस्को उनीहरू नजिक पुगे। मस्को नजिकै आफ्ना मुख्य सेनाहरू भेला गरे, तर उनीहरू मस्को कब्जा गर्न असफल भए । सन् १९४१ डिसेम्बरमा मस्को नजिकै हिटलरी सेना नष्ट भए र बाँकी सेना फिर्ता हुन बाध्य भए। पहिलो पटक फासिस्ट सेनाले यस्तो गम्भीर पराजयको सामना गर्नुपर्यो । यस अवस्थामा, सोभियत सरकारले फासीवादीहरूले कब्जा गरेका क्षेत्रका मानिसहरूलाई छापामार संघर्ष गर्न अपील गर्यो, र यी क्षेत्रमा धेरै छापा दस्ता र गोप्य संगठनहरू स्थापना गरियो, जसले नाजी आक्रमणकारीहरू विरुद्ध संघर्ष सुरु गर्यो र सोभियत सेनालाई ठूलो मोर्चामा लडिरहेको सहयोग पुग्यो ।

लेनिनग्राद की नाकाबन्दी

[सम्पादन गर्नुहोस्]

नाजी सेनाहरू सेप्टेम्बरको सुरुमा लेनिनग्राद शहर (१९९१ देखी सेन्ट पिटर्सवर्ग) नजक आइपुगे र यसलाई कब्जा गर्न धेरै पटक प्रयास गरे। तर उनीहरूको सबै प्रयास असफल भयो। त्यसपछि जर्मन जनरलले शहरको नाकाबन्दी सुरु गर्न आदेश दियो। लेनिनग्राद जाने सबै भूमि मार्गहरू काटियो र शहरलाई चारैतिरबाट फासीवादी सेनाहरूले घेरे। जर्मनहरूले शहरमा गोलाबारी र हवाई बमबारी गर्न थाले। ८ सेप्टेम्बर १९४१ मा सुरु भएको नाकाबन्दी ९०० दिनसम्म चल्यो।[] ९४२,८०३ लेनिनग्रादवासी घेराबन्दीमा भोकले मरे। तर लेनिनग्रादका कारखानाहरूमा ट्यांक, तोप, मेसिनगन आदि हतियार बनिरहेका थिए। ट्याङ्कहरू फ्याक्ट्रीबाट सिधै मोर्चामा जान्थे , जुन धेरै नजिक थियो। लेनिनग्रादलाई अत्यावश्यक सहायता प्रदान गर्न, मुख्यतया खाद्यान्न आपूर्तिहरू, लदोगा तालमा बरफमा १६० किलोमिटर लामो मार्ग बनाइएको थियो।[] लेनिनग्रादवासीका लागि खाद्य सामग्री बोकेका ट्रकहरू यही बाटो भएर जाने गर्दथे। फासिस्टहरूले यसलाई बमबारी गरे, तैपनि यस्तो कठिन परिस्थितिहरूमा पनि, लेनिनग्रादका रक्षकहरूलाई ठूलो मात्रामा सहायता पुग्यो।१८ जनवरी, १९४४ मा, लाल सेनाले नाकाबन्दी तोड्यो र जनवरीको अन्त्यमा लेनिनग्राद नजिकै तैनाथ फासिस्ट सेनाहरूलाई नष्ट गर्यो। यसरी सहर मुक्त भयो।

सन् १९४२ - स्टालिनग्रादको युद्ध

[सम्पादन गर्नुहोस्]
स्तालिनग्रादको युद्ध

फासिस्ट जर्मनीसँग लड्न सोभियत संघका सहयोगीहरू बेलायत र संयुक्त राज्य अमेरिकाले पश्चिमी युरोपमा दोस्रो मोर्चा खोल्ने आफ्नो वाचा पूरा गरेनन्, जसको फाइदा उठाउँदै फासिस्टहरूले सोभियत-जर्मन मोर्चाको दक्षिणी भागमा १९४२ को गर्मीमा भारी सेना तैनाथ गरे। जर्मन सेनाले दोनबास कब्जा गरे र स्टालिनग्राद (१९६१ देखि भोल्गोग्राड) तर्फ अघि बढे। जर्मन कमान्डले स्टालिनग्रादमा आक्रमण गर्न ट्याङ्क, तोप र हवाइजहाजले सुसज्जित एक लाखभन्दा बढी सैनिक र अधिकारीहरू पठायो। पचास हजार भन्दा बढी स्टालिनग्रादवासीले मोर्चेबंदिलाई बलियो बनाए। युद्धको इतिहासमा सबैभन्दा कठिन युद्ध स्टालिनग्राद नजिकै लडिएको थियो।

सेप्टेम्बर १९४२ को मध्य मा, जर्मनहरू स्टालिनग्राद प्रवेश गरे। फासिस्टहरू पनि भोल्गा नदीमा पुग्न सफल भए। शहरमा हरेक सडक, हरेक घर, हरेक तल्ला, यहाँसम्म कि प्रत्येक कोठाको लागि भीषण युद्ध भयो, जुन एक सय चालीस दिनसम्म जारी रह्यो। अन्ततः, १९ नोभेम्बर १९४२ को बिहान, रेड आर्मी एकाइहरूले आक्रामक अपरेशन सुरु गरे र चार दिन भित्र स्टालिनग्राद नजिकै फासिस्टहरूलाई घेरे। तीन लाख तीस हजार जर्मन सैनिक र अफिसरहरू ठूलो मात्रामा युद्ध उपकरणसहित रेड आर्मीले घेरेका थिए। फेब्रुअरी २, १९४३ मा, स्टालिनग्राद नजिकको युद्ध फासिस्टहरूमाथि सोभियत सेनाहरूको विजयको साथ समाप्त भयो। भोल्गाको किनार र स्टालिनग्रादको पर्खालबाट सोभियत भूमिलाई फासीवादी आक्रमणकारीहरूबाट मुक्त गर्ने र युरोपका जनतालाई फासीवादी दासत्वबाट मुक्त गर्ने अभियान सुरु भयो।

१९४३- सोभियत सेना मोर्चामा आक्रमण

[सम्पादन गर्नुहोस्]

स्टालिनग्रादको नजिक सोभियत सेनाको विजयले दोस्रो विश्वयुद्धको सम्पूर्ण दिशा र दशा परिवर्तन गर्‍यो। यस विजयपछि फासीवादविरुद्ध युरोपका जनता र जापानी साम्राज्यवादविरुद्ध एसियाका जनताको सङ्घर्षले गति लियो । नाजी सेनाहरूले स्टालिनग्राद नजिकै गम्भीर पराजय भोगे, तर तिनीहरूले नयाँ योजना बनाए र यसलाई " सिटाडेल " नाम दिए। यस योजना अनुसार, नाजी कमाण्डले कुर्स्क सहर नजिकैको क्षेत्रमा सोभियत सेनाहरूलाई घेरेर सर्वनाश गर्ने र त्यसपछि मस्को कब्जा गरेर चाडै युद्ध समाप्त गर्ने उद्देश्य राखेको थियो। सोभियत कमाण्डले नाजी हरूको यो अभिप्राय महसुस गर्यो र सोभियत दस्ताहरूले अगाडिको कर्स्क भागमा शक्तिशाली मोर्चाबन्दीको सञ्जाल खडा गरे। ५ जुलाई १९४३ को बिहान, नाजी सेनाले कुर्स्क शहर नजिकै लाल सेना एकाइहरू विरुद्ध आक्रामक कारबाही सुरु गरे।

यस युद्धमा नाजी जर्मनीले ठूलो संख्यामा ट्याङ्क, विमान र तोपखाना तैनाथ गरे।

लाल सेना स्क्वाडले नाजीहरूको आक्रमणलाई रोके र त्यसपछि उनीहरू आफै आक्रमक अभियानमा लागे। कुर्स्कको लडाइँमा जर्मनीले पाँच लाखभन्दा बढी सैनिक तथा अधिकारीहरू गुमाए। कुर्स्क नजिकको विजय पछि, सोभियत सेनाहरूले उत्तरदेखि दक्षिणसम्म फराकिलो मोर्चामा एकैसाथ आक्रामक अभियानहरू सुरु गरे। २३ अगस्ट १९४३ मा, सोभियत सेनाहरूले युक्रेनको औद्योगिक सहर खार्कोभ (खार्किव) लाई मुक्त गर्‍यो, जसले नीपर नदीको बायाँ किनारमा रहेको युक्रेनको पूर्ण मुक्तिको लागि उपयुक्त अवस्था सिर्जना गर्‍यो। अक्टोबर १९४३ को शुरुवातमा, सम्पूर्ण उत्तरी काकेशस स्वतन्त्र भएको थियो। उही समयमा, लाल सेना एकाइहरूले धेरै बिन्दुहरूमा नीपर नदी पार गरे र दायाँ तटीय युक्रेनबाट नाजी आक्रमणकारीहरूलाई हटाउन थाले। नोभेम्बर ९, १९४३ मा, लाल सेनाहरूले युक्रेनको राजधानी किभ शहरलाई मुक्त गरे। १९४३ को ग्रीष्म र शरद ऋतुमा, रेड आर्मी इकाइहरूले विशाल क्षेत्रहरू - जर्मनहरूले कब्जा गरेको सोभियत भूमिको दुई तिहाइ भागहरू मुक्त गरे।

१९४४- पश्चिमी मोर्चा

[सम्पादन गर्नुहोस्]
पश्चिमी यूरोपमा दोस्रो मोर्चा:
नार्मंडी को युद्ध

१९४४ को गर्मी सम्म, सोभियत युक्रेन को क्षेत्र नाजी जर्मन सेनाबाट मुक्त भयो। लाल सेना एकाइहरूले चेकोस्लोभाकियारोमानियाको राज्य सीमामा प्रवेश गरे । मोर्चाको अवस्था फेरियो। सोभियत संघले नाजी जर्मनी र त्यसका सहयोगीहरूलाई आफ्नै बलले हराएर युरोपका जनतालाई फासीवादी दासत्वबाट मुक्त गराउन सक्छ भन्ने स्पष्ट भयो। यी परिस्थितिहरू अनुरूप, सोभियत संघका युद्धकालीन सहयोगीहरू - बेलायत र संयुक्त राज्य अमेरिका - १९४४ जुन ९ मा नर्मन्डीमा आफ्ना सेनाहरू अवतरण गरे। यसरी पश्चिम युरोपमा अन्ततः दोस्रो मोर्चा खोलियो। जर्मनीले पश्चिम मोर्चामा सहयोगी सेनाको सामना गर्न सकेन, किनभने यसका सबै मुख्य सेनाहरू सोभियत-जर्मन मोर्चामा फसेका थिए।

१९४४ को गर्मी मा, सोभियत सेना एकाइहरु फासिस्ट सेनाहरु लाई आक्रमण गरे र तीव्र रुपमा  पश्चिम तिर अघि बढे। जुन-अगस्ट, १९४४ मा, सोभियत सेनाहरूले बेलारुसमा नाजी सेनाको सबैभन्दा ठूलो दललाई घेरे र नष्ट गरे। पाँच लाख चालीस हजार जर्मन सैनिक मारिए र बन्दी बनाए । यसरी, १९४४ को शरद ऋतुमा, सोभियत सेनाले फासीवादीहरूले कब्जा गरेको सबै सोभियत भूमि मुक्त गर्यो। तर जर्मनहरूसँग अझै धेरै लडाई शक्ति बाँकी थियो। फासिस्ट सेनाको मुख्य बलहरू - २०० भन्दा बढी डिभिजनहरू - पहिले जस्तै, सोभियत-जर्मन मोर्चामा केन्द्रित थिए। आफ्नो इलाकाहरू मुक्त गरेपछि, सोभियत सेनाका एकाइहरूले युरोपका मानिसहरूलाई फासीवादबाट मुक्त गर्न मद्दत गरे। १९४४ को गर्मीमा, सोभियत सेनाहरूले पोल्याण्डबाट जर्मन सेनालाई निष्कासन गर्न पोलिश जनतालाई मद्दत गरे। पोलिश जनताले जन-सरकार स्थापना गरे। सोभियत सेनाको टोलीको आक्रमणको कारण फासिस्ट समूह पतन भयो। एकपछि अर्को गर्दै नाजी जर्मनीका सहयोगीहरू त्यसबाट अलग भए ।

रोमानिया, बुल्गारियाहंगेरी का जनताले आफ्ने सरकारहरूलाई उखालेर फासिस्ट जर्मनीविरुद्ध युद्ध घोषणा गर्ने जनसरकारहरू स्थापना गरे। त्यसपछि सोभियत सेनाले युगोस्लाभियन लिबरेशन आर्मीसँग मिलेर फासिस्टहरूलाई युगोस्लाभियाबाट बाहिर निकाल्यो।

१९४५ - जर्मनीमाथि विजय

[सम्पादन गर्नुहोस्]
Raising a flag over the Reichstag 600x778

१९४५ को सुरुमा, जर्मनीले आफ्ना सबै सहयोगीहरू गुमाइसकेको थियो। तैपनि लडाइँ जारी थियो । जर्मनहरूको मुख्य सेना सोभियत सेनाको टोलीसँग भिडिरहेका थिए। पश्चिमी युरोपेली मोर्चामा फासिस्ट सेनाहरू थोरै संख्यामा थिए, तथापि हिटलर कमाण्डले डिसेम्बर १९४४ को शुरुमा आर्डेनेसको पहाडी क्षेत्रमा ब्रिटिश र अमेरिकी सेनाहरू विरुद्ध आक्रमण सुरु गर्यो। ब्रिटिश र अमेरिकी सेनाहरू ठूलो खतरामा थिए। तसर्थ बेलायती सरकारले सोभियत संघको सरकारलाई सोभियत-जर्मन मोर्चामा रेड आर्मीको फौजले आक्रमण गर्न तुरुन्तै अपील गर्यो। सोभियत सरकारले रेड आर्मी युनिटहरूलाई निर्धारित समय भन्दा डेढ हप्ता अगाडि १२ जनवरी, १९४५ मा आक्रमण सुरु गर्न आदेश दियो। सोभियत सेनाको अभियान बाल्टिक सागर देखि कार्पाथियन पर्वत सम्म एक विशाल मोर्चा मा एक साथ सुरु भयो। यसरी सोभियत सैनिकहरूले मित्र राष्ट्रहरूलाई पराजयबाट बचाए। सोभियत सेनाको आक्रमणले जर्मनीलाई पश्चिममा शत्रुता बन्द गर्न र सोभियत-जर्मन मोर्चामा आफ्नो विभाजन फिर्ता लिन बाध्य तुल्यायो।

सोभियत सेनाहरू जर्मनीको राजधानी बर्लिन निकट पुगे। २५ अप्रिल १९४५ मा, सोभियत सेनाहरूले बर्लिनको रक्षा सेनालाई घेरे। सोभियत सेनाद्वारा बर्लिनमा आक्रमण अप्रिल २९ मा सुरु भयो र अप्रिल २७ सम्म यो विशाल सहरको ठूलो हिस्सा सोभियत सेनाको नियन्त्रणमा थियो। अप्रिल ३० मा, सोभियत सेनाले बर्लिन संसद भवन (जर्मन: Reichstag राइस्ट्याग) मा छापा मारेर कब्जा गर्यो र त्यसमा रातो झण्डा फहरायो। मे २ मा, सोभियत सेनाहरूले पूरै बर्लिन शहर कब्जा गरे र फासिस्ट शहर सेनाका बाँकी सैनिकहरूले आफ्ना अफिसरहरू सहित आत्मसमर्पण गरे। बर्लिन कब्जा गरेपछि, सोभियत सेनाले चेकोस्लोभाकियाको राजधानी प्रागलाई मुक्त गर्यो। प्रागका बासिन्दाहरूले सशस्त्र विद्रोह गरेका थिए, त्यसैले नाजी सेना शहरलाई नष्ट गर्न र सबै नगरवासीहरूलाई नरसंहार गर्न चाहन्थे।सोभियत ट्याङ्कहरूले बर्लिनदेखि प्रागसम्मको दूरी एकै दिनमा पूरा गरे र प्रागलाई बचाए।[]

८ मे १९४५ मा फासिस्ट जर्मनीको बिना शर्त आत्मसमर्पणको सन्धिमा हस्ताक्षर भएको थियो । महान देशभक्तिपूर्ण युद्ध फासिस्ट राज्यहरूको आक्रमणकारी समूहको पूर्ण पराजय संग समाप्त भयो। मे ९, १९४५ मा सोभियत संघले फासिस्ट जर्मनीलाई चकनाचुर पारेर विजय दिवस मनाएको थियो ।[]

सोभियत जापान युद्ध अगस्ट १९४५

[सम्पादन गर्नुहोस्]
बर्लिनमा जर्मन सेनाको आत्मसमर्पणको उत्सव मनाउँदै सोभियत सैनिकहरू, २ मे १९४५

पूर्वी मोर्चा दोस्रो विश्वयुद्धको सबैभन्दा ठूलो र रक्तपातपूर्ण रङ्गमञ्च थियो। यसलाई सामान्यतया मानव इतिहासमा सबैभन्दा घातक संघर्षको रूपमा स्वीकार गरिएको छ, जसमा ३० मिलियन भन्दा बढीको मृत्यु भएको छ।[] जर्मन सशस्त्र सेनाले पूर्वी मोर्चामा आफ्नो ८०% सैन्य मृत्युको सामना गर्यो। [१०] यसमा अन्य सबै द्वितीय विश्वयुद्ध थिएटरहरू संयुक्त भन्दा बढी भूमि लडाई समावेश थियो।[११] इतिहासको सबैभन्दा ठूलो सैन्य अभियान, अपरेशन बारबारोसा, इतिहासको सबैभन्दा रक्तपातपूर्ण युद्ध, स्टालिनग्राद, इतिहासको सबैभन्दा घातक घेराबन्दी, लेनिनग्राद,,[१२] र इतिहासको सबैभन्दा ठूलो युद्ध, कुर्स्क, सबै पूर्वीय मोर्चामा भएको थियो। [१३] पूर्वी मोर्चामा युद्धको क्रूर प्रकृतिको उदाहरण दुवै पक्षले मानव जीवनलाई प्रायः जानाजानी बेवास्ता गरेर देखाइएको थियो। यो युद्धको लागि वैचारिक आधारमा पनि प्रतिबिम्बित भएको थियो, जसले दुई प्रत्यक्ष विरोधी विचारधाराहरू बीचको एक महत्त्वपूर्ण टकराव देख्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Иностранные войска, созданные Советским Союзом для борьбы с нацизмом (Russianमा), Центрполиграф, २०२४, आइएसबिएन 9785046032826 
  2. Edwards, Robert (१५ अगस्ट २०१८), The Eastern Front: The Germans and Soviets at War in World War II, Rowman & Littlefield, आइएसबिएन 978-0-8117-6784-2 – Google Booksद्वारा। 
  3. ३.० ३.१ According to Krivosheev 1997, in the Eastern Front, Axis countries and German co-belligerents sustained 1,468,145 irrecoverable losses (668,163 KIA/MIA), Germany itself– 7,181,100 (3,604,800 KIA/MIA), and 579,900 PoWs died in Soviet captivity. So the Axis KIA/MIA amounted to 4.8 million in the East during the period of 1941–1945. This is more than a half of all Axis losses (including the Asia/Pacific theatre). The USSR sustained 10.5 million military losses (including PoWs who died in German captivity, according to Vadim Erlikman. Poteri narodonaseleniia v XX veke : spravochnik. Moscow 2004. आइएसबिएन ५-९३१६५-१०७-१), so the number of military deaths (the USSR and the Axis) amounted to 15 million, far greater than in all other World War II theatres. According to the same source, total Soviet civilian deaths within post-war borders amounted to 15.7 million. The numbers for other Central European and German civilian casualties are not included here.
  4. Zhukov, Georgy (१९७२), Vospominaniya i razmyshleniya, Moscow: Agenstvo pechati Novosti। 
  5. Chris., Mann (२००२), Hitler's arctic war: the German campaigns in Norway, Finland and the USSR 1940–1945, Jörgensen, Christer., Surrey: Allan, पृ: 81–86, आइएसबिएन 0-7110-2899-0, ओसिएलसी 58342844 
  6. Calvocoressi, Peter; Wint, Guy (१९७२), Total War, Harmandsworth, England: Penguin, पृ: १७९। 
  7. Ziemke, Berlin, References p. 134
  8. Ziemke, Earl F. (१९७५), "15", THE U.S. ARMY IN THE OCCUPATION OF GERMANY 1944-1946, Washington D.C.: US Government Printing Office, पृ: २५८, अन्तिम पहुँच २० फेब्रुअरी २०२३ 
  9. According to Krivosheev 1997, in the Eastern Front, Axis countries and German co-belligerents sustained 1,468,145 irrecoverable losses (668,163 KIA/MIA), Germany itself– 7,181,100 (3,604,800 KIA/MIA), and 579,900 PoWs died in Soviet captivity. So the Axis KIA/MIA amounted to 4.8 million in the East during the period of 1941–1945. This is more than a half of all Axis losses (including the Asia/Pacific theatre). The USSR sustained 10.5 million military losses (including PoWs who died in German captivity, according to Vadim Erlikman. Poteri narodonaseleniia v XX veke : spravochnik. Moscow 2004. आइएसबिएन ५-९३१६५-१०७-१), so the number of military deaths (the USSR and the Axis) amounted to 15 million, far greater than in all other World War II theatres. According to the same source, total Soviet civilian deaths within post-war borders amounted to 15.7 million. The numbers for other Central European and German civilian casualties are not included here.
  10. Duiker, William J. (२०१५), "The Crisis Deepens: The Outbreak of World War II", Contemporary World History (sixth संस्करण), Cengage Learning, पृ: १३८, आइएसबिएन 978-1-285-44790-2 
  11. उद्दरण त्रुटी: अवैध <ref>चिनो; :1 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  12. Hanson, Victor Davis (२०२०), The Second World Wars: How the First Global Conflict Was Fought and Won (अङ्ग्रेजीमा) (Reprint संस्करण), New York: Basic Books, पृ: 3, 257, 308, आइएसबिएन 978-1541674103 
  13. Frieser, Karl-Heinz (२०१७), Germany and the Second World War: The Eastern Front 1943–1944: The War in the East and on the Neighbouring Fronts (अङ्ग्रेजीमा) VIII (1st संस्करण), Oxford: Oxford University Press, पृ: 83, 200, आइएसबिएन 978-0-19-872346-2 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found