रूसमाथि नेपोलियनको आक्रमण
| रूसमाथि फ्रान्सेली आक्रमण | |||||||
|---|---|---|---|---|---|---|---|
| the Napoleonic Warsको भाग | |||||||
माथिदेखि तल, बायाँदेखि दायाँ:
| |||||||
| |||||||
| योद्धा | |||||||
|
|
| ||||||
| सेनापतिहरू | |||||||
|
|
| ||||||
रूसमाथि फ्रान्सेली आक्रमण (French invasion of Russia), जसलाई रूसी अभियान (Russian campaign), दोस्रो पोलिश युद्ध, बीस राष्ट्रको सेना, र १८१२ को देशभक्तिपूर्ण युद्ध पनि भनिन्छ, नेपोलियनद्वारा रूसी साम्राज्यलाई संयुक्त अधिराज्यको महाद्वीपीय नाकाबन्दीमा फिर्ता गर्न बाध्य पार्न सुरु गरिएको थियो। नेपोलियनको रुसको आक्रमण इतिहासमा सबैभन्दा राम्रो अध्ययन गरिएको सैन्य अभियानहरू मध्ये एक हो र विश्व इतिहासमा सबैभन्दा घातक सैन्य अपरेशनहरू मध्ये सूचीबद्ध छ।[१] यो मानव जीवन मा ठूलो जनधनको क्षतिको कारणले विशेष छ: छ महिना भन्दा कम मा लगभग दस लाख सैनिक र नागरिकहरु मरे।[२][३]
नेपोलियनको साम्राज्यवादी महत्वाकांक्षा र महाद्वीपीय प्रणालीको प्रश्नमा रुससँगको सम्बन्ध फेरि बिग्रियो। फलस्वरुप सन् १८१२ मा, नेपोलियनले रूसमाथि आक्रमण गरे। फ्रान्समा यसलाई ‘रुसी अभियान’ भनिन्छ भने रूसमा यसलाई ‘१८१२ को देशभक्तिपूर्ण युद्ध’ भनिन्छ।
२४ जुन २०१२ मा नेपोलियनको सेना नोमेन नदी पार गरेर रुसको सिमानामा प्रवेश गर्यो। रूसी सेनाले बाली, अन्न, भण्डारलाई नष्ट गर्दै पछी हट्ने र छापामार आक्रमण गर्ने नीति अपनाए । धेरै कठिनाइहरूको सामना गर्दै, कुनै न कुनै तरिकाले नेपोलियन जब मस्को पुगे (त्यतिबेला, मस्को एक धेरै महत्त्वपूर्ण शहर थियो, तर रूसको राजधानी थिएन; १७३२ देखि १९१८ सम्म, सेन्ट पीटर्सबर्ग थियो), उनले सम्पूर्ण शहर सुनसान पाए। वास्तवमा, अहिलेसम्म फ्रान्सेली सेना आफ्नो खर्च पराजित क्षेत्रहरूबाट असुल्ने गर्थ्यो , तर यस युद्ध पद्दति र रणनीतिले सम्भव हुन सकेन। नेपोलियनले जार अलेक्जेन्डरले आत्मसमर्पण गर्ने आशा राखे, तर जार अलेक्जेन्डर आत्मसमर्पण गर्नुको सट्टा साइबेरिया गए। नेपोलियन शान्ति प्रस्तावको प्रस्ताव आउने आशामा मस्कोमा पाँच हप्ता बसे, जुन कहिल्यै आएन।[४] । उनको सेनाका लागि खाद्य संकट थियो र महामारी फैलियो। त्यसैले, नेपोलियन मस्कोबाट फर्कन बाध्य हुनुपर्यो। सेनालाई भोक, चिसो र रुसी छापामारहरूले सताएको थियो। यसरी यो अभियान निरर्थक सावित भयो । यसको असफलताको कारण नेपोलियनको जिद्दी र रूसी सेनाहरू पछि हट्ने कूटनीति बुझ्न असफल भएको थियो।
यद्यपि अनुमानहरू फरक छन् किनभने सटीक रेकर्डहरू राखिएको थिएन,,[५] संख्या बढाइचढाइ थियो र सहायक सेनाहरू सधैं गणना गरिएन, नेपोलियनको सेना ४,५०,००० भन्दा बढी मानिस,[६] १,५०,००० भन्दा धेरै घोडा,[७] लगभग २५,००० वागें गाडी र करिब १,४०० आर्टिलरी का साथ् रुस प्रवेश गरेका थिए । मात्र १,२०,००० मानिस बाँचे (भगौडा बाहेक );[क] अभियानमा ३,८०,००० को मृत्यु भयो । [९] फलस्वरूप, नेपोलियनको अजेयताको प्रतिष्ठा चकनाचुर भयो।[१०]
युद्धको घोषणा
[सम्पादन गर्नुहोस्]क्याथरिन द ग्रेटको विस्तार नीतिप्रति प्रतिबद्ध, अलेक्ज्याण्डर प्रथमले अप्रिल १८१२ मा प्रशिया र वारसाको ग्रान्ड डचीबाट फ्रान्सेली सेनाहरू हटाउन माग गर्दै अल्टिमेटम जारी गरे। तर नेपोलियनले सेना फिर्ताको सट्टा युद्ध रोजे, जुन ८ र २० को बीचमा, सेनाहरू निरन्तर अघि बढे । [११] नेपोलियनको मूल उद्देश्य इम्पीरियल रुसी सेनालाई परास्त गर्नु र जार अलेक्जेंडर प्रथमलाई महाद्वीपीय प्रणालीमा सामेल हुन बाध्य पार्नु थियो।[१२]
पछि
[सम्पादन गर्नुहोस्]१८१२ मा फ्रान्सेली सेना माथि रूसी विजय नेपोलियनको युरोपेली प्रभुत्व को महत्वाकांक्षा को एक महत्वपूर्ण झटका थियो। यो युद्धको कारण अन्य गठबन्धन सहयोगीहरूले नेपोलियनमाथि एक पटक र सबैको लागि विजय हासिल गरे।
उनको दुवै फ्रान्सेली सेना, रुसी अभियानमा लडिरहेका र अन्य मोर्चामा खटिएका, चकनाचुर भएको थियो र मनोबल कम थियो। नेपोलियन एक्लै आदेशको कुनै पनि झलक कायम राख्न सक्षम थिए; उनको हराएसंगै, मुरट र अन्य अधिकारीहरूले सबै अधिकार गुमाए।[१३]
जनवरी १८१३ मा फ्रान्सेली सेना लगभग २३,००० जनाको संख्यामा भिस्तुलाको पछाडि भेला भयो। अस्ट्रियाली र प्रशियाली सेनाले थप ३५,००० जनालाई जम्मा गरे।[१४] रूसबाट जीवितै भागेकाहरूको संख्या अज्ञात छ। रूसका नयाँ बासिन्दाहरूको संख्या अज्ञात छ। कैदीहरूको संख्या लगभग १००,००० अनुमान गरिएको छ, जसमध्ये ५०,००० भन्दा बढीको कैदमा मृत्यु भएको थियो।[१५]
छैटौं गठबन्धनको युद्ध १८१३ मा सुरु भयो।[१६] रूसी अभियान नेपोलियन युद्धहरूको लागि निर्णायक थियो र यसको परिणामस्वरूप नेपोलियनको पराजय र एल्बा टापुमा निर्वासन भयो।[१७] रूसको लागि, देशभक्तिपूर्ण युद्ध (रूसी Отечественная война को अंग्रेजी अनुवाद) शब्द एक बलियो राष्ट्रिय पहिचानको प्रतीक बन्यो जसले १९ औं शताब्दीमा रूसी देशभक्तिमा ठूलो प्रभाव पारेको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Grant 2009, पृष्ठ. 212–213.
- ↑ North, Jonathan (डिसेम्बर ३१, १९९०), Napoleon's Army in Russia: The Illustrated Memoirs of Albrecht Adam, 1812, Pen and Sword, आइएसबिएन 9781473816589, मूलबाट जनवरी १५, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २०, २०२२ – Google Booksद्वारा।
- ↑ Zamoyski 2004, पृष्ठ 536.
- ↑ Riehn 1990, पृष्ठ 285.
- ↑ "Insects, Disease, and Military History: Destruction of the Grand Armée", मूलबाट अगस्ट २०, २००८-मा सङ्ग्रहित। अभिलेखिकरण अगस्ट २०, २००८ वेब्याक मेसिन
- ↑ Clausewitz 1906, पृष्ठ 47, 52, 94.
- ↑ Histoire de la Campagne de Russie Pendant L'année 1812 et de la Captivité des Prisonniers Français en Sibérie (1846), p. 404
- ↑ Zamoyski, p. 536
- ↑ "Insects, Disease, and Military History: Destruction of the Grande Armée", मूलबाट अगस्ट २०, २००८-मा सङ्ग्रहित। अभिलेखिकरण अगस्ट २०, २००८ वेब्याक मेसिन
- ↑ Chandler 2009.
- ↑ "Württemberg in 1812 – Jonathan North", Jpnorth.co.uk, मूलबाट २०२२-०२-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-२६। अभिलेखिकरण २०२२-०२-१४ वेब्याक मेसिन
- ↑ A. Bell, David (२०१५), "5: Downfall, 1812–1815", Napoleon: A Concise Biography, New York: Oxford University Press, पृ: 85, आइएसबिएन 978-0-19-026271-6।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "ReferenceA" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Clausewitz 1843, पृष्ठ 94.
- ↑ Mikaberidze 2014.
- ↑ Fierro 1995, पृष्ठ. 159–161.
- ↑ Clausewitz 1906.