युद्ध बन्दी
स्वरूप
युद्ध बन्दी युद्धको समयमा शत्रुपक्षले पक्डेर थुनेको विपक्षी सेना वा योद्धालाई भनिन्छ।
अधिकार
[सम्पादन गर्नुहोस्]जेनेभा सम्मेलनको नियम[१]
[सम्पादन गर्नुहोस्]- युद्धको दौरान घाइते भएका युद्धबन्दीको राम्रो उपचार गर्नुपर्छ।
- युद्धबन्दीहरूसँग बर्बरतापूर्ण व्यवहार गर्नु हुँदैन।
- युद्धबन्दीहरूसँग कुनै पनि किसिमको भेदभाव हुनुहुँदैन।
- सैनिकहरूलाई कानूनी सुविधा दिनुपर्छ।
- युद्धबन्दीलाई डर देखाउने धम्काउने गर्न सकिदैन।
- युद्धबन्दीलाई अपमानित गर्न सकिदैन।
- युद्धबन्दीमाथि अभियोजन चलाउन सकिदैन।
- युद्ध समाप्तिपछि युद्धबन्दीलाई फिर्ता गर्नुपर्छ।
- युद्धबन्दीलाई उनीहरूको नाम, सैन्य पद, क्रम र एकाईको बारेमा मात्र सोधपुछ गर्न सकिन्छ।
- सन्धि अनुसार युद्धबन्दीलाई खान-पिउन र आवश्यक सबै चिजबिज दिनुपर्छ।